मोडल कथा कलाकार निराजन प्रधान पुनः रंगीन दुनियामा फर्किएका छन् । तर अभिनयमामार्फत होइन निर्देशनमार्फत । निराजन म्युजिक भिडियोमार्फत कलाकारितामा फर्किएका हुन् ।उनले फोटो कथाको प्रस्तुतिमा निर्माण भएको ‘माया बस्यो’ बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् । सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय रहेको छ ।पार्स्व संगीतको झल्को दिने गीतमा प्रेमिल जोडीको प्रेम छ । अनुहार देख्दै प्रेम बसेको प्रसंगबाट सुरु हुने गीतले सागरभन्दा गहिरो र नदीभन्दा लामो माया बसेको कुरा गर्छ । एकले अर्काको तारिफ गर्ने गीतले एकअर्काको आनीबानीको खुलेर प्रशंसा गरेको छ
नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरिएको छ । आगामी श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रले वैदेशिक रोजगारीको मुद्दालाई मुख्य विषयवस्तु बनाएको छ, जुन गीतको बोल र भावमा पनि झल्कन्छ ।सार्वजनिक भएको नयाँ गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ले प्रेम र वैदेशिक रोजगारीको सम्बन्धलाई रोचक ढङ्गले प्रस्तुत गरेको छ । रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्ले को स्वर रहेको यस गीतमा प्रदीप भारद्वाजको शब्द र रामचन्द्र काफ्लेको सङ्गीत रहेको छ । गीतमा अभिनेता प्रमोद चौलागाईं र अभिनेत्री निता अधिकारी को अभिनय र नृत्य देख्न सकिन्छ ।गीतको बोलले नै केटी पक्षबाट ज्
कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकिय सिनेमा ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा थिए ।दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडी बढाउनुका साथै अर्को एउटा उत्कृष्ट सिनेमा दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरुङ बताउँछन् । कार्तिक तेस्रो साताबाट फ्लो्रमा जाने सिनेमाको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि सिनेमाले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए ।माओत्से गुरुङ फिल्मस्को ब्यानरमा
नेपाली भाषा तथा नेपाली संस्कृतिको प्रवर्धन तथा श्रीवृद्धिमा योगदान दिने उद्देश्यले निर्माण गरिएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को निर्माण संस्थालाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले एउटा पत्र प्रेसित गर्दै शुभकामना सन्देश पठाएको छ ।पाठ्यक्रम विकास केन्द्रको समकक्षता तथा मूल्याङ्कन शाखाले यो फिल्मको निर्माण संस्था श्री पद्मा ईश्वर इन्टरटेनमेन्ट, बागबजारलाई ‘शुभकामना सम्बन्धमा’ विषयको पत्र पठाउँदै सफलताको शुभकामना अर्पण गरेको हो ।पत्रमा भनिएको छ- ‘पद्मा ईश्वर ईन्टरनेट प्रालिद्वारा निर्मित नेपाली चलचित्र विशुद्ध नेप
यसबर्षको तीज पर्व नजिकिदै गर्दा तीज बिशेष गीतहरु सार्वजनिक हुनेक्रम बढिरहेको छ । कतिपय गीतहरु छायांकन भइरहेका छन् भने कतिपय गीत सार्वजनिक हुँदैछन् । यसैबिच लोकप्रिय गायिका समिक्षा अधिकारीको स्वरमा ‘माइतीको दैलो’ बोलको गीत सार्वजनिक गरिएको छ । जसमा समिक्षा सँगै मदन ढकाल, बिमला ढकाल र लक्ष्मी बस्नेतको स्वर रहेको छ । गीत मदन ढकालको प्रस्तुतीमा सार्वजनिक गरिएको हो ।गायक मदनले यसबर्षको तीज नजिकिदै गर्दा सम्पूर्ण दिदीबहिनीका लागी कोसेली स्वरुप गीत सार्वजनिक गरेको जानकारी दिए । गीतमा मदनकै शब्द छन् भने घनश्याम खत्रीको संगीत रहेको छ । संगीत संयोजन अनमोल बस्नेतले गरेका छन् । मिक्सिङको काम बिमल छिनालले
आगामी भदौ ६ मा नेपालसँगै विदेशमा प्रदर्शन हुने तयारी भइरहेको चलचित्र ‘माग्ने राजा’को तिजारा सार्वजनिक गरिएको छ। केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ ।केदार घिमिरेका भिन्न स्वरुप देखिने सिनेमामा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेको देख्न सकिन्छ । विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रुपमा परिचित छ । पौने दुई मिनेट लामो टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका छन् । टिजरले दुवैको भूमिकाको बारेमा भने उति धेरै खुलाएको छैन ।केदार घिमिरेलाई पोस्टरमार्फत् नै भिन्न स्वरुपमा प्रस्तुत गरेर चर्चा कमाएको
घनश्याम लामिछानेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् ।वि.सं. २०८० सालको पुष २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको यो सिनेमा हाल प्राइम भिडियोमा स्ट्रीमिङमा उपलब्ध छ ।अमेजन प्राइम सदस्यता भएका दर्शकले जुनसुकै देशबाट पनि यो चलचित्र हेर्न सक्नेछन् । जस अन्तर्रगत २ सय भन्दा बढी देशका दर्शकले यो सिनेमा हेर्न पाउने भएका छन् ।चलचित्रको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । विशेष कुरा के छ भने यो चलचित्र ४३ भाषामा सबटाइटल सहित रिलिज गरिएको छ, जसले यसलाई बहुभाषी दर्श
मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएको छ। आगामी दशैंको फूलपातिबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने यो फिल्मको फस्टलुक अहिलेसम्म रिलिज गरिएको छैन्। तर, यो फिल्मको फस्टलुक पोस्टर रिलिज नहुदै महँगो रकममा अस्ट्रेलिया राइट्स बिक्रि हुनु भनेको यसको हाइप कुन लेभलमा छ भन्ने कुरा पुष्टी हुन्छ। अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएसंगै यो फिल्मको लगानी सुरक्षित भएको निर्माणपक्षले जनाएको छ। निर्माता अधिकारीका अनुसार, फिल्मलाई अन्य देशहरुमा पनि बिक्रि गर्ने कुरा भइरहेको छ । यो फिल्मको अन्य देशक
सामाजिक सञ्जालमा दुर्ब्याबहार भोगिरहेका दुई गायिकाले गृह मन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन् ।गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेर आफुहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका हुन् ।पछिल्लो समयमा आफु माथी सामाजिक सञ्जालवाट हिंसा गर्नेहरूको नाम सार्बजनिक गर्दै आएका गायिकाद्दय चौहान र अधिकारीले भेटघाट गरेर आफ्नो समस्या सुनाएका हुन ।गायिक चौहानले सो भेट पछि सामाजिक सञ्जालमा लेखेकी छिन, ‘म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैं राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो।
काठमाडौँ – मलेसियामा जारी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ । आज भएको म्याचमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो । यो जीतसँगै आफ्नो समूहमा नेपाल अपराजित रहेर सेमिफाइनलमा पुगेको छ ।नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३२.४ ओभरमा ६० रन मात्र जोड्न सक्यो । नेपालका कप्तान विपिन शर्माले घातक बलिङ गर्दै केवल ७ रन खर्चमा ४ विकेट लिए ।भुटानका दुई ब्याटरले मात्रै दोहोरो अंकमा रन बटुल्न सकेका थिए । ११ औँ नम्बरमा आउने ब्याटर घाइते भएकाले ९ विकेट खसेपछि भुटानको इनिङ समाप्त गरिएको थियो ।आजको म्याचमा टस जितेर पहिले ब्याटिङ गरेक
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.