पत्रपत्रिका

    Showing 1,031-1,040 of 1,267 items.
  • भारतमा कोरोना भयावह : नाकामा १०% को मात्रै परीक्षण

    बिर्तामोड (नयाँ पत्रिका दैनिकबाट ) छिमेकी भारतमा संक्रमण भयावह बन्न थालेपछि स्वदेश फर्किने नेपालीको नाकामा भिड बढ्दो छ, तर स्वास्थ्य परीक्षण अत्यन्तै न्यून छ । कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बाँकेको जमुनाह र रुपन्देहीको बेलहिया नाकाबाट मात्र १५ दिनयता १७ हजार ४५ नेपाली स्वदेश फर्किएका छन् । उनीहरूमध्ये १६९१ को कोरोना परीक्षण गरिँदा ६८ जनामा संक्रमण देखिएको छ ।  छिमेकी भारतमा दोस्रो लहरको कोरोना संक्रमण भयावह बन्दै गएपछि नाकामा स्वदेश फर्किने नेपालीको भिड बढ्दै छ । तर, उनीहरू सबैको स्वास्थ्य परीक्षण हुन सकेको छैन । स्वदेश फर्किने १० प्रतिशतको मात्रै परीक्षण गरिएको छ । स्

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 217 पटक पढिएको
  • सूचना चुहाएर सेयर कारोबार

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट) सेयर बजारमा सोमबार अजोड इन्स्योरेन्सको सेयर ठूलो परिमाणमा किनबेच भयो । त्यसको भोलिपल्ट मंगलबार मात्र कम्पनीले साधारणसभाको मिति तोक्नुका साथै सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने घोषणाको सूचना निकाल्यो ।उक्त सूचना अघिल्लो दिनै पाएपछि केही लगानीकर्ताले ठूलो संख्यामा अजोडको सेयर कारोबार गरे । सोमबार उक्त कम्पनीको ८ करोड ९५ लाख ६७ हजार रुपैयाँ बराबरको कुल १ लाख १७ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको थियो । उक्त दिनको कुल कारोबारमध्ये करिब ४० प्रतिशत अर्थात् ४७ हजार ३८ कित्ता सेयर ब्रोकर नम्बर ३४ बाट कारोबार भएको छ । त्यसपछिको धेरै कारोबार ब्रोकर नम्बर ५०

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 157 पटक पढिएको
  • भारत पुर्‍याइएका किशोरी गिरोहको फन्दामा परेको आशंका

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट) घाँस काट्न जाँदा बेपत्ता भएका किशोरी भारतमा भेटिएपछि नेपाल प्रहरीका सामु जबर्जस्त प्रश्न खडा भएको छ, ‘कसले लग्यो उनीहरूलाई ?’ किशोरीहरूले गायिका बन्न राजीखुसीले भारत पुगेको उत्तर दिए पनि घटनाको प्रकृति, उनीहरूको अवस्था र सीमा पार गरेको परिवेश हेर्दा प्रहरीको आशंका कुनै संगठित गिरोहमाथि छ, जसलाई पत्ता लगाउन महोत्तरी र धनुषासँग जोडिएको सीमा सिल गरिएको छ ।सधैंझैं मंगलबार दिउँसो २ बजे सातै जना घाँस काट्न खेततिर लागेको देखिन्छ । घाँस काट्न हँसिया र बोक्न बोरा सबैले लगेका थिए । घरभन्दा करिब १ किमि पूर्वको खेतमा उनीहरूलाई ३ बजेतिर स्थानीयले देखेका थिए । त्यसपछि उनीहरू

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 140 पटक पढिएको
  • मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने तयारी

    बिर्तामोड ( नागरीक दैनिकबाट) प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नेकपा एमालेको माधव नेपाल समूहले फिर्ता लिने भएको छ। अविश्वासको प्रस्तावका समर्थक लक्षुमण तिवारीले अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरेको जानकारी दिए।  तिवारीले विगतमा नेकपा अवस्था र अहिलेको अवस्थामा फरक आइसकेकाले अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको हो। तिवारीले भने‘हिजो जे कारणले अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश गरिएको थियो। आज त्यसको औचित्य सकिएकाल प्रस्ताव फिर्ता लिने तयारी गरिएको हो।’ उनका अनुसार एमाले पक्षका सबै सांसदहरूले सामूहिक रूपमा हस्ताक्षर फिर्ता लिने जानकारी दिए।&

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 147 पटक पढिएको
  • २०२० मा विश्वमै बढी वनविनाश

    बिर्तामोड( नागरीक दैनिकबाट) सन् २०२० मा कम्तीमा ४२ हजार वर्गकिलोमिटर वनक्षेत्र विनाश भएको एक अध्ययनले देखाएको छ। मेरिल्यान्ड विश्वविद्यालय र ग्लोबल फरेस्ट वाचको एक समीक्षाले यो विनाश गत २० वर्षको सरदरभन्दा अत्यधिक रहेको देखाएको हो। यो विनाश विशेषगरी अमेजन क्षेत्र, कंगो र दक्षिण पूर्वी एसियामा सबैभन्दा बढी रहेको छ।यो वन क्षेत्रले कार्बनको मात्रालाई नियन्त्रण गर्न र विश्वको जलवायुलाई नियमन गर्न ठूलो भूमिका खेल्दै आएको छ। ब्राजिलमा मात्र १७ लाख हेक्टर वन क्षेत्रको विनाश भएको छ। अमेजन क्षेत्रमा डढेलोका कारण वन क्षेत्रको अत्यधिक विनाश भएको हो। ब्राजिलका राष्ट्रपति जैयर वोल्सोनाराले सत्ता सम्हालेपछि

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 171 पटक पढिएको
  • धोबीखोला किनारको दुई रोपनी जग्गा कब्जा गर्न फेरि चलखेल

    बिर्तामोड (नागरीक दैनिकबाट) काठमाडौं बुद्धनगरस्थित धोबीखोला नदी उकासको दुई रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल थालिएको छ। करिब दुई दशकदेखि विवादमा रहेको यो जग्गा सरकारी भएको फैसला सर्वोच्च अदालतले गरे पनि व्यक्तिमा नाममा ल्याउन अहिले फेरि चलखेल सुरु भएको हो।  काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित सिट नम्बर ११४५–२५ कित्ता नम्बर २९ को २ रोपनी ३ आना १ दाम सरकारी जग्गा आफ्नो नाममा ल्याउन पूर्णबहादुर तण्डुकार, दुर्गाबहादुर तण्डुकारलगायतको समूह चलखेलमा लागेको हो। अहिलेको बजार मूल्यअनुसार यो जग्गालाई ३५ करोड रुपैयाँभन्दा बढी पर्छ।  काठमाडौं निर्वाचन क्षेत्र न

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 143 पटक पढिएको
  • ‘कारबाही रणनीतिले ओलीको संकट टर्दैन’

    बिर्तामोड ( नागरीक दैनिकबाट) प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै माधव नेपाल समूहलाई कारबाहीको नीति अख्तियार गरे पनि उनलाई पार्टी संकटबाट उम्किन भने निकै कठिनाइ हुने देखिएको छ। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेर निषेधको राजनीति अघि बढाएपछि सिंगो एमालेको भविष्यमाथि प्रश्न उठ्न थालेको छ। एमालेभित्रको विवाद बढ्दै जाँदा पार्टीमा असन्तुष्ट पक्षलाई कारबाही गरेर तह लगाउने नीति प्रधानमन्त्री ओलीले लिए पनि यस्तो नीति लिनु र नलिनुको कुनै अर्थ नहुने राजनीतिक विश्लेषण छ।  नेतृत्व लिनेले पार्टी

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 136 पटक पढिएको
  • माओवादी केन्द्रले सदनमा भन्यो–अल्पमतका प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ

    बिर्तामोड (नागरीक दैनिकबाट ) सरकारलाई समर्थन गरिरहेको माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग गरेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी केन्द्रले यस्तो माग गरेको हो। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० खारेज गरी एमाले र माओवादी केन्द्रलाई ब्युँताएका आधारमा यही चैत २३ गतेभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने तर्क माओवादी केन्द्रको छ।  प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘हामी विधिको शासनलाई सर्वोपरी मान्छौं, वर्तमान मन्त्रिपरिषद्को कानुनी हैसियतमा प्रश्न उठेकाले सरक

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 146 पटक पढिएको
  • जेठदेखि सवारी अनुमतिपत्रको परीक्षा खुकुलो

    बिर्तामोड( आर्थिक अभियान दैनिकबाट) यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७० अंकसम्म मात्र ल्याए पनि लाइसेन्स दिने गरी मूल्यांकनको आधार बनाइएको छ ।विभागले गत पुस अन्तिम साता सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७ बनाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो । उक्त कार्यविधिलाई मन्त्रालयले स्वीकृत गरेको विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिए । ‘मन्त्रालयले स्वीकृति दिएसँगै जेठ १ गतेदेखि

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 154 पटक पढिएको
  • विश्व बैंकको प्रक्षेपण : चालू आवमा सरकारी अनुमानभन्दा ४.३५ बिन्दु कम आर्थिक वृद्धिदर

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) चालू आर्थिक वर्ष (आव) २०७७र७८ मा सरकारले अनुमान गरेको भन्दा ४ दशमलव ३ प्रतिशत बिन्दु कम आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।साउथ एशिया इकोनोमिक फोकस स् साउथ एशिया भ्याक्सिनेट्स रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले उक्त प्रक्षेपण गरेको हो ।सरकारले चालू आवमा ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने दाबी गरे पनि विश्व बैंकको नयाँ रिपोर्टले चालू वर्षमा २ दशमलव ७ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । २०२१ को जनवरी र २०२० को अक्टोबरको प्रक्षेपणमा विश्व बैंकले अहिले संशोधन गरेर सार्वजनिक गरेको प्रतिवेदनमा आगामी आवमा २०७८र७९ मा भने ३ दशमलव ९

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 144 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.