पत्रपत्रिका

    Showing 1,011-1,020 of 1,254 items.
  • अंकगणितमै अलमलिँदै कांग्रेसः देउवाभन्दा पौडेल सक्रिय

    बिर्तामोड(  राजधानी दैनिकबाट) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ । कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फ छलफललाई अनौपचारिक रूपमा अघि बढाएको हो । कांग्रेसको २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो ।सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्याका विषयमा सुनिश्चतता नहुँदा नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेमा कांग्रेस अलमलमा छ । यसैकारण सभापति शेरबहादुर देउवाले अझै प्रस्ट

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 130 पटक पढिएको
  • भारतमा कोरोना बढ्दा नेपाल उच्च जोखिममा

    बिर्तामोड(  राजधानी दैनिकबाट)  नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता संक्रमितको संख्या दैनिक १ सय ५० माथि थपिने गरेका छन् । छिमेकी देश भारतमा दैनिक ९० हजारमा संक्रमण पुष्टि हुने गरेको भारतस्थित स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । नेपाल भारत सीमा भएका जिल्ला उच्च जोखिममा रहेका छन् । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा गत शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको थियो । अहिले भारत प्रवेश गरेकाहरू नेपाल फर्किने क्रम बढेको छ । नेपाल सरकारले भने कोरो

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 147 पटक पढिएको
  • एक वर्षमै साढे ३६ लाखले खोले बैंक खाता

    बर्तामोड ( राजधानी दैनिकबाट )पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्यधिक बढ्दै जान थालेको छ । वित्तीय साक्षरता बढ्दै गएको, गाउँगाउँसम्म बैंक पुगेको र सरकारी कारोबारमा अनिवार्य रूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा आएसँगै हाल सर्वसाधारणबीच वित्तीय पहुँच विस्तार हुँदै गएको हो । चालू आर्थिक वर्ष २०७७÷७८ को बितेका आठ महिना ९फागुन मसान्त०को अवधिमा आम नागरिकले कुल ३ करोड ६२ लाख ७४ हजारवटा निक्षेप तथा कर्जा खाता खोलेका छन् ।गत एक वर्षको अवधिमै ३६ लाख ६० हजार १ सय ८० जनाले निक्षेप तथा कर्जा खाता खोलेका छन् । चालू आवको साउनदेखि फागुन मसान्तसम्म ३ करोड ४६ लाख ७१ हजार ९ सय ४९ जनाले निक्षेप खाता खोल

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 107 पटक पढिएको
  • अब दैनिक २० किलो सुन आयात हुने

    बिर्तामोड ( कारोवार दैनिकबाट ) नेपाल राष्ट्र बैंकले सुन आयात कोटा बढाएको छ । बिहिबार बैंकहरुलाई निर्देशन जारी गर्दै दैनिक दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था गरेको हो । कोभिड–१९ को महामारी सुरु भएसँगै सरकारले विदेशी मुद्राको खर्चमा मितव्ययी हुनका लागि सुन आयातमा कडाइ गर्दै दैनिक १० केजी मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो । कोभिड महामारी कम भएपछि भने बजारमा सुन अभाव भएको भन्दै कोटा बढाउने व्यवसायीले लविङ गर्दै आएका थिए ।नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भरद्वय डा। नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाई भेटे

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 122 पटक पढिएको
  • रोकिएन प्रतिबन्धित खेसरीको उत्पादन

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट ) सरकारले खेसरी ९दालको जात० उत्पादन र बिक्री वितरणमा बन्देज लगाएको पाँच दशक बढी भइसकेको छ तर अझै यसको उत्पादन र बिक्री वितरण रोकिएको छैन ।विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ०ले स्वास्थ्यका लागि हानिकारक भनेर प्रतिबन्ध लगाएको खेसरी नेपालको तराईका जिल्लामा अहिले ठूलो परिणाममा उत्पादन गरी दाल, पापड र पकौडामा उपभोग गर्दै आएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य नियमावली २०२७ आएदेखि नै नेपालमा खेसरीको उत्पादन, विक्रीवितरण र उत्पादनमा कानुनी रूपमै बन्देज लगाएको थियो ।सिराहा औरही गाउँपालिका–५ का अगुवा किसान श्रीदेव यादवले तराईमा अहिले पनि खेसरी प्रत्य

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 134 पटक पढिएको
  • पेट्रोलियम ऐन ल्याउने तयारी

    बिर्तामोड ( नागरिक दैनिकबाट ) वार्षिक करिब २ खर्ब रूपैयाँको कारोबार हुने पेट्रोलियम पदार्थको खरिदबिक्री र वितरणलाई व्यवस्थित बनाउन सरकारले पेट्रोलियम ऐन ल्याउने तयारी गरेको छ। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारणसभामा शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिएका हुन्।  ऐन तथा नीति नहुँदा बजार व्यवस्थित गर्न कठिनाइ भएकाले पेट्रोलियम ऐन ल्याउन लागेको मन्त्री भट्टले बताए। ‘पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षासँग जोडिएको वस्तु हो,’ उनले भने, ‘ऐनको ड्राफ तयार भएको छ। सरोकारवालासँग छलफल गरेर मात्र अन्तिम रूप दिइनेछ।’  कार्यक्रम

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 135 पटक पढिएको
  • कांग्रेसको निर्णय: प्रधानमन्त्रीको राजीनामा माग र आफ्नै नेतृत्वमा सरकार

    बिर्तामोड (नयाँ पत्रिका दैनिकबाट ) संसद्पुनर्स्थापनाको झन्डै डेढ महिनापछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय लिएको छ । प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै ५ पुसमा गरेको संसद् विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले ११ फागुनमा उल्टाइदिएपछि नयाँ सत्तासमीकरणको बहस सुरु भएको थियो । तर, अदालतको निर्णयको डेढ महिना तथा संसद् बैठक सुरु भएको एक महिनापछि कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमितिबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय लिएको छ । कांग्रेसले ओलीको विकल्प खोज्न चाहेका प्रतिगमनविरुद

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 191 पटक पढिएको
  • भारतमा कोरोना भयावह : नाकामा १०% को मात्रै परीक्षण

    बिर्तामोड (नयाँ पत्रिका दैनिकबाट ) छिमेकी भारतमा संक्रमण भयावह बन्न थालेपछि स्वदेश फर्किने नेपालीको नाकामा भिड बढ्दो छ, तर स्वास्थ्य परीक्षण अत्यन्तै न्यून छ । कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बाँकेको जमुनाह र रुपन्देहीको बेलहिया नाकाबाट मात्र १५ दिनयता १७ हजार ४५ नेपाली स्वदेश फर्किएका छन् । उनीहरूमध्ये १६९१ को कोरोना परीक्षण गरिँदा ६८ जनामा संक्रमण देखिएको छ ।  छिमेकी भारतमा दोस्रो लहरको कोरोना संक्रमण भयावह बन्दै गएपछि नाकामा स्वदेश फर्किने नेपालीको भिड बढ्दै छ । तर, उनीहरू सबैको स्वास्थ्य परीक्षण हुन सकेको छैन । स्वदेश फर्किने १० प्रतिशतको मात्रै परीक्षण गरिएको छ । स्

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 181 पटक पढिएको
  • सूचना चुहाएर सेयर कारोबार

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट) सेयर बजारमा सोमबार अजोड इन्स्योरेन्सको सेयर ठूलो परिमाणमा किनबेच भयो । त्यसको भोलिपल्ट मंगलबार मात्र कम्पनीले साधारणसभाको मिति तोक्नुका साथै सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने घोषणाको सूचना निकाल्यो ।उक्त सूचना अघिल्लो दिनै पाएपछि केही लगानीकर्ताले ठूलो संख्यामा अजोडको सेयर कारोबार गरे । सोमबार उक्त कम्पनीको ८ करोड ९५ लाख ६७ हजार रुपैयाँ बराबरको कुल १ लाख १७ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको थियो । उक्त दिनको कुल कारोबारमध्ये करिब ४० प्रतिशत अर्थात् ४७ हजार ३८ कित्ता सेयर ब्रोकर नम्बर ३४ बाट कारोबार भएको छ । त्यसपछिको धेरै कारोबार ब्रोकर नम्बर ५०

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 119 पटक पढिएको
  • भारत पुर्‍याइएका किशोरी गिरोहको फन्दामा परेको आशंका

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट) घाँस काट्न जाँदा बेपत्ता भएका किशोरी भारतमा भेटिएपछि नेपाल प्रहरीका सामु जबर्जस्त प्रश्न खडा भएको छ, ‘कसले लग्यो उनीहरूलाई ?’ किशोरीहरूले गायिका बन्न राजीखुसीले भारत पुगेको उत्तर दिए पनि घटनाको प्रकृति, उनीहरूको अवस्था र सीमा पार गरेको परिवेश हेर्दा प्रहरीको आशंका कुनै संगठित गिरोहमाथि छ, जसलाई पत्ता लगाउन महोत्तरी र धनुषासँग जोडिएको सीमा सिल गरिएको छ ।सधैंझैं मंगलबार दिउँसो २ बजे सातै जना घाँस काट्न खेततिर लागेको देखिन्छ । घाँस काट्न हँसिया र बोक्न बोरा सबैले लगेका थिए । घरभन्दा करिब १ किमि पूर्वको खेतमा उनीहरूलाई ३ बजेतिर स्थानीयले देखेका थिए । त्यसपछि उनीहरू

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 101 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा