पत्रपत्रिका

    Showing 1,161-1,170 of 1,254 items.
  • बढ्यो तरलता , बढ्दैछ ब्याजदर

    बिर्तामोड ( कारोवार दैनिकबाट )  बैंकहरु कर्जा प्रवाहमा आक्रामक भएसँगै ब्याजदर बढ्ने संकेत देखिएको छ । कोरोना महामारीको असर कम हँुदै जाँदा बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा तिव्रता दिएपछि बैंकिङ प्रणालीमा रहेको तरलता (लगानीयोग्य पुँजी) घट्दै गएको छ । जसका कारण बैंकको ब्याजदर बढ्ने संकेत देखिएको हो ।नेपाल बैंकर्स संघका अनुसार फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप ३७ अर्ब रुपैयाँ वृद्धि हुँदा ७१ अर्ब कर्जा लगानी गरेका छन् । माघमा पनि निक्षेप ५ अर्बले मात्र बढ्दा कर्जा ७४ अर्ब रुपैयाँले वृद्धि भएको थियो ।फागुन २१ गतेसम्म आउँदा बैंकहरूले कूल ३८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संक

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 91 पटक पढिएको
  • गुटगत गतिविधिले मिलनविन्दूमा अवरोध

    बिर्तामोड ( राजधानी दैनिकबाट) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही ‘सफ्ट’ देखिए पनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ ।बुधबार राजधानीमा बसेको नेपाल समूहको छुट्टै भेलाले विकसित घट्नाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने मुख्य भूमिका अध्यक्ष ओलीकै हुने भन्दै त्यसको पहलकदमी ओलीले नै गर्नुपर्ने आवश्यकता आंैल्याएको हो । तर, उसले गुटगत भेला जारी राखेको भन्दै ओली समूह भने रुष्ट छ । ओली समूहले नेपाल समूहमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारी बोकेर एमालेमा वितण्डा म

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 82 पटक पढिएको
  • सत्ता गठबन्धनको विषयले जसपामा चर्काचर्की

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) भावी सत्ता समीकरणमा एकाएक निर्णायक शक्ति बन्न पुगेको संसद्को चौथो दल जनता समाजवादी पार्टी ९जसपा० मा तीव्र अन्तर्विरोध सुरु भएको छ । अदालतले सत्तारूढ दलको एकीकरण प्रक्रिया खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि जसपामा सत्ता गठबन्धनकै विषयले आन्तरिक कलह उत्पन्न भएको हो ।सांसद रेशम चौधरीको रिहाइलगायत मुद्दा र सत्ता समीकरणकै विषयमा छलफल गर्न सरकार र जसपाले कार्यदल बनाएको विषय मंगलबार नै सार्वजनिक भएपछि जसपाभित्र अन्तरविरोध बढेको हो ।जसपा अध्यक्ष महन्थ ठाकुरले चौधरीको रिहाइका विषयमा छलफल गर्न भन्दै आइतबार नै दुई सदस्यीय कार्यदल बनाएको जानकारी

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 94 पटक पढिएको
  • राष्ट्र बैंकमा पहिलो पटक महिला डेपुटी गभर्नर

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) राष्ट्र बैंकले ६५ वर्षे इतिहासमा पहिलोपटक महिला डेपुटी गभर्नर पाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा। नीलम तिम्सिना ढुंगाना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको छ । डा. तिम्सिना राष्ट्र बैंककी तेस्रो वरीयता र मिश्र १३औँ वरीयतामा थिए । गभर्नर महाप्रसाद अधिकारीले उनीहरूका अतिरिक्त चौथो वरीयताका कार्यकारी निर्देशक देवकुमार ढकाल र १२औँ वरीयताका देवकुमार ढकाललाई डेपुटी गभर्नरका लागि सिफारिस गरेका थिए । अर्थमन्त्री विष्णु पौडेलले यो सिफारिसलाई मन्त्रिपरिषद्मा पेस गरेका थिए । डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ ।२२ मंसिर ०५४ बाट राष्

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 109 पटक पढिएको
  • रोयल फाइनान्स र एपेक्स बैंकमा कर्जा अनियमितता : १० सञ्चालकसहित ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) सञ्चालक १० जना : छविरमण अधिकारी, वसन्त मल्ल, मधुवनलाल श्रेष्ठ, मधुरलाल सिन्या, रीता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ, लोकेन्द्रमान कर्माचार्य, सूर्वण राजभण्डारी, विष्णुप्रसाद धिताल र इच्छाबहादुर गुरुङ ।अभियोग : दरबारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जामा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डसमेत नअपनाई अनियमितता र लापरबाही ढंगले ठूलो कर्जा प्रवाह गरी सार्वजनिक संस्थाको रकम हिनामिना तथा हानिनोक्सानी पुर्‍याएको ।मागदाबी : बिगो नेपाल क्रेडिट एन्ड कमर्स बैंकलाई भराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम जरिवाना गरी कैदसमेत ।धितोको गलत मूल्यांकन

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 127 पटक पढिएको
  • माओवादीले समर्थन फिर्ता नलिने

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) सर्वोच्च अदालतको फैसलापछि फेरि संसद्को पहिलो र तेस्रो दलको नेतृत्वमा पुगेका विघटित नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गठबन्धन सरकारका लागि छुट्टाछुट्टै परामर्श तीव्र पारेका छन् ।अहिले ओली दाहाल नेतृत्वको माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री छन् । तर एकीकृत पार्टी विधिवत् रूपमै आ–आफ्नो धारमा फर्किएपछि उनीहरूबीच सत्ता जोगाउने र भत्काउने प्रतिस्पर्धा सुरु भएको हो ।ओली नेतृत्वको एमालेसँग हाल १ सय २० सांसद भएकाले जसपासँग सहकार्य गरे मात्रै पनि सरकार बनाउन बहुमत पुग्छ । जसपाको सिंगो समूह आफू नेतृत्वको सरकारमा आउन तयार भएन भने विभाजन गराएर भए पन

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 92 पटक पढिएको
  • रोप्ने बेलामा खोजेको मल पाक्ने बेलामा आइपुग्यो

    बिर्तामोड ( कारोवार दैनिकबाट ) बाली लगाउने बेलामा चरम अभाव भएको रासायनिक मल पाक्ने बेलामा भने भित्रिएको छ । गहुँ छर्ने र गोड्ने बेलामा अभाव रहेको मल अहिले बल्ल पाक्ने बेलामा नेपाल आइपुगेको हो । हिउँदे बालीलाई लक्षित गरेर सरकारले मल ल्याउनुपर्ने थियो । तर अब धानलगायत बर्खे बालीको लागि उपयोग हुने भएको छ ।कृषि सामग्री लिमिटेडका अनुसार बंंगलादेशबाट ल्याउन लागिएको ५० हजार टन रासायनिक मलमध्ये पहिलो चरणमा मंगलबार २५ सय ४० टन वीरगञ्जमा आइपुगेको छ । बंगलादेशबाट जिटुजीमार्फत ल्याउन सम्झौता भएअनुसार पहिलो चरणको २२ हजार टनमध्ये २५ सय ४० टन मल आइपुगेको हो । लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले बाँकी मल १५ दि

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 86 पटक पढिएको
  • अब स्थानीय जनप्रतिनिधिका सहयोगीले पनि मासिक खर्च पाउने

    बिर्तामोड ( कारोवार दैनिकबाट ) नेपाल सरकारले स्थानीय जनप्रतिनिधिले विधिवत् रूपमा निजी सचिवालयका लागि सहयोगी पाउने नमुना कानुनी दस्तावेज तयार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको गाउँपालिका(नगरपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७७ ले स्थानीय तहका जनप्रतिनिधिका निजी सचिवालयका सहयोगीका लागि मासिक बजेट उपलब्ध गराउने विधिवत् बाटो तय गरिदिएको हो ।नमुना निर्देशिकाले नगरपालिकाका प्रमुख(अध्यक्ष, उपाध्यक्ष(उपप्रमुखका लागि निजी सचिवालयमा सहयोगी व्यवस्थापन गर्न मासिक खर्च उपलब्ध गराउने उल्लेख गर्न सक्ने उल्लेख छ । जसअनुसार महानगर प्रमुखको निजी सचिवालय सहयोगीका लागि बढीमा

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 87 पटक पढिएको
  • निर्वाचनका लागि तयार रहन शिक्षामन्त्रीको निर्देशन

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट ) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाइका लागि मेसिन तयारी हालतमा राख्न निर्देशन दिनुभएको छ । जनक शिक्षा सामग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणका क्रममा उहाँले केन्द्रका अधिकारीलाई सो निर्देशन दिनुभएको हो ।‘अब निर्वाचन गर्ने समय आएको छ, तपार्इंहरु तयारी रहनुस्’, मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलिया, केन्द्रका प्रबन्ध सञ्चालक अनिल झालगायत पदाधिकारीलाई निर्देशन दिने क्रममा भन्नुभयो– ‘सबै मेसिन दुरुस्त राख्नुस् । सरकारले निर्वाचन आयोगलाई निर्देशन दिन्छ । आयोगले जनकलाई निर्देशन दिएलगत्तै खुरुखुरु छपाइ गर्न

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 93 पटक पढिएको
  • नघट्ने भयो सिमेन्टको प्याकेजिङ साइज

    बिर्तामोड (आर्थिक अभियानबाट) सरकारले सिमेन्टको प्याकेजिङ साइज विभिन्न प्रकारको निर्धारण गरे पनि उत्पादक कम्पनीहरूले यसका लागि हालसम्म आवेदन दिएका छैनन् । सानो परिमाणका प्याकेजिङ साइजमा पनि उपभोक्ताहरूले सिमेन्ट किन्न चाहेको र माग गर्दै आएको भए पनि सिमेन्ट उद्योग कम्पनीहरूले सानो परिमाणको प्याकेजिङ साइजका लागि आवेदन दिएका छैनन् । हाल नेपाली बजारमा सिमेन्टको प्याकेजिङ साइज ५० किलोग्राम ९केजी० मात्रै छ ।नीतिगत व्यवस्था नहुँदा सानो परिमाणको प्याकेजिङ साइजमा उद्योगीहरूले सिमेन्ट बजारमा ल्याउन पाएका थिएनन् । सरकारले नियमावली बनाएर राजपत्रमा प्रकाशित गरेको ९ महीना बित्दा पनि कुनै उद्योगले कम परिमाणको

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 116 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा