पत्रपत्रिका

    Showing 1,101-1,110 of 1,254 items.
  • दरार मेटाउने प्रयासमा दाहाल–भट्टराई

    बिर्तामोड (नागरिक दैनिकबाट ) नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको छ । यसबाट दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्‍याउन खोजेको प्रस्ट हुन्छ । अहिले अलगअलग दलमा भए पनि यी दुवै नेता शीर्ष स्थानमा छन् ।दाहाल–भट्टराई सम्बन्ध निकै पुरानो हो । १० वर्षे माओवादी जनयुद्धभर उनीहरू एकै ठाउँमा रहे । माओवादी शान्ति प्रक्रियामा आएपछि भने उनीहरू लामो समय सँगै रहन सकेनन् । राजनीतिक रूपमा टकराव हुन थालेपछि उनीहरूबीचको सम्बन्धमा

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 99 पटक पढिएको
  • नेपाल दक्षिण एसियाकै ‘खुसी मुलुक’

    बिर्तामोड (अन्नपूर्ण पोस्ट् दैनिकबाट )संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ।नेटवर्कले शुक्रबार सार्वजनिक गरेको सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५।२६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको हो। नेटवर्कले १ सय ४९ मुलुकका नागरिकसँग अन्तरक्रियाका माध्यमबाट खुसीको विषयमा विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो।  सन् २०२० मा नेपाल ९२ औं र २०१९ मा  सयौं स्थानमा थियो। सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुसी हुने मुलुकमा सूचीकृत थियो। राष्ट्रसंघले कोभिड भाइरस महामारीपछि मन

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 101 पटक पढिएको
  • एमालेमा ओली अझ शक्तिशाली

    बिर्तामोड (अन्नपूर्ण पोस्ट् दैनिकबाट) सत्तारुढ एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली अझ शक्तिशाली बनेका छन्। संसदीय दलको विधान संशोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई कुनै पनि सांसदले पार्टी हितविपरीत गतिवधि गरे ६ महिनासम्म निलम्बन गर्ने, समानुपातिक सांसद हेरफेर गर्न पाउने अधिकार दिइएको छ। निर्वाचन आयोग, अदालतलगायत संवैधानिक निकायमा पार्टीका तर्फबाट आधिकारिक पत्राचार गर्नेदेखि दलका उपनेता, राष्ट्रियसभामा दलका नेतालगायत चयन गर्नेसम्मको अधिकारसमेत दिइएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय समिति बैठकले ओलीलाई यी अधिकार प्रत्यायोजनको निर्णय गरेको हो। वरिष्ठ नेता माध

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 107 पटक पढिएको
  • चिसिँदै सरकार–संसद् सम्बन्ध

    बिर्तामोड (नागरीक दैनिकबाट) सरकार र संसद्को समन्वयकारी सम्बन्ध भएन भने संसद् चल्न सक्दैन । कि प्रतिपक्षले विरोध गर्दा कि सरकारले बिजनेस नदिँदा संसद् अवरोध हुन सक्छ । अहिले भने सरकारले बिजनेस नदिएकै कारण संसद्मा अवरोध हुँदै आएको छ । यस्तो अवस्थामा संसद् अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको एकताबद्ध बैठक बोलाउनुपर्ने राजनीतिक विश्लेषण हुन थालेको छ । तर ओलीले आफ्नै पार्टीका सांसदलाई कारबाही गर्ने प्रक्रिया अघि बढाउँदै लगेका छन् ।प्रधानमन्त्रीले खेलेको भूमिकाबाट संसद्को काम प्रभावकारी नहुने विश्लेषण पूर्वसभामुख दमननाथ ढुंगानाको छ । उनले संसद् प्रभावकारी बनाउने भूमिका खेल्न प्रधानमन

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 109 पटक पढिएको
  • ८ महीनामा १६ अर्बको सुन आयात

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट) चालू आर्थिक वर्ष ९आव० को पहिलो ८ महीनामा रू। १६ अर्बको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा रू। १६ अर्ब २८ करोडको सुन आयात भएको हो, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा रू। ३ अर्ब ७१ करोडले बढी हो ।यस अवधिमा सुन आयातको परिमाण ५० किलोले बढेको छ । चालू आवको फागुनसम्ममा जम्मा २३ सय किलो सुन आयात भएकोमा अघिल्लो वर्ष यस अवधिमा रू। १२ अर्ब ५७ करोड बराबरको २२ सय ५० किलो सुन आयात भएको थियो ।चालू आवको पहिलो त्रैमाससम्म न्यून रहेको सुनको माग कात्तिकयता बढ्दै गएको देखिन्छ । दशैंतिहारजस्ता चाडपर्व र मङ्सिरमा बिहेको समय भएका का

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 125 पटक पढिएको
  • राजनीतिमा उद्योगी–व्यवसायीको आकर्षण

    बिर्तामोड (कारोबार दैनिकबाट) उत्पादन र उपादकत्व बढाउन केन्द्रित हुनुपर्ने उद्योगी–व्यवसायीहरुमा राजनीतिक दलप्रतिको झुकाव बढ्न थालेको छ ।कुनै राजनीतिक दलभन्दा माथि उठेर व्यावसायिक हकहित र निजी क्षेत्रमैत्री वातावरणका लागि लड्नुपर्ने व्यवसायीहरुमा राजनीतिक दलप्रतिको झुकाव बढ्दै जाँदा यसले नीजिक्षेत्र कमजोर हुने हो कि भन्ने आशंका पनि छ । व्यवसायीको संस्थागत चुनावमा निःस्वार्थ रुपमा व्यवसायको हितका लागि आफ्ना एजेन्डा अगाडि सारेका र आफूले जितेमा देशको अर्थतन्त्रमा ठूलो टेवा दिने राजनीति भन्दा संस्थालाई टाढा राख्ने बताउँदै आएका व्यवसायीबीच राजनीतिमा लागने यस्तो प्रतिष्पर्धा देखिएको हो । शुक्रबार मात

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 116 पटक पढिएको
  • पर्यटन मन्त्रालयलाई २६ अर्बको मात्र बजेट सिलिङ

    बिर्तामोड (कारोबार दैनिकबाट) कोभिड–१९ पछि नेपालको सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रमा पुनरुत्थानको आवश्यकता छ । पर्यटन व्यवसायीहरुले पनि पर्यटन र अर्थ मन्त्रालयका अधिकारीहरुलाई भेटेर पुनरुत्थानका लागि विशेष कार्यक्रम ल्याउनका लागि लबिङ गरिरहेका छन् । तर, राष्ट्रिय योजना आयोगले आगामी वर्ष २०७८÷०७९ को लागि बजेटको सिलिङ भने नबढाउने भएको छ ।आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि २६ अर्ब १ करोड ७ लाख रुपैयाँको बजेट सीमा तोकेको छ । तर चालू आर्थिक बर्ष ०७७÷०७८ मै २६ अर्ब १२ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको थियो । आगामी वर्षको लागि दिइएको सिलिङमा भने

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 103 पटक पढिएको
  • एक महिनामा सवा खर्ब व्यापार घाटा

    बिर्तामोड ( कारोबार दैनिकबाट )मुलुकमा आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा एक महिनामै सवा खर्बले व्यापार घाटा भएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक महिनाको अवधिमा व्यापार घाटा बढेर एक खर्ब २९ अर्ब ४८ करोड ३२ लाख ७७ हजार पुगेको हो । चालू आर्थिक वर्षको आठ महिना अर्थात् फागुनसम्म व्यापार घाटा बढेर ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार पुगेको छ । चालू आवकै अघिल्लो माघ महिनासम्म व्यापार घाटा ७ खर्ब ३३ अर्ब ७२ करोड ११ लाख २ हजार रुपैयाँ थियो । आयात बढ्दै गएकाले व्यापार घाटा पनि बढ्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो समय मुलुकमा कोभिडको प्रभाव कम भई आयात बढ्न थालेपछि

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 94 पटक पढिएको
  • एनआरएनएले निर्माण गरेको एकीकृत नमुना बस्तीको झ्यालढोका प्लास्टिकको

    बिर्तामोड (अन्नपूर्ण पोस्टबाट)धार्चे गाउँपालिका–४ गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमुना बस्ती चिरिच्याट्ट देखिन्छ। तर, यहाँ बनाइएका घरका संरचना कच्चा रहेको भन्दै लाप्राकका बासिन्दाले असन्तुष्टि जनाएका छन्।‘ढोका पनि प्लास्टिकको छ, झ्याल पनि प्लास्टिकको छ’, वडाध्यक्ष राज गुरुङले भने, ‘बाहिर बोक्रो, भित्र खोक्रो भनेजस्तो छ। सानोतिनो ठक्करले पनि कतिपय घरका झ्यालढोका फुटिरहेका छन्। घर असुरक्षित भयो।’ काठका झ्यालढोका बनाउन वडा र गाउँपालिका कार्यालयले जति अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो वडाध्यक्ष गुरुङले गरे।भूकम्पका कारण विस्थापित भएका लाप्राकवासीलाई पुनःस्थापित गराउन गैरआवासीय नेपाली संघ ९

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 119 पटक पढिएको
  • न्यायाधीशको सम्पति सार्वजनिक कानुन कहिले ?

    बिर्तामोड (राजधानी दैनिकबाट) न्यायालयभित्र हुने भ्रष्टाचार रोक्न भन्दै तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ५ चैत २०७४ मा न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्नेगरी कानुन निर्माण गर्ने घोषणा गरे । त्यतिबेला उनको घोषणाको ‘वाहीवाही’ भयो ।यद्यपि, घोषित प्रक्रिया अघि बढाउन नपाई तामाङ मन्त्री पदबाटै बिदा हुन विवश भए । उनको घोषणा अलपत्र प(यो । पछि आएका अरू कानुनमन्त्रीले तामाङको जस्तो ‘हिम्मतदार योजना’ ल्याउन नसक्दा न्यायाधीशको सम्पति सार्वजनिकसम्बन्धी कानुन बन्न सकेको छैन । तामाङको कार्ययोजनालाई अरू कानुनमन्त्रीले समेत खासै चासो नदिएको मन्त्रालयकै अधिकारी बताउछन् ।कानुन निर्माणका लागि तामाङपछिका का

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 110 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा