खेलकुद

    Showing 1,111-1,120 of 1,265 items.
  • एनभिए क्लब भलिबल च्याम्पियनमा आर्मीको जित

    काठमाडौँ / राजधानीमा आजदेखि सुरुआत भएको छैटौँ संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद (परिषद्) राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरायो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले कर्णालीलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–७ ले पराजित ग¥यो । यो जितसँगै आर्मीले तीन अङ्क जोडेको छ ।नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त स्पर्धाअन्तर्गत महिलातर्फको खेल भने य

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 128 पटक पढिएको
  • इपिएल : पोखरा र भैरहवा भिड्दै

    बिर्तामोड / चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आज (आइतबार) दोस्रो खेलमा दुई उपाधिका दाबेदार पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ ।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल दिउँसो साढे १ बजे हुनेछ । पोखरा कप्तान विकेटकिपर विनोद भण्डारी र भैरहवा शरद भेषावकरले गर्नेछन् । शरद नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । भैरहवामा चार विदेशीको खेलाडीको रुपमा बंगलादेशका सर्वाधिक सफल ओपनर तमिम इकबाल, श्रीलंका पूर्व कप्तान उपुल थरंगा, तीव्र गतिका बलर धाम्मिका प्रसाद र मलेसिया शार्विन मुनिआन्दी छन् ।पोखरामा दक्षिण अफ्रिकी रिचार्ड लेभी छन् । लेभी, श्रीलंका असे

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 106 पटक पढिएको
  • नेपाल र ओमान आज मैत्रीपूर्ण फुटबल खेल्दै

    काठमाडौँ / नेपाल र ओमानबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । ओमानविरुद्धको खेल खेल्नका लागि नेपाली राष्ट्रिय टोली कतारमा रहेको छ । खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा आज राति नेपाली समय अनुसार ९ः४५ बजे शुरू हुनेछ ।साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले ओमानसँग आज खेल्न लागेको हो । साफकै तयारीस्वरूप नेपालले भारतसँग पनि दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ ।जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म हुँदैछ ।नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 115 पटक पढिएको
  • नेपाली महिला फुटबल टोली स्वदेश फर्किदै

    काठमाडौँ  / एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले उक्त टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो चरणमा गत मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह चरणबाटै बाहिरिएको हो । नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । दुई खेलमा नेपाले एक अङ्क मात्र जोडेकाले अङ्क तालिकाको अन्तिम स्थानमा पुगेको थियो । 

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 131 पटक पढिएको
  • ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै हिमचितुवा

    काठमाडौँ / अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् ।यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उनी जापानका व्यवसायिक किक बक्सर फुजीमुरासँग रिङ्मा उत्रदैछन् । फुजीमुरा पनि के वान के बक्सिङ प्रतिस्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् । आज सामाजिक सञ्चालमा के वान क्लबले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय अविरल र फुजीमुरा बीचमा भिडन्त हुने जनाएको छ । ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गत चैतमा जापानको टोकियो सहरम

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 105 पटक पढिएको
  • ‘वल्र्ड हाप्किडो च्याम्पियनसिप’का लागि नौ खेलाडी छनोट

    काठमाडाैँ / नेपालले आगामी महिना रसियामा आयोजना हुने ‘वल्र्ड हाप्किडो च्याम्पियनसिप’मा भाग लिने भएको छ । पोखरामा एक महिना अघिदेखि सञ्चालन भएको बन्द प्रशिक्षणमा सहभागी २० खेलाडीमध्येबाट च्याम्पियनसिपका लागि नौ खेलाडी छनोट गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घले जनाएको छ ।बन्द प्रशिक्षण समापनका अवसरमा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराबाट बिदाइ तथा च्याम्पियनसिपमा सफलताको शुभकामना व्यक्त गरे । रसियाको सेन्ट पिटर्सवर्गमा आगामी कात्तिक ५ देखि ७ गते हाप्किडोको च्याम्पियनसिप आयोजना हुँदैछ ।नेपाल

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 110 पटक पढिएको
  • आईसिसी विश्वकप क्रिकेट टोली स्वदेश फिर्ता

    काठमाडौँ / आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको थियो । नेपालले आइतबार भएको अन्तिम खेलमा पहिलो पटक ओमानलाई ७ विकेटले पराजित गर्दै एतिहासिक जित हासिल गरेको थियो । त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पाँच विकेटले पराजित भएको थियो । त्यस्तै तेस्रो खेल

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 138 पटक पढिएको
  • श्रीलङ्काका ब्याट्सम्यान दीलशानले विराटनगरबाट इपिएल खेल्ने

    बिर्तामोड  / श्रीलङ्काका ओपनर ब्याट्सम्यान दिलसान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता विराटनगरबाट खेल्ने भएका छन्।आगामी असोज ९ देखि २३ गतेसम्म टियु मैदानमा हुँन लागेको इपिएलमा दीलशानले विराटनगरबाट खेल्ने भएका हुन् । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।विराटनगरले शनिबार ३२ वर्षीय दिलशानलाई चौँथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ । दिलशानले श्रीलंकाबाट १३ टी–ट्वान्टी अन्तराष्ट्रिय र २ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन्।यसअघि विराटनगरले विदेशी खेलाडीको रुपमा जिम्बावेका अलराउन्डर सिकन्दर राजा, क्यानडाका तीव्र गतिका ब

    • प्रकाशित मितिः असोज २, २०७८
    • 138 पटक पढिएको
  • त्रिदिवसीय क्रिकेट : नेपाल ओमनसँग पराजित

     काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ।मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको हो।नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे । उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए।यस्तै सुरज कुमारले २० रन जोड्दा आयन खानले १८ रन  बनाए। सोइब खान ७ रनमा आउट हुँ

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 117 पटक पढिएको
  • आईसीसीको एकदिवसीय वरीयतामा नेपालको स्थान सुधार

    काठमाडौं / अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपालको एकदिवसीय वरीयता एक स्थान सुधार भएको हो ।एकदिवसीय वरीयतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरीयतामा नेपाल १६ औं स्थानमा रहेको थियो । एसोसिएट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र नेदरल्याण्ड्स रहेका छन् ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान भ्रमणमा रहेको नेपालले पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिज जितेको थियो  । यस्तै त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले सो

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 105 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा