मनोरञ्जन

    Showing 941-950 of 2,224 items.
  • 'महाभोज'को अग्रिम टिकट बुकिङ खुला

    शुक्रवार रिलिज हुने नेपाली चलचित्र 'महाभोज'को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । यो चलचित्र दुई साता अघि नै रिलिज तय भएकोमा विभिन्न राजनीतिक  तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको थियो ।चलचित्रले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको वितरकहरूले बताएका छन् । यस चलचित्रको काठमाडौं, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरबाट चलचित्रले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रिभ्यु शो हरूमा केही सहकारी पीडितहरूले पनि चलचित्र हेरेका छन् । उनीहरूले आफ्नो दबिन लागे

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 209 पटक पढिएको
  • सिम्रन परियारको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘घरको छेउमा तुलसी’ सार्वजनिक

    विराटनगर— गायक सुशील रुचाल र गायिका सिम्रन परियारको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘घरको छेउमा तुलसी’ गीतको भिडियो सार्वजनिक भएको छ । मनिष श्रेष्ठको शब्द तथा संगीतमा तयार गरिएको गीतमा नेपाली मौलिकता र आत्मीयता भरिएको शब्दलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा संगीत संयोजन तथा मिक्सिङ र मास्टरीङ आकाश नेपालीले गरेका छन भने रेकर्डिङ कार्य सा रे गा मा स्टुडियोमा सम्पन्न गरिएको हो । रत्न बीकेको बाँसुरी र मदन रेग्मीको मादलले गीतमा लोकशैलीको मिठास थपेका छन । गीत र भिडियोले समग्रमा नेपाली युवाको सिर्जनशीलता, प्रतिभा र सांस्कृतिक सम्पदाप्रतिको लगावलाई उजागर गर्ने प्रयास गरेको देखिन्छ।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 883 पटक पढिएको
  • कट्रिना कैफ बनिन माल्दिभ्सको 'ग्लोबल टुरिजम एम्बेस्डर'

    बलिउड अभिनेत्री कट्रिना कैफ अब माल्दिभ्सको ग्लोबल टुरिजम एम्बेस्डर बनेकी छिन् ।मंगलबार सामाजिक सञ्जालमार्फत यो घोषणा गरिएको हो । भिजिट माल्दिभ्सले यो खबर साझा गर्दै कट्रिना कैफलाई आफ्नो ग्लोबल ब्राण्ड एम्बेसडरको रूपमा पाएकोमा आफू निकै खुसी भएको बताएको छ । यो उल्लेखनीय छ कि कट्रिना भारतमा ब्रान्ड एन्डोर्समेन्टको संसारमा एक ठूलो अनुहार हो।यस अवसरमा कट्रिनाले भनिन्, ‘माल्दिभ्स विलासिता र प्राकृतिक सौन्दर्यको शिखर हो, जहाँ सादगी र शान्ति सँगै हुन्छ। म ‘सनी साइड अफ लाइफ’ को अनुहार हुन पाउँदा गर्व महसुस गर्छु। यस सहकार्य मार्फत म विश्वभरका मानिसहरूलाई माल्दिभ्सको अद्वितीय र अद्वितीय यात्रा अनुभवहरूस

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 350 पटक पढिएको
  • यशराज फिल्मसले रोक्यो शाहरूख-सलमानको संयुक्त प्रोजेक्ट ‘टाइगर भर्सेज पठान

     यशराज फिल्म्सको महत्वाकांक्षी क्रसओभर ‘टाइगर भर्सेज पठान’ हाल स्थगित भएको छ। जासूसी एक्शन थ्रिलरले करण अर्जुन पछि पहिलो पटक भारतीय सिनेमाका दुई ठूला स्टार सलमान खान र शाहरुख खानलाई पूर्ण भूमिकामा सँगै ल्याउने भनिएको थियो।पिंकभिल्लाकोरिपोर्ट अनुसार यतिखेर यशराज फिल्मसका प्रमुख आदित्य चोपडा स्पाइ युनिभर्सको भविष्यलाई नयाँ दिशा दिनको लागि पुनर्मूल्यांकन गरिरहेका छन् । यो पनि भनिएको छ कि चोपडा जासूस ब्रह्माण्ड फिल्महरू सूत्रबद्ध बनाउन र उनीहरूलाई सँगै देखाउने बारेमा निकै गम्भिर रहेका छन् ।  चोपडा विश्वास गर्छन् कि फ्रेन्चाइजीलाई कथा कथन र प्रस्तुतीकरणको लागि पुनरुत्थान गरिएको

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 346 पटक पढिएको
  • ‘मिरमिरे’मा प्रकाशले दयाहाङसँग सहकार्य गर्ने

    चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । भेट्रान अभिनेता दयाहाङ राईपछि अभिनेता प्रकाशलाई यो सिनेमामा अनुबन्धित गराएको हो ।प्रकाश अहिलेका रुचाइएका कलाकार हुन् । चलचित्र ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन् ।अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । “हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,” निर्देशक यम शेर्पाले भने, “हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ ।”प्रकाश यो सिनेमामा अभिनेताका रूपमा मात्रै रहनेछन् वा सांगीतिक पाटोमा पनि जोडिनेछन् भन्नेबारे पछि स्पष्ट पार्ने यमले बताए ।चलच

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 283 पटक पढिएको
  • फिल्म ‘मोहर’को टिजर सार्वजनिक

    साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले ओएसआर डिजिटलको च्यानलबाट आज फिल्मको १  मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो । टिजरले नलेखिएको नियमको कथा बोल्छ । फिल्ममा ‘देउकी’को कथालाई उल्लेख गरेको टिजरबाट वुझ्न सकिन्छ ।सार्वजनिक टिजरमा नायक पल शाहको दोहोरो अवतार देख्न सकिन्छ । पल लामो र छोटो कपालमा देखिएका छन् । लामो कपाल पालेका पलको कथा नायिका बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ । यस्तै, कपाल छोटो पालेका पलको कथा नायिका नीति शाहसँग जोडिएको छ । यसले, फिल्मप्रति दर्शकको कौतुहलता बढाउने पक्का छ ।फिल्म मेकर्स प्रा.लिको प्रस्तुत

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 196 पटक पढिएको
  • तीन दिनमा तोडयो हाउसफूलः५ ले १० बलिउड फिल्मको रेकर्ड

    बलिउड सुपरस्टार अक्षय कुमारको मल्टिस्टार कमेडी फिल्म ‘हाउसफुल ५’ हलमा रिलिज भएको चार दिन भइसकेको छ । यो फिल्मले हलमा निरन्तर ठुलो कमाई गरिरहेको छ । फिल्मको तेस्रो दिनको बक्स अफिस रिपोर्ट आउँदा नै यसले तरङ्ग मच्चाउन सफल भएको छ ।रिलिजको तेस्रो दिनमा नै  ‘हाउसफुल ५’ ले कमाईको मामिलामा अजय देवगनको ‘रेड’ मात्र नभई सलमान खानको ‘सिकंदर’लाई पनि पछाडि छाडिसकेको यस बाहेक अन्य ८ चलचित्रको रेकर्ड पनि तोडि दिएको छ । अक्षय कुमारको कमेडी फ्रेन्चाइजी फिल्म ‘हाउसफुल ५’ ले ओपनिङको दिनमा उत्कृष्ट सुरुवात गरेको थियो र यो फिल्म लामो दूरीको घोडा हो भन्ने प्रमाणित गरिसकेको छ । सैकनिल्कको रिपोर्ट अनुसार यो

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 226 पटक पढिएको
  • 'महाभोज'ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

    दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायतको उपस्थिति थियो ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडितहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू तथा पत्रकारहरूले दर्शकको रूपमा चलचित्र हेरेका थिए । चलचित्र हेरेपश्चात् दर्शकले यसको कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनय को व्यापक प्रशंसा गरेका छन् । तर, प्रशंसासँगै

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 134 पटक पढिएको
  • ‘महाराजधिराज’मा उषा रजक अनुबन्धित, बलियो स्टारकास्ट

    निर्देशक परिच्छेद सेनको आगामी नेपाली चलचित्र ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्ध भएपछि फिल्मको मुख्य कलाकार टोली पूरा भएको छ।सोमबार निर्माण टिमले रजकलाई चलचित्रको एक प्रमुख भूमिकामा अनुबन्ध गरेको हो। यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का जस्ता चर्चित अभिनेता फिल्ममा फाइनल भइसकेका छन्। अभिनेत्रीको तर्फबाट वर्षा राउत र वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा अनुबन्ध भएका छन्।‘महाराजधिराज’ले पुराना र नयाँ पुस्ताका कलाकारहरूलाई मिसाएर दर्शकलाई फरक स्वाद दिने तयारीमा छ। फिल्ममा यसअघि नै जय किशन बस्नेत, गजित विष्ट र आशा पौडेल पनि अनुबन्ध भइसकेका छन्।प्रस्तुतकर्ता विराज बिष्टका

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 138 पटक पढिएको
  • आफ्नै साथीको सौता बन्न चाहन्थिन मधुवाला

    चालीस र पचासको दशकमा बलिउडमा यस्ता धेरै अभिनेत्री थिए, जसको सुन्दरता र अभिनयले संसारलाई अहिले पनि दीवाना बनाइरहेको छ ।त्यो समयमा ती अभिनेत्रीहरूले धेरै हिट फिल्म दिएका मात्रै थिएनन, आफ्नो सुन्दरता र अभिनयको बलले उनीहरूले चाँडै नै दर्शकको मनमा राज गर्न पनि सफल भएका थिए ।यद्यपी, उनीहरुमध्ये धेरै अभिनेत्रीहरु थिए, जसले चलचित्र जगतमा राज गरेर सानै उमेरमा संसार छाडनु परेको थियो आज हामी दुई त्यस्ता अभिनेत्रीको बारेमा कुरा गर्नेछौं, जो सिनेमा उद्योगका अनौठो हीरा समान थिए। र, यो पनि भनिन्छ कि उनीहरू जस्तो न हिजो कोही थिए, न अब पनि कहिल्यै हुने छन्। दुबै अभिनेत्रीका करोडौं थिए तर दुवैले साँचो मायाको ला

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 183 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा