पत्रपत्रिका

    Showing 1,001-1,010 of 1,254 items.
  • गच्छदार अदालतमा उपस्थित नभए पक्राउ पर्न सक्ने !

    बिर्तामोड (राजधानी दैनिकबाट)वालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार सकिएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन भनेको थियो ।गच्छदार मंगलबारसम्म हाजिर नभएमा विशेष अदालतले थुनछेक प्रक्रिया अघि बढाउने तयारी थालेको छ । २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत रहेका गच्छदारलाई बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजान मुख्य भूमिका निर्वाह गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।ललिता निवास जग्गा प्रकरणगच्छदारलाई सुरुमा

    • प्रकाशित मितिः चैत २४, २०७७
    • 142 पटक पढिएको
  • उस्तै नाता पर्नेलाई बराबरी अपुताली हक लाग्ने

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) निधन भएको व्यक्तिको अपुताली सो व्यक्तिलाई निधन हुनुअघि कसले पालनपोषण गरेको हो भन्ने स्पष्ट नभए उस्तै नाता पर्ने सबैलाई बराबरी भाग लाग्ने सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यस्तो ठहर गरेको हो ।बारा जिल्ला कलैया नगरपालिका बस्ने जैनव अन्सारी र सोही जिल्लाको साविक वसन्तपुर गाउँ विकास समिति बस्ने मनोरमा अन्सारीबीच बाबुआमाको अपुतालीको सम्पत्ति कसले पाउने भन्ने सम्बन्धमा परेको मुद्दामा अदालतले यस्तो ठहर गरेको हो ।दुवै दिदीबहिनीबीच बाबुआमालाई आफूले पालनपोषण गरेको उल्लेख गर्दै अपुतालीबाट प्राप्त भएको स

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 96 पटक पढिएको
  • सडेको चिनीलाई कसरी खान मिल्ने बनाइयो ?

    बिर्तामोड(अन्न्पूर्ण पोस्ट दैनिकबाट ) भारतको सिम्भावली सुगर लिमिटेडले निर्यात गरेको ७२ हजार किलो चिनी आयात गर्न अयोग्य देखियो। जलेश्वरस्थित खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले उक्त चिनीको उपभोग गर्ने म्याद नाघेको भन्दै प्रतिवेदन बुझायो। तर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी तत्कालीन महानिर्देशक डा। मतिना वैद्यले उक्त प्रतिवेदनविपरीत ‘योग्य’ भनेर प्रमाणित गराइदिइन्।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त विषयमा छानबिन गर्न तत्कालीन सहसचिव डा। नारायण रेग्मीको संयोकत्वमा समिति गठन गर्‍यो। समितिले विभागकी महानिर्देशक डा। वैद्यले जानाजान गम्भीर प्रकृतिको लापरवाही र त्रुटि गरेको

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 153 पटक पढिएको
  • बक्यौता महसुल असुल्न निर्देशन

    बिर्तामोड (गोरखापत्र दैनिकबाट ) संसद्को सार्वजनिक लेखा समितिले लोडसेडिङका समयमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई उपलब्ध गराएको ट्रङ्क लाइन र डेडिकेटेड फिडरको सम्पूर्ण बक्यौता एक महिनाभित्र असुल गर्न निर्देशन दिएको छ ।समिति सदस्य डा। मिनेन्द्र रिजालको संयोजकत्वमा गठन गरिएको उपसमितिले दिएको अध्ययन प्रतिवेदनका आधारमा समितिले ब्याज तथा जरिवानासहित १० अर्ब १४ करोड रुपियाँ एक महिनाभित्र उठाउन निर्देशन दिएको समितिका सचिव डा। रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।उहाँका अनुसार समितिले विद्युत् महसुल निर्धारण, असुलीलगायतका कार्यमा विद्युत् नियमन आयोग, ऊर्जा मन्त्रालय, प्राधिकरण सञ्चालक समितिलगायतका स

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 104 पटक पढिएको
  • एकै दिन ७२८ स्थानमा डढेलो

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) डोटीको तितला सामुदायिक वनमा फागुन दोस्रो साता डढेलो लाग्यो । सामुदायिक वनका संरक्षकहरू हतारमा आगो निभाउन वन नजिक पुगे । अत्याधुनिक मेसिन र उपकरण थिएन । हातले माटो, स्याउला जे–जे भेट्यो त्यसैले निभाउन थालियो । त्यही क्रममा आगो निभाइरहेका लछ्छी भुललाई आगोको लपेटाले भेट्यो । आगोले पोलेर घाइते हुनुभएका उहाँको फागुन ११ गते मृत्यु भएको सामुदायिक वन उपभोक्ता महासङ्घले जनाएको छ ।चैत १२ गते गोरखाको सातदोबाटो सामुदायिक वनको आगो निभाउन पुग्नुभएका मोहन फेवाली पनि जोगिन सक्नुभएन । वन जोगाउन आगो निभाउँदा निभाउँदै उहाँको ज्यान गयो । यही चैत १३ गते तेह्रथुमकी नरमाया भण्डारीको स्

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 91 पटक पढिएको
  • ट्रंक लाइन महसुल विवाद : १ महीनाभित्र असुल गर्न लेखा समितिको निर्देशन

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) संघीय संसद्को सार्वजनिक लेखा समितिले उद्योगीबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनबापतको विद्युत् महसुल १ महीनाभित्र असुल गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ । आइतवार बसेको लेखा समितिको बैठकले यसबापतको सबै बक्यौता असुल गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको हो ।डेडिकेटेड फिडर तथा ट्रंक लाइनबापतको विद्युत महसुल विवाद सम्बन्धमा अध्ययन गर्न लेखा समितिले सांसद मीनेन्द्र रिजालको संयोजकत्वमा उपसमिति बनाएको थियो । सोही उपसमितिले तयार गरेको प्रतिवेदनमाथि आइतवार छलफल गरेर समितिले ऊर्जा मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । अब ऊर्जा मन्त्रालयले नेपा

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 104 पटक पढिएको
  • सडक सुरक्षा र गुणस्तरलाई प्राथमिकता दिई ‘गुरुयोजना’

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट )मुलुकभित्र सडक सञ्जाल विस्तार भएसँगै सडक सुरक्षा र गुणस्तरीय संरचना निर्माणलाई उच्च प्राथमिकता दिई गुरुयोजना बनाउने तयारी सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले देशभरका सडक पूर्वाधार निर्माणका लागि गुरुयोजना बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।आइतवार मन्त्रालयस्तरीय विकास समस्या समधान समितिको बैठकमा मन्त्री नेम्वाङले गुरुयोजना बनाउन निर्देशन दिएका हुन् । निर्देशनअनुसार चालू आवको हालसम्म गरी करीब १ लाख किमी सडक सञ्जाल विस्तार हुँदै गर्दा अब यसलाई सुरक्षित र गुणस्तरीय बनाउने गरी सडक विभागले गुरूयोजना तयार गर्ने भएको हो

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 101 पटक पढिएको
  • तेस्रो दिनसम्म ९ लाख ३५ हजारभन्दा बढीले भरे रु रु जलविद्युतको आईपीओ

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट) शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको रु रु जलविद्युत परियोजनाको आईपीओ तेस्रो दिन आइतवारसम्म ९ लाख ३५ हजार ४८७ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आइतवार साझ ५ बजेसम्म यी आवेदकहरुे १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन दिएका हुन् । तेस्रो दिनसम्म मागभन्दा ३५ दशमलव ९९ गुणा बढी आवेदन परेको हो ।पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको यस कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । यसअघि कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपा

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 108 पटक पढिएको
  • धनकुटामा एमालेको माधव–झलनाथ समूहले बनायो समानान्तर कमिटी

    बिर्तामोड( राजधानी दैनिकबाट) नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल पक्षले धनकुटामा पार्टीको समानान्तर जिल्ला कमिटी निर्माण गरेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव–झलनाथ पक्षले अर्जुन राईलाई अध्यक्ष र खगेन्द्र सुवेदीलाई सचिव तोकेर एमालेको बेग्लै जिल्ला कमिटी निर्माण गरेको हो ।नेकपा एमाले जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक राखेर जिल्ला कमिटी पुर्नगठन गरी १०१ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको नेपाल–खनाल पक्षको दावी छ । बैठकमा एमालेका ४८ जना जिल्ला कमिटी सदस्य सहभागि भएको सो पक्षले दावी गरेको छ ।बैठकले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय पदाधिकार

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 106 पटक पढिएको
  • एसिड किन्न गृहमन्त्रालयको अनुमति लिनुपर्ने

    बिर्तामोड( राजधानी दैनिकबाट)  एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले एसिडको खरिदबिक्रीमा कडाइ गरेको छ । जसअनुसार अब कुनै पनि उद्योग व्यवसायीले गृह मन्त्रालयबाट अनुमति लिएर मात्रै एसिड खरिद गर्न सक्ने कानुनी प्रावधान बनाइको छ ।गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । गृहद्वारा जारी सूचनाअनुसार कानुनबमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा मन्त्रालयमा विधिपूर्वक निवदेन दिनुपर्नेछ ।यसअघि जोकोही व्यक्तिले सहजै एसिड खरिद वा बिक्री गर्न पाउँथे अब भने त्यसरी जथाभावी खरिद ग

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 104 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा