पत्रपत्रिका

    Showing 1,041-1,050 of 1,254 items.
  • भूकम्प प्रतिरोधी घरमा तला र कोठा थप्न दिने तयारी

    बिर्तामोड (राजधानी दैनिकबाट) सरकारले भूकम्प प्रतिरोधी घरमा तला तथा कोठा थप गर्न दिने तयारी गरेको छ । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरूमा लाभग्राहीले कोठा तथा तला थप्न पाउने गरी कार्यविधिको मस्यौदा तयार भएको हो ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९भवन०ले तला र कोठा थप गर्न मिल्नेगरी कार्यविधिको मस्यौदा तयार गरे पनि कार्यान्वयनमा भने ल्याएको छैन ।प्राधिकरणले मस्यौदा तयार भएको र अहिले विभिन्न संघसंस्थासँग मस्यौदाको विषयमा छलफल गर्ने, परामर्श गर्ने काम भइरहेको जनाएको छ । प्राधिकरणका अनुसार अब सरोकारवाला निकाय, विज्ञको सुझाव समेटेर कार्यविधिको आवश्यक सं

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 100 पटक पढिएको
  • प्रधानमन्त्री ओली स्पष्ट भएकाले हामी साथमा: ठाकुर

    बिर्तामोड (राजधानी दैनिकबाट )जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली अन्य नेताभन्दा बढी स्पष्ट भएकाले आफूहरू उनको पक्षमा रहेको बताए । रिपोर्टर्स क्लब नेपालले हिजो मंगलबार काठमाडौं मा आयोजना गरेको २३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ठाकुरले भने, विगतका धेरै नेताले हाम्रो एजेन्डा सम्बोधन गर्छौं भने पनि अन्तिममा आएर धोका दिएको तर हालका प्रधानमन्त्री ओलीले गर्न सक्नेसम्मका काम गर्ने भनेर स्पष्ट जवाफ दिएका छन् । ‘उहाँ धेरै कुरामा सकारात्मक हुनुहुन्छ तर पनि हामीलाई लिखित सहमति चाहिन्छ’, अध्यक्ष ठाकुरले भने ।मुलुकमा सबैलाई डेमोक्रेसी आएको हो भने मधेशी र थारूह

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 107 पटक पढिएको
  • डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री

    बिर्तामोड ( राजधानी दैनिकबाट )नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ ।कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई कागजी रूपमा अद्यावधिक गर्ने गरेकामा यसपटकदेखि विद्युतीय माध्यममार्फत व्यवस्थित गर्ने नीति लिएको हो । पहिले ४ लाख ७० हजार रहेको क्रियाशील सदस्यको संख्यालाई दोब्बर बनाउने नीतिअनुसार कांग्रेसले धमाधम सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ ।केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य आनन्द ढुंगानाले ६५ जिल्लाबाट सदस्यता इन्ट्री भइरहेको र मंगलबारसम्म करिब ५ लाखको हाराहारीमा नयाँ तथा पुराना सद

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 101 पटक पढिएको
  • मेलम्चीको पानी सबै धारामा पुर्‍याउन सात महिना लाग्ने

    बिर्तामोड  (कान्तिपुर दैनिकबाट )उपत्यकामा वितरण थालिएको मेलम्चीको पानी नयाँ प्रणालीअनुसार सबै धारामा पुर्‍याउन सात महिना लाग्ने भएको छ । लामो प्रतीक्षापछि आइतबारबाट मेलम्चीको पानी उपत्यकामा वितरण थालिएपछि स्थानीय उत्साहित छन्। पानी वितरण भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० को पुरानै प्रणालीबाट भइरहेको छ । केही स्थानमा परीक्षणका रूपमा मात्र नयाँ प्रणालीबाट मात्र वितरण भइरहेको छ । अनामनगर क्षेत्रमा पहिलो दिन नयाँ प्रणालीबाट ५ सय २२ घरमा चौबीसै घण्टा पानी दिइएको मेलम्ची उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठ बताउँछन्। सोमबार बबरमहलदेखि

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 117 पटक पढिएको
  • गर्मीका कपडाको मागसँगै मूल्य बढ्यो

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट)  गर्मी मौसमका लागि आवश्यक कपडाको माग सँगसँगै मूल्य पनि बढेको छ । गर्मी बढ्दै गएपछि बजारमा यस्ता कपडाको माग बढ्दै गएको र ढुवानीको भाडादरसमेत बढेका कारण तयारी कपडाको मूल्य बढेको हो ।कोरोनाको त्रास बढिरहेको भए पनि यति बेला काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, सुन्धारालगायतका स्थानमा गर्मीका लागि लुगा किन्न आउने ग्राहकको भीड बढिरहेको पाइएको छ । असनमा तयारी कपडाको होलसेल व्यापार गर्दै आएका राकेस सापकोटाले गर्मी बढेसँगै काठमाडौं बाहिरका शहरबाट समेत व्यापारीहरू कपडा किन्न काठमाडौं आउने क्रम बढेको बताए ।गतवर्ष गर्मी मौसम शुरू हुने बेला

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 114 पटक पढिएको
  • सुनका गरगहनाको आयात बढ्दो

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट)  नेपालमा काँचो सुनसँगसँगै सुनका गरगहनाको समेत व्यापक मात्रामा आयात हुने गरेको देखिएको छ । पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन सक्छ । तर, पछिल्लो समय सुनका गरगहनाको आयात भने बढ्दै गएको पाइएको छ ।भन्सार विभागको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा नेपालमा सुनका गरगहनाको आयात ३४ प्रतिशतले बढेको छ । चालू आवको फागुनसम्म ६ करोड ७३ लाख ६७ हजार रुपैयाँका सुनका गरगहना आयात भएको छ । परिमाणका आधारमा चालू आवको यस अवधिमा साढे १७ केजी बराबरको सुनका गरगहना आयात भएको छ ।गत आवको सोही अवधिमा भने ५ करोड ६० लाख रुपैया

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 132 पटक पढिएको
  • नेपाल इन्स्योरेन्ससहित तीन ओटा कम्पनीको शेयरमूल्य समायोजन

    बिर्तामोड  (आर्थिक अभियान दैनिकबाट)  नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले मंगलवार तीन ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।नेप्सेले मिथिला लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स र ग्रीन डेभलपमेण्ट बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको हो । यी ३ ओटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।नेप्सेले मिथिला लघुवित्तको १२ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू। १ हजार ६४२ तोकेको छ । नेप्सेले अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू। १ हजार ८३९ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 106 पटक पढिएको
  • ललिता निवास प्रकरणस् मन्त्रिपरिषद् निर्णय झिकाउन आदेश

    बिर्तामोड (नागरीक दैनिकबाट) सर्वोच्च अदालतले ललिता निवास जग्गाको विषयमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईका पालामा गरिएका मन्त्रिपरिषद् निर्णय झिकाउने आदेश दिएको छ। पछिल्लो समयमा मन्त्री र सचिवस्तरीय निर्णयबाटै हुने निर्णय पनि मन्त्रिपरिषद्बाट गर्ने प्रचलन बढ्दै गएका बेला सोमबार न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले ललिता निवास सरकारी जग्गा व्यक्तिका नाममा बनाउनुअघि गरिएका मन्त्रिपरिषद्का निर्णय झिकाउने आदेश गरेको हो।मन्त्रिपरिषद् बैठकले गरेका निर्णयविरुद्ध कुनै तहमा मुद्दा नचल्ने भन्दै नीतिगत रूपमा निर्णय गर्ने प्रचलन बढ्दै आएको छ। अख्तियार

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 121 पटक पढिएको
  • प्रदूषण बढ्दा देशभर घट्यो तापमान

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको छैन । सूर्यको ताप आइनपुगेका कारण तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।काठमाडौँमा २९ डिग्री सेल्सियससम्म पुगिसकेको तापक्रम अहिले घटेर अधिकतम २४ डिग्री सेल्सियस र न्यूनतम १०।८ डिग्री सेल्सियसमा झरेपछि चिसो बढेको जानकारी उहाँले दिनुभयो । मौसमविद् पौडेलले भन्नुभयो, “पानी पर्ने छेकछन्द छैन, त्यसैले तापक्रम अझै घट्न सक्छ ।” पूर्वानुमान महाशाखाका अनुसार स

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 140 पटक पढिएको
  • बाँकी मल दिन बङ्गलादेशलाई पत्र

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) सम्झौताबमोजिम बाँकी मल हस्तान्तरण गर्न नेपालले बङ्गलादेशलाई पत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री केन्द्र लिमिटेडले बङ्गलादेशबाट ल्याउन बाँकी मल समयमै उपलब्ध गराउन पत्र लेखेको हो ।नेपालले बङ्गलादेशसँगको जीटुजी ९सरकार–सरकार० सम्झौताको आधारमा यसअघि २२ हजार पाँच सय मेट्रिक टन रासायनिक मल बुझिसकेको छ । त्यसमध्ये १० हजार मेट्रिक टन मल ल्याइसकेको छ भने बाँकी कलकत्ता बन्दरगाहबाट आउने क्रममा रहेको केन्द्र जनाएको छ । बङ्लादेशले नेपाललाई कुल ५० हजार युरिया मल उपलब्ध गराउने सम्झौता भएको थियो । बाँकी रहेको २७ हजार पाँच सय मेट्रिक टन मल दुई

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 99 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा