नायक विपिन कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेर रवि लामिछानेको बारेमा पार्टीले संचालन गरेको हस्ताक्षर अभियानमा सहभागी भएका छन् । उनले हस्ताक्षर गरेपछि अहिले सामाजिक संजालमा विभिन्न खालका बहस भइरहेका छन् । ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधका विरुद्ध जनताको हस्ताक्षर अभियान’मा विपिन पनि सहभागी भएका हुन् । उनी, आइतबार पार्टी कार्यालय पुगेर हस्ताक्षर गरेका थिए । असारको ७ गतेदेखि रास्वपाले हस्ताक्षर अभियान चलाइरहेको छ । सोही हस्ताक्षर अभियानमा विपिन सहभागी भएका हुन् । बक्स अफिसमा ‘ऊनको स्विटर’ सुपरहिट भएपछि विपिन उत्साहित छन् । विपिनले हस्ताक्षर गरेपछि कतिपयले
राष्ट्रिय नृत्य प्रतियोगिता ‘छैटौँ एसइई डान्स च्याम्पियनसिप २०८२’ सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रतियोगिताकाे उपाधि शिवानी थापामगरले हात पारेकी छन् ।काठमाडौँस्थित बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनले नाचघरमा आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट भएकी शिवानीले एसइई डान्स च्याम्पियनसिपको ट्रफी र मेडलसँगै १ लाख रुपैयाँ नगदसँगै कक्षा ११ र १२ का लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी हुन् । प्रतियोगितामा २० जना फाइनलिस्टले नृत्य प्रस्तुत गरेका थिए । देशभरका करिब २८० प्रतियोगी मध्येबाट फाइनलको लागि २० जना प्रतियोगी छनौट भएका थिए ।जसमध्येबाट शिवानीले प्रथम भएकी हुन् । यस्तै सो प्रतियो
गायक दिप गुरुङ र स्वरूप राज आचार्यको स्वर रहेको ‘गाउँ बस्ती सुनसान’ गीत सार्वजनिक गरिएको छ ।दुर्गालाल श्रेष्ठको शब्द रहेको गीतले गाउँले जीवनशैली र अहिलेको यथार्थलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।गीतमा सुरज पण्डितको सङ्गीत र विष्णु तामाङको एरेन्ज रहेको छ । दिप फिल्मस्को प्रस्तुतिमा निर्माण भएको गीत गायक दिप गुरुङकै युट्युब मार्फत सार्वजनिक गरिएको छ । गीतले गाउँघर सुन्यपारेर युवा विदेश लागेपछिको समस्या बोलेको छ ।
नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई उजागर गर्ने चलचित्र ‘सतीदेवी’ को सुर्खेतमा आइतबार विशेष प्रदर्शन गरिएको छ । लक्ष्मी चलचित्र मन्दिरमा आयोजित शोमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, प्रदेशका ऊर्जा मन्त्री विजया बुढा,वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल लगायतको उपस्थिति थियो ।चार सयभन्दा बढी दर्शकको साथमा चलेको विशेष शोले हलमा उपस्थित सबैलाई भावुक बनायो। नगर प्रमुख ढकालले सतीदेवी हेरेपछि मन गह्रौँ भएको बताइन् । उनले महिलाको सङ्घर्ष, समाजले गर्ने विभेद, किशोरीहरूको भावना,सबै दृश्यहरू हाम्रै जीवनको ऐना बनेर प्रस्तुत भएको बताइन् । ढकालले फिल्मको सिक्वेलमा स
गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ १० करोड पटक हेरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा दुर्गेश थापाको फोटो पोष्ट गर्दै बधाई दिएका हुन् ।प्रधानमन्त्रीले आफ्नो फेसबुकमा लेखेका छन्,‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ’दुश्मन हेरेकोहेर्यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन ( १० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई !’
साउनको अन्तिम साताबाट छायांकनमा जान लागेको फिल्म ‘राम नाम सत्य’को पि–प्रोडक्सनको काम हाल धमाधम चलिरहेको छ ।फिल्मका लागि कलाकारहरु फाइनल गर्ने क्रम पनि चलिरहेको छ । फिल्ममा नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसकेका छन् ।अब, फिल्ममा कलाकार सुनिल थापालाई पनि अनुवन्धित गरिएको छ । निर्देशक माइकल चन्दका अनुसार, सुनिललाई यसपटक विल्कुलै फरक गेटअपमा देखाउने तयारी गरिएको छ । माइकलले भने–‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन । हामी, उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदैछौ । जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ ।’फिल्मलाई लभस्टोरी,
धनगढी । कैलालीको चुरे गाउँपालिका-६ बयलास्थित श्री मेलकट्टेश्वर माध्यमिक विद्यालयले २०८२ को अवसर पारेर प्रकाशित गरेको शैक्षिक स्मारिका ‘मेलकट्टेश्वर दर्पण’ शुक्रबार एक समारोहबीच लोकार्पण गरेको छ।विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमबीच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी, चुरे गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटी र उपाध्यक्ष धनादेवी थापाले संयुक्तरुपमा स्मारिका लोकार्पण गरेका हुन्।स्मारिकामा विद्यालयका ऐतिहासिक तथ्यांकहरू, शैक्षिक गतिविधि र विद्यार्थी तथा विभिन्न लेखकका साहित्यिक लेख/रचना समावेश गरिएका छन्। यसले विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउनुका साथै विभिन्न स
२७ औं शाङ्घाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा, चाइना फिल्म फाउन्डेसन र यसका साझेदारहरूले कुङ फू फिल्म हेरिटेज परियोजना अन्तर्गत दुईवटा प्रमुख एआई आधारित पहलहरू सुरु गरेका छन् ।एआइको प्रयोग गरी १०० क्लासिक मार्शल आर्ट फिल्महरू र विश्वको पहिलो पूर्ण एआइ उत्पन्न एनिमेटेड फिचर फिल्मलाई पुनर्स्थापना गर्ने प्रमुख प्रयास गरिन लागिएको हो । भेराइटीका अनुसार पुनर्स्थापना परियोजनाले छवि, ध्वनि र समग्र उत्पादन गुणस्तर सुधार गर्न एआइ प्रयोग गरी १०० ऐतिहासिक कुङ फू चलचित्रहरूलाई डिजिटल रूपमा पुनः मास्टर गर्ने लक्ष्य राखेको छ। यसका साथै मौलिक कथा र यसको सौन्दर्यलाई पनि जोगाउनका लागि यसो गरिन लागिएको ह
आमिर खानको बहु प्रतिक्षित फिल्म ‘सितारे जमीं पर’ रिलिज भएको छ । सितारे जमीं परलाई आर.एस. प्रसन्नाले निर्देशन गरेका हुन् । प्रसन्नाले यसअघि शुभ मंगल सावधान जस्ता फिल्म बनाएका थिए ।‘सितारे जमीं पर’ सन् २०१८ को स्पेनिस फिल्म च्याम्पियन्सको आधिकारिक रिमेक हो, जो होवी फेसरद्वारा निर्देशित थियो। फिल्ममा आमिर खान बाहेक जेनेलिया देशमुख, आशिष पेन्डसे, आरुष दत्त, आयुष भन्साली, ऋषि साहनी, गोपीकृष्ण के वर्मा, ऋषभ जैन, वेदान्त शर्मा, सिमरन मंगेशकर, संवित देसाई, नमन मिश्रा, डोली अहलुवालिया, गुरपाल सिंह र बिजेन्द्रको पनि अभिनय रहेको छ ।‘सितारे जमीं पर’ आमिर खानको फिल्म हो, जुन मुटुबाट बनेको हो । फि
ड्रागन मोसन पिक्चरको प्रस्तुति रहेको नयाँ गीतको भिडियो ‘ठिकै छ मेरी प्रिय’सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरिएको हो।अनुजा बरालको निर्देशनमा तयार भएको यो भिडियोले प्रेम, पीडा र द्वन्द्वको कथा प्रस्तुत गरेको छ। गीतको भिडियोमा गुरु वसिष्ठ, प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनय रहेको छ भने गीतलाई गुरु वसिष्ठले नै गाएका छन्। गीतको शब्द शेखर थापाको र संगीत दिवेश राईको रहेको छ। निर्माण पक्षले भिडियोले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरेको छ।भिडियोमा सत्यम रानाको दृश्य प्रविधि (भीएफएक्स) सम्हालेका छन् भने राजेन्द्र मोक्तानले रंग संयोजन र सारथी थापाले छायांकन ग
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.