मनोरञ्जन

    Showing 1,081-1,090 of 2,224 items.
  • ‘महाराजधिराज’मा वर्षा राउतको प्रवेश

    चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन् । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ले राउतलाई अनुबन्ध गरेको हो ।हालसम्मको कलाकारको लाइनअप हेर्दा ‘महाराजधिराज’मा स्टारकास्टको भीड लाग्ने देखिएको छ । ‘महाराजधिराज’मा नायिकामा वर्षा शिवाकोटी यसअघि नै अनुबन्ध भइसकेकी छन् ।आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेकी छन् । जयकिशन बस्नेतले पनि ‘महाराजधिराज’मा साइन गरिसकेका छन् ।‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।यो चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ । सिनेमामा निर्देशक सेन स्वयंको

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 276 पटक पढिएको
  • सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ

    बलिउड सुपरस्टार अक्षय कुमारले निर्देशक प्रियदर्शनको हरर कमेडी चलचित्र भूत बंगलाको सुटिङ पूरा गरेका छन् । केप अफ गुड फिल्म्स र वाइड एंगल क्रिएशन्सको सहकार्यमा बालाजी मोसन पिक्चर्सको ब्यानरमा एकता कपुरले यो फिल्म निर्माण गरेको हो ।अक्षयले हालै एक भिडियो क्लिप साझा गरेका छन, जसमा उनी र अभिनेत्री वामिका गब्बी एक गीतको लागि छायाङ्कन गर्दै गरेको देखिएको छ । र, फिल्मको र्यापको घोषणा गरेका छन् ।‘र यो भुत बंगलाको र्‍याप हो, सधैं आविष्कारशील प्रियदर्शन सरसँगको मेरो सातौं साहसिक कार्य हो, एकता कपूरसँग मेरो दोस्रो आउटिङ, र मेरो पहिलो तर आशा छ कि अन्तिम होइन, सधैं आश्चर्यजनक वामिकासँगको जादुई यात्रा र

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 374 पटक पढिएको
  • यशराज फिल्मले जुनियर एनटीआरलाई वारः२ पछि पनि थप फिल्म दिने

    ऋतिक रोशन, कियारा आडवाणी र जुनियर एनटीआरको आगामी फिल्म ‘वार २’ यस वर्षको बहुप्रतिक्षित फिल्म हो । जुनियर एनटीआर र ऋतिक रोशन यशराज फिल्म्स स्पाई युनिभर्सको यो फिल्म मार्फत पहिलो पटक स्क्रिन सेयर गर्न लागिरहेका छन्। चलचित्रको टिजर जुनिएर एनटिआरको जन्मदिनको दिन रिलिज हुँदैछ ।अब यो खबर आएको छ कि वारः२ मा जुनियर एनटीआरको क्यारेक्टर यतिमा मात्र सीमित नभई निर्माताहरूले यसलाई अझ विस्तार गर्ने भएका छन्।‘वार २’ सन् २०१९ को ब्लकबस्टर फिल्म ‘वार’ को सिक्वेल हो। वारमा टाइगर श्राप  ऋतिक रोशनसँग भिलेनको भूमिकामा देखिएका थिए । जहाँ अब वार ः२ मा यो जिम्मेवारी जुनियर एनटीआरको काँधमा रहेको छ । तर, यशरा

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 234 पटक पढिएको
  • तेलुगुका ३०० फिल्म हल रिलिज र ओटिटीमा जान अझै सकेनन

    हैदाराबाद  । तेलुगु सिनेमा उधाेगमा साना बजेटमा बनेका करिब ३०० फिल्म अहिले संघर्षको चरणमा रहेका छन् ।तेलुगु ३६० का अनुसार डिजिटल बजारले तेलुगु उत्पादकहरूको परिप्रेक्ष्य र गणनालाई यतिखेर पुरै बिगारी दिएको छ। कोभिड महामारी पछि डिजिटल खेलाडीहरूले फिल्महरूको डिजिटल अधिकारको लागि ठूलो पैसा खर्च गर्न थालेका छन तर हरेक वर्ष चलचित्रहरूको निर्माण संख्या बढ्दै गएकोले डिजिटल खेलाडीहरूलाई सबै चलचित्रहरूमा ध्यान केन्द्रित गर्न एकदमै गाह्रो भएको छ। ओटिटीजस्ता डिजिटल मिडियाका खेलाडीहरूलाई धेरै फिल्म भएकाले छनोट र बजारयोग्य चलचित्र चयन गर्न पनि समस्या भइरहेको छ।खासमा, कम बजेट तर स्टार

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 273 पटक पढिएको
  • शेख हसिनाको अभिनय गर्ने अभिनेत्री ढाका बिमानस्थलवाट पक्राउ

    ढाका, ५ बैशाख । बंगलादेशमा राजनीतिक उथलपुथलका बीच चर्चित अभिनेत्री नुसरत फारिया थाइल्यान्ड जाने तयारी गर्दै गर्दा आइतबार ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् ।फरियालाई गत २०२४ को विद्यार्थी आन्दोलनमा हिंसा भड्काएको र हत्याको प्रयासमा संलग्न भएको आरोप लगाइएको छ । अध्यागमन अधिकारीहरुका अनुसार वाटारा प्रहरी चौकीमा दर्ता भएको मुद्दामा फारिया विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । उनी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोप छ। जसलाई अहिले बंगलादेश सरकारले प्रतिबन्ध लगाएको छ ।फारियामाथि शेख हसिनाका समर्थकह

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 300 पटक पढिएको
  • चलचित्र 'महाभोज'को ट्रेलर सार्वजनिक

    जेठ १५ गते रिलिज तयारीमा रहेको नेपाली चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार दिउसो काठमाडौंको क्युएफएक्स सिनेमा–राइजिङ मलमा आयोजित समारोहमा करिब साढे चार मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै चलचित्र युनिटले चलचित्रले उठाउने समसामयिक विषयवस्तुका बारेमा पत्रकार तथा प्रेक्षकलाई परिचित गराए ।ट्रेलरले सहकारी संस्थागत प्रणालीमा जकडिएका पीडितहरूको मार्मिक कथा उठाएको छ । यसमा प्रमुख पात्र दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला प्रमुख भूमिकामा चित्रित छन् । ट्रेलरका बीचबीचमा सहकारीमा जम्मा गरेको रकम नपाएर औषधि मात्र

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 214 पटक पढिएको
  • प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक प्रहरीले खोस्यो

    रौतहट । बाराको शान्ति टोलमा जारी ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ अनपेक्षित रुपमा शनिबार राति स्थगित गरिएको छ । जितपुर सिमरा उपमहानगरपालिका–२ मा भइरहेको महोत्सवमा राती ९ बजेर ५ मिनेट जाँदा प्रहरीले अवरोध गरेपछि कार्यक्रम स्थगित गरिएको हो । इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा लामा वाइबाको नेतृत्वमा गएको प्रहरी टोलीले कार्यक्रम चलिरहेको अवस्थामा हस्तक्षेप गरी कार्यक्रम रोकेको प्रत्यक्षदर्शीले बताए ।भोजपुरी गायक सुनील पण्डितले आफ्नो प्रस्तुति दिदै गरेको अवस्थामा डीएसपी वाइबाले हातबाट माइक खोसिन् र लाउडस्पीकरको तारसमेत चुँडाइदिएकी थिइन् । यस किसिमको कार्यक्रम राती अबेरसम्म गर्

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 213 पटक पढिएको
  • ‘वर्ड अफ माउथ माउथ’ राम्रो पाउँदा ‘के घर के डेरा : घर नं २’मा उच्च अकुपेन्सी

    काठमाडौं । प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’ले दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ ।शनिबार देश भरका हलमा यो चलचित्र उच्च अकुपेन्सीमा चलेको छ । निर्माणपक्षका अनुसार शनिबार देशभरका हलमा ७० देखि ९० प्रतिशत अकुपेन्सीमा ‘के घर के डेरा : घर नं २’ चलेको छ ।अफ टाइमका शो मा पनि दर्शकको राम्रो साथ सिनेमाले पाएको छ । “आज ७० देखि ९० प्रतिशतसम्म दर्शकको अकुपेन्सी देखियो । हाम्रो चलचित्रको जनरा र विषय अनुसार दर्शकको साथ पाउँदै गएको छ,” निर्देशक दीपेन्द्र के खनालले भने ।चलचित्रको विषय र कलाकारको काम दर्शकले मन पराएको उनले बताए । निर्देशक खनाल भन्छन्, “कलाकारको काम र व

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 220 पटक पढिएको
  • ‘ऊनको स्वीटर’ले अन्तर्राष्ट्रिय बजार तताउँदै: अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, मध्यपूर्व हुँदै युरोपसम्मको यात्रा

    चलचित्र ‘ऊनको स्वीटर’ अहिले देशभित्र र देशबाहिर एकसाथ चर्चा र प्रशंसामा रहेको छ । लेखक तथा निर्देशक नवीन चौहानको निर्माणमा बनेको यो चलचित्रले रिलिजको पहिलो सातामै नेपालमै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै वर्षकै पहिलो ‘हिट’ चलचित्र बन्न सफल भएको छ ।अहिले ‘ऊनको स्वीटर’ संयुक्त राज्य अमेरिकाका ३० भन्दा बढी सहरहरूमा एकै पटक प्रदर्शन भइरहेको छ । न्युयोर्कदेखि क्यालिफोर्निया, टेक्ससदेखि वासिङ्टन, ओहायोदेखि फ्लोरिडा सम्मका विभिन्न सहरहरूमा नेपाली दर्शकहरू आफ्नो नजिकको सिनेमा हलमै यो चलचित्र हेर्न पाएका छन् । अमेरिका भरिका नेपाली समुदायमा चलचित्रप्रतिको उत्साह देखिँदै गएको छ, जुन टिकटका अग्रिम

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 149 पटक पढिएको
  • 'महाभोज'को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र, आइतबार ट्रेलर आउने

    काठमाडौं - 'सत्य कहिल्यै लुक्दैन' भन्ने नारासहित यही जेठ १५ गते रिलिजको तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र 'महाभोज'को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ट्रेलर रिलिजको पूर्व सन्ध्यामा रिलिज गरिएको पोस्टरमा 'महाभोज'का प्रमुख तीन जना पात्रहरू दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने छन् ।ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेको पोस्टरले नेपाली समाजमा विद्यमान सामाजिक सङ्घर्षको चित्रण गर्छ । दयाहाङले दौरा-सुरुवाल, ढाका टोपी, र माला लगाएका छन् । उनको अनुहारमा गम्भीरता र जिम्मेवारीको भाव झल्किन्छ । पोस्टरमा खगेन्द्र केही असन्तुष्ट वा चिन्तित देखिन्छन् । यस्तै, आर्यन अनिश्चय, डर

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 163 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा