पत्रपत्रिका

    Showing 1,141-1,150 of 1,267 items.
  • सिद्धबाबालाई सफाइ दिनेलाई पुरस्कार : बढुवा हुँदै पुगे उच्च अदालतमा

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) बलात्कार मुद्दामा विवादास्पद फैसला गरेका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत कारबाहीको सिफारिसमा परेका जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को शुक्रबारको बैठकले जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालालाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सिफारिस गरेको हो । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार मुद्दामा कोइरालाले दिएको फैसलाको सर्वत्र आलोचना भएको थियो । ‘सिद्धबाबाले महिलासँग सम्बन्ध राखे पनि त्यो बलात्कार नभई महिलाले नै मोहित भएर आफ्नो शरीर समर्पण गरेको’ भन्दै उनले सफाइ दिएका थिए । सरक

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 155 पटक पढिएको
  • बजेट निर्माणमा जुट्यो सरकार

    बिर्तामोड(राजधानी दैनिकबाट) सरकार आगामी आर्थिक वर्ष २०७८(७९ मा विनियोजन हुने बजेटको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेसँगै सरकार नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो ।अर्थ मन्त्रालयले आगामी आवको बजेट निर्माणको तयारीलाई तीव्रता दिएको छ । यसका लागि मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विभिन्न विषयवस्तुका सम्बन्धमा राय, सल्लाह र सुझावका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका छाता संस्थामा आबद्ध उद्यमी व्यवसायीलाई इमेल पठाएर नयाँ बजेटमा समे

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 144 पटक पढिएको
  • थप पेचिलो बन्दै एमालेमा विवाद

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले आगामी २ देखि ६ मंसिरसम्म काठमाडौंमा दशौँ महाधिवेशन गर्ने निर्णय पनि लिएको छ । बैठकमा वरिष्ठ नेता नेपाल र खनालसहित उनीनिकट केन्द्रीय सदस्य भने सहभागी थिएनन् । नेपाल–खनाल समूहका केन्द्रीय सदस्यलाई बैठकको जानकारी पनि दिइएको थिएन । यद्यपि, साबिक एमालेका दुई सय पाँच केन्द्रीय कमिटी सदस्यमध्ये बहुमतको बैठकबाट निर्णय लिइएको ओली समूहको दाबी छ । साबिक एमालेका ओली समूहमा कम्तीमा एक सय तीन तथा नेपाल–खनाल समूहमा ९० केन्द्रीय सदस्य छन् । विधानविपरीत गुटको बैठकको निर्णय मान्न नसकिने नेपाल

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 147 पटक पढिएको
  • बिजुलीले गुड्ने तीनपांग्रे सवारी बनाउँदै नेपाली विद्यार्थी

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) हरेक विद्यार्थी भविष्यका योजनाहरूको भारी बोकेर हिँडेका हुन्छन् । उनीहरूको त्यो भारीमा सबैभन्दा माथि हुन्छ पढेको विषयमा सबैभन्दा अब्बल बन्नु र जीवनलाई सहज वा सफल बनाउनु । थापाथली इन्जिनियरिङ क्याम्पसमा भविष्यको अब्बल इन्जिनियर बनेर नाम र दाम दुवै कमाउने सोच पालिरहेका विद्यार्थी त्योभन्दा फरक हुनै सक्दैनन् । उनीहरू दिनरात नभनी नयाँ आविष्कारका लागि पसिना बगाइरहेका छन् । हो, उनीहरूले त्यसमा धेरै हदसम्म सफलता पनि पाइसके । तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ, देशभित्र एक युनिट विद्युत्ले डेढ सय किलोमिटरसम्म दौडिने विद्युतीय गाडी तयार भएको छ । यो कुनै कथा होइन ।

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 140 पटक पढिएको
  • नयाँ रणनीतिमा देउवा

    बिर्तामोड ( सौर्य दैनिकबाट ) प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आन्तरिक समिक्षामा जुटेका छन् । तत्कालिन नेकपाको दाहाल–नेपाल खेमाको सहयोगमा प्रधानमन्त्री बन्ने रणनीति अन्तिम अवस्थामा तुहिएपछि कांग्रेस सभापति देउवा आन्तरिक आत्मासमिक्षामा जुटेका हुन् । कांग्रेस सभापति देउवा र पुष्पकमल दाहालबीच फागुन २१ गते राती तीन बुँदे गोप्य सहमति बनेको उनि निकट स्रोतले दावी गरेको छ । सहमतिमा २३ गते संसदको पहिलो बैठकमै अविश्वासको प्रस्ताव पेश गर्ने र सभामुखमाफैत फाष्टट्रयाकमा प्रस्ताव अघि बढाउँदै २५ गते भित्रै ओलीलाई विस्थापित गरेर देउवालाई प्रधानमन्त्री बनाउने रणनीति थियो ।प्रधानमन्त्

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 136 पटक पढिएको
  • निक्षेपको ब्याजदर बढ्ने

    बिर्तामोड ( नयाँ अभियान आर्थिक दैनिकबाट ) पछिल्लो समय वाणिज्य बैंकहरूको कर्जा प्रवाह आक्रामक गतिमा विस्तार भएको छ । यसअघि लामो समयसम्म कोभिडको प्रभावले बैंकरहरूले अपेक्षाअनुसार कर्जा प्रवाह हुन सकेको थिएन । पछिल्ला २ सातामा भने निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धि करीब दोब्बर भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।परिणामस्वरूप फागुन तेस्रो साता २७ वाणिज्य बैंकहरूको कर्जा प्रवाह निक्षेपको तुलनामा दोब्बर बढ्दा कुल कर्जा प्रवाह रू। ३३ खर्ब ८८ अर्बको भएको छ । सो अवधिमा निक्षेप १४ अर्बले थपिदाँ कुल निक्षेप ३८ अर्ब २३ अर्ब संकलन भएको छ ।कर्जा प्रवाह बढ्दा तरलतामा समेत दबाब पर्न थालेको छ, ज

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 151 पटक पढिएको
  • तालिममा ७ अर्ब खर्च, बजारमा भने जनशक्ति अभाव

    बिर्तामोड ( कारोवार दैनिकबाट ) सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि वार्षिक ७ अर्ब रुपैयाँभन्दा बढी खर्च गरे पनि बजारको मागअनुसार जनशक्ति उत्पादन हुन सकेको छैन । एक दर्जन मन्त्रालयमार्फत प्राविधिक तथा व्यावसायिक तालिमका कार्यक्रम सञ्चालित छन् । तर, उच्च दक्ष ९सीप तह ४० तालिम लिएका जनशक्तिको उत्पादन भने निकै कम छ ।हाल संघीय तहमा १२ मन्त्रालय र अन्य व्यावसायिक संघ–संस्था तथा निजी क्षेत्रसहित १८ भन्दा बढी निकायबाट वार्षिक दुई लाखभन्दा बढीले छोटो अवधिका व्यावसायिक तालिम लिने गरेका छन् । तरपनि उद्योग–व्यवसायमा दक्ष जनशक्तिको भने अभाव छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 146 पटक पढिएको
  • मध्यमकालीन स्वास्थ्य खर्च : १ खर्ब ८० अर्ब लागत प्रक्षेपण

    बिर्तामोड ( राजधानी दैनिकबाट ) सरकारले स्वास्थ्य कार्यक्रम सफल बनाउन मध्यमकालीन खर्च संरचना तयार पारेको छ । राष्ट्रिय योजना आयोगको मध्यमकालीन खर्च संरचना आर्थिक वर्ष २०७७-७८–२०७९-८० भित्र स्वास्थ्य कार्यक्रमका नतिजा, सूचक तथा लक्ष्य पूरा गर्न १ खर्ब ८० अर्ब ७७ करोड ४ लाख रुपैयाँ खर्च लाग्ने प्रक्षेपण गरिएको छ । जसअन्तर्गत २०७७-७८ मा ६० अर्ब ६७ करोड ८८ लाख, २०७८-७९ मा ५८ अर्ब ४९ करोड ४ लाख र २०७९(८० मा ६१ अर्ब ६० करोड १२ लाख खर्च लाग्ने प्रक्षेपण गरिएको छ ।यसअन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशामा ब्याक्टेरियोलोजी, बायोकेमेस्ट्रि सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । मध्यमकालीन खर्च संरचना

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 139 पटक पढिएको
  • आगामी चैत १ गते नेकपा एमालेको बैठक बस्ने

    बिर्तामोड ( नेपाल समाचारपत्र  दैनिकबाट ) नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने भएको छ । चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको छ तर, अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरूले बताएका छन् ।सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो ।आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै बैठकबारे कहि निष्कर्ष हुने छ । यसका लागी आज पनि शीर्ष नेताहरुसँग छलफल जारी रहने छ ।बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने छ। एमाले व्युँतिएपछि पनि पार्टीका नेत

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 138 पटक पढिएको
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    बिर्तामोड ( नेपाल समाचारपत्र दैनिकबाट ) राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्नुहुने भएको छ । उहाँले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तय भएको राष्ट्रपति निवास स्रोतले जानकारी दिएको छ ।बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो ।भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना वाजेदसँग औपचारिक भेट गर्नुहुने भएको छ । गत वर्ष नै राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण हुने भनिए पनि कोरोना संक्रमणका कारण भ्रमण रोकिएको थियो ।बंगलादेश स

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 146 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.