मनोरञ्जन

    Showing 1,421-1,430 of 2,715 items.
  • सबन्ध बिच्छेद पछि एकल जीवन बिताइरहेकी ७ अभिनेत्री

    बलिउडमा यस्ता धेरै अभिनेत्रीहरु रहेका छन्, जसले विवाह गरेको केही वर्षपछि सम्बन्धविच्छेद गरेका थिए । यस्तो अवस्थामा यी सुन्दरीले फेरी बिहे नगरी बस्न पुगेका छन र अहिले पनि उनीहरू सिंगल नै रहेका छन् । चाहे करिश्मा कपूर होस् वा सामन्था रुथ प्रभु, उनीहरुको सम्बन्धविच्छेद भएको धेरै वर्ष भइसक्यो । यद्यपि यी सुन्दरीहरू अझै एकल जीवन बाँचिरहेका छन्। आउनुहोस्, बलिउडमा सबन्धबिच्छेद पछि एकल जीवन जिउनेहरूको पहिचान गरौं । मलाइका अरोराले १९९८ मा अरबाज खानसँग विवाह गरेकी थिइन् । जसवाट उनीहरुको एक छोरा अरहान पनि छन्। तर, विवाह गरेको १९ वर्षपछि २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भयो । त्यसपछि उनले फेरि बि

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 335 पटक पढिएको
  • अभिनेत्री करिश्माको पूर्व पति सञ्जय कपूरको निधन

    बलिउड अभिनेत्री करिश्मा कपूरका पूर्व पति सञ्जय कपूरको निधन भएको छ।  सञ्जय कपूरको ५३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो। आज तकको रिपोर्ट अनुसार, बिहीबार बेलायतमा रहेका सञ्जय कपूर पोलो खेलिरहेका थिए। यसै क्रममा सञ्जयलाई हृदयाघात भएको थियो। उनलाई तत्काल चिकित्सा सहायता पनि मिलेको थियो, तर यसको बाबजुद पनि सञ्जयले यस संसारलाई बिदाइ गरे।सञ्जयले सन् २००३ मा बलिउड अभिनेत्री करिश्मा कपूरसँग विवाह गरेका थिए। तर, विवाहको केही वर्षपछि अभिनेत्री र सञ्जयको सम्बन्ध विच्छेद भयो। सन् २०१६ मा, करिश्मा र सञ्जयले एक अर्कालाई सम्बन्ध विच्छेद गरेर अलग्गिए। सञ्जय र करिश्माका दुई सन्तान पनि छन्

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 380 पटक पढिएको
  • विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले किन बोलायो ?

    कमेडी शो ‘कमेडी नाइट विद च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयले बोलाएको छ । गत मङ्गलवारको कार्यक्रमको नयाँ शृङ्खलामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरिएपछि उनलाई प्रधानमन्त्रीको कार्यालयबाट बोलावट आएको हो ।उक्त शृङ्खलामा राष्ट्रिय स्वतन्त्र पार्टीका चार जना सांसदहरू डा तोसिमा कार्की, सुमना श्रेष्ठ, असिम शाह र निशा डाँगीलाई अतिथिको रूपमा निम्त्याएर रमाइला तथा व्यङ्ग्यात्मक कमेडी गरिएको थियो ।जसमा प्रधानमन्त्रीप्रति पनि व्यङ्ग्य गरिएको थियो । यही विषयलाई लिएर निर्देशक भण्डारीलाई प्रधानमन्त्री कार्यालयका स्वकीय सचिव अरुण लम्सालले बोलाएका

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 416 पटक पढिएको
  • ‘यानीमाया’का कारण ‘महाराजधिराज’ छाड्दै पल

    परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘महाराजधिराज’बाट नायक पल शाह र टिमविचको संझौता अन्त्य भएको छ । पलले केही महिना अगाडि छत्रेश्वरी म्यानेजमेन्टसँग फिल्म ‘महाराजधिराज’का लागि संझौता गरेका थिए ।तर, आजबाट सहमतीमै संझौता अन्त्य गरिएको पलले उल्लेख गरेका छन् । पलले आफ्नै व्यानरमा निर्माण हुन लागेको फिल्म ‘यानीमाया’लाई मुख्यकारण बताएका छन् ।असारको पहिलो साताबाट करिब २ महिनाको सेड्यूलमा छायांकनमा जान लागेको ‘महाराजधिराज’ र साउनको पहिलो साताबाट छायांकनमा जान लागेको आफ्नो फिल्म ‘यानीमाया’को सेड्यूल जुधेपछि फिल्म छाड्नुपरेको पलले उल्लेख गरेका छन् । यता, छत्रेश्वरी म्यानेजमेन्टले जा

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 299 पटक पढिएको
  • आजदेखि हलमा लाग्यो 'महाभोज'

    दिनेश राउत निर्देशित चलचित्र 'महाभोज' बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । करिब २०० शोसहित यस चलचित्रले सार्वजनिक प्रदर्शनको सुरुवात गरेको हो । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा हिमाल कडरियाले निर्माण गरेको यो चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ। ।काठमाडौंमा केही दिनअघि प्रिमियर भइसकेको 'महाभोज' को टोलीले हालै पोखरा र बुटवलमा पनि विशेष शो आयोजना गरेको थियो । यसै क्रममा बिहीबार एकै दिन विराटनगर र धरानमा पनि भव्य

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 462 पटक पढिएको
  • पर्वतारोही दियाले गरिन् युरोपको सबैभन्दा अग्लो शिखर आरोहण

    अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर, माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्। उनी जुन १० तारिखको बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै शिखरमा पुगेकी हुन्। यो अभियान एलिट एक्सपेडिसन प्रा.लि.ले आयोजना गरेको थियो।यस उपलब्धिसँगै, उनले “सेभेन समिट्स” चुनौतीमा, सात महादेशका सबैभन्दा अग्ला शिखरहरू चढ्ने आफ्नो महत्त्वाकांक्षी लक्ष्यलाई अघि बढाएकी छन्।अहिलेसम्म पुनले सात मध्ये चार शिखर सफलतापूर्वक आरोहण गरिसकेकी छन्: माउन्ट एभरेष्ट (एशिया), किलिमन्जारो (अफ्रिका), अकोंकागुवा (दक्षिण अमेरिका), र अहिले माउन्ट एल्ब्रुस (युरोप

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 311 पटक पढिएको
  • ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२’ बाट ४ सङ्गीतकर्मी सम्मानित

    गायिका मिरा राणा नगद १ लाख १ रुपैयाँसहित ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२’ सम्मानित भएकी छन् । गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले एक कार्यक्रम गर्दै राणासहित ४ सङ्गीतकर्मीलाई नगदसहित सम्मान गरेको हो । गायिका राणा अनुपस्थित भएका कारण उनका भाइ विजेन्द्र मिश्रले उक्त सम्मान ग्रहण गरेका थिए । कार्यक्रममा ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मान २०८२ ’ बाट वाद्य सङ्गीत निर्देशक मोहनकृष्ण कार्की ढलीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानित गरियो ।त्यस्तै, ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार २०८२’ बाट गायक सुरजकुमार थापालाई नगद ५० हजार रुपैयाँसहित सम्मा

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 331 पटक पढिएको
  • रचनाको अहिलेको अवस्था कस्तो छ ?

    गायिका रचना रिमाल ह्याम्स अस्पतालमा भर्ना भएकी छन् । कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ ल्याएर उपचार थालिएको हो ।उनको अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ । सङ्क्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको छ । चिकित्सकले उनको उपचार गरिरहेका छन् । उनको अवस्था बिस्तारै सुधार भएको बताइन्छ । सुरुमा उनलाई सेनाको हेलिकोप्टर मार्फत नेपालगन्ज ल्याइएको थियो । त्यसपछि काठमाडौँमा ल्याएर उपचार थालिएको हो ।रिमाल रुकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन पुगेकी थिइन् । अचानक पेट दुखेपछि उनलाई नेपालगन्

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 400 पटक पढिएको
  • ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ किन र केका लागि बन्यो ?

    पछिल्लो समय नेपाली दर्शकको रुचि कस्तो सिनेमामा छ भनेर कसैले सोध्यो भने सायद अधिकांशले भन्छन् होला, इमोस्नल सिनेमामा । किन भन्ने प्रश्न आयो भने जवाफमा उदाहरण प्रशस्तै छन् । जस्तै : ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’, ‘एन्जिला’, ‘ऊनको स्वीटर’ आदि ।कमेडीबाट दर्शक आफ्नै जिन्दगी र अनुभवमा घोलिएका कथाहरू बोकेका इमोस्नल सिनेमातिर लहसिए । त्यसैले दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्दै आफूहरू आउन लागेको बताउँछन्, हिमाल न्यौपाने । अर्थात्, चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’का निर्देशक ।“हाम्रो सिनेमाको अनाउन्समेन्ट भिडियोदेखि अहिलेसम्म आइपुग्दा हरेक टिजरले यो प्रष्ट पारेका छन् भन्ने लाग

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 236 पटक पढिएको
  • सय दिनको नजिक पुग्यो 'अञ्जिला', क्युएफएक्स सिनेमाले सहुलियतमा देखाउने

    गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र 'अञ्जिला' लगातार प्रदर्शनको एक सय दिनको नजिक पुगेको छ । बुधवार ९१ औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो चलचित्र निरन्तर प्रदर्शनमा छ । बिहीबारको लागि उक्त हलमा ३ वटा शो प्रदान गरिएको छ ।चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले सय दिन नजिक पुग्दै गर्दा क्युएफएक्स सिनेमाजले निरन्तर प्रदर्शनमा रहेको हलसहित देशभरका अन्य केही हलमा समेत रू. १०० दरमा चलचित्र देखाउने तयारी गरेको बताए । उनले भने, "दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनु भएको छ । तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा चलचित्र देखाउने

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 322 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.