मनोरञ्जन

    Showing 951-960 of 2,859 items.
  • फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने

    भारतीय र नेपाली फिल्मकर्मीको संयुक्त सहकार्यमा ठूलो बजेटको फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको छ। घटस्थापनाको अवसर पारेर निर्माण युनिटले विशेष समारोहमार्फत फिल्मको औपचारिक घोषणा गरेको हो।बी एन्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन्। अक्स इन्टरनेशनल स्टुडियोजका अनुसार यसअघि विभिन्न अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका अनुभवी प्राविधिक टोली यसमा संलग्न हुने भएकाले फिल्मको प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ ।हाल कलाकार छनोटको प्रक्रिया सुरु भएको छ भने फिल्मको प्रारम्भिक तयारी तीव्र पारिएको

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 337 पटक पढिएको
  • ‘लज्जावती’ को शुभसाइतसँगै छायांकन सुरु

    आहा फिल्मस्को व्यानरमा फिल्म ‘लज्जावती’ निर्माणको घोषणा गरिएको छ । यो फिल्मको पशुपतिनाथ परिसरमा शुभ साइत गर्दै छायांकन सुरु गरिएको हो । यो फिल्मको शुभमुहुर्त सटको निर्देशन लेखक प्रदीप भारद्वाजले गरेका थिए । यो फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्माको मुख्य भूमिका रहनेछ । ३० दिनको सेड्यूल राखेर फिल्मको छायांकन प्रारम्भ गरिएको हो । फिल्ममा माओत्से गुरुङ, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरि खड्का लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्ममा कमल प्रसाद शर्मा र सन्दीप रोकाया

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 348 पटक पढिएको
  • ‘जेरीः अन टप’को ‘कस्तुरी’ गीत रिलिज

    सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको फिल्म ‘जेरीः अन टप’को ‘कस्तूरी’ बोलको गीत सार्वजनिक गरिएको छ । अनन्या फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्म असोजको ३१ गतेबाट रिलिजमा आउँदैछ । जयन जे वाइवाको शब्द तथा संगीत रहेको यो गीतमा आशिष गुवाजु र सदीक्षा कट्टेलको स्वर छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायक अनमोल केसी र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ । नेपालको मुस्ताङदेखि भारतको राजस्थानसम्मका लोकेशनमा यो गीतको भिडियो खिचिएको छ । किरण थापाले भिडियोको कोरियोग्राफी गरेका छन् । यो फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गी, निर्

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 351 पटक पढिएको
  • 'मन विनाको धन’ र ‘जारी २’ एउटै दिन प्रदर्शन हुदै, कसले मार्ला बाजी ?

    टंक बुढाथोकीको निर्देशनमा बनेको फिल्म ‘मन विनाको धन’ आगामी कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सोही मितिमा ‘जारी २’ पनि रिलिज हुने भएपछि दुई फिल्मबीच प्रतिस्पर्धा हुने भएको छ।‘जारी २’ रिलिज हुने भएपछि टंकको फिल्म स्थगित हुने चर्चा चले पनि निर्माणपक्षले भने फिल्म तोकिएको मितिमै आउने स्पष्ट पारेको छ। आज बिहान अभिनेता अशोक दर्जीले भिडियो सन्देशमार्फत कात्तिक २१ मा नै फिल्म रिलिज हुने घोषणा गर्दै दर्शकलाई माया र साथ दिन आग्रह गरेका छन्।सोलो रिलिजको आशामा रहे पनि अब ‘मन विनाको धन’ ले ‘जारी २’ जस्तो लोकप्रिय फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। तर, विषयवस्तु बलियो भएकाले दर्शकले आफूहरूको

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 319 पटक पढिएको
  • प्रदर्शनरत फिल्म ‘कोशेढुङ्गा’ को सोरठी गीत ‘जाने कहाँ होला’ रिलिज

    चलचित्र ‘कोशेढुंगा’को सोरठी गीत सार्वजनिक भएको छ । प्रदर्शनरत चलचित्र ‘कोशेढुंगा’को ‘जाने कहाँ होला’ बोलको गीत सार्वजनिक भएको हो ।देशको समसामयिक विषयलाई केन्द्रमा राखेर तयार पारिएको गीतमा आशिष अविरल र सुशीला पाठकको स्वर छ । रमेश परियारको शब्दरचना रहेको गीतमा संगीत आशिष अविरलको स्वर छ ।देशको आर्थिक अवस्था कमजोर हुँदा मुगलान जानुपर्ने बाध्यता रहेको तर कहाँ जाने भन्ने निश्चित नरहेको परिस्थितिलाई गीतमा उतारिएको छ । अनिश्चित जीवन र भविश्यको बारेमा चिन्ता गरेको गीतले मंहगिदै गएको बजार र रित्तो हुँदै गएको गोजीबीचको असामान्जस्यता गीतमा छ ।गीतमा तिहार गीत समावेश छ, जसले नेपाली कल्चरलाई सर्लक्कै बोकेको

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 325 पटक पढिएको
  • ‘परिवर्तन’को फस्टलुक सार्वजनिक, माघ ९ गतेबाट प्रदर्शनमा आउने

    नायक सुशील श्रेष्ठको प्रमुख भूमिका रहेको एक्सन फिल्म ‘परिवर्तन’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म माघ ९ अर्थात जनवरी २३ तारिखबाट रिलिजमा आउने भएको छ ।पोस्टरमा नायक सुशील श्रेष्ठको एक्सन अवतार देख्न सकिन्छ । जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को स्पष्ट रुपमा देखिएको छ । हातमा तरबार बोकेर आगोको रापमा उनी खेलेको देखिन्छ । यो फिल्म सस्पेन्स र एक्सन कथामा केन्द्रित छ ।पोष्टरमा पृष्ठभूमिमा उनले नेता जस्ता मान्छेहरूलाई रोक्न खोजेको पनि देख्न सकिन्छ । यो फिल्मले देशको सीमानाको कथा भन्नेछ । यो फिल्मलाई सुशीलको अहिलेसम्मकै बबाल एक्सन भनिएको छ । फिल्ममा श्री श्रेष्ठको एक्सन छ ।व

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 340 पटक पढिएको
  • भारतबाट करण जोहरको ‘होमबाउन्ड’ अस्करका लागि सिफारिस

    अस्कर अवार्डका लागि भारतबाट नीरज घायवान निर्देशित फिल्म ‘होमबाउन्ड’ सिफारिस भएको छ । अस्कर अवार्ड अन्तर्गत ‘अन्तर्राष्ट्रिय फिचर’ विधाको लागि भारतबाट आधिकारिकरुपमा होमबाउन्ड छनोट भएको हो ।पीटीआईका अनुसार फिल्म फेडरेसन अफ इन्डियाले कोलकातामा छनोटको घोषणा गरेको हो । छनोट समितिका अध्यक्ष एन चन्द्रका अनुसार विभिन्न भाषाका २४ फिल्म छनोटको प्रतिस्पर्धामा थिए ।‘होमबाउन्ड’ले आगामी अस्करमा विश्वका सयभन्दा धेरै देशबाट सिफारिस भएका फिल्मसँग मनोनयनको लागि प्रतिस्पर्धा गर्नेछ ।निर्माता करण जोहरको निर्माण कम्पनी धर्मा प्रोडक्सनले यस अवसरमा ट्वीट गर्दै खुसी व्यक्त गरेको छ ।ट्वीटमा लेखिएको थियो, ‘हामीलाई यो घ

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 481 पटक पढिएको
  • प्रत्येक फिल्म सुरु हुनुभन्दा अघि एक मिनेट मौनधारण गरेर जेनजी आन्दोलनका शहीदको सम्झना गर्दै वान सिनेमा

    वान सिनेमाले जेनजी आन्दोलनका शहीदको दर्शकका साथ हलमै सम्झना गर्ने गरेको छ । प्रत्येक फिल्म सुरु हुनुभन्दा अघि एक मिनेट मौनधारण गरेर जेनजी आन्दोलनका शहीदको सम्झना गर्ने गरिएको वान सिनेमाका महाप्रवन्धक उमेशराज गिरीले बताए । उनले भने, ‘जेनजी शहीदको सम्झनामा हामीले मौन धारण गर्ने गरेका हौँ । हाम्रो यो कदमले उहाँहरूले उठाएका मुद्दाको सुनुवाइ होस । जेनजीका सपना पूरा हुन मद्दत पुगोस् भन्ने कामना छ ।’दर्शकले पनि हलको यो नियमलाई मानेको र शहीदको सपना पूरा गराउने अभियानमा जोडिएको गिरीले बताए । हलमा दर्शक भेला भएपछि एउटा डिस्प्ले देखाइन्छ । जहाँ लेखिएको छ, ‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा हामी

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 314 पटक पढिएको
  • ‘अभिमन्यु : च्याप्टर १’ असोज २४ गतेदेखि प्रदर्शनमा आउने

    चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज १३ गते अर्थात् दशैंको फूलपातीमा रिलिज हुने भनिएको चलचित्र अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । सोज १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएपछि शो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तोकिएको जनाइएको छ ।यस दिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ ।विज्ञप्तिमा भनिएको छ, “हामीले भदौ २७ गते प्रदर्शन

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 327 पटक पढिएको
  • मिसेस मंगोल नेपालको ताज टिनालाई

    काठमाडौं ।  यो पटकको मिसेस मंगोल नेपाल–२०२५ को ताज टिना आले कवर मगरले पहिरिन सफल भएकी छन् । निर्णायकको अन्तिम प्रश्नको सटिक उत्तरसँगै उनले चाँदीबाट बनेको ताज पहिरिन सफल भएकी हुन्। ताजसँगै उनले सन् २ं०२६ मा लण्डनमा आयोजना हुने एन.एफ.इ.ए अर्वाडको लागि इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन् ।कार्यक्रमको फस्र्ट रनरअपमा संगीता राना मगर र सेकेण्ड रनरअपमा शान्ति गुरुङ बन्न सफल भए । शनिबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रम  मिसेस मंगोल श्रृंखलाको ११ औं संस्करण हो ।हिमायलयन मुभिजद्वारा  आयोजित सो कार्यक्रम मंगोलियन समुदायका विवाहित महिलाहरु समावेश हुने एक राष्ट्रियस

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 430 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.