खेलकुद

    Showing 591-600 of 1,316 items.
  • काभा २० वर्षमुनिको महिला भलिबलमा आज नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं— काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति १० बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ ।नेपाली महिला उमेर समूहको टिमले पहिलो पटक काभाको उमेर समूहको प्रतियोगिता खेल्न लागेको हो । जेनिशा विकको कप्तानीमा रहेको नेपाली टोलीले बुधबार सामान्य प्रशिक्षण गरेको थियो ।कप्तान जेनिशाले पहिलो खेल खेल्न उत्साहित रहेको बताइन् । ‘हामी प्रतियोगिताको लागि तयार छौं । श्रीलंकासँगको पहिलो खेलमा राम्रो नतिजासिपत प्रतियोगिता सुरु गर्न चाहन्छौं’, उनले भनिन् ।यस्तै मुख्य प्रशिक्षक कुमार राई पहिलो खेल महत्वपूर्ण हुने भएकोले त्यसमा केन्द्रित हुने बताए ।

    • प्रकाशित मितिः साउन ३, २०८१
    • 334 पटक पढिएको
  • ९ नम्बर जर्सीमा रियलमा देखिनेछन् एम्बाप्पे

    काठमाडौँ- स्पेनिस क्लव रियल मड्रिडले स्टार खेलाडी केलियन एम्बाप्पेलाई सार्वजनिक गरेको छ।  मंगलबार सान्टियागो बर्नबाउमा आयोजित विशेष कार्यक्रममा उपस्थित हजारौँ क्लबका समर्थकमाझ रियल मड्रिडले एम्बाप्पेलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो। एम्बाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फ्रि ट्रान्सफरमा रियल मड्रिडमा अनुबन्ध भएका हुन्। रियल मड्रिड र एम्बाप्पेबीच पाँच वर्षको सम्झौता भएको छ । सम्झौताअनुसार एम्बाप्पे सन् २०३० सम्म रियल मड्रिडमा रहनेछन्। रियल मड्रिडमा एम्बाप्पेले ९ नम्बरको जर्सी लगाउनेछन्। यसअघि ९ नम्बर जर्सी क्लबमा सुरुमा भित्रिँदा क्रिस्टियानो रोनाल्डीले पन

    • प्रकाशित मितिः साउन १, २०८१
    • 290 पटक पढिएको
  • फाइनलमा होरेपछि इङल्याण्डको कप्तानले दिए राजीनामा

    काठमाडौं–  इङल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् । हालै सम्पन्न युरोकपमा फाइनलमा पुगेर पराजित भएपछि साउथगेटले राजीनामा दिएका हुन्। उनको नेतृत्वमा इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेर पराजित भएको थियो । २०१६ को सेप्टेम्बर २७ देखि इङल्याण्डको प्रशिक्षक बनेका साउथगेटको नेतृत्वमा इङल्याण्डले कुल १०२ खेल खेलेको थियो । जसमा ६१ खेल जितेको छ भने २४ खेल बराबरी खेलेको थियो । त्यस्तै १७ खेलमा हार बेहोरेको थियो। ५३ बर्षिय साउथगेटको इङल्याण्डको प्रशिक्षकको रुपमा आगामी डिसेम्बरसम्म सम्झौता रहेको थियो । तर युरोकपको फाइनलमा हारपछि उ

    • प्रकाशित मितिः साउन १, २०८१
    • 289 पटक पढिएको
  • कोपा अमेरिका: संघर्षपूर्ण खेलमा अर्जेन्टिनाको जित

    काठमाडौं— कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले उचालेको छ । फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गोल गर्दै उपाधि रक्षा गरेको हो ।निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । अतिरिक्त समयको १११ मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका हुन्।अर्जेन्टिनाले उपाधि उचालेको खेलमा कप्तान लियोनल मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका थिए ।अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो ।अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरि

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 393 पटक पढिएको
  • फाइनल खेलमा घाइते भएर बाहिरिए मेस्सी

    काठमाडौं— कोपा अमेरिको फाइनल भिडन्तमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी खेलको ६५ मिनेटमा मैदानबाट बाहिरिएका छन्। पहिलो हाफमा घाइते भए पनि मैदानमै रहेका मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका हुन्।कोपा अमेरिकाको उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै छन्। खेलको ६५ मिनेटसम्म खेल गोलरहित बराबरीमा जारी छ।अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो।अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि १५ पटक उचालिसकेको छ। अर्जेन्टिना साविक विजेता हो भने कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। पहिलो पटक

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 582 पटक पढिएको
  • कोपा अमेरिकाको फाइनल खेलमा तनाव, खेल केहीबेरलाई पछि सारियो

    काठमाडौं— कोपा अमेरिकाको फाइनल खेल निर्धारित समयमा सुरु हुन सकेको छैन । खेल समर्थकको अत्याधिक भिड लागेपछि आयोजकले खेल समय केही सारेका छन्। आयोजकका अनुसार टिकट नै नलिएका दर्शकको भिड रंगशालामा बढेपछि व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।हेर्नुहोस् तस्बिर

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 478 पटक पढिएको
  • स्पेन युरोकपको च्याम्पियन, इंग्ल्याण्ड २-१ ले पराजित

    काठमाडौं— इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।यससँगै स्पेन चौथो पटक युरोपियन च्याम्पियन भएको छ । इङलिस टीम भने लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ ।स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेको थियो । उता इङ्ल्यान्डले नेदरल्याण्ड्सलाई हराएर लगातार दोस्रोपटक फाइलन यात्रा पक्का गरेको थियो । तर अघिल्लो संस्करणमा इटालीले स्तब्ध बनाएको इङ्लिस टोलीलाई यस यसपटक स्पेनले रूवायो।स्पेनले पाँचौँपटक फाइनल खेल्दा चौथोपटक उपाधि उचाल्यो। इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पराजित भयो ।स्पेनलाई जिताउन खेलको ४७ मिनेटमा निको वि

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 379 पटक पढिएको
  • स्पेनका यामालले आज १७ औँ जन्मदिन मनाउँदै, युरोकपको फाइनलमा पुरै समय खेलाए ३० हजार युरो जरिवाना !

    काठमाडौं— युरो कप २०२४ को फाइनल खेल आइतबार हुने छ । उपाधिका लागि स्पेन र इङ्गल्यान्ड प्रतिस्पर्धामा हुने छन् । जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनिस खेलाडी लामिन यामाललाई यदि टिमले पुरै समय मैदानमा बिताउन लगाए जरिवानामा पर्ने छन् । १७ वर्षीय लामिन यामालले इङ्गल्यान्डविरुद्ध फाइनलमा पूरा ९० मिनेट खेलेमा जर्मनीको श्रम कानुनअनुसार ४३ लाख ७२ हजार रुपैयाँ तिर्नुपर्ने हुनसक्छ । जर्मनीको श्रम कानुनअनुसार नाबालकलाई काम लगाउँदा ३० हजार युरोको जरिवाना रहेको छ ।यामालले युरो २०२४ को फाइनलमा इङ्गल्यान्डविरुद्ध खेल्ने एक दिनअघि (शनिबार) आफ्नो १७ औँ जन्मदिन मनाउँदै छन् । १६ वर्ष ३६२ दिनको उमेरमा य

    • प्रकाशित मितिः असार २९, २०८१
    • 304 पटक पढिएको
  • हसरंगाले छोडे श्रीलंका क्रिकेट टिमको कप्तानी

    काठमाडौं– श्रीलंकाका टी-२० क्रिकेट कप्तान वानिन्दु हसरंगाले राजीनामा दिएका छन्। हालै सम्पन्न टी २० विश्वकपमा श्रीलंकाको खराब प्रदर्शन पछि हसरंगाले कप्तानी छोडेको आईसीसीले जनाएको छ।गत वर्ष श्रीलंकाको टी २० क्रिकेट टिमको कप्तान नियुक्त भएका हसरंगाले केवल १० खेलमा कप्तानी गरेका थिए।हसरंगाले राजीनामा दिदैँ आफू खेलाडीको रुपमा मात्र टिममा रहने बताएका छन् । बोर्डले हसरंगाले कप्तानी छोडे पनि उनी टिमको महत्वपूर्ण सदस्यको रुपमा रहने जनाएको छ । आगामी जुलाई २७ देखि घरेलु मैदानमा भारतविरुद्ध टी-२० र एकदिवसीय सिरिज खेल्न लागेको श्रीलंकाले छिट्टै नयाँ कप्तान घोषणा गर्ने बताएको छ।

    • प्रकाशित मितिः असार २८, २०८१
    • 421 पटक पढिएको
  • उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

    काठमाडौं— उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ ।खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले कोलम्बियालाई अग्रता दिलाएका थिए । खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाए । डेनियल मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो ।१० खेलाडीमा सीमित कोलम्बियाले पुरै समय उरुग्वेलाई दबाबमा राख्दै फाइनल यात्रा तय गरेको हो ।दोस्रो सेमिफाइनलको विजेता कोलम्बियाले अब फाइनलमा पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।पहिलो सेमिफाइनलमा क्यानडलाई २-० गोल अन्तरले पराजित ग

    • प्रकाशित मितिः असार २७, २०८१
    • 291 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा