बिर्तामोड ( नागरीक दैनिकबाट) प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नेकपा एमालेको माधव नेपाल समूहले फिर्ता लिने भएको छ। अविश्वासको प्रस्तावका समर्थक लक्षुमण तिवारीले अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरेको जानकारी दिए। तिवारीले विगतमा नेकपा अवस्था र अहिलेको अवस्थामा फरक आइसकेकाले अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको हो। तिवारीले भने‘हिजो जे कारणले अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश गरिएको थियो। आज त्यसको औचित्य सकिएकाल प्रस्ताव फिर्ता लिने तयारी गरिएको हो।’ उनका अनुसार एमाले पक्षका सबै सांसदहरूले सामूहिक रूपमा हस्ताक्षर फिर्ता लिने जानकारी दिए।&
बिर्तामोड( नागरीक दैनिकबाट) सन् २०२० मा कम्तीमा ४२ हजार वर्गकिलोमिटर वनक्षेत्र विनाश भएको एक अध्ययनले देखाएको छ। मेरिल्यान्ड विश्वविद्यालय र ग्लोबल फरेस्ट वाचको एक समीक्षाले यो विनाश गत २० वर्षको सरदरभन्दा अत्यधिक रहेको देखाएको हो। यो विनाश विशेषगरी अमेजन क्षेत्र, कंगो र दक्षिण पूर्वी एसियामा सबैभन्दा बढी रहेको छ।यो वन क्षेत्रले कार्बनको मात्रालाई नियन्त्रण गर्न र विश्वको जलवायुलाई नियमन गर्न ठूलो भूमिका खेल्दै आएको छ। ब्राजिलमा मात्र १७ लाख हेक्टर वन क्षेत्रको विनाश भएको छ। अमेजन क्षेत्रमा डढेलोका कारण वन क्षेत्रको अत्यधिक विनाश भएको हो। ब्राजिलका राष्ट्रपति जैयर वोल्सोनाराले सत्ता सम्हालेपछि
बिर्तामोड (नागरीक दैनिकबाट) काठमाडौं बुद्धनगरस्थित धोबीखोला नदी उकासको दुई रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल थालिएको छ। करिब दुई दशकदेखि विवादमा रहेको यो जग्गा सरकारी भएको फैसला सर्वोच्च अदालतले गरे पनि व्यक्तिमा नाममा ल्याउन अहिले फेरि चलखेल सुरु भएको हो। काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित सिट नम्बर ११४५–२५ कित्ता नम्बर २९ को २ रोपनी ३ आना १ दाम सरकारी जग्गा आफ्नो नाममा ल्याउन पूर्णबहादुर तण्डुकार, दुर्गाबहादुर तण्डुकारलगायतको समूह चलखेलमा लागेको हो। अहिलेको बजार मूल्यअनुसार यो जग्गालाई ३५ करोड रुपैयाँभन्दा बढी पर्छ। काठमाडौं निर्वाचन क्षेत्र न
बिर्तामोड ( नागरीक दैनिकबाट) प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै माधव नेपाल समूहलाई कारबाहीको नीति अख्तियार गरे पनि उनलाई पार्टी संकटबाट उम्किन भने निकै कठिनाइ हुने देखिएको छ। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेर निषेधको राजनीति अघि बढाएपछि सिंगो एमालेको भविष्यमाथि प्रश्न उठ्न थालेको छ। एमालेभित्रको विवाद बढ्दै जाँदा पार्टीमा असन्तुष्ट पक्षलाई कारबाही गरेर तह लगाउने नीति प्रधानमन्त्री ओलीले लिए पनि यस्तो नीति लिनु र नलिनुको कुनै अर्थ नहुने राजनीतिक विश्लेषण छ। नेतृत्व लिनेले पार्टी
बिर्तामोड (नागरीक दैनिकबाट ) सरकारलाई समर्थन गरिरहेको माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग गरेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी केन्द्रले यस्तो माग गरेको हो। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० खारेज गरी एमाले र माओवादी केन्द्रलाई ब्युँताएका आधारमा यही चैत २३ गतेभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने तर्क माओवादी केन्द्रको छ। प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘हामी विधिको शासनलाई सर्वोपरी मान्छौं, वर्तमान मन्त्रिपरिषद्को कानुनी हैसियतमा प्रश्न उठेकाले सरक
बिर्तामोड( आर्थिक अभियान दैनिकबाट) यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७० अंकसम्म मात्र ल्याए पनि लाइसेन्स दिने गरी मूल्यांकनको आधार बनाइएको छ ।विभागले गत पुस अन्तिम साता सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७ बनाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो । उक्त कार्यविधिलाई मन्त्रालयले स्वीकृत गरेको विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिए । ‘मन्त्रालयले स्वीकृति दिएसँगै जेठ १ गतेदेखि
बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) चालू आर्थिक वर्ष (आव) २०७७र७८ मा सरकारले अनुमान गरेको भन्दा ४ दशमलव ३ प्रतिशत बिन्दु कम आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।साउथ एशिया इकोनोमिक फोकस स् साउथ एशिया भ्याक्सिनेट्स रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले उक्त प्रक्षेपण गरेको हो ।सरकारले चालू आवमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गरे पनि विश्व बैंकको नयाँ रिपोर्टले चालू वर्षमा २ दशमलव ७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । २०२१ को जनवरी र २०२० को अक्टोबरको प्रक्षेपणमा विश्व बैंकले अहिले संशोधन गरेर सार्वजनिक गरेको प्रतिवेदनमा आगामी आवमा २०७८र७९ मा भने ३ दशमलव ९
बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले बिहीवार सारथी नेपाल लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन गरेको छ । यी दुई ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।नेप्सेले सारथी नेपाल लघुवित्तको ८ दशमलव १३ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू। १ हजार ५९६ तोकेको छ । नेप्सेले अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू। १ हजार ७२६ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ दशमलव १३ प्
बिर्तामोड ( राजधानी दैनिकबाट) काठमाडौंको मुटु मानिने बानेश्वर तथा अनामनगर क्षेत्रमा रहेको धोवीखोलामा पर्ने झन्डै २३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिले हडपेको भए पनि १२ वर्षसम्म फिर्ता हुन सकेको छैन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २०६५ साल ९ मंसिरमा ती जग्गा सरकारी रहेको र विभिन्न व्यक्तिले गैरकानुनी रूपमा हडपेको ठहर गर्दै सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको थियो । तर, अख्तियारको सो निर्णय मालपोत कार्यालय डिल्लीबजारले कार्यान्वयन गर्न नसक्दा विभिन्न व्यक्तिले हडपेको सरकारी जग्गा फिर्ता हुन नसकेको हो ।साबिक काठमाडौं बानेश्वर महादेवस्थान–५ को कि। नं १४३ र क्षेत्रफल २३ रोपनी जग्गा ध
बिर्तामोड( राजधानी दैनिकबाट ) नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने निर्णय गरेपछि नेपाली यात्रुले विमानभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट चलाउन पाउने भएका हुन् ।अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने र १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने नेपाल दूरसञ्चार प्रािधकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।गत ९ चैतमा बसेको प्राधिकरण बोर्डको बैठकले यो विषयमा निर्णय गरेको प्राधिकरण
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.