पत्रपत्रिका

    Showing 1,161-1,170 of 1,256 items.
  • सर्वोच्चमा ४३ थान भ्रष्टाचारका मुद्दा थन्किए , १० वर्ष पुरानो मुद्दाको समेत सुनुवाइ भएन

    बिर्तामोड ( नेपाल समाचारपत्र दैनिकबाट ) सर्वोच्च अदालतमा मंगलबार भ्रष्टाचारका ४३ थान मुद्दा स्थगित गराइएको छ । त्यसमध्ये १० वर्ष पुराना मुद्दासमेत स्थगितमा परेका छन् । न्यायाधीशहरु मीरा खड्का र कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको भए पनि पक्ष र विपक्षीले ४३ थान भ्रष्टाचारका मुद्दा स्थगित गराएका हुन् ।स्थगित भएकामध्ये कर्मचारी सञ्चय कोषलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको भनी तत्कालीन अवस्थामा उपल्लो पदमा रहेका दिनेशनाथ चालिसेसँग सम्बन्धित मुद्दा पनि छ । सो मुद्दा २०६८ साल असोज ३० गते सर्वोच्चमा पुनरावेदनको रुपमा दर्ता भएको थियो ।कर्मचारी सञ्चय कोषको रकम हानिनोक्सानी भएको आरोप

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 120 पटक पढिएको
  • सरकार ४ महीनामा ७ खर्ब ८३ अर्ब बजेट खर्च गर्ने तयारीमा

    बिर्तामोड ( अभियान दैनिकबाट ) सरकारले आगामी ४ महीना अवधिमा चालू आवको बजेट अन्तर्गत ७ खर्ब ८३ अर्ब बजेट खर्च गर्दै छ । विगतमा जस्तै आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्ने प्रवृत्तिलाई यस वर्ष पनि निरन्तरता दिँदै सरकारले उक्त खर्च गर्न लागेको हो ।विगत ३ वर्षदेखि कम्युनिष्ट सरकारले बजेट खर्च प्रणालीमा सुधार ल्याइएको दाबी गर्दै आए पनि खर्चको प्रवृत्ति हेर्दा परिणाम निकै कमजोर देखिएको छ ।चालू आवका लागि १४ खर्ब ७४ अर्ब बजेट ल्याएको सरकारले मध्यावधि समीक्षामार्फत कुल बजेटको आकार घटाउँदै १३ खर्ब ४४ अर्बमा झारेको थियो ।सरकारी खर्चको अभिलेख राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बितेको ८ मही

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 138 पटक पढिएको
  • बढ्यो तरलता , बढ्दैछ ब्याजदर

    बिर्तामोड ( कारोवार दैनिकबाट )  बैंकहरु कर्जा प्रवाहमा आक्रामक भएसँगै ब्याजदर बढ्ने संकेत देखिएको छ । कोरोना महामारीको असर कम हँुदै जाँदा बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा तिव्रता दिएपछि बैंकिङ प्रणालीमा रहेको तरलता (लगानीयोग्य पुँजी) घट्दै गएको छ । जसका कारण बैंकको ब्याजदर बढ्ने संकेत देखिएको हो ।नेपाल बैंकर्स संघका अनुसार फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप ३७ अर्ब रुपैयाँ वृद्धि हुँदा ७१ अर्ब कर्जा लगानी गरेका छन् । माघमा पनि निक्षेप ५ अर्बले मात्र बढ्दा कर्जा ७४ अर्ब रुपैयाँले वृद्धि भएको थियो ।फागुन २१ गतेसम्म आउँदा बैंकहरूले कूल ३८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संक

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 130 पटक पढिएको
  • गुटगत गतिविधिले मिलनविन्दूमा अवरोध

    बिर्तामोड ( राजधानी दैनिकबाट) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही ‘सफ्ट’ देखिए पनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ ।बुधबार राजधानीमा बसेको नेपाल समूहको छुट्टै भेलाले विकसित घट्नाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने मुख्य भूमिका अध्यक्ष ओलीकै हुने भन्दै त्यसको पहलकदमी ओलीले नै गर्नुपर्ने आवश्यकता आंैल्याएको हो । तर, उसले गुटगत भेला जारी राखेको भन्दै ओली समूह भने रुष्ट छ । ओली समूहले नेपाल समूहमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारी बोकेर एमालेमा वितण्डा म

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 125 पटक पढिएको
  • सत्ता गठबन्धनको विषयले जसपामा चर्काचर्की

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) भावी सत्ता समीकरणमा एकाएक निर्णायक शक्ति बन्न पुगेको संसद्को चौथो दल जनता समाजवादी पार्टी ९जसपा० मा तीव्र अन्तर्विरोध सुरु भएको छ । अदालतले सत्तारूढ दलको एकीकरण प्रक्रिया खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि जसपामा सत्ता गठबन्धनकै विषयले आन्तरिक कलह उत्पन्न भएको हो ।सांसद रेशम चौधरीको रिहाइलगायत मुद्दा र सत्ता समीकरणकै विषयमा छलफल गर्न सरकार र जसपाले कार्यदल बनाएको विषय मंगलबार नै सार्वजनिक भएपछि जसपाभित्र अन्तरविरोध बढेको हो ।जसपा अध्यक्ष महन्थ ठाकुरले चौधरीको रिहाइका विषयमा छलफल गर्न भन्दै आइतबार नै दुई सदस्यीय कार्यदल बनाएको जानकारी

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 135 पटक पढिएको
  • राष्ट्र बैंकमा पहिलो पटक महिला डेपुटी गभर्नर

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) राष्ट्र बैंकले ६५ वर्षे इतिहासमा पहिलोपटक महिला डेपुटी गभर्नर पाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा। नीलम तिम्सिना ढुंगाना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको छ । डा. तिम्सिना राष्ट्र बैंककी तेस्रो वरीयता र मिश्र १३औँ वरीयतामा थिए । गभर्नर महाप्रसाद अधिकारीले उनीहरूका अतिरिक्त चौथो वरीयताका कार्यकारी निर्देशक देवकुमार ढकाल र १२औँ वरीयताका देवकुमार ढकाललाई डेपुटी गभर्नरका लागि सिफारिस गरेका थिए । अर्थमन्त्री विष्णु पौडेलले यो सिफारिसलाई मन्त्रिपरिषद्मा पेस गरेका थिए । डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ ।२२ मंसिर ०५४ बाट राष्

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 153 पटक पढिएको
  • रोयल फाइनान्स र एपेक्स बैंकमा कर्जा अनियमितता : १० सञ्चालकसहित ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) सञ्चालक १० जना : छविरमण अधिकारी, वसन्त मल्ल, मधुवनलाल श्रेष्ठ, मधुरलाल सिन्या, रीता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ, लोकेन्द्रमान कर्माचार्य, सूर्वण राजभण्डारी, विष्णुप्रसाद धिताल र इच्छाबहादुर गुरुङ ।अभियोग : दरबारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जामा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डसमेत नअपनाई अनियमितता र लापरबाही ढंगले ठूलो कर्जा प्रवाह गरी सार्वजनिक संस्थाको रकम हिनामिना तथा हानिनोक्सानी पुर्‍याएको ।मागदाबी : बिगो नेपाल क्रेडिट एन्ड कमर्स बैंकलाई भराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम जरिवाना गरी कैदसमेत ।धितोको गलत मूल्यांकन

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 175 पटक पढिएको
  • माओवादीले समर्थन फिर्ता नलिने

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) सर्वोच्च अदालतको फैसलापछि फेरि संसद्को पहिलो र तेस्रो दलको नेतृत्वमा पुगेका विघटित नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गठबन्धन सरकारका लागि छुट्टाछुट्टै परामर्श तीव्र पारेका छन् ।अहिले ओली दाहाल नेतृत्वको माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री छन् । तर एकीकृत पार्टी विधिवत् रूपमै आ–आफ्नो धारमा फर्किएपछि उनीहरूबीच सत्ता जोगाउने र भत्काउने प्रतिस्पर्धा सुरु भएको हो ।ओली नेतृत्वको एमालेसँग हाल १ सय २० सांसद भएकाले जसपासँग सहकार्य गरे मात्रै पनि सरकार बनाउन बहुमत पुग्छ । जसपाको सिंगो समूह आफू नेतृत्वको सरकारमा आउन तयार भएन भने विभाजन गराएर भए पन

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 134 पटक पढिएको
  • रोप्ने बेलामा खोजेको मल पाक्ने बेलामा आइपुग्यो

    बिर्तामोड ( कारोवार दैनिकबाट ) बाली लगाउने बेलामा चरम अभाव भएको रासायनिक मल पाक्ने बेलामा भने भित्रिएको छ । गहुँ छर्ने र गोड्ने बेलामा अभाव रहेको मल अहिले बल्ल पाक्ने बेलामा नेपाल आइपुगेको हो । हिउँदे बालीलाई लक्षित गरेर सरकारले मल ल्याउनुपर्ने थियो । तर अब धानलगायत बर्खे बालीको लागि उपयोग हुने भएको छ ।कृषि सामग्री लिमिटेडका अनुसार बंंगलादेशबाट ल्याउन लागिएको ५० हजार टन रासायनिक मलमध्ये पहिलो चरणमा मंगलबार २५ सय ४० टन वीरगञ्जमा आइपुगेको छ । बंगलादेशबाट जिटुजीमार्फत ल्याउन सम्झौता भएअनुसार पहिलो चरणको २२ हजार टनमध्ये २५ सय ४० टन मल आइपुगेको हो । लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले बाँकी मल १५ दि

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 130 पटक पढिएको
  • अब स्थानीय जनप्रतिनिधिका सहयोगीले पनि मासिक खर्च पाउने

    बिर्तामोड ( कारोवार दैनिकबाट ) नेपाल सरकारले स्थानीय जनप्रतिनिधिले विधिवत् रूपमा निजी सचिवालयका लागि सहयोगी पाउने नमुना कानुनी दस्तावेज तयार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको गाउँपालिका(नगरपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७७ ले स्थानीय तहका जनप्रतिनिधिका निजी सचिवालयका सहयोगीका लागि मासिक बजेट उपलब्ध गराउने विधिवत् बाटो तय गरिदिएको हो ।नमुना निर्देशिकाले नगरपालिकाका प्रमुख(अध्यक्ष, उपाध्यक्ष(उपप्रमुखका लागि निजी सचिवालयमा सहयोगी व्यवस्थापन गर्न मासिक खर्च उपलब्ध गराउने उल्लेख गर्न सक्ने उल्लेख छ । जसअनुसार महानगर प्रमुखको निजी सचिवालय सहयोगीका लागि बढीमा

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 133 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.