मनोरञ्जन

    Showing 941-950 of 2,859 items.
  • विष्णु खत्रीले ल्याए दसैँगीत ‘प्यारो गाउँघरमा’

    लोकगायक विष्णु खत्रीले २०६४ सालयता बर्सेनि दसैँगीत सार्वजनिक गर्दै आउनुभएको छ । यसपालिको दसैँमा उहाँले ‘प्यारो गाउँघरमा’ गीत पाठक÷स्रोतामाझ ल्याउनुभएको छ । यो खत्रीको अठारौँ दसैँगीत हो । ‘प्यारो गाउँघरमा’मा खत्री र देवी घर्तीमगरले स्वर दिनुभएको छ ।खत्रीको शब्द र सङ्गीत रहेको उक्त गीतको म्युजिक भिडियोमा कलाकार ओभी रायमाझी र सारिका केसीको अभिनय छ । खत्रीका अधिकांश दसैँगीतमा प्रवासी नेपालीका दुःख, वेदनालाई समेटिएको पाइन्छ । परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा दसैँगीत सृजना गर्दै आएको खत्री बताउनुहुन्छ । उहाँका गीतले चाडबाड आएको छनक दिन्छन् । मार्मिक सृजना र ग्रामीण परिवेशको झझल्को

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 569 पटक पढिएको
  • स्वर्गीय गायक कृष्णविक्रम थापाको चर्चित गीत ‘सिन्धुली गढी घुमेर हेर्दा पुन: रेकर्ड

    स्वर्गीय गायक कृष्णविक्रम थापाको चर्चित गीत ‘सिन्धुली गढी घुमेर हेर्दा पुन: रेकर्ड गरिएको छ । थापाले विसं २०३६ सालमा रेडियो नेपालमा रेकर्ड गरेर प्रथम पुरस्कार समेत जित्न सफल गीत अहिले गायक थापाकै जेठो छोरा राजु थापाले आफ्नो स्वरमा रेकर्ड गरेका हुन् । गीतमा शब्द तथा संगीत समेत स्व. थापाको रहेको छ ।  गीतको भिडियो पनि बनेको छ । सिन्धुलीको सान बोकेको गीतको छायाङ्कन सिन्धुली जिल्लाकै सेरोफेरोमा भएको छ ।भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्कीको अभिनय देख्न सकिन्छ । पवन केसी, सत्यदेवी पवित्रा रम्तेल र काजी थापाको पनि अभिनय रहेको गीतको भिडियो वासु बरालले छायाङ्कन गरेका हुन् । भिडियो क्रान्त

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 401 पटक पढिएको
  • यसकारण युट्युबबाट हट्यो ‘जेरीः अन टप’को ‘कस्तूरी’ गीत

    सोमबार मात्र सार्वजनिक भएको फिल्म ‘जेरीः अन टप’को ‘कस्तूरी’ बोलको गीत युट्युबबाट हटेको छ । बूढासुब्बा डिजिटलबाट यो गीत सार्वजनिक भएको थियो । गीत युट्युबबाट हटेपछि दर्शकहरुले यसप्रति व्यापक चासो समेत राखेका छन् । फिल्मका निर्माता सरोज न्यौपानेले प्राविधिक कारणले गर्दा गीत युट्युबबाट हटाइएको र आज वा भोलिसम्म फेरि अपलोड हुने जानकारी दिएका छन् । यता, नायक अनमोल केसीले पनि सामाजिक संजालमार्फत प्राविधिक समस्या आएपछि गीत हटेको उल्लेख गरेका छन् । उनले, आफ्ना दर्शकहरुसँग माफी माग्दै चाँडै नै गीत अपलोड हुने जानकारी दिएका छन् । यो गीत सार्वजनिक भएपछि दर्शकले नायक अनमोल केसी र नायिका आँचल श

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 535 पटक पढिएको
  • स्पाइडर म्यान ४’ को सेटमा टम हल्यान्ड घाइते

    हलिउड अभिनेता तथा ‘स्पाइडर म्यान’ फेम टम हल्यान्ड छायाङ्कनका क्रममा घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार उनलाई स्टन्ट गर्दा टाउकोमा चोट लागेपछि अस्पताल भर्ना गरिएको थियो । ‘द सन’ को रिपोर्ट अनुसार, टम हल्यान्ड न्युयोर्कमा 'स्पाइडर म्यान : अ ब्रान्ड न्यू डे' को छायाङ्कन गरिरहेका थिए । एउटा एक्सन स्टन्ट गलत भएपछि उनी लडेर टाउकोमा चोट लागेको थियो । यद्यपि, उनको चोट सामान्य रहेको तर डाक्टरले उनलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् । अहिले उनको अवस्थामा सुधार आएको बताइएको छ । चोटका कारण उनले छायाङ्कनबाट केही समयको विश्राम लिएका छन् ।'स्पाइडर म्यान' फ्रान्चाइजीबाहेक, टम हल्यान्डले 'अनचार्

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 308 पटक पढिएको
  • जिमी किमेलको लोकप्रिय ‘लेट-नाइट’ टक शो निलम्बनपछि मंगलबारदेखि पुनः प्रसारणमा आउने

    अमेरिकी कमेडियन जिमी किमेलको लोकप्रिय ‘लेट-नाइट’ टक शो निलम्बनपछि मंगलबारदेखि पुनः प्रसारणमा आउने भएको छ। दक्षिणपन्थी इन्फ्लुएन्सर चार्ली कर्कको मृत्युसँग जोडेर गरेको ठट्टाका कारण उनको कार्यक्रमलाई निलम्बन गरिएको थियो।जिमी किमेलको कार्यक्रम प्रसारण गर्ने अमेरिकी नेटवर्क एबीसीको स्वामित्वमा रहेको डिज्नीले सोमबार ‘केही टिप्पणीहरू अनुपयुक्त र असंवेदनशील’ भएकाले किमेललाई निलम्बन गर्ने निर्णय गरिएको स्पष्टिकरण दिएको थियो । डिज्नीले ‘जिमीसँग विगत केही दिनदेखि भएको कुराकानीपछि मंगलबारदेखि शो फर्काउने निर्णयमा पुगेको’ जानकारी दिएको छ।किमेलको निलम्बन अमेरिकी संघीय टेलिभिजन नियामकले एबीसीको प्रसारण इजाज

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 340 पटक पढिएको
  • प्रेम सेनको दसैँ गीत ‘आकाशैमा’

    गायक प्रेम सेनको नयाँ गीत ‘आकाशैमा’का शब्द हुन् यी । प्रेमकै शब्द तथा संगीत रहेको गीतले पूर्वेली मारुनी भाका प्रस्तुत गर्छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् । मायाप्रेमको भाव व्यक्त गर्ने गीतको भिडियोमा प्रेम आफैँ फिचर्ड छन् । दिनेश पराजुलीले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् । गीतको रेकर्डिङ ए वान म्युजिसियनमा गरिएको हो भने राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गरेका छन् । ‘पूर्वेली भाका मारुनी लय छ यो गीतमा । देशमा विषम परिस्थिति भएको बेला भएपनि चाडपर्वमा श्रोताहरुलाई नोस्टाल्जिक बनाउला भन्ने अपेक्षा राखेको छु,’ प्रेमले रातोपाटीसँग

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 330 पटक पढिएको
  • भदौसम्म ‘ऊनको स्वीटर’ र ‘सैयारा’ले कति कमाए ?

    यो वर्षको भदौ महिनासम्म २ फिल्मले मात्र नेपाली बक्सअफिसमा १० करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेका छन् । नेपाली भाषाको फिल्म ‘ऊनको स्वीटर’ र हिन्दी भाषाको ‘सैयारा’ले मात्र नेपाली बजारमा यो उपलब्धि हासिल गरेको हो। नायक विपिन कार्की र नायिका मिरुना मगरको प्रुख भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’को लाइफटाइम कलेक्सन ११ करोड ४१ लाख ३१ हजार ४१० रुपैयाँ ग्रस छ । यो फिल्मको ३ लाख ८७ हजार १७५ वटा टिकट बिक्री भएको थियो। त्यस्तै, बलिउड फिल्म ‘सैयारा’ दोस्रो स्थानमा छ, जसले १० करोड १४ लाख ९२ हजार ६७४ रुपैयाँ ग्रस कमाइ गरेको छ । ‘सैयारा’का ३ लाख ३० हजार ६९८ वटा टिकट बिक्री भएको तियो। 

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 298 पटक पढिएको
  • चर्चित डान्सर सीता सुवेदीको निधन

    चर्चित डान्सर सीता सुवेदीको निधन भएको छ।  ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको ४० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा रहेकी उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ । चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ ।उनले एक खुट्टाले नाचेर पहिचान बनाएकी थिइन् । उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कथक नृत्यमा स्वर्ण पदक विजेता थिइन् ।उनले १०० भन्दा धेरै स्टेजमा प्रस्तुति दिएकी थिइन् । साथै, अन्तर्राष्ट्रिय स्तरमा हुने इभेन्टमा पनि मुलुक

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 287 पटक पढिएको
  • ‘परान’को नयाँ पोस्टर सार्वजनिक, नीर शाहको यस्तो अवतार

    फिल्म ‘परान’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसको निर्माणपक्षले यसअघि महेश त्रिपाठी र अन्जना बराइलीलाई चित्रित गर्दै पोस्टर सार्वजनिक गरेको थियो ।  पोस्टरमा कलाकार नीर शाहलाई मात्र स्थान दिइएको छ। सार्वजनिक नयाँ पोस्टरमा नीर शाह शंख फुक्दै गरेको अवस्थामा छन् । उनको यो पोस्टरले फिल्ममा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्वपूर्ण स्थान हुने संकेत दिएको छ । यो फिल्मको मुख्य ट्याग लाइन ‘सासले होइन, साथले चल्ने छ’ राखिएको छ ।गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा रहेको कम्पनी बाइस्कोप सिने प्रालिले यो फिल्म निर्माण गरेको हो । दीपक प्रसाद आचार्यको कथा र निर्देशन रहेको यो फ

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 334 पटक पढिएको
  • फिल्म ‘मैझारो’को टिजर सार्वजनिक

    आगामी कात्तिकको ७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मैझारो’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारहरू धिरज मगर, उपासना सिंह ठकुरी र दिया पुनको त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ । इलाममा खिचिएको यो फिल्मको टिजर लोभलाग्दो छ । पृष्ठभूमिमा फिल्मको शीर्ष गीत समावेश गरिएको छ, जुन कर्णप्रिय छ ।गाउँले परिवेशमा देखिएका धिरज, इलामको चिया बगानमा चिया टिप्न डोको बोकेकी मिरुना र उनले बोलेका संवादहरू मीठा छन् । टिजर हेर्दा मिरुनासँग आकर्षित भएपनि कुनै वाध्यताले धिरज दिया पुनसँग नजिक भएको देखाइएको छ । विल्सन विक्रम राइको कथा र निर्देशनमा तयार भएको यो फिल्ममा किराँती मौलिक प

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 327 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.