मनोरञ्जन

    Showing 891-900 of 2,859 items.
  • मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    काठमाडौं । नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्धको टी–२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेल नेपालले मलेसियालाई ६ विकेटले जितेको हो । मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउदै ११५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ४८ रन बनाएकी थिइन् भने रुबिना छेत्रीले २३ र कविता कुँवरले १६ रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १११ रन बनाएको थियो । यो जितपछि नेपालले जारी सिरिजमा कमब्याक गर्दै २–२ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम तथा निर्णायक खेल बुधबार हुने तालिका रह

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 358 पटक पढिएको
  • ‘जेरीः अन टप’को ‘आमैले भन्थे’ गीतमा अनमोल, भुवन र आँचलको डान्स कस्तो छ ?

    असोजको ३१ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जेरीः अन टप’को तेस्रो गीत ‘आमैले भन्थे’ सार्वजनिक गरिएको छ । डान्सिङ बिटमा तयार पारिएको यो गीतमा विराज गौतम, राजेश पायल राई र अनु ढकालको स्वर, व्रिजेश श्रेष्ठ र विराज गौतमको शब्द तथा संगीत छ । सार्वजनिक गीतका फिल्मका मुख्य कलाकारहरू अनमोल केसी, भुवन केसी, आँचल शर्मा, केदार प्रसाद घिमिरे, उषा खडगीले नृत्य गरेका छन् । डान्सिङ नम्बरमा तयार भएको यो गीतको भिडियोमा अनमोल र आँचलले गज्जबको डान्स गरेका छन् । उनीहरुको केमेष्ट्री पनि फिल्ममा लोभलाग्दो देखिएको छ । अनमोलले डान्समा निकै नै मिहिनेत गरेको भिडियोबाट देख्न सकिन्छ । भविष्य खड्का, रोविन शे

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 393 पटक पढिएको
  • ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पुनः हेरफेर , अब कार्तिक २१ गते आउने

    चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले चलचित्र प्रदर्शनको मिति हेरफेर गरेको हो ।यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्र अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको छ । चलचित्रका निर्माता विनोद पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै नयाँ प्रदर्शन मितिको जानकारी दिएका हुन् ।दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा चलचित्र प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता पौडेलको भनाइ छ ।  उनले प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षा समेत गरेका

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 459 पटक पढिएको
  • ‘अभिमन्यु : च्याप्टर १’को नयाँ गीत रिलिज

     चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को नयाँ गीत रिलिज भएको छ । ‘मरौँ ज्यानले…’ बोलको गीत निर्माणपक्षले विजया दशमीका दिन सार्वजनिक गरेको हो ।गीतमा सुरेश बादलको शब्द रहेको छ । सुशान्त गौतमको संगीत तथा स्वर रहेको छ ।प्रेममा लीन भएको प्रेम जोडीको प्रेम, गीतमा समेटिएको छ । प्रेममा परेको जोडी प्रेमबिना बाँच्न सक्ने अवस्थामा नरहेको तर मर्न पनि नसक्ने अवस्था गीतले चित्रण गरेको छ ।बाहिर देख्दा कठोर देखिने व्यक्तिको भित्री हृदय कोमल हुने भन्दै गीतले एकले अर्कोको मनमा बसेको विषय उल्लेख गरेको छ । प्रेमिल गीतले सिनेमाका दुई मुख्य पात्रको प्रेम देखाएको छ ।भिडियोमा चलचित्रका मुख्य दुई पात्र कामेश्वर चौरसिया

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 401 पटक पढिएको
  • ‎ भारतीय र नेपाली फिल्मकर्मी मिलेर ‘मोनालिसा’ निर्माण गर्ने

    काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म निर्माण हुने भएको छ । बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोनालिसा’ (ब्लडी लभ)’ निर्माण हुने भएको हो । दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा फिल्मको औपचारिक घोषणा गर्दै शीर्षक पोस्टर सार्वजनिक समेत गरिसकिएको छ । पटकथा लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् । ठूलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेसनल स्टुडियोजले दिएको छ ।अहिले कलाकार छनोटको कार्य चलिरहेको जनाइएको छ । कथा, शैली र भिजुअलमा नयाँपन ल्याउने उ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 391 पटक पढिएको
  • फिल्म क्षेत्रलाई विपद्को असर : ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर

    काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले चलचित्र प्रदर्शनको मिति हेरफेर गरेको हो ।यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्र अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको छ ।चलचित्रका निर्माता विनोद पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै नयाँ प्रदर्शन मितिको जानकारी दिएका हुन् ।दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा चलचित्र प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता पौडेलको भनाइ छ ।  उनले प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षा समेत ग

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 289 पटक पढिएको
  • टि ट्वान्टी सिरिजको तेस्रो खेलमा मलेसियासँग नेपालको हार

    काठमाडौं ।  घरेलु टोली मलेसिया विरुद्धको महिला टि ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई १३ रनले हराउँदै मलेसियाले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको हो ।वायुमास ओभल स्टेडियममा जितको लागि १ सय २१ रनको विजय लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १ रन ७ रनमा समेटियो ।टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १२० रन बनायो । उसका लागि ओपनर आइना हासिमले ५८ बलमा ५ चौका प्रहार गर्दै ६१ रन जोडिन् भने मास एल्साले ३० बनाइन् ।बलिङमा नेपालका लागि कविता जोशी र कविता कुँवरले २–२ विकेट लिए । नेपालका लगि सम्झना खड्काले १८ रन र रूबि पोद्दारले ३१ रन&nbs

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 467 पटक पढिएको
  • तास सबै खेल्छन्, तर सायद थोरैलाई मात्र थाहा होला, कार्डको वैज्ञानिक आधार

    काठमाण्डौ  ।  तास सबै खेल्छन् । सबै मनोरन्जन गर्छन्।  तर सायद थोरैलाई मात्र थाहा होला, कार्डको आधार वैज्ञानिक छ र साथसाथै  यो प्रकृतिसँग पनि सम्बन्धित छ। आयताकार मोन्टे पेपरबाट बनेका कार्डहरू ४ प्रकारका हुन्छन् -इँटा, पान, चिडी र हुकम। १३ वटा कार्ड गरी जम्मा ५२ वटा कार्ड बनाईएको छ।कार्डहरू: एक्का देखि दहल, गुलाम, मिस्सी र बास्सा । १. ५२ पातः ५२ हप्ता २. ४ प्रकारका पातः ४ मौसम ३. प्रत्येक रंगको १३ पत्तिः प्रत्येक मौसममा १३ हप्ता ४. सबै कार्डहरूको योगफलः १ देखि १३ = ९१ × ४= ३६४ ५. जोकर: ३६४+१= ३६५ दिन वा १ वर्ष ५. दोस्रो जोकर गन्दाः ३६५ +१=३

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 672 पटक पढिएको
  • अन्तर्राष्ट्रिय टी–२० : नेपालले मलेसियामाथि जित

    काठमाडौं ।  अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि जित हासिल गरेको छ । शनिबार मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिम मलेसियामाथि नेपालले ६ विकेटको जित निकालेको हो । पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको थियो । नेपालको जितमा पूजा महतोले ३९ बलको सामना गर्दै ३९ रन जोड्न सफल भइन् । कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्। ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन् । ६३ बलको सामना गर्द

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 294 पटक पढिएको
  • ‘बलिदान’, ‘मास इन्टरटेनिङ’को नयाँ स्तरमा नेपाली चलचित्र

    बडादसैँको फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ ले रिलिजसँगै दर्शकको व्यापक सकारात्मक प्रतिक्रिया पाएको छ। प्रदर्शनको पहिलो दिनमै हलहरू खचाखच भरिएका थिए भने दोस्रो दिन पनि त्यस्तै दर्शक चापसहित प्रदर्शन निरन्तर रहेको छ। काठमाडौंदेखि बाहिरी जिल्लासम्म हलभित्रको माहौल दर्शकको हुटिङ, ताली र उत्साहले ‘मास इन्टरटेनिङ’ अनुभव दिलाएको छ।चलचित्र हेर्ने अधिकांश दर्शकले नेपालमा यस स्तरको मनोरञ्जन दिने चलचित्र पहिलो पटक बनेको महसुस गरेको बताए। कतिपय दर्शकलाई चलचित्रभरि आमा र छोराबीचको प्रेम र त्यागको कथाले गहिरो भावनात्मक असर पारेको छ। धेरैलाई अन्त्यसम्म कहिले

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 555 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.