पत्रपत्रिका

    Showing 1,121-1,130 of 1,254 items.
  • प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव

    बिर्तामोड (नागरीक दैािनकबाट)जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी गर्नुपर्ने सुझाव राखेका थिए । सरकारको नेतृत्व गर्ने अवसर आएमा जसपाले ठाकुरलाई अघि सार्ने पार्टीका नेताहरूले जनाएका छन् ।  शुक्रबार बसेको संसदीय दल बैठकको अध्यक्षता ठाकुरले गरेका थिए । यद्यपि जसपाले अझै संसदीय दलको नेता चयन गर्न भने सकेको छैन । दलको नेता चयन नभएसम्म ठाकुरले बैठकको अध्यक्षता गर्ने सहमति भएको जसपाका नेताहरूले जनाएका छन् ।दलको बै

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 92 पटक पढिएको
  • कृषकले अबदेखि समयमै मल पाउने

    बिर्तामोड ( अन्नपुर्ण पोष्ट दैनिकबाट )सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विभिन्न वैकल्पिक बाटो खोजेको छ। बंगलादेशसँग जीटुजी, चीनसँग ग्लोबल टेन्डरमार्फत सामुद्रिक र सडकमार्ग, भारतसँग ग्लोबल टेन्डर र जीटुजीसहित अन्य मुलुकसँग ग्लोबल टेन्डर गरी मल आयात गर्न ६ वटा बाटो खुला भएको हो।चीनबाट सडकमार्ग हुँदै पहिलो पटक शुक्रबार १ हजार १ सय टन युरिया मल आयात गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले चीनमै उत्पादन भएको युरिया नेपालकै सिल्क मार्केट प्रालिमार्फत सडकमार्गबाट भित्र्याउन सुरु गरेको हो। चीनको ल्हासाबाट ४ हजार टन युरिया रेलवेमार्फत सिगात्सेसम्म ल्याइपुर्‍याइएको छ।साल्ट ट्रेडिङका सहायक महाप

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 90 पटक पढिएको
  • ‘खोप किन्दा कमिसन दिन्नौं’

    बिर्तामोड ( नागरिक दैनिकबाट ) स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा सरकारले कमिसन नदिने बताएका छन् । नेपालले कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिन भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग थप ५० लाख डोज खोप खरिद गर्न चाहँदा कमिसनको प्रयास भइरहेको सन्दर्भमा मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।  खोप खरिदमा सुशासनको पक्ष चुनौतीपूर्ण रहेको स्वीकार गर्दै उनले भने, ‘कमिसन एजेन्ट बलिया हुँदा रहेछन् । तर हामी खोप खरिदमा कमिसन दिनेवाला छैनौं ।’ मन्त्री त्रिपाठीले यसअघि सेरमबाट सहुलियत मूल्यमा प्रतिडोज ४ अमेरिकी डलरमा खोप उपलब्ध भएको तर अबको खरिदमा प्रतिडोज खो

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 73 पटक पढिएको
  • डेढ अर्बमा डिल, ४ करोड कमिसन बोकेर पुगेको थियो प्रहरी

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) दुई साताअघि नेपाल प्रहरीलाई कतैबाट सूचना आयो– ‘बौद्ध क्षेत्रमा बहुमूल्य खनिज पदार्थ युरेनियम (रेडियोधर्मी पदार्थ) बेच्न ग्राहकको खोजी भइरहेको छ ।’ प्रहरीलाई सुरुमा पत्यार लागेन । नेपालमा युरेनियमको खरिदबिक्री सम्भवतः अहिलेसम्म खुला गरिएको छैन । युरेनियमको खपत हुने अस्पताललगायत क्षेत्रले पनि विदेशबाट आयात गर्दा निश्चित सर्त र बन्देज पालना गर्नुपर्छ ।प्रहरीले पनि विगतमा युरेनियम कसैबाट बरामद गरेको थिएन । युरेनियम खानी भएको सम्भाव्यता अध्ययनपछि बल्ल केहीअघि मात्रै मुस्ताङको लोमन्थाङमा सेनाले खानी सुरक्षार्थ फौज तैनाथ गरेको थियो । त्यसबाहेक युरेनियमबारे खासै छलफल र

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 182 पटक पढिएको
  • डीडीसीको बेइमानी स् तीन महिनादेखि किसानले भुक्तानी पाएनन्

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) पुर्ख्यौली पेसा पशुपालन रोजेका काभ्रे मण्डनदेउपुर नगरपालिकाका कृष्णप्रसाद नेपाललाई पशुपालनबाट ऋण लागेर विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्ता बढेको छ । दूध बिक्री गरेर आफ्नो परिवारका लागि नुन, तेल र गाईभैंसीका लागि दाना, पिठो खरिद गर्दै आएका उनले पछिल्लो समय बिक्री गरेको दूधको पैसा पाएका छैनन् ।नजिकैको सहकारीमार्फत दुग्ध विकास संस्थान (डीडीसी) लाई दूध बिक्री गर्दै आएका उनले तीन महिनादेखि पैसा नपाएको गुनासो गरे । ‘सरकारी संस्थान भएकाले डीडीसीलाई बिक्री गरिरहेका थियौं तर तीन महिनादेखि पैसा पाएका छैनौं,’ उनले भने, ‘समयमै भुक्तानी नहुँदा नुन, तेल, दाना र मल किन्न स

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 95 पटक पढिएको
  • ३८० स्थानीय तह सडक सञ्जालमा जोडिने

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले जोड्न ३८० वटा स्थानीय तहले सरकारसँग माग गरेका छन् ।प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधिअनुसार सडकको पहिचान गरी पठाउन स्थानीय तहलाई सार्वजनिक सूचना जारी गरेसँगै ३८० वटा स्थानीय तहले पक्की सडकले जोड्न सरकारसँग माग गरेका हुन् ।पक्की सडक सञ्जालले जोड्नका लागि माग गर्ने स्थानीय तहमा प्रदेश १ का ७८ वटा स्थानीय तह, प्रदेश २ का ५८, बागमतीको ६०, गण्डकीको ४२, लुम्बिनीको ४५, कर्णाली ४५, सुदूरपश्चिमका ५२ वटा गरी ३८० वटा स्थानीय तहले पक्की सडकले जोड्नका लागि विभागस

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 90 पटक पढिएको
  • नयाँ समीकरणमा अग्रसर हुन कांग्रेसलाई जसपाको प्रस्ताव

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) नयाँ सत्तासमीकरणका लागि निर्णायक भूमिकामा रहेको संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक निकासका लागि अग्रसरता लिन सुझाब दिएको छ । प्रधानमन्त्री केपी ओलीले बिहीबार जसपाका नेतासँग छलफल गर्दै उनीहरूका चासो सम्बोधनमा सकारात्मक रहेको बताएको अर्को दिन जसपाले कांग्रेससँग संवाद गरेको हो । कांग्रेससँग औपचारिक छलफलका लागि शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पुगेका जसपाका शीर्ष नेताहरूले प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्रिय राजनीतिको निकासका लागि कांग्रेसले भूमिका निभाउनुपर्ने मत राखेका थिए । छलफल सकारात्मक भएको र निरन्तरता

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 115 पटक पढिएको
  • सिद्धबाबालाई सफाइ दिनेलाई पुरस्कार : बढुवा हुँदै पुगे उच्च अदालतमा

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) बलात्कार मुद्दामा विवादास्पद फैसला गरेका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत कारबाहीको सिफारिसमा परेका जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को शुक्रबारको बैठकले जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सिफारिस गरेको हो । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार मुद्दामा कोइरालाले दिएको फैसलाको सर्वत्र आलोचना भएको थियो । ‘सिद्धबाबाले महिलासँग सम्बन्ध राखे पनि त्यो बलात्कार नभई महिलाले नै मोहित भएर आफ्नो शरीर समर्पण गरेको’ भन्दै उनले सफाइ दिएका थिए । सरक

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 104 पटक पढिएको
  • बजेट निर्माणमा जुट्यो सरकार

    बिर्तामोड(राजधानी दैनिकबाट) सरकार आगामी आर्थिक वर्ष २०७८(७९ मा विनियोजन हुने बजेटको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेसँगै सरकार नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो ।अर्थ मन्त्रालयले आगामी आवको बजेट निर्माणको तयारीलाई तीव्रता दिएको छ । यसका लागि मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विभिन्न विषयवस्तुका सम्बन्धमा राय, सल्लाह र सुझावका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका छाता संस्थामा आबद्ध उद्यमी व्यवसायीलाई इमेल पठाएर नयाँ बजेटमा समे

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 90 पटक पढिएको
  • थप पेचिलो बन्दै एमालेमा विवाद

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले आगामी २ देखि ६ मंसिरसम्म काठमाडौंमा दशौँ महाधिवेशन गर्ने निर्णय पनि लिएको छ । बैठकमा वरिष्ठ नेता नेपाल र खनालसहित उनीनिकट केन्द्रीय सदस्य भने सहभागी थिएनन् । नेपाल–खनाल समूहका केन्द्रीय सदस्यलाई बैठकको जानकारी पनि दिइएको थिएन । यद्यपि, साबिक एमालेका दुई सय पाँच केन्द्रीय कमिटी सदस्यमध्ये बहुमतको बैठकबाट निर्णय लिइएको ओली समूहको दाबी छ । साबिक एमालेका ओली समूहमा कम्तीमा एक सय तीन तथा नेपाल–खनाल समूहमा ९० केन्द्रीय सदस्य छन् । विधानविपरीत गुटको बैठकको निर्णय मान्न नसकिने नेपाल

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 96 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा