गायक अनिल सिंहले आफ्ना पुराना एवम् लोकप्रिय गीतसङ्गीतलाई नयाँ स्वरूपमा ल्याउने बताएका छन् ।आफैँले सिर्जना गरेको गीतहरूमा श्रव्यदृश्य उत्पादन गरिएका कम्पनिमार्फत ‘कपीराइट’ लगाइएपछि त्यसविरुद्ध चर्को आवाज उठाइ सङ्घर्ष गरिरहेका गायक सिंहले हालै ‘म्युजिक डटकम’सँग आफ्ना गीतको ‘कपीराइट’ र ‘रोयल्टी’ का विषयमा सम्झौता गरेका छन्। उक्त सम्झौतापछि उनले आफ्ना गीतहरूको ‘अडियो’ आफूले चाहेको अवस्थामा प्रयोग गर्नसक्ने बताए । उनले भने,“मैले तयार गरेको अडियोहरू म आफैँले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ । मैले श्रव्यदृश्य निर्माणका लागि ती गीतहरू दिएकोे थिएँ, तर अहिले म आफैँले ती गीत
यही शुक्रवार देशभर रिलिज हुन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को प्रिमियर शो भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौंमा आयोजित उक्त प्रिमियर कार्यक्रममा चलचित्र युनिटका सदस्यहरू, राष्ट्रिय स्तरका कलाकारहरू, सञ्चारकर्मीहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।चलचित्रले नेपाली समाजको एउटा गम्भीर यथार्थको रूपमा रहेको रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको पीडा र सङ्घर्षलाई पर्दामा प्रस्तुत गरेको छ। चलचित्रको नाममै कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको ‘रिङ्गेट’ समेटेर त्यसको साङ्केतिकता बलियो रूपमा दर्साइएको छ। निर्देशक
कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित ‘रेलको बाटो’ नामक नयाँ नेपाली फिल्म बन्ने भएको छ। कस्तुरी प्रोडक्सन प्रालिको निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने फिल्मको कथा तथा निर्देशन लक्ष्मण सुनारले गर्नेछन्।फिल्मको औपचारिक घोषणा गर्दै निर्माण टिमले थिम सहितको पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा “गाउँपालिका भवन उद्घाटन” लेखिएको गेट र मुनि “प्रधानमन्त्रीको ज्युलाई स्वागत छ” भन्ने ठूलो ब्यानर देखिन्छ। उक्त दृश्यले कर्णाली राज्यको लागि ‘दर्शनीय प्रयोगशाला’ मात्र बनेको हो कि भन्ने आलोचनात्मक सन्देश दिने संकेत गर्छ।संगीत सुरज पण्डित
चर्चित टेलिभिजन सिरियल भद्रगोल निर्माण तथा निर्देशन गरेका चर्चामा आएका अर्जुन घिमिरे (पाँडे) निर्देशक बनेका छन् । उनले बिहीबार साउन १५ अर्थात् खीर खाने दिनको अवसर पारेर ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा डेव्यु निर्देशकिय सिनेमा ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गरेका हुन् ।गतवर्षसम्म उनी चर्चित टेलिभिजन सिरियल सक्किगोनि निर्माण तथा निर्देशन गरिरहेका थिए । गत वर्षको फागुन १३ मा उनको टिम जेपिटी क्रियसनले निर्माण ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो । यो सिनेमामा अर्जुन घिमिरे (पाँडे)ले मुख्य भूमिकामा अभिनय समेत गरेका थिए । उक्त सिनेमा बक्सअफिसमा हिट भएपछि उनी आफै निर्देशनमा अग्रसर भएका हुन् ।‘झरी
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टरमा खुसी र तनाव देखिएको छ । खुसी र तनाव सञ्चार गर्ने कलाकारहरूको भावसहितको पोस्टर सार्वजनिक भएको छ ।निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा चलचित्रका शीर्ष ६ पात्र छन् । जसको शीर्ष स्थानमा कामेश्वर चौरसिया छन् । लामो कपाल र दारीमा रहेका उनको चेहरामा खुसी छ ।पोस्टरमा रहेका अन्य कलाकार शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी छन् । प्रकाश, गौमाया र लक्ष्मी भने केही तानवमा देखिन्छ ।यो पोस्टरमा पनि सरकारी कार्यालय छुटेको छैन । जिल्ला कारागार मोरङ छ । अर्को एक सरकारी कार्यालय पनि देखिएको छ । तर, कुन हो प्रष्ट छैन ।पोस्टर र
पञ्जाब र हरियाणा उच्च अदालतले चर्चित बलिउड अभिनेता राजकुमार राव विरुद्ध दर्ता भएको एफआईआर रद्द गर्न माग गर्ने याचिकामा सुनुवाइ गरेको छ। जालन्धरका प्रहरी आयुक्तको शपथ पत्रमार्फत प्रहरीसँग अनुसन्धानको स्टेटस रिपोर्ट मागिएको थियो । अहिले उनले अदालतमा आत्मसमर्पण गरेपछि जमानतमा रिहा भएका छन्। राजकुमार रावको यो मामला एक विवादास्पद पोस्टरसँग सम्बन्धित छ, जसमा राजकुमार रावलाई भगवान शिवको रूपमा मोटरसाइकलमा बसेको देखाइएको थियो।उच्च अदालतले यस मामिलामा पञ्जाब प्रहरीसँग अनुसन्धान रिपोर्ट मागेको छ। अब यस विषयमा अर्को सुनुवाई अगस्ट ८ मा हुने भएको छ ।खासमा राजकुमार रावको २०१७ को फिल्म ‘बेहेन होगी तेरी’
तमिल सिनेमाका पावर स्टार भनिने अभिनेता एस श्रीनिवासन पक्राउ परेका छन् । श्रीनिवासनलाई आर्थिक अपराध शाखाले ऋण ठगी मुद्दामा पक्राउ गरेको हो।श्रीनिवासनमाथि होटलमा लगानीका लागि एक हजार करोड रुपैयाँ ऋण दिने आश्वासन दिएर कम्पनीलाई ठगी गरेको गम्भीर आरोप लागेको छ । उनी सन् २०१८ देखि फरार थिए र दुई पटक फरार घोषित भइसकेका थिए । श्रीनिवासन तमिल सिनेमाको ठूलो नाम हो। ईओडब्ल्यूका अनुसार अनुसन्धानमा फिल्म निर्माण र व्यक्तिगत प्रयोजनका लागि पैसाको दुरुपयोग भएको खुलेको छ । आरोपी चेन्नईमा ६ वटा यस्तै ठगी मुद्दामा संलग्न रहेको पाइएको छ। दिल्ली प्रहरीका अनुसार डिसेम्बर २०१० मा उजुरीकर्ता कम्पनी म
काठमाडौं— तीजको माहोल नजिकिँदै गर्दा गायक तथा सर्जक मोतिराज खनालको नयाँ तीज गीत ‘छड्के कपाल किन कोरेको’ सांगीतिक बजारमा चर्चाको केन्द्रमा रहेको छ। मौलिक लय, परम्परागत भाकाको संरक्षण र नारी सशक्तिकरणको सन्देश बोकेको यस गीतले छोटो समयमै दर्शक–श्रोताको मन जित्न सफल भएको छ।दुई दशकभन्दा बढी समयदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील खनालले सामाजिक यथार्थ झल्काउने उद्देश्यले गीत तयार पारेका हुन्। पछिल्लो समय बजारमा फैलिएको छाडा र उत्ताउला गीत–संगीतप्रति असन्तुष्टि जनाउँदै खनालले यसपटक मौलिक स्वादका साथ सन्देशमूलक सिर्जना ल्याएका छन्।गीतमा गायक मोतिराज खनाल र गायिका राधिका हमालको मुख्य स्वर रहेको छ
चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको चलचित्रको ३६ औं दिन खिचिएपछि इण्डकल्याप गरिएको हो ।पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश : च्याप्टर–१’को सिनदेखि गीतसम्मको दृश्य खिचिएपछि पूणरुपमा छायांकन सम्पन्न भएको निर्माता अञ्जान केसीले जानकारी गराए ।“हामीले पोखराको पामेमा सिनेमाकै एउटा ‘उकुस मुकुस’ बोलको गीतको छायांकनसँगै कुनै बाधा-अड्चन बिना हामीले दिनरात नभनी छायांकन सम्पन्न गर्न सफल भयौँ,” उनले भने, “अब पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ ।”अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको
रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेर महिला हामी एक भई उठौँ जागेर … गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्छिन् उनी । उनका तीज गीतमा पनि महिलाका दुःख, पीडा, बेदना, सङ्घर्षका कथाका साथै हक र अधिकारका विषय उठान गरिएको पाइन्छ ।नारीहरुको महान् पर्व तीज नजिकिँदै गर्दा उनले जस्तै बजारमा तीजका गीत ल्याउने क्रम सुरु भइसकेको छ । केही गीतमा मौलिकता झल्किन्छ भने केही गीत आधुनिक शैलीका छन् । पछिल्लो समय तीजका गीतमा आध
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.