पत्रपत्रिका

    Showing 1,081-1,090 of 1,267 items.
  • ‘पार्टीभित्रै संघर्ष आत्मसमर्पण असम्भव’

    बिर्तामोड (नागरीक दैनिकबाट) नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरू त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन्। माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरूले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन्। सर्वोच्च अदालतले फागुन २३ गते पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूखुसी केन्द्रीय कमिटीको बैठक राखेर नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेपछि विवाद उत्पन्न भएको थियो। नेपाल समूहका नेताहरूले छुट्टै राष्ट्रिय भेला गरी समानान्तर कमिटी बनाउन थालेपछि ओली समूहले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थिय

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 155 पटक पढिएको
  • कोरोना त्रास बढ्दो, होलीको तयारीमा सर्वसाधारण

    बिर्तामोड (नागरीक दैनिकबाट) छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण व्यापक बढिरहँदा रौतहटसँगै तराई मधेसमा पनि संक्रमणको त्रास बढेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरी भौतिक दूरी अपनाएर मास्क र सेनेटाइजरको उपयोग बढाउनुपर्ने भनेपछि जिल्लामा पनि कोरोनाको सतर्कता बढेको छ। कोरोनाको त्रासले सतर्कता बढाए पनि होलीको तयारी भने सर्वसाधारणले गर्न थालेका छन्।  फागुन महिनाको पूर्णिमाको दिन होलिका दहन गरी भोलिपल्ट होली मनाइने चलन तराई मधेसमा छ। होलीका लागि रङ, अबिर तथा कुर्ता र गन्जी सर्वसाधारणले किन्न थालेका छन्। रौतहटका मुख्य बजार सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, बंकुल, कटहरिया, शिवनग

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 177 पटक पढिएको
  • उपचारले सजिलै निको हुन्छ क्षयरोग

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) भक्तपुर सूर्यविनायकमा बस्नुहुने ओखलढुङ्गाका निर्मल गौतम ९नाम परिवर्तन०लाई केही महिनाअघि क्षयरोग लाग्यो । उहाँ मात्र होइन, उहाँकी श्रीमती गोमादेवी ९नाम परिवर्तन० पनि क्षयरोगी हुनुभयो । सुरुमा उहाँलाई खोकी लागेको थियो । खोकी लामो समयसम्म निको नभएपछि छोरा–बुहारीलाई भनेर काठमाडाँैं आउनुभयो । काठमाडाँैं आएपछि मात्र थाहा भयो कि उहाँलाई क्षयरोग लागिसकेको रहेछ ।अहिले उहाँ क्षयरोगको औषधि सेवन गरिरहनुभएको छ । निर्मल र उहाँकी श्रीमती गोमादेवीलाई क्षयरोग भएको कुरा उहाँका परिवारमा भन्दा अन्य कसैलाई पनि थाहा छैन । उहाँले मलाई क्षयरोग लाग्यो भनेर परिवारका सदस्यबाहेक अरूलाई भन्

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 159 पटक पढिएको
  • आजदेखि घर–घरमा मेलम्ची

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाइने भएको हो ।मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भन्नुभयो, “सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटर पानी काठमाडौँ पठाइन्छ, त्यसमध्ये काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०ले केही पानी पुरानो पाइपलाइनबाट वितरण गर्छ भने केही पानी

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 154 पटक पढिएको
  • चार गुणाभन्दा बढीको आवेदन

    बिर्तामोड (गोरखापत्र दैनिकबाट)  राष्ट्रिय जनगणना २०७८ का लागि खुला गरिएको आवेदनमा झन्डै दुई लाखले आवेदन दिएका छन् ।जनगणनाका लागि सुपरीवेक्षक आठ हजार र गणक ३९ हजार गरी ४७ हजार जनशक्ति माग गरिएकोमा एक लाख ८९ हजार २३ जनाले आवेदन दिएका हुन् । केन्द्रीय तथ्याङ्क विभागले गत माघ ११ गतेदेखि चैत ११ गतेसम्म दुई महिनाका लागि आवेदन खुला गरेको थियो ।माग गरिएभन्दा करिब चार गुणाभन्दा बढीले आवेदन दिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागका उपमहानिर्देशक डा। हेमराज रेग्मीले एक लाख ३६ हजार ७०१ जनाले गणक पदमा, १८ हजार ५१३ जनाले सुपरीवेक्षक र दुवै पदमा ३३ हजार ८०९ जनाले आवेदन दिएको जानकारी दिनुभयो ।उ

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 154 पटक पढिएको
  • सरकार र निजी क्षेत्र एकअर्काका सहयात्री : प्रधानमन्त्री

    बिर्तामोड (गोरखापत्र दैनिकबाट)  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्र एकअर्काका सहयोगी बनेर मात्रै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने बताउनुभएको छ ।उद्योग सङ्गठन मोरङको नवनिर्वाचित पदाधिकारी पदस्थापनको अवसर तथा ‘मेरो देश मेरै उत्पादन’ अभियानको शुक्रबार ‘भर्चुअल’ माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले निजी क्षेत्र सरकारको सहयात्रीका रूपमा रहनुपर्ने बताउनुभएको हो । उहाँले मुलुक निर्माणका लागि सबैको सामूहिक पहल आवश्यक रहेको बताउँदै उत्पादनमा जाँगर र उपभोगमा विश्वासप्रेरित कार्यबाट मात्रै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा हुनसक्ने बताउनुभयो ।‘मेरो देश मेरै उ

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 165 पटक पढिएको
  • वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो

    बिर्तामोड (नागरीक दैनिकबाट)  महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा ९गत आवबाट सरिआएका २ सय ८२० रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्।यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले परिवारकै सदस्यबाट भएको अन्यायविरुद्ध लड्ने चेतना जागृत भएकाले सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढेको हुनसक्ने बताए। ‘घर–परिवारमा बेमेल भए पनि अन्याय सहेर बस्ने चलन विस्तारै हटेको देखिन्छ,’ उनले भने, ‘आफूमाथि अ

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 154 पटक पढिएको
  • खोपको दोस्रो मात्रा वैशाख ७ देखि

    बिर्तामोड( कान्तिपुर दैनिकबाट) कोरोनाविरुद्धको दोस्रो मात्रा खोप वैशाख ७ देखि लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोख्रेलले वैशाख ७–११ सम्म दोस्रो मात्रा खोप दिने गरी तयारी भइरहेको बताए ।माघ १४ देखि सुरु पहिलो चरणको खोप अभियानमा सामेल ४ लाख ३८ हजार ८ सय ७९ जनालाई दोस्रो मात्रा दिइन लागिएको हो । पहिलो चरणमा स्वास्थ्यकर्मी, कर्मचारीलगायतले ‘कोभिसिल्ड’ खोप लगाएका थिए ।दोस्रो चरणअन्तर्गत फागुन २३ देखि खोप लगाएका १२ लाख ३४ हजार ३ सय ४८ जनालाई जेठको अन्तिम वा असारको पहिलो सातादेखि दोस्रो मात्रा खोप लगाउने तयारी रहेको डा। पोख्रेलले जनाए । उनका अन

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 152 पटक पढिएको
  • बलात्कृत अपांगलाई न्याय मुस्किल

    बिर्तामोड (कान्तिपुर दैनिकबाट)  छोरीलाई बुबासितै राख्ने र बेला–बेला आमासित भेट गराउने सहमतिमा पति–पत्नीले सम्बन्ध विच्छेद गरे । अलग्गै बसिरहेकी आमाले एक दिन जब ६ वर्षीया छोरीलाई भेटिन्, उनको योनिबाट रगत बगिरहेको चाल पाइन् । उनले फकाइफुल्याइ सोधिन् । बालिका जन्मजात कान सुन्न सक्दिनन् । बोल्न जान्दिनन् । उनले कापीमा चित्र लेखेर आफ्नै बुबाले बलात्कार गरेको खुलाइन् ।छोरीलाई लिएर उजुरी दिन आमा प्रहरीकहाँ पुगिन् । प्रहरीले उजुरी लिन मानेन । अस्पतालको रिपोर्टका आधारमा बलात्कार भएको प्रमाणसहित अधिकारकर्मी र सरोकारवालाको निरन्तर दबाबमा बल्ल जाहेरी दर्ता गर्‍यो । प्रहरीले उनीहरूसँग बालिकालाई सांकेत

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 290 पटक पढिएको
  • निलम्बित चौधरीलाई फकाउन मन्त्रीदेखि सांसदसम्म कारागार पुगे

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निजी सचिवालयबाट बिहीबार बिहान अचानक डिल्लीबजार कारागारका जेलर वसन्त पुरीलाई खबर गयो, ‘मन्त्रीज्यँ, कारागारमा आउँदै हुनुहुन्छ, समय मिलाउनु होला ।’ जेलर पुरी आफ्नै कार्यकक्षमा थिए । उनले हतारहतार कर्मचारीलाई बोलाएर कार्यकक्षका टेबल÷सोफा मिलाउन निर्देशन दिए । त्यसको केहीबेरमा करिब सवा ८ बजेतिर सुरक्षाकर्मीको दलबलसहित मन्त्री भट्ट कारागार प्रवेश गरे। मन्त्रीलाई स्वागत गर्दै जेलर पुरीले सिधै आफ्नो कार्यकक्षमा लगे। केहीबेरमै कैलाली–१ का निलम्बित सांसद रशमलाल चौधरी जेलरको कार्यकक्षमा आए । मन्त्री भट्टले जेलरसँगै

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 199 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.