पत्रपत्रिका

    Showing 1,051-1,060 of 1,254 items.
  • ‘ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिने’

    बिर्तामोड ( राजधानी दैनिकबाट) एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि चित बुझ्दो नभएको भन्दै कारबाही गरिएपछि आक्रोशित बनेका नेपालले ओलीबिरुद्धमा देशव्यापी रूपमा उत्रिन कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।नेता नेपालले ओली आफंैले विघटन गरिसकेको कमिटीको अध्यक्ष नभएको भन्दै उनलाई कारबाही गर्ने अधिकार नै नभएको जिकिर गरेका छन् । केन्द्रीय कमिटी आफैं भंग गर्ने र महाधिवेशन आयोजक कमिटी बनाउनेलाई कारबाही गर्ने अधिकार नहुने उनले बताए ।ओलीको पार्टी हितविपरीतका गतिविधिविरुद्ध देशव्

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 104 पटक पढिएको
  • एक सातामा १० अर्ब निक्षेप र कर्जा २८ अर्बले बढ्यो

    बिर्तामोड (राजधानी दैनिकबाट) चैतको दोस्रो सातासम्ममा २७ वाणिज्य बैंकको निक्षेप १० अर्बले बढेको छ भने कर्जा प्रवाह २८ अर्बले बढेको छ । चैतको पहिलो साता १४ अर्ब निक्षेप बढेको थियो भने कर्जा २३ अर्बले बढेको थियो । नेपाल बैंकर्स एसोसिएसनका अनुसार ६ चैतसम्म वाणिज्य बैंकमा ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेकोमा १३ चैतसम्म आउँदा ३८ खर्ब ५० अर्ब पुगेको छ ।गत ६ चैतसम्म ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा १३ गतेसम्म आइपुग्दा ३४ खर्ब ६२ अर्ब कर्जा लगानी भएको पाइएको छ । गत ६ चैतसम्म १ खर्ब ८ अर्ब विदेशी रुपैयाँ निक्षेप रहेकोमा १३ चैत्रसम्म आइपुग्दा १ खर्ब ९ अर्ब पुगेको छ । कर्जामा पनि ६ गतेसम्म १

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 117 पटक पढिएको
  • घरेलु मैदानमा नेपाललाई ३७ वर्षपछि उपाधि

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) नेपाली राष्ट्रिय फुटबल टिम १८ महिनायताका आठ खेलमा जितविहीन थियो । आठै खेलमा गोलसमेत गर्न सकेको थिएन । ६ वर्षपछि दशरथ रंगशालामा फर्कंदा राष्ट्रिय टिमले थ्री नेसन्स कपको समूह चरणका दुवै खेलमा गोल गर्न त सकेको थिएन नै, पोस्टमा गतिलो आक्रमण पनि भएन ।सोमबार २–१ गोलले बंगलादेशलाई हराउँदै थ्री नेसन्स कपको उपाधि जितेपछि हर्षित नेपाली फुटबल टिम । तस्बिर स् हेमन्त श्रेष्ठरकान्तिपुरफरवार्डबिना नै खेलेजस्तो देखिएपछि टिमकै आलोचना भइरहेको थियो । अन्ततः डेढ वर्षे गोलविहीन यात्रामा पूर्णविराम लगाउँदै सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्स कपको उपाधि चुमेको छ ।घरेलु

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 122 पटक पढिएको
  • विधेयक विफल हुने डरले सरकारले संसद्लाई दिएन बिजनेस

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) प्रतिनिधिसभा कामविहीन भएपछि आइतबार सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सभामुखकै आग्रहमा प्रधानमन्त्रीसँग भएको भेटको एउटै उद्देश्य हो– संसद्लाई जनमुखी, जीवन्त, प्रभावकारी र गतिशील बनाउन सरकारको सहयोग माग्ने । अघिल्लो साता सभामुख सापकोटाले पत्रकारहरूसँग कुरा गर्दै आफूले प्रधानमन्त्रीसँग समय मागेको बताएका थिए ।चैत २ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सभामुख सापकोटाले प्रधानमन्त्रीलाई भेटेर संसद्लाई प्रभावकारी बनाउन सहयोगको आग्रह गर्ने बताएका थिए । सभामुखले भेट्न चाहेको दुई सातापछि मात्रै प्रधानमन्त्रीले भेट दिएका

    • प्रकाशित मितिः चैत १६, २०७७
    • 126 पटक पढिएको
  • बैंकलाई छाडेर अरूलाई ब्रोकर लाइसेन्स दिइँदै

    बिर्तामोड (कान्तिपुर दैनिकबाट)  धितोपत्र बोर्डले बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स नदिएर अरूलाई नै अनुमति दिने तयारी गरिरहेको छ । यसका लागि धितोपत्र बोर्डले तीव्र रूपमा छलफल अघि बढाएको छ । बोर्डको यो तयारी संघीय संसद्को अर्थ समितिको निर्देशनविपरीत हो ।अर्थ समितिले यसअघि सञ्चालनमा रहेका ब्रोकर कम्पनीको संस्थागत सुशासनसँगै क्षमता अभिवृद्धि गरी बैंकको सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिन भनेको थियो । तर निर्देशनविपरीत धितोपत्र बोर्डले बैंकको सहायक कम्पनीलाई लाइसेन्स नदिएर अरू ९व्यक्तिगत० लाई नै लाइसेन्स दिने तयारी गरेको स्रोतको दाबी छ । यसका लागि बोर्डले छलफल तीव्र बनाएको छ ।

    • प्रकाशित मितिः चैत १६, २०७७
    • 133 पटक पढिएको
  • विद्युतीय बस खरीदका लागि साझा यातायातले गर्‍यो बोलपत्र आह्वान

    बिर्तामोड ( अनर्थिक अभियान दैनिकबाट) साझा यातायातले विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले ३०० विद्युतीय बस खरीदको जिम्मेवारी पुनः साझालाई नै प्रदान गरेपछि साझाले खरीद प्रक्रिया अघि बढाएको हो । कम्पनीले पहिलो चरणमा ४० ओटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ ।सरकारले २०७५ पुसमा ३०० विद्युतीय बस खरीद गर्ने निर्णय गरी २०७६ वैशाख १ गतेभित्र काठमाडौं उपत्यकामा सञ्चालन गरिसक्ने बताएको थियो । तर २०७६ साउन १ गते मात्र बस खरीदको जिम्मेवारी सरकारी स्वामित्वमा रहेको साझा यातायातलाई दिइएकोमा ३ महीना नबित्दै सरकारले बस खरिद गर्न नसकेको भन्दै साझाबाट रकम फिर्ता लिएको थियो । सर

    • प्रकाशित मितिः चैत १६, २०७७
    • 210 पटक पढिएको
  • ओली ढुक्क हुँदै अप्ठेरोमा प्रचण्ड

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट)   नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीय रुपमा सहमति हुन नसक्दा प्रधानमन्त्री ओली आफ्नो सत्ता टिकिरहनेमा ढुक्क देखिनुभएको छ। सर्वोच्चको फैसलापछि पार्टीभित्र शक्तिशाली देखिनुभएका अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार टिकाइ राख्नका लागि जसपालाई मात्र साथ लिने पुग्नेछ। त्यसका लागि जसपाको माग सम्बोधन गरेर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री ओली ढुक्क रहेको ओली निकट एक नेता बताउँछन्। उनी भन्छन् ञमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री ओलीले सहजैरुपमा संसद्बाट विश्वासको मत लिनुहुन्छ।नयाँ सत्त

    • प्रकाशित मितिः चैत १६, २०७७
    • 141 पटक पढिएको
  • दुर्घटना टर्ने विश्वासमा सेतीदेवीलाई ऐना

    बिर्तामोड (नागरिक दैनिकबाट ) बिपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालिका–५ रिट्ठेभिरमा राजमार्गको भित्ताभरि हजारौं ऐना देख्न सकिन्छ। यस राजमार्ग हुँदै यात्रा गर्ने जोकोहीलाई त्यस ठाउँको ऐनाले लोभ्याउने गर्छ। ऐना चढाउन मात्रै नभएर सेल्फी खिच्न गाडी रोक्नेको भीड उस्तै देखिन्छ। पूर्वी तराईबाट काठमाडौं जाँदै गरेको एक निजी गाडी सुनकोसी गाँउपालिकाको रिट्ठेभिरको उक्त स्थानमा रोकियो।गाडी रोकेर गाडी चालकले भित्तामा रहेका अरू ऐनासँगै एउटा ऐना थपे। ऐना राखेपछि उनले विश्वास र आत्माबल बढेको बताए। ऐनामा गाडी नम्बर र यात्रा सफलताको कामना गरिएको थियो। ‘यस क्षेत्रमा सबैले ऐना चढाएको देखें, मलाई पनि ऐना चढ

    • प्रकाशित मितिः चैत १६, २०७७
    • 121 पटक पढिएको
  • जेलमा कैदी : बलात्कारमा संलग्न बढी

    बिर्तामोड (सौर्य दैनिकबाट) नेपालको जेलमा रहेका कैदीबन्दीमा सबैभन्दा बढि बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका रहेका छन् । ७२ किसिमको अपराधमा भएको सजायमा कुल कैदीमध्ये २५ प्रतिशत बढि बलात्कार मुद्दामा संलग्न रहेका हुन् । बलात्कारको मुद्दा संलग्नहरु अन्य मुद्दाको तुलनामा धेरै रहेको देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार अपराधमध्ये बलात्कारमा जोडिनेको संख्या २५।६७ प्रतिशत रहेका छन् । चैतको दोस्रो सातासम्म हेर्ने हो भने ७२ किसिमका अपराधमा २५ हजार ५१३ जना कैदीबन्दी जेलमा छन् । अनुपातमा हेर्ने हो भने अपराधगत रूपमा सबैभन्दा बढी ६ हजार ५५१ जना कैदीबन्दी बलात्कारको मुद्दामा कारागार भुक्तान गर

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 143 पटक पढिएको
  • फेरि २ अर्ब ७३ करोडको राजस्व छली

    बिर्तामोड (राजधानि दैनिकबाट) नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने विभिन्न नौ वटा कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । ती कम्पनीबाट २ अर्ब ७३ करोड ४४ लाख ५९ हजारको राजस्व छली भएको ठहर गर्दै सोही रकम बराबरको विगो असुल गरी सञ्चालकलाई कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो ।राजस्व अनुसन्धान विभागका अनुसार रेणु ट्रेड इन्टरप्राइजेज, ओएनएस इन्टरप्राइजेज, रुपम ट्रेड कन्सर्न, आरजु इन्टरनेसनलका सञ्चालक किशोरी यादवसहित ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक वीरेन्द्र राम चमार, एभरेस्ट नेपाल ट्रेड कन्सर्नका महेश हजारा, द भिजन इन्टरप्राइजेजका सञ्चा

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 118 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा