मनोरञ्जन

    Showing 591-600 of 2,224 items.
  • सलमानको एक फिल्म बन्न २० वर्ष लाग्यो, बक्स अफिसमा सुपरफ्लप

    यतिबेला सलमान खान आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छन् । गलवानको युद्धमा सुपरस्टार सिपाहीको भूमिकामा देखिने छन् । उनका फ्यानहरु उनको यो फिल्मको प्रतिक्षामा छन् । भाइजानको अघिल्लो फिल्म सिकन्दर बक्स अफिसमा नराम्रोसँग फ्लप भएकाे थियाे ।अहिले सलमान आफ्नो अर्को फिल्मका लागि कडा मेहनत गरिरहेका छन् । तर आज हामी तपाईलाई सुपरस्टारको त्यो फिल्मको बारेमा बताउनेछौँ, जुन बन्न २० वर्ष लागेकाे थियाे तर  रिलिजपछि बक्स अफिसमा नराम्रोसँग फ्लप भयो ।सलमान खानका फिल्महरु बारे भनिन्छ कि बक्स अफिसमा फ्लप भएपनि उनीहरु १०० करोड क्लबमा सामेल हुन्छन् । १५ वर्षअघि सलमानको एउटा फिल्म रिलिज भएको थियो । जसमा उनल

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 345 पटक पढिएको
  • भदौमा चलचित्रसम्बन्धी तीन ‘अवार्ड’ हुँदै

    आगामी भदौमा नेपाली चलचित्रसँग सम्बन्धित तीन ‘अवार्ड’ समारोह हुने भएको छ। आयोजकहरूले भिन्नाभिन्नै रुपमा घोषणा गरेअनुसार भदौ २६ गते ‘आठौँ सिने सर्कल अवार्ड–२०८२’, भदौ २८ गते ‘दोस्रो इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा)’ र सोही महिनामा चलचित्र समीक्षक समाजले प्रदान गर्ने ‘क्रिटिक्स अवार्ड’ आयोजना हुनेछ।पुरस्कारले चलचित्रकर्मीलाई प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले बताएका छन् । ‘सिने सर्कल नेपाल’ द्वारा आयोजित समारोहमा २५ विधामा पुरस्कार प्रदान गरिने ‘आठौँ सिने सर्कल अवार्ड २०८२’ को संरक्षक चौधरी समूहका प्रबन्ध निर्देशक वरुण चौधरी रहेका छन्।  चलचित्र समीक्षक तथा पत्रकारहरूको छा

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 304 पटक पढिएको
  • 'रियाल रिङ्गेट'को प्रदर्शन स्थगित गर्ने निर्णय

    यसै साता प्रदर्शनमा आएको नेपाली चलचित्र 'रियाल रिङ्गेट'को प्रदर्शन स्थगित गर्ने निर्णय गरेको निर्माताले बताएका छन्। भोली सोमबार देखि नेपालभरका सबै हलहरुमा प्रदर्शन स्थगन गरिएको निर्माता गगनलाल प्रधानले एक विज्ञप्ति जारी गर्दै जनाएका छन्। रेबेल फिल्म्स प्रा.लि. द्वारा निर्माण जारी गरिएको प्रेस विज्ञप्तिमा चलचित्रलाई उचित समय नदिईकन मात्र अप्रभावकारी समयमा प्रदर्शनको मौका दिइएको कारण फिल्मलाई दर्शकसामु प्रभावकारी ढङ्गले प्रस्तुत गर्न नसकिने अवस्था आएको जनाइएको छ।दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त हुँदा हुँदै र हललाई बारम्बार अनुरोध गर्दा पनि उपयुक्त शोको बारेमा बेवास्ता गरिएको कारणले हाम

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 379 पटक पढिएको
  • ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मार्फत मिरुनाले गर्लिन् डबल ह्याट्रिक ?

    नेपाली चलचित्र उद्योगमा मिरुना मगरलाई भाग्यमानी नायिका भने पनि हुन्छ । किनकी तुलनात्मक रूपमा उनका चलचत्र असफलभन्दा पनि सफल धेरै छन् ।सुरुवाती वर्षाका केही चलचित्रलाई छोड्ने हो भने जब उनी स्थापित भइन्, लगातार हिट चलचित्र दिइन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनका हिट सिनेमा हुन् । यी तीन सिनेमाले हिटमा ह्याट्रिक गरे ।‘रङ्गेली’ र ‘मनसरा’ तुलनात्मक रूपमा सफल नभए पनि त्यसपछि आएका ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ फेरि हिट भए । अब ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रिलिज हुँदा उनले फेरि दोस्रो पटक हिटमा ह्याट्रिक गर्लिन् त ? यदि, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ व्यापारिक रूपम

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 362 पटक पढिएको
  • धुर्कापानीको 'दिनमा पनि, रातमा पनि'

    गीतकार तथा गजलकार डा. तारानाथ घिमिरे 'धुर्कापानीु को नयाँ गीत 'दिनमा पनि, रातमा पनि' सार्वजनिक भएको छ ।शनिबार काठमाडौँमा साहित्यकार डा‍‍. नवराज लम्साल, डा. विष्णु दाहाल, सङ्गीतकार राजु सिंहलगायतले गीतको भिडियो सार्वजनिक गरेका हुन् ।विष्णु अधिकारीको सङ्गीत र स्वर रहेको गीतमाथि डा। गीता त्रिपाठी, डा. विष्णु दाहालले बोलेका थिए । उनीहरूले गीत मार्मिक रहेको र गीतले दुस्खको कथा भनेको बताए । प्रेम, जीवन र प्रेमका दुखद् पक्ष गीतमा आएकाले मार्मिक बनेको वक्ताहरूको टिप्पणी थियो । गीतकार धुर्कापानीले नेपाली सुगम सङ्गीतमा केही गरौँ भन्ने हुटहुटीले गीत तयार पारेको सुनाए ।प्रमुख अतिथि डा. नवराज लम्सालले नेपा

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 319 पटक पढिएको
  • 'लक्की सांस्कृतिक साँझ २०८२' मा लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठ सम्मानित

    ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा 'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' कार्यक्रम सम्पन्न भएको छ ।भरतपुर-९, संगमटोल, चितवनमा रहेको डल्फिन फनपार्क एण्ड रिसोर्टको हलमा 'लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२' कार्यक्रम सम्पन्न गरेको हो । लक्की मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्कीले नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका सरिता गुरुङ श्रेष्ठलाई सम्मान गरिएको बताए । नेपाली लोकदोहोरी क्षेत्रमा अतुलनीय योगदान दिए बापत चर्चित लोकदोहोरी गायिका श्रेष्ठलाई सम

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 433 पटक पढिएको
  • ‘क्याप्टेन साब’को भब्य सेट तयार गरेर छायांकन

    चलचित्र ‘क्याप्टेन साब’को भब्य सेट तयार गरेर छायांकन भइरहेको छ । काठमाडौंको तीनकुनेमा सेट तयार गरेर चलचित्रको छायांकन भइरहेको हो ।विसं २०३० र ४० को काठमाडौं कस्तो थियो भन्ने देखाउने सेट तयार गरेर काठमाडौंको तीनकुनेमा ‘क्याप्टेन साब’को छायांकन भइरहेको हो ।विसं २०३० र ४० को काठमाडौंमा कस्ता घर थिए भन्ने सेटमा देखिएको छ । एकै खालका सेता तर पुराना जोडिएका घर सेटमा देखिने निर्माणपक्षले जनाएको छ ।“काठमाडौंको व्यस्त सहरमा हामी दर्जनौँ पक्की नयाँ घर त बनाउन सक्दैनौँ । त्यसैले ३० र ४० को दशकको फिल आउनेगरी घरको कलर गरेका छौँ,” निर्देशक दीपेन्द्र के खनालले भने, “त्यो बेलाको काठमाडौं कस्तो थियो भन्ने देखा

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 197 पटक पढिएको
  • बिक्की गुरुङको गीत ‘डर लाग्छ’मा मलिका र कुन्साङको अभिनय

    चर्चित गायक, गीतकार तथा सङ्गीतकार बिक्की गुरुङले करिब पाँच वर्षपछि नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन्। यस गीतमा शब्द, सङ्गीत र स्वर स्वयं बिक्की गुरुङकै रहेको छ भने यसको भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ बम्जन र मोडल पूर्णिका सिजापतिले अभिनय गरेका छन्।गीत ‘डर लाग्छ’ को निर्माण भिक्टर रसाइलीले गरेका हुन्। यस गीतमा रुपेश साख्याको बाँसुरी, सुमन बिकेको गिटार र किरण महर्जनको सारङ्गी वादन रहेको छ। गीतको भिडियोलाई निर्देशक विजय दोङले निर्देशन गरेका हुन् भने छायाङ्कन, सम्पादन र कलर ग्रेडिङ जितु तामाङले गरेका छन्।बिक्की गुरुङ अमेरिका निवासी नेपाली कलाकार हुन् जसले २०१५ मा ‘केवल’ गीतबाट

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 306 पटक पढिएको
  • ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक

    चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोष्टर सार्वजनिक गरेको हो ।हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको चलचित्रको पहिलो झलक पोष्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ ।लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ । चौरमा एक पुरुषसहित सात महिला छन् । जो भलिबल खेलिरहेका छन् ।भलिबलको नेट र कोर्टसमेत रहेकाले सायद उनीहरू महिला टुर्नामेन्टका लागि तयारी गरिरहेका छन कि ! तर, निर्माण पक्षले प्रष्ट भने पारेको छैन ।बुकी फूल हिमाली क्षेत्रका पाटनमा वर्षाको

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 251 पटक पढिएको
  • नीताको ‘सुख दु:ख’मा मिथिलापछि मदनकृष्णको इन्ट्री

    अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन्।  उनलाई शुक्रबार निर्माण पक्षले फिल्मको महत्वपुर्ण भुमिकाको लागि अनुबन्ध गरेको हो।फिल्ममा अनुबन्ध भएपछि कलाकार श्रेष्ठले आफुलाई फिल्मको कथा मन परेको कारण अभिनय गर्न राजी भएको बताए। मदनकृष्णलाई फिल्ममा अनुबन्ध गरेपछि निर्देशक नीता निकै उत्साहित देखिइन्।उनले भनिन्,‘फिल्मको स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो। स्क्रिप्टलाई उहाँले मन पराएपछि अभिनय गर्नका लागि उत्साहित देखिनुभयो।’गत आइतबार निर्माण पक्षले कलाकार मिथिला शर्मालाई अनुबन्ध गरेको थियो। मदन र मिथिला बाहेक फिल

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 284 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा