पत्रपत्रिका

    Showing 931-940 of 1,254 items.
  • निर्यात क्षमता १२ गुणा बढ्ने आँकलन

     बिर्तामोड ( राजधानी दैनिकबाट) चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ । नेपाल विकास अपडेट प्रतिवेदनको पछिल्लो संस्करण सार्वजनिक गर्दै विश्व बैंकले हालभन्दा १२ गुणा निर्यात हुन सक्ने उल्लेख गरेको हो । २० वर्षअघिसम्म निर्यात स्थिति सन्तोषजनक रहे पनि त्यसयता खस्किँदै गएको उल्लेख छ । खस्किँदो निर्यात बढाएर अर्थतन्त्र गतिशील बनाउन नेपालले बलियो पहलकदमी नलिएको प्रतिदेवनमा औंल्याएको छ ।सामाजिक दूरी मापदण्ड खुकुलो हुने र अनुकूल मनसुन हुने अपेक्षासहित आर्थिक वर्ष २०७७/७८ मा २।७ प्रतिशतले नेपालको अर्थतन्त्र

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 110 पटक पढिएको
  • सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

    बिर्तामोड (राजधानी दैनिकबाट) सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश तेजकुमार केसीको एकल इजलासले सुवेदीमाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको हो ।न्यायपरिषद्ले गत २८ फागुनमा उच्च अदालतका दुई मुख्य न्यायाधीश नहकुल सुवेदी र कुमार चुडाललाई सर्वोच्चको स्थायी न्यायाधीशमा सिफारिस गरेको थियो । उनीहरूको संसदीय सुनुवाइ आगामी ३ वैशाखका लागि तोकिएको छ । मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले संसदीय सुनुवाइ समितिले आगामी ३ वैशाखका लागि सुनुवाइ तोकेको हो । सुवेदी विषयमा संसदीय सुनुवाइमा

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 109 पटक पढिएको
  • आर्थिक वृद्धि २.७ प्रतिशत रहन्छ: विश्व बैङ्क

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) कोरोना महामारीको अवस्था रहे पनि २०७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण विश्व बैङ्कले गरेको छ । महामारीका कारण ४० वर्षपछि २०७७ मा सङ्कुचित नेपाली अर्थतन्त्रमा सुधार देखिने विश्व बैङ्कले औँल्याएको हो ।विश्व बैङ्कले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा कोरोना महामारीपछि बन्दै गरेको खुकुलो अवस्था र प्राथमिकता प्राप्त जनसङ्ख्यामा खोपको उपलब्धताका कारण यो वृद्धि हुने प्रक्षेपण गरिएको हो । मनसुनी अनुकूलताले कृषि उत्पादनमा सुधार हुने अपेक्षा गरिएको छ ।कोभिड–१९ पछिको पुनर्लाभलाई तीव्रता दिन र नेपाललाई हरित, उत्थानशील र समावेशी विकासतर्फ अगाडि बढाउन निर्य

    • प्रकाशित मितिः चैत ३१, २०७७
    • 110 पटक पढिएको
  • प्रधानमन्त्री ओलीमा सत्ताको अहंकार देखिएको छ : नेपाल

    बिर्तामोड( राजधानी दैनिकबाट) नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको अहंकार भएको बताएका छन् ।  रौतहटको चन्द्रनिगाहपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको तातो कुर्सीमा बसेको हुनाले दिमाग पनि तातो भएको आरोप लगाएका छन् । उनी सत्ताको अहंकारमा रहेको आरोप लगाउँदै नेपालले देशभरका कार्यकर्ताहरू आफ्नो पक्षमा रहेको बताएका छन् । जिल्ला जिल्लामा विभिन्न भ्रातृ संगठन तथा पार्टी कार्यकर्ताहरूको लहर आफ्नो पक्षमा रहेको बताउँदै नेता नेपालले आफूहरूलाई जनता र कार्यकर्त

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 116 पटक पढिएको
  • कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ : प्रचण्ड

    बिर्तामोड( नागरीक दैनिकबाट) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा पुगेका दाहालले पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताए। संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उनले भने, ुजसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ।प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताए। उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकार

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 115 पटक पढिएको
  • कोरोना महामारीको दुश्चक्र : विपन्नको झनै बिजोग

    बिर्तामोड ( नागरीक दैनिकबाट) कोरोना महामारी सुरु भएसँगै भक्तपुरको चामतीस्थित अजिमा इँटा उद्योग बन्द गरिएपछि शर्मिला विक बेरोजगार भइन्। १० महिनापछि उद्योग खुलेर उनले इँटा बोक्ने काम त पाउन थालिन् तर पहिलेजस्तो कमाइ नहुँदा कसरी गुजारा चलाउने भन्ने पिरलोले सताएको छ।  रोल्पाको घर्तीगाउँबाट पतिसँग १४ वर्षअघि काठमाडौं छिरेकी ३२ वर्षीया शर्मिलाले पहिलोपटक यति लामो समय खाली हात बस्नुपर्‍यो। उनका पति सुकराम त्यही उद्योगको गाडी चलाउँथे। उद्योग बन्द भएपछि उनको पनि आम्दानी सुक्यो। उनीहरूले कोठाभाडा मासिक तीन हजार रूपैयाँ बुझाउनुपर्छ, दुई सन्तानसहितको परिवारलाई खाद्यान्नलगायत महिनामा करिब १० हजार

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 109 पटक पढिएको
  • तीन जिल्ला जोड्ने तीनमुखे पुल

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालेको छ । भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महìव राख्ने गरी सरकारले विशेष पुल निर्माण गर्न थालेको हो । त्यसलाई सरकारले विशिष्टीकृत पुलको नामकरण गरेको छ । त्यस्ता पुल पर्यटकीय पूर्वाधारका लागि समेत उपयोगी हुनेछन् ।स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भौगोलिक विकटता रहेको क्षेत्रमा दैनिक कठिन यात्रा गर्दै गुजारा चलाउन बाध्य भएका नागरिकलाई आवागमनमा सहज पार्दै धार्मिक र पर्यटकीय दृष्टिले समेत महìव राख्ने

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 101 पटक पढिएको
  • कोरोनाको दोस्रो लहर बढी सचेतना जरुरी

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरसँगै सङ्क्रमण दरले पुनः गति लिन थालेको छ । दैनिक ४८ जनासम्म ओरालो झरेको सङ्क्रमणपछि पछिल्लो एक सातामा कोरोनाले गम्भीर बिरामी हुनेको सङ्ख्या बढ्न थालेको छ । केही दिनयता सङ्क्रमितको सङ्ख्या तीन सयभन्दा बढी देखिएको छ । विज्ञहरूले कोरोनाबाट जोगिन अझ बढी सचेत हुनुपर्ने बताउन थालेको छन् ।भारतमा पछिल्ला दिनमा दैनिक एक लाख ५० हजारभन्दा बढी सङ्क्रमित हुँदा एक हजारको हाराहारीमा मृत्यु भइरहेको छ । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुले खतराको सङ्केत गरेको चिकित्सकहरूको भनाइ छ । नेपालमा पछिल्ला दिनमा सङ्क्रमण सङ्ख्या विस्तारै उक

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 102 पटक पढिएको
  • संक्रमणको प्रभाव शैक्षिक संस्थामा

    बिर्तामोड ( राजधानी दैनिकबाट) यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ ।संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक संस्था मारमा परेका छन् । भर्खरै गति लिन थालेका शैक्षिक संस्था पुनः संक्रमण बढेपछि प्रभावित हुने देखिएको हो । केही विद्यालयको अहिले पनि परीक्षा सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पाठ्यक्रम सक्नेगरी भौतिक उपस्थितिसहित पठनपाठन भइरहेको छ ।तर, संक्रमण बढ्दै गएपछि शैक्षिक सत्र र परीक्षालगायत शैक्षिक क्रियाकलाप नै अनिर्णित हुने देखिएको हो । स्वास्थ्य मन्त्रालयले जोखिम क्षेत्रका विद्यालय बन्द

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 103 पटक पढिएको
  • डढेलोले सखाप हुँदै वन

    बिर्तामोड (राजधानी दैनिकबाट) काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका अधिकांश क्षेत्रमा ठूलो क्षति पु¥याएको छ तर हरेक वर्ष सचेतनाको कार्यक्रम गर्दै आएको सरकारले रोकथाम तथा नियन्त्रणमा पर्याप्त योजना ल्याउन सकेको छैन भने भएका कार्यक्रम र योजना पनि प्रभावहीन बन्दै आएका छन् ।आइतबार दिउँसो डढेलो लागेपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल निकुञ्ज क्षेत्रमा पुग्यो । दमकलले ढडेलो नियन्त्रण गर्न कठिन भएपछि सेना र

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 102 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा