पत्रपत्रिका

    Showing 1,061-1,070 of 1,254 items.
  • पहाडमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट ) आज फागूपूर्णिमाको दिन पहाडी भेगमा होली खेलेर हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौसहित पहाडी क्षेत्रभन्दा एक दिन पछिमात्रै तराईमा होली भव्यताका साथ मनाइने गरिएको छ। तराईमा भोलिमात्रै होली मनाइन्छ।फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ।फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजालिने गर्छन्। होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ।काठमाडौंको वसन्तपुर दरबारअगाडि फागुन शुक्ल अष्टमीको दिन लिंगो गाडेपछि हो

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 106 पटक पढिएको
  • राप्रपा एकता महाधिवेशन :पहिलो र दोस्रो पुस्ताका नेताबीच नेतृत्व लिन रस्साकस्सी

    बिर्तामोड (नयाँ पत्रिका दैनिकबाट)  राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को महाधिवेशन २५–२८ वैशाखमा काठमाडौंमा हुँदै छ । महाधिवेशन आउन एक महिना बाँकी रहँदा भावी नेतृत्वका लागि पहिलो र दोस्रो पुस्ताका नेताहरूबीच रस्साकस्सी सुरु भएको छ । राप्रपाभित्र राजसंस्था र हिन्दू राष्ट्रसहित उदारता, प्रजातन्त्र, समाजवादको राजनीतिक एजेन्डामा मतभेद छैन । तर, भावी नेतृत्वका लागि नेताहरू आन्तरिक दौडमा सक्रिय छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि राप्रपा महाधिवेशनका विषयमा दोस्रो तहका नेताहरू भेटेर पनि चासो राखेका छन् । १५ जेठ ०४७ मा स्थापना भएको राप्रपा नेपालमा कम्युनिस्टहरूपछि धेरैपटक विभाजन भएको रा

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 101 पटक पढिएको
  • म्यानमारमा नरसंहार

    बिर्तामोड( नयाँ पत्रिका दैनिकबाट) म्यानमारमा सैनिक कुविरुद्ध आन्दोलनरत प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले बर्बर दमन गरेको छ । सुरक्षाकर्मीको गोलीबाट शनिबार मात्रै सयभन्दा धेरैको मृत्यु भएको छ, जसमा चार बालबालिका पनि छन् । समाचार एजेन्सी म्यानमार नावका अनुसार शनिबार ‘सशस्त्र बल दिवस’मा विभिन्न ४० सहरमा ठूलो प्रदर्शन भएको थियो । विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले मृत्यु भएका प्रदर्शनकारीको संख्या फरक–फरक उल्लेख गरेका छन् । म्यानमार नावले एक सय १४ जनाको मृत्यु भएको बताएको छ भने बिबिसीले कम्तीमा ८९ जनाको ज्यान गएको उल्लेख गरेको छ । याङगुनमा मात्रै २४ जनाको मृत्यु भएको द गार्डियनले उल्ले

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 97 पटक पढिएको
  • महासंघको २६औँ अधिवेशनमा उम्मेदवारी दर्ता

    बिर्तामोड (नयाँ पत्रिका दैनिकबाट) नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनका लागि शनिबार उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाललगायत संगठनले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनका तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायण किलम्बू, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 102 पटक पढिएको
  • १८ अर्ब ३६ करोड रूपैयाँ खर्च, भौतिक प्रगति १२ प्रतिशतमात्र

    बिर्तामोड (कान्तिपुर दैनिकबाट ) राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई–मधेस द्रुतमार्ग आव २०८०र८१ सम्म सक्नुपर्ने छ । तर काम अपेक्षित गतिमा भने अघि बढ्न सकेको छैन । आयोजनाको डीपीआर ९विस्तृत परियोजना प्रतिवेदन० २०७६ भदौ १ गते मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो । डीपीआरमै ढिलाइले काम थाल्न केही ढिला भएको सेनाको दाबी छ । सेनाले द्रुतमार्गको २०७४ जेठबाट निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको हो।द्रुतमार्गको महादेवटार ३।३५५ किमि, धेद्रे १।६३० र लेनडाँडामा १।४३० किमि सुरुङ निर्माण गर्नुपर्नेछ । भित्रिने र बाहिरिने गररे साढे १२ किमि सुरुङ निर्माण हुनेछ । आयोजनाको अनुमानित लागत १ खर्ब ७५ अर्

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 106 पटक पढिएको
  • करयोग्य नयाँ क्षेत्र खोजिँदै

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) सरकारी राजस्व बढाउने उद्देश्यसहित नेपाल राजस्व परामर्श बोर्डले करयोग्य नयाँ क्षेत्रको पहिचान गर्न अध्ययन सुरु गरेको छ । करयोग्य त्यस्ता क्षेत्रको पहिचान गर्दै सरकारलाई आगामी राजस्व नीतिका लागि सुझाव पेस गर्न अध्ययन अगाडि बढाइएको बोर्डका अध्यक्ष महेश दाहालले जानकारी दिए । “राजस्वको दायराभित्र नआइसकेका करयोग्य केही क्षेत्रको पहिचानका लागि विभिन्न समितिमार्फत अध्ययन भइरहेको छ”, उनले भने ।बोर्डले खासगरी घरजग्गा व्यवसाय, ढुवानी व्यवसाय, अनलाइन भुक्तानीजस्ता क्षेत्रलाई करको दायरामा ल्याउन सक्ने सम्भाव्यताका विषयमा अध्ययन गरिरहेको अध्यक्ष दाहालले जानकारी दिए । यस्ता क्

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 107 पटक पढिएको
  • प्रदूषणले घातक असर

    बिर्तामोड (अन्नपूर्ण पोष्ट दैनिकबाट) उपत्यकाको वायुको गुणस्तर मानव स्वास्थ्यलाई अत्यन्तै घातक देखिएको छ। विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक ९एक्यूआई० ३०० भन्दा बढी भए घातक भनेको छ। उपत्यकामा शुक्रबार एक्यूआई सबैभन्दा बढी भैंसेपाटीमा ३१४ पुगेको छ।यसबाट तात्कालिक मात्रै होइन, दीर्घकालिक स्वास्थ्य समस्या निम्तिने जोखिम रहेकाले सजग हुन विज्ञहरूले आग्रह गरेका छन्। डढेलोको धुवाँ मिसिएको प्रदूषणले शरीरका सबै अंगलाई असर गर्ने चिकित्सक बताउँछन्। अल्पकालीन ९तत्काल० रूपमा आँखा पोल्ने, छाला चिलाउनेलगायत स्वास्थ्य समस्या देखिए पनि दीर्घकालमा दम, फोक्सोको क्यान्सर हृदयाघातसमेत हुन सक्ने चिकित्सक

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 114 पटक पढिएको
  • ‘पार्टीभित्रै संघर्ष आत्मसमर्पण असम्भव’

    बिर्तामोड (नागरीक दैनिकबाट) नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरू त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन्। माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरूले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन्। सर्वोच्च अदालतले फागुन २३ गते पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूखुसी केन्द्रीय कमिटीको बैठक राखेर नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेपछि विवाद उत्पन्न भएको थियो। नेपाल समूहका नेताहरूले छुट्टै राष्ट्रिय भेला गरी समानान्तर कमिटी बनाउन थालेपछि ओली समूहले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थिय

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 105 पटक पढिएको
  • कोरोना त्रास बढ्दो, होलीको तयारीमा सर्वसाधारण

    बिर्तामोड (नागरीक दैनिकबाट) छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण व्यापक बढिरहँदा रौतहटसँगै तराई मधेसमा पनि संक्रमणको त्रास बढेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरी भौतिक दूरी अपनाएर मास्क र सेनेटाइजरको उपयोग बढाउनुपर्ने भनेपछि जिल्लामा पनि कोरोनाको सतर्कता बढेको छ। कोरोनाको त्रासले सतर्कता बढाए पनि होलीको तयारी भने सर्वसाधारणले गर्न थालेका छन्।  फागुन महिनाको पूर्णिमाको दिन होलिका दहन गरी भोलिपल्ट होली मनाइने चलन तराई मधेसमा छ। होलीका लागि रङ, अबिर तथा कुर्ता र गन्जी सर्वसाधारणले किन्न थालेका छन्। रौतहटका मुख्य बजार सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, बंकुल, कटहरिया, शिवनग

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 126 पटक पढिएको
  • उपचारले सजिलै निको हुन्छ क्षयरोग

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) भक्तपुर सूर्यविनायकमा बस्नुहुने ओखलढुङ्गाका निर्मल गौतम ९नाम परिवर्तन०लाई केही महिनाअघि क्षयरोग लाग्यो । उहाँ मात्र होइन, उहाँकी श्रीमती गोमादेवी ९नाम परिवर्तन० पनि क्षयरोगी हुनुभयो । सुरुमा उहाँलाई खोकी लागेको थियो । खोकी लामो समयसम्म निको नभएपछि छोरा–बुहारीलाई भनेर काठमाडाँैं आउनुभयो । काठमाडाँैं आएपछि मात्र थाहा भयो कि उहाँलाई क्षयरोग लागिसकेको रहेछ ।अहिले उहाँ क्षयरोगको औषधि सेवन गरिरहनुभएको छ । निर्मल र उहाँकी श्रीमती गोमादेवीलाई क्षयरोग भएको कुरा उहाँका परिवारमा भन्दा अन्य कसैलाई पनि थाहा छैन । उहाँले मलाई क्षयरोग लाग्यो भनेर परिवारका सदस्यबाहेक अरूलाई भन्

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 109 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा