आर्थिक

    Showing 911-920 of 4,487 items.
  • अन्तर्राष्ट्रिय कोडिङ प्रतिस्पर्धामा नेपाली विद्यार्थीको ऐतिहासिक सफलताः दूरशिक्षाद्वारा विजेताहरू सम्मानित

    काठमाडौं— नेपालको शिक्षा र प्रविधि क्षेत्रका लागि एक ऐतिहासिक उपलब्धि स्वरूप नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय कोडिङ प्रतिस्पर्धामा विश्वव्यापी सफलता हासिल गरेका छन् । ‘इन्टरनेशनल डिस्कभरी एजुकेशन कोडिङ च्यालेन्ज २०२४–२०२५’ मा उत्कृष्ट स्थान प्राप्त गर्न सफल ती प्रतिभावान विद्यार्थीहरूलाई शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फा बिटा ब्यांक्वेटमा आयोजित एक भव्य समारोहबीच पुरस्कृत गरिएको हो । दूरशिक्षा एजुकेशन नेटवर्कले डिस्कभरी एजुकेशन र एड्युटेकको सहकार्यमा उक्त पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।यस वर्षको प्रतिस्पर्धामा नेपाली बाल प्रतिभाहरूले विश्वस्तरमै आफ्नो वर्चस्व कायम गर

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 501 पटक पढिएको
  • काठमाडौं महानगर २७ द्वारा युवालाई युग सुहाउँदो तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण

    काठमाडौं— काठमाडौं महानगरपालिका–२७ ले नवयुवाको सीप अभिवृद्धि तथा रोजगारी उन्मुख बनाउने उद्देश्यले विभिन्न प्रविधिमैत्री तालिम सञ्चालन गरेको थियो । ‘ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, डेभप्स र एआइ फर एभ्रिवन’ विषयमा सञ्चालन गरिएको उक्त तालिमका सहभागीलाई शनिबार आयोजित समापन कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो ।समापन समारोहलाई सम्बोधन गर्दै वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले वर्तमान समय प्रविधिको युग भएकाले युवालाई सोहीअनुसारको सीप प्रदान गर्न आवश्यक रहेको बताए । उनले वडाले तालिम प्रदान गरेर मात्रै नछाड्ने, तालिमप्राप्त युवाहरूलाई पुनः समेट्दै तालिमको प्रभावकारिता, व्यवहारिक उपयोगिता तथा

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 442 पटक पढिएको
  • याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद वैशाख ७ सम्म थप

    काठमाडौं— याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले चैत ८ गतेदेखि निष्कासन गरेको उक्त आईपीओमा अपेक्षित आवेदन नपरेपछि चैत २२ सम्म तोकिएको म्याद बढाएर अब वैशाख ७ गतेसम्म कायम गरिएको जनाएको छ ।तोकिएको समयअघि नै मागभन्दा बढी आवेदन परेमा भने निष्कासन प्रक्रिया अगावै बन्द गरिनेछ । नेपाल धितोपत्र बोर्ड बाट ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरका २८ लाख कित्ता शेयर निष्कासनको अनुमति पाएको कम्पनीले पहिलो चरणमा ७ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्या

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 428 पटक पढिएको
  • कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं— कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो । जसमध्ये केही हिस्सा प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड भइसकेको छ ।अब ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 466 पटक पढिएको
  • इन्धनको मूल्य वृद्धिपछि जर्मनीमा विद्युतीय सवारीको मागमा उछाल

    काठमाडौं— इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिका कारण जर्मनीमा विद्युतीय सवारी साधन (ईभी) खरिद गर्ने उपभोक्ताहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । जर्मनीको सबैभन्दा ठूलो अनलाइन कार ट्रेडिङ प्लेटफर्म मोबाइल डट डिईले हालै सार्वजनिक गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।पश्चिम एशियामा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्य बढेसँगै युरोपेली मुलुकहरूमा सवारी इन्धनको लागत महँगो भएको छ ।जर्मन एशोसिएशन अफ द अटोमोटिभ इन्डस्ट्रीका अनुसार, फेब्रुअरी २८ मा इरानमाथि भएको सैन्य आक्रमणपछि जर्मनीमा पेट्रोलको मूल्य झण्डै २० प्रतिशत र डिजेलको मूल्य ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 473 पटक पढिएको
  • ऊर्जालाई उत्पादनसँग जोडेर आर्थिक विकासको आधार बनाउनुपर्छ : विराज भक्त श्रेष्ठ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्रको समग्र सुधारका लागि नीतिगत कार्यहरूलाई प्राथमिकता दिने बताएका छन । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का पदाधिकारीहरूसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा उहाँले ऊर्जा क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार नीतिगत सुधारमा केन्द्रित रहेको स्पष्ट पारे ।मन्त्री श्रेष्ठले ऊर्जा उत्पादन मात्र नभई खपतको रणनीतिलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । ‘ऊर्जा केवल कच्चा पदार्थ मात्र होइन, यसलाई उत्पादनसँग जोडेर आर्थिक विकासको आधार बनाउनुपर्छ,’ उनले भने । उनले घरेलु र औद्योगिक मागको वास्तविक अवस्था बुझ्न यथार्थपरक

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 456 पटक पढिएको
  • ६९ औँ सहकारी दिवसः सहकारी आन्दोलन सङ्कटमा परेको सरोकारवालाको भनाइ

    रामेछाप— ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइरहँदा रामेछापका सहकारी अभियन्ता र सरोकारवालाले सहकारी आन्दोलन सङ्कटमा परेको बताएका छन् ।जिल्ला सहकारी संघले शुक्रबार मन्थलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापको अध्यक्ष जगन्नाथ दाहालले सहकारी सञ्चालन अब निक्कै चुनौतीपूर्ण रहेको बताए ।सहकारीलाई सुशासनयुक्त बनाएर अनुशासित नबनाउने हो भने यो आन्दोलन थप सङ्कटमा पर्दै जाने बताए । अहिले पनि सहकारी अभियानमा लागेका सातसय बढी मानिसहरू थुनामा रहेका उनले स्मरण गराए ।‘अब हिजोको झैँ गरी होइन, सहकारीको नीति, विधि सबै बुझेर मात्र सहकारी चलाउनु पर्ने अवस्था आएको छ, नत्र निर्दोष मानिस

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 483 पटक पढिएको
  • निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

    काठमाडौं— नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। निर्वाचन समितिको घोषणा अनुसार पाण्डेले ५१४ मत ल्याउदै अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी आङदोर्जी लामाले ४१३ मत पाएका थिए ।वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए ।यसैगरी, मंगल शाही नीतिगत उपमहासचिवमा र सन्तोष शाह आन्तरिक उपमहासचिवमा विजयी भएका छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम र सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 491 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरे अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ १३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०७ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एक

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 198 पटक पढिएको
  • पुराना सुनका गहनाहरू पुनर्निर्माणमा युवा आकर्षणः मासिक २१ सय डलरसम्म आम्दानी

    एजेन्सी— युवा पुस्ताका चिनियाँ सुनारहरूले पुराना सुनका गहनाहरू पुनर्निर्माण गर्ने कामलाई प्राथमिकता दिएका छन् ।सांघाईमा सुनको पुनर्निर्माणको बढ्दो लोकप्रियताले सुनारहरूको नयाँ पुस्तालाई जन्म दिएको छ । जसले परम्परागत शिल्पकलालाई आधुनिक सौन्दर्यशास्त्र र रचनात्मकतासँग जोडिरहेका छन्।सुनको मूल्य उच्च रहँदा पुरानो सुनलाई पगाल्नु र यसलाई गहनाको मौलिक टुक्रामा परिणत गर्नु धेरै मानिसहरूको लागि किफायती विकल्प बनेको छ।सुनको काममा व्यस्त ली जियायी भन्छन्,‘मलाई सुनको पुनर्निर्माण पेशा साँच्चै मन पर्छ। जब म ग्राहकलाई सुन्दर ढंगले बनाइएको टुक्रा दिन्छु र उनीहरूको आँखामा प्रशंसा देख्छु, म त्यो क्षणको आनन्द ल

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 453 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.