मनोरञ्जन

    Showing 961-970 of 2,224 items.
  • नारायण खतिवडाको 'दुःख सुनाएर के काम' सार्वजनिक

    गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत 'दुःख सुनाएर के काम' सार्वजनिक गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ। मानिसको जीवनमा सुखका मात्र होइन, दुःखका पलहरू पनि आउँछन्। त्यस्तो बेला धेरैजसो मानिसहरू सम्हालिन सक्दैनन् र आफ्नो दुःख, पीडा, दर्द, भोक, रोग, शोक, गरिबी र कठिनाइ अरूलाई सुनाउँछन्। गीत, कविता तथा समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका गीतकार नारायण खतिवडा हाल सरकारी सेवामा कार्यरत छन्। सामाजिक परिवेश, घटनाक्रम, वर्तमान परिस्थिति, संयोगान्त र वियोगान्त विषयवस्तुका साथै राष्ट्र र राष्ट्रियताको पक्षलाई

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 185 पटक पढिएको
  • ‘कल्ली’मा सौगातदेखि बेनिशाको यस्तो रुप, फागुन १ बाट रिलिज पक्का

    लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्म ‘कल्ली’को फस्टलुक सार्वजनिक गरिएको छ ।किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्म अब फागुनको १ गतेबाट रिलिजमा आउने भएको छ । फिल्मको सार्वजनिक दुई पोष्टरमा फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।  महेश दवाडीको लेखन रहेको यो फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन छ । फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण चर्चामा छन् । सामाजिक कथावस्तुका फिल्म निर्देशनमा उनको नाम अहिले अगाडि आउँछ । यसैले, उनको निर्देशन रहेको ‘कल्ली’ पनि सामाजिक विषयवस्तुमा बलियो बनेको विश्लेषण गर्न सकिन्छ ।सार्वजनिक दुई पोस्टरमध्ये ए

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 125 पटक पढिएको
  • 'रातो पासपोर्ट' निर्माण घोषणा, युरोपमा नेपालीको सङ्घर्षको कथा

    नेपाली चलचित्र 'रातो पासपोर्ट' निर्माण हुने भएको छ । युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने सङ्घर्षको कथालाई चलचित्रले पर्दामा उतार्ने जनाइएको छ ।सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस चलचित्रको निर्देशन सिमसोन तामाङले गर्दैछन् । चलचित्रको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीप कुमार चौधरीले तयार पारेका छन् ।निर्माण पक्षले केही दिनअघि सामाजिक सञ्जालमा "सबै भन्छन् - त्यता गएपछि सेटल भइन्छ रे । परिवारको भविष्य सुरक्षित हुन्छ रे । रातो पासपोर्ट पाइन्छ रे… !" भन्

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 115 पटक पढिएको
  • ‘द ब्ल्यू लाइट ’को पोस्टर सार्वजनिक, तनावमा बेनिशा

    चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।पोस्टरमा सिनेमाकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल छिन् । उनलाई बारमा देखाइएको छ । औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा छिन् ।निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडी रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ ।कसैले आश्वासन दिएर धोका दिएपछिको तनाव हो कि भन्ने अनुमान लगाउन सकिन्छ । तर यसबारे निर्माणपक्षले प्रष्ट पारेको छैन । बेनिशाका रोल र चलचित्रको कथाबारे विस्तारै खुलाउँदै जाने निर्माणपक्षले जनाएको छ ।पोस्टरले कतै यो सिनेमाले काठमाडौंक

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 178 पटक पढिएको
  • ‘परिवर्तन’को शुभ मुहूर्त सम्पन्न

    नेपाली चलचित्र ‘परिवर्तन’को शुभ मुहूर्त झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा-अर्चनासहित सम्पन्न भएको छ । विजय केरुङले निर्देशक गर्ने यस चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । मुहूर्तसँगै चलचित्रको छायाङ्कन पनि सुरु भएको छ । चलचित्रको छायाङ्कन करिब ४० दिनसम्म पूर्वी नेपालका विभिन्न स्थानहरू झापा, विराटनगर र इलाममा गरिनेछ । निर्माण पक्षले यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ ।मुहूर्त समारोहमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले पहिलो सट दिए । मुहूर्त सटको ‘एक्सन कट’ अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङले

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 169 पटक पढिएको
  • आमिर खानकी आमाले ९१ बर्षमा गरिन बलिउडमा डेब्यु

    आमिर खान तीन वर्षपछि फिल्म ‘सीतारे जमीं पर’ मार्फत ठूलो पर्दामा फर्किदैँ छन् ।यो फिल्म उनका लागि धेरै हिसाबले विशेष छ । फिल्मको अर्को विशेष कुरा के छ भने आमिरकी आमा जीनत हुसैनले बलिउडमा डेब्यु गर्दैछिन् । यो जानकारी अभिनेता स्वयंले दिएका हुन । आमिरकी आमाको जन्मदिन १३ जुनमा छ भने उनको फिल्म २० जुनमा रिलिज हुँदैछ ।यस्तो अवस्थामा आमिरकी आमा जीनत हुसैन ९१ वर्षको उमेरमा डेब्यु गर्दैछिन् । यस फिल्ममा आमिरकी बहिनी निखत खान पनि देखिने छिन् । आमिर आफ्नी बहिनी र आमासँग पर्दामा देखिने यो पहिलो पटक हो ।सञ्चारमाध्यमसँग कुरा गर्दै अभिनेताले आफ्नी आमाले आफ्नो सुटिङ लोकेशन वा फिल्मको सुटिङ कस्तो हुन्छ भन्नेमा

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 123 पटक पढिएको
  • ‘बलिदान’को पोस्टरमा सौगातको बलियो अवतार

     सन्तोष सेनको निर्देशनमा तयार भएको फिल्म ‘बलिदान’का मुख्य नायक समीर भट्टको लुक्स र टिजर सार्वजनिक भइसकेको छ । दर्शकलाई फिल्मका अर्का कलाकार सौगात मल्लको लुक्सको प्रतीक्षा पनि निकै थियो । तर, अब यसको निर्माणपक्षले सौगातको लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक दुई पोस्टरमा सौगातको बलियो अवतार देख्न सकिन्छ । उनको गेटअपले फिल्मप्रति दर्शकको कौतुहलता अझै बढाउने निश्चित छ । सौगात एक पोस्टरमा हतियारको साथमा एङ्ग्री अवतारमा देखिएका छन् । लामो कपाल, दाह्री सहित उनको रिसाहा अवतारले बदलाको कथा भन्न खोजेको देख्न सकिन्छ । एउटा पोस्टरमा भने सौगातको एउटा आँखा कालो रंगको देख्न सकिन्छ । उनको

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 199 पटक पढिएको
  • लक्ष्मण वियोगीकृत आञ्चलिक स्वादयुक्त कथासङ्ग्रह ‘सत्यम्’को लोकार्पण

    लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रमका बीच कृतिको लोकार्पण गरिएको हो ।प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. गोविन्दराज भट्टराई, समालोचकद्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत) बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्री तथा लेखकले संयुक्तरूपमा कृतिको अनावरण गरेका हुन् । कृतिको लोकार्पण कार्यक्रममा बोल्दै प्रा.डा. श्रेष्ठले नेपाली साहित्यमा वियोगीको नयाँ कथा कृति ‘सत्यम्’को जन्म भएकोले कृतिको सङ्ख्या थपिएको मात्रै नभई एक उत्कृष्ठ कथाहरूको सङ्ग्रह आएकको बताए । उनले यी कथाहरूले पाठक

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 182 पटक पढिएको
  • बाहुबली पुनः थियटरमा रिलिज हुने, त्याे पनि नयाँ टविस्टका साथ

    एसएस राजामौलीको ब्लकबस्टर फिल्म बाहुबली पुनः रिलिज हुदैँछ, त्यो पनि ठूलो ट्विस्टको साथ।बाहुबलीः द बिगिनिङ सन् २०१५ मा रिलिज भएको थियो भने बाहुबलीःद कन्क्लुजनले २०१७ मा बक्स अफिसमा धमाका मच्चाएको थियो।बाहुबली यस वर्ष जुलाईमा एक दशक पुरानो हुँदैछ र यो ठूलो अवसर मनाउन, निर्माता शोबु यार्लागड्डाले हालै अक्टोबर २०२५ मा विश्वव्यापी रूपमा पुनः रिलिज गर्ने घोषणा गरेका छन्। जबकी रिलिजको मिति भने अझै खुलासा गरिएको छैन । यस महाकाव्यको प्रभासको जन्मदिन वा वरपर फिल्म ठूलो पर्दामा पुनः रिलिज हुन सक्छ।गुल्टी डटकमको रिपोर्ट अनुसार बाहुबलीका दुवै भाग अलग अलग रिलिज गर्नुको सट्टा एउटै एपिक कटमा रिलिज हुनेछन्। नि

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 210 पटक पढिएको
  • आइतबार (आज) बस्दै प्रतिनिधिसभाको बैठक

    काठमाडौं—  सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछ

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 200 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा