पत्रपत्रिका

    Showing 1,031-1,040 of 1,254 items.
  • कांग्रेस तत्काल न बोल्ने, न खुल्ने

    बिर्तामोड ( राजधानी दैनिकबाट )प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा कांगे्रसले कुनै रुचि नलिएपछि त्यो सम्भावना करिब अन्त्यजस्तै भएको छ । हाल, कम्युनिस्ट शक्तिबीच आन्तरिक कलह मात्रै भएको र सत्ताका लागि उनीहरू विभाजित मनस्थितिमा नपुगिसकेको भन्दै कांग्रेसले तत्काल केही नबोल्ने र कुनै पनि पक्षतर्फ नखुल्ने रणनीति लिएको हो ।मंगलबार मात्रै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको ‘रणनीति’ बुझ्न सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । त्यस क्रममा देउवाले कांग्रेस ‘पर्ख र

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 97 पटक पढिएको
  • कोरोना ग्राफ उकालो लाग्दै

    बिर्तामोड( राजधमनी दैनिकबाट)  आमनागरिकको हेलचेक्रयाइ र सरकारको पूर्वतयारी फितलो हुँदै जा“दा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको पाइएको छ । मुख्यतः जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा र सरकारबाट रोकथाम तयारी फितलो हुँदा संक्रमित संख्या बढ्दै गएको हो ।जनस्वास्थ्य विज्ञले कोरोना रोकथामका लागि विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने, कोरोना परीक्षण क्षमता वृद्धि र जनस्वास्थ्य मापदण्ड कार्यान्वयन अनुगमन तत्काल गर्नुपर्नेमा जोड दिएका छन् ।त्यस्तै, स्थानीय तहमार्फत् कन्ट्रयाक्ट ट्रेसिङ गर्ने भनिए पनि सरकारले ठोस योजना बनाएको छैन । यसअघि, बन्दाबन्दीका बेलासमेत कन्ट्रयाक्ट ट्रेसिङ प्रभावकारी बन्

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 101 पटक पढिएको
  • संवैधानिक नियुक्तिलाई पूर्ण इजलासले सुनुवाइ गर्ने

    बिर्तामोड( नेपाल समाचारपत्रबाट ) विभिन्न संवैधानिक आयोगहरुमा गैरसंवैधानिकरुपमा पदाधिकारी नियुक्त गरिएको भनी दाबी गरी दायर भएको रिट निवेदनलाई पूर्ण इजलासले सुनुवाइ गर्ने भएको छ।सर्वोच्च अदालतका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले रिट निवेदनमा उठाइएका विषय गम्भीर प्रकृतिको संवैधानिक विवाद भएको उल्लेख गरी ती रिट निवेदनलाई पूर्ण इजलासले सुनुवाइ गर्नुपर्ने गरी मंगलबार आदेश गरेको हो। सो आदेशपछि ती रिट निवेदनहरु अब पूर्ण इजलासले सुनुवाइ गर्नेछ।गत माघ पाँच गते विभिन्न संवैधानिक निकायहरुमा ३८ जना पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद्ले सिफारिस गरेको थियो। सोबमोजिम नियुक

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 100 पटक पढिएको
  • ‘सामाजिक सुरक्षा भत्ता बढाउँदै छु’

    बिर्तामोड(अन्नपूर्ण पोष्ट दैनिकबाट)  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाभत्ता साउनदेखि बढाउने घोषणा गरेका छन्। ‘सरकार बनाउनेबित्तिकै पहिलो बजेटमा वृद्धभत्ता किन बढाइएन रु यो किन गरिएन रु त्यो किन गरिएन भनेर धुम मच्चाइयो’, काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘गत बजेटमै बढायौं। सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रै काम गर्‍यौं।’प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा कसैलाई आपत्ति हुन सक्ने बताए। ‘अब कसैलाई आपत्ति लाग्ला। बूढाबूढी पनि हेर्न थाल्यो, अपांग हेर्न थाल्यो। यो सरकार छिटो हटाउनुपर्‍यो। मान्छेहरूलाई भरैबाट यो छटपटी हुन्

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 118 पटक पढिएको
  • गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई नियमविपरीत छुट्टै पोसाक

    बिर्तामोड (नागरीक दैनिकबाट) बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्नेगरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको छ। सोमबार बागमती प्रदेश प्रहरी कार्यालयले कुनै घट्ना वा अपराधपछि त्यसको गोप्य अनुसन्धान कार्यमा खटिने प्रहरीलाई ज्याकेट ९फ्लोरोसेन्ट० र टोपी वितरण गरेसँगै प्रहरीले गर्ने अनुसन्धानमा बाधा पुग्ने देखिएको हो।  अनुसन्धानमा खटिने प्रहरीको हुलिया खुलाउन नहुने सुरक्षा निकायका विज्ञहरूले बताए। पूर्वडिआइजी हेमन्त मल्लले गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई एकैखाले प्रहरी भनेर छुट्टिने लुगा वितरण गर्न गलत रहेको बताए। उनले भने, ‘अनुसन्

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 124 पटक पढिएको
  • नयाँ सरकारको कसरतमा दाहाल

    बिर्तामोड( नागरीक दैनिकबाट) प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरूबीच छलफल सुरु भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी ९जसपा० का नेताहरूसँग छलफल गरे। ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो।  प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल सुरु भए पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन। अविश्वासको प्रस्तावसँगै नयाँ प्रधा

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 117 पटक पढिएको
  • निमित्तकै भरमा स्थानीय तह

    बिर्तामोड (गोरखापत्र दैनिकबाट)  देशका १४० स्थानीय तह यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तह निमित्तको भरमा सञ्चालित रहँदै आएको छ ।स्थानीय तहमा सेवा प्रवाहका लागि कर्मचारी जान नमान्दा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव सिर्जना भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानीय तहमा वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गरिए पनि निमित्त कर्मचारीले दैनिक अत्यावश्यक कामबाहेक अन्य काम नगर्दा स्थानीय तहमा सेवा प्रवाहमा समस्या भएको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोक सेवा आयोगबाट एक सय

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 113 पटक पढिएको
  • दिल्ली–काठमाडौं रुटमा अकासियो हवाई भाडा

    बिर्तामोड (कान्तिपुर दैनिकबाट ) दिल्ली–काठमाडौं रुटमा यात्रुको चापको तुलनामा पर्याप्त उडान नहुँदा हवाई भाडा एकाएक अकासिएको छ । मागको तुलनामा सिटको आपूर्ति कम हुँदा यात्रुहरू दिल्ली–काठमाडौं एकतर्फी यात्राकै लागि भारु ३० हजारसम्म ९४८ हजार रुपैयाँ० तिर्न बाध्य भएका छन् । जब कि समान्य अवस्थामा भारु करिब ६ हजार ९साढे ९ हजार रुपैयाँ० मा पनि टिकट पाइने गरेको थियो ।हाल भारत र नेपालबीच ‘एअर–बबल’ सम्झौताअन्तर्गत नेपाल वायुसेवा निगम र एयर इन्डियाले मात्र दिल्ली–काठमाडौं दैनिक एक–एक उडान गरिरहेका छन् । कोरोना महामारीअघि यो रुटमा मात्र दैनिक ११ उडान हुने गरेका थिए । नेपाल वायुसेवा निगमका दुई, एयर इन्डियाक

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 130 पटक पढिएको
  • बाबुआमा भएकै बालबालिका बालगृहमा

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) बाबुुआमा दुुवै नभएका र संरक्षकत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था कानुनमा छ तर बालगृहमा धेरैजसो आमाबाबु भएकै बालबालिका बस्छन् ।आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ मा आमाबाबु दुवै नभएका वा भएर पनि हेरचाह गर्ने शारीरिक वा मानसिक अवस्था ठीक नभएका बालबालिकाको हेरचाह सकेसम्म नजिकको नातेदारले गर्नुपर्ने र त्यो पनि नभए संरक्षकत्वविहीन बालबालिकालाई राज्यको जिम्मामा आवासीय बालगृहमा राख्न सकिने व्यवस्था गरिएको छ ।राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुुर चन्दले अभिभावकविहीन बालबालिका

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 125 पटक पढिएको
  • प्रदूषण बढाउँदै डढेलो

    बिर्तामोड( गोरखापत्र दैनिकबाट ) डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ । युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्यएसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको छ । यसरी प्रि–मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको डढेलो नियन्त्रण गर्न एकल प्रयासभन्दा पनि सामूहिक विश्वव्यापी प्रयासको आवश्यकता रहेको विज्ञहरूले औँल्याउनुभएको छ ।त्यस्तै उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलियाको जङ्गल क्षेत्र डढेलोबाट अछुतो छैन । एसियाको भारत, थाइल्यान्

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 118 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा