विश्वकै पहिलो कृषि रियालिटी गेम शो रः रिभोलुशनरी एग्रीकल्चर वारद्वारा आयोजित असार १५, धान दिवसको अवसरमा महानायक राजेश हमालको विशेष उपस्थितिमा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम गोदावरीको लेलेमा सम्पन्न भएको छ। गोदावरी नगरपालिका कृषि शाखा र मुक्तिनाथ कृषि कम्पनी ली.को सहकार्यमा आयोजित कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनी ली.का प्रबन्ध निर्देशक भरत राज ढकाल, इसीमोडबाट डा.टाशी शेर्पा, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, वडा नं १० का अध्यक्ष शेखर न्यौपाने र कार्यपालिका सदस्य उमा महत लगायत विभिन्न संघ-संस्थाहरुबाट प्रतिनिधिहरु, पत
गणेश देव पाण्डेले निर्देशन गर्ने निर्माणाधीन नेपाली चलचित्र ‘पारी बुटोल’का लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ । चलचित्रका लागि विभिन्न उमेर समूह र जातीय पृष्ठभूमिका नयाँ अनुहारहरू खोजी भइरहेको निर्देशकले बताए । यसको लागि विस्तृत जानकारी सहितको ‘कास्टिङ कल’ पोस्टर सार्वजनिक गरिएको छ, जसमा पुरुष र महिला दुवैका लागि फरक फरक उमेर र शारीरिक विशेषता भएका कलाकारको आवश्यकता परेको उल्लेख गरिएको छ ।चलचित्रमा २० देखि २५ वर्ष उमेरका सबै समुदायका युवकहरू आवश्यक छन् । यस्तै, ४० वर्ष उमेरका सेमी मंगोलियन (मंगोल अनुहारका) र ४५ देखि ५० वर्ष उमेरका सबै पृष्ठभूमिका पुरुषहरूको माग गरिएको छ ।त्यस्तै, महिला कला
काठमाडौं, १६ असार । ‘सालो एण्ड द १२० डेज अफ सदोम’, सिनेमा प्रेमीहरू यी नामहरू सुनेर आज पनि चम्किलो हुन्छन्। सन् १९७५ मा बनेको यो इटालियन फिल्मलाई अहिलेसम्मकै सबैभन्दा विवादित फिल्मको रूपमा लिइन्छ ।यसको कथा मात्र नभई यसमा देखाइएको क्रूरता, नग्नता र यौनजन्य यातनाका कारण यो फिल्म विश्वभरका सिनेमा प्रेमी र समीक्षकबीच चर्चाको विषय बनेको थियो । सन ७० को दशकमा जब युरोपेली सिनेमा प्रयोगको चरम सीमामा थियो, यो फिल्मले सीमा नाघेर मानवीय क्रूरता र शक्तिको विकृत मानसिकतालाई पर्दामा ल्याएको थियो ।निर्देशक पियर पाओलो पासोलिनीले निर्देशन गरेको यस फिल्मको कथा चार धनी र भ्रष्ट राजनीतिज्ञको वरिपरि घुमेको छ । फास
नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले शनिवार साँझ काठमाडौंमा आफ्नो सफल प्रदर्शनको ५१ दिने उत्सव मनाएको छ । देशभरका करिब ४० वटा सिनेमा हलहरूमा ५१ औँ दिन सफलतापूर्वक प्रदर्शन पूरा गरेको यस चलचित्रको सफलता साट्न आयोजित कार्यक्रममा चलचित्र युनिट, शुभचिन्तकहरू, लगातार ५१ दिनसम्म प्रदर्शन गरिरहेका सिनेमा हलका प्रतिनिधि, वितरकहरू तथा पत्रकारहरूको उपस्थिति थियो ।कार्यक्रममा चलचित्र युनिट, सिनेमा हलहरू र स्वदेशी तथा ओभरसिज वितरकहरूलाई निर्माता संस्था आर्टमाण्डुका निर्देशक एवं ‘ऊनको स्वीटर’ का निर्देशक नवीन चौहान, निर्माणमा सहकार्य गरेको केन्द्र मोशन पिक्चर्सका सञ्चालक केन्द्र लिम्बु, कार्यकारी निर्माताहरू मि
बबरमहलस्थित नेपाल कला परिषद्मा ‘पञ्च तत्वहरूको पारस्परिकसम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी भइरहेको छ । लिच्छवी हाउसको आयोजनामा गत शुक्रबारदेखि सुरू भएको प्रदर्शनीमा नौ जना नेपाली महिला कलाकारले आ–आफ्नो कलामार्फत् पृथ्वी, पानी, आगो, हावा र आकाशजस्ता जीवनका मौलिक तत्वहरूको गहिरो सम्बन्धलाई प्रस्तुत गरेको क्युरेटर मिसेल लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनीले समकालीन जलवायु चेतना र सांस्कृतिक दृष्टिकोणलाई जोड्दै दर्शकलाई प्रकृतिप्रति साझा उत्तरदायित्वबारे सोच्न प्रेरित गर्छ । प्रत्येक कलाकारले आफ्नो अद्वितीय माध्यम र दृष्टिकोणबाट प्रस्तुत गर्नुभएको कलाले परम्परागत ज्ञान र समकाल
काठमाडौं - नेपालले एसीसी पुरुष यू–१६ इस्टो जोन कप प्रतियोगिताको तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले पराजित गरेको छ । सेलानगोर मलेसियामा आइतबार भएको खेलमा कप्तान विपिन शर्माले ६ विकेट लिँदा नेपालले लगातार तेस्रो जित दर्ता गरेको हो । नेपालले दिएको ४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसियाले २४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ५० रन बनायो । नेपालका लागि बलिङतर्फ विपिनले सर्वाधिक ६ विकेट लिए । ७ ओभर ३ बलिङ गरेका उनले २ मेडन ओभर फाल्दै १२ रन खर्चे । नेपालका लागि प्रसिद्धले १ सय ३२ रनको शतकीय पारी खेले । १ सय १४ बल खेलेका उनले १५ चौका र १ छक्का प्रहार
रिलिज भएको ९ दिनमा फिल्म ‘मोहर’को ‘चाहिदैन मोहर’ बोलको गीतलाई १० लाख भ्यूज मिलेको छ । सुरुवातमा सुस्त देखिएको गीतको भ्युजले गती लिएको छ ।ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । गीतले १० लाख भ्यूज पाएपछि निर्देशक प्रतिक भन्छन्–‘हामीलाई दर्शकले यो गीतलाई विस्तारै मन पराउनुहुन्छ भन्ने लागेको थियो । अहिले टिकटकदेखि अन्य सामाजिक संजालमा पनि गीतप्रति दर्शकको चासो बढेको छ । यो गीतले फिल्मप्रति दर्शकको उत्साह अझै बढाएको देखिन्छ ।’शरद हुमागाँई र विशाखा शाहीको स्वर, प्रमोद ढुंगानाको शब्द रहेको यो गीतमा सुरेश अधिकारीको संगीत छ । फिल्मको टिजरलाई पनि दर्शक
अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता मिस सुप्रानेसनलमा ६६ देश बिचको प्रतिस्पर्धामा नेपाल उत्कृष्ट २४ मा पर्न सफल भएको छ । जसमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी नेपाली सुन्दरी दीक्षा अवस्थी पहिलोपटक उत्कृष्ट २४ भित्र पर्न सफल भएकी हुन् ।गएराति पोल्यान्डमा भएको मिस सुप्रानेसनल २०२५ को फिनालेमा उपाधि भने ब्राजिलकी सुन्दरी एडुआर्डा ब्रुमले जितेकी छन्। मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले नेपाल पहिलोपटक यो स्थानमा पुग्दा खुसीको सीमा नै नभएको बताए। उपाधि नजिते पनि यो देशका लागि ऐतिहासिक पल भएको उनले बताए।प्रतियोगिताको १६औँ संस्करणमा ६६ देशका सुन्दरी सहभागी भएका थिए। उपाध
काठमाडौं - यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२० रनको विशाल लक्ष्य दिएको छ ।मलेसियामा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको हो । नेपालका लागि प्रशिद्ध जैशीले शतक र परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतक प्रहार गरे ।जैशीले ११४ बलमा १३२ रन बनाउँदा, यादवले २८ बलमा ७१, श्रीवास्तवले ७१ बलमा ८८, थापाले ४१ बलमा ५१ रन बनाए भने सुगम बुढाथोकीले ३४ बलमा ३९, रोशन शाहीले ९ बलमा १० रन बनाउन सफल भए ।
शुक्रबार साँझ देखि बबरमहलमा रहेको नेपाल कला परिषदमा ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शिर्षकमा कला प्रदर्शनी सुरु भएको छ।लिच्छवि हाउसको आयोजनामा सुरू भएको प्रदर्शनीको सुरुआत गर्दै वौद्धधर्म गुरु तथा चलचित्र निर्देशक खिन्से नोर्वुले प्रदर्शनीमा नौ जना नेपाली महिला कलाकारहरूले आफ्नो कलामार्फत पृथ्वी, पानी, आगो, हावा र आकाशजस्ता जीवनका मौलिक तत्वहरूको गहिरो सम्बन्धलाई प्रस्तुत गरेको भन्दै तारिफ गरे ।‘यहाँ प्रदर्शनीमा रहेका चित्रकलाले हामीलाई पन्च तत्वको महत्वलाई अझैँ नजिकबाट बुझ्न मदत गरेको छ । मैले अवलोकन गरेपछि कलाकारहरूको काम उत्कृष्ट रहेको छ भन्न सक्छु । म उहाँहरूको कलालाई निरन्तरता दिन र आग
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.