काठमाडौं । सार्वजनिक भएको ३ घन्टामै फिल्म ‘दुखी आत्मा’को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ । युट्युबको सिनेमा सेक्सन अन्तरगतको ट्रेन्डिङमै प्रवेश गरेको यो फिल्मले दर्शकको उत्साहजनक साथ पाएको छ ।हाल यो फिल्मको ट्रेलर युट्युबको मुभी सेक्सन अन्तरगत ४ नम्बर ट्रेन्डिङमा छ । यो फिल्मको कथावस्तु, प्रस्तुति, संवाद र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् ।यस्तै, फिल्मको ट्रेलर जापान, कतार र अष्ट्रेलियामा पनि ट्रेन्डिङमा छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद
काठमाडौं । सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय फिल्मको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले सोमबार फिल्मको औपचारिक घोषणा गरेका हुन्।फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् भने छायाङ्कन आगामी फागुनको पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको छ। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहनेछन्।फिल्म २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। हालसम्म दयाहाङ र विजय मात्र फाइनल भएका छन् भने दयाहाङको अपोजिटमा रहने नायिकाको नाम भने निर्माणपक्षले खुलाएको छैन। अन्य कलाकारको चय
काठमाडौं । झण्डै ३० वर्ष अघि ‘हिरो’ अथवा ‘कलाकार’ बन्छु भनेर केही समय नाटकमा अभिनय गरेका दीपकप्रसाद घिमिरे अब फिल्मवृत्त र दर्शकमाझ निर्माताका रुपमा आउँदैछन् । यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’मार्फत उनी निर्माताका रुपमा आउन लागेका हुन् ।कलाकारिताको मोहलाई छोडेर सरकारी काममा व्यस्त रहँदा कुनै एकदिन निर्देशक जीवन सेञ्चुरी ‘जुनाः एक व्यथा’को स्क्रिप्ट लिएर सातदोबाटोस्थित घिमिरेको कार्यालय पुगेका रहेछन् । आफूले चिनेका एक भाईमार्फत जीवन उनको सम्पर्कमा पुगेका थिए ।‘त्यो भाईले एउटा राम्रो स्क्रिप्ट छ, फिल्म बनाउनुपर्यो दाई भनेर आउनुभयो । मैले सुरुमा वास्ता गरिन्, तर दुई तीन पटक नै
काठमाडौँ। सारिका घिमिरेको शब्द, संगीत र स्वरमा नयाँ गीत भिडियोसहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘झुम्के फुली’ बोलको गीतमा संगीत संयोजन मनोज परियारले गरेका छन्। सारिकाले यस अघि पनि थुप्रै गीतमा आफ्नो स्वर दिई सकेकी छिन्। सार्वजनिक डान्सिङ्ग नम्बरमा सारिका घिमिरे र अलिशा शर्मा फिचर्ड छन्।केशवराज भट्टले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायांकन,मिलन बिस्वकर्माको सम्पादन रहेको छ। ओएसआर डिजिटलको अफिसियल यु ट्युव च्यानल बाट सार्वजनिक भिडियो र अडियोले दर्शकको मन छुनेमा निर्माण टिम बिस्वस्त रहेको छ।
ऋचा शर्मा वौद्धिक र अध्ययनशिल नायिकाको सूचीमा पर्छिन् । सिर्जनात्मक र सामाजिक क्षेत्रमा उनको विशेष रुचि छ । पछिल्लो समय उनका आधा दर्शन फिल्म लाइनमा छन् । उनको मूख्य भूमिका रहेको फिल्म सारंग यही माघ २५ गतेबाट हलमा आउँदैछ । नेपाली सिने उद्योग, सामाजिक एवं राजनीतिक मुद्दा र आउन लागेको फिल्मका विषयमा नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?फिल्म ‘सारंग’को प्रमोशन गरिरहेका छौ । सारंग सिनेमा यही माघ २५ गते रिलिज हुदैँछ । अभिभावक र बच्चाहरुले हेर्नैपर्ने सिनेमा बनेको छ । मन छुने सिनेमा बनाएका छौं । सिनेमा घरसम्म गइदिनुहोला भनेर प्रमोशन गरिरहेको छु । कलाकारिता क्षेत
काठमाडौं । एन अटिजम केयर फाउण्डेशनले भारतीय गायक जुबिन नौटियालको लाईभ कन्सर्ट आयोजना गर्ने भएको छ। कन्सर्ट आगामी फागुन १७ गते राजधानीको बौद्धस्थित हायात रिजेन्सी ग्राउन्डमा हुनेछ। कन्सर्टमा नेपालका लोकप्रिय गायक कुमा सागर र जोन चम्लिङ राईको समेत दमदार प्रस्तुति रहनेछ। काठमाडौंमा पहिलो अटिजम विद्यालय स्थापनाका लागि आर्थिक स्रोत संकलन गर्ने उद्येश्यले कन्सर्ट आयोजना गर्न लागिएको एन अटिजम केयर फाउण्डेसनका प्रबन्ध निर्देशक नेत्रबहादुर शाक्यले बताए ।फाउण्डेशनले अटिजम प्रभावित बालबालिकाका हकहितमा काम गर्दै आएको छ। संस्थाकी अध्यक्ष रमिला श्रेष्ठका अनुसार, संगीतप्रेमीहरूलाई मनोरञ्जन प्रदान गर्दै
काठमाडौँ। पछिल्लो समय नेपालमा रियालिटी शोहरुको संख्या बढ्न थालेको छ। रियालिटी शो प्रति दर्शकको चासो पनि बढ्न थालेको छ। वसन्त पञ्चमीको अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को औपचारिक घोषणा गरेको छ। राजधानीमा सोमबार शोको घोषणा गरिएको हो । घोषणा कार्यक्रममा रियालिटी शोको लोगो सार्वजनिक गरिएको छ ।बालबालिकाहरुलाई लक्षित गरि निर्माण गरिने शोमा चार देखि १४ वर्ष सम्म उमेर समुहकाले भाग लिन पाउने रघुजी फिल्म्सका सञ्चालक रघुनाथ सापकोटाले बताए। फागुनको पहिलो साताबाट डिजिटल अडिसन खुल्ला गरिने पनि उनले बताए। सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल हुन बाँकी रहेको छ।डिजिट
लिस्बन (पोर्चुगल) । नेपाली सेफ टङ्क सापकोटाले निर्माण गर्नुभएको इटालियन खानासम्बन्धी वृत्तचित्र ‘इटालीको स्वाद’ सार्वजनिक गरिएको छ । उक्त वृत्तचित्र पोर्चुगलको राष्ट्रिय टेलिभिजन टिभीआईमार्फत सार्वजनिक एवं प्रसारण गरिएको जनाइएको छ ।वृत्तचित्रमा इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटिएको छ । पोर्चुगिज फिल्म निर्देशक टियागो पीडे कार्भाल्होले निर्देशन गरेको उक्त वृत्तचित्र इटालीका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । पोर्चुगिज र इटालियन भाषाको सम्मिश्रणमा निर्माण गरिएको वृत्तचित्रमा सापकोटा स्वयं प्रमुख पात्र र प्रस्तोताका रूपमा प्रस्तुत भएका छन् ।वृत्तचित्रम
काठमाडौं । यही माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत फिल्म ‘जुनाःएक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ । गीतमा पूर्णकला बिसीको स्वर, भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको संगीत छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बिनु कार्की, अस्मिता बस्नेत र नेहा गौतमले नाँचेका छन् । विशेष विवाहमा महिलाहरुले नाँच्ने रत्यौलीलाई प्रस्तुत गरिएको गीतमा एक केटीलाई केटाको गेटअपमा प्रस्तुत गरिएको छ । हाँसो ठट्टा शैलीमा प्रस्तुत गरिएको गीत कुनै घरको आँगनमा खिचिएको छ । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मले बाल विवाह, अनमेल विवाह, महिला हिंसालगा
काठमाडौं । टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान तान्न सफल फिल्म ‘दुःखी आत्मा’को ट्रेलर निर्माणपक्षले सार्वजनिक गरेको छ । फिल्म रिलिजको १० दिन अगाडि मात्र ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’यो कविताले पनि फिल्मले कस्तो भन्न खोजेको हो वुझ्न सकिन्छ ।दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।रामजी ला
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.