पत्रपत्रिका

    Showing 941-950 of 1,254 items.
  • कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर

    बिर्तामोड ( राजधानी दैनिकबाट) नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ ।पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइ, नयाँ वितरित र नवीकरण सम्पन्न विवरण प्रणालीमा राख्न गरिएको ढिलाइ र अन्य पार्टीबाट आएकाको समायोजन प्रक्रिया बाँकी रहेका कारण प्रभावित बनेको कार्यतालिकालाई कांग्रेसले हेरफेर गर्ने भएको हो ।कांग्रेसले पछिल्लोपटक २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत क्रियाशील सदस्यको विवरण देशभरिबाट अनलाइन प्रणालीमा इन्ट्री गर्ने समय चैत मसान्तसम्मका लागि तोकेको थियो । यसअघि कांग्रेसले १० चैतसम्म सो मिति तय गरेकोमा समयभित्र नसकिएपछि पुनः समय थप गरेक

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 100 पटक पढिएको
  • गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई पाँच लाखसम्म जरिवाना

    बिर्तामोड ( कारोबार दैनिकबाट ) गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई ५० हजार रुपैयाँदेखि पाँच लाख जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।एक हजार जरिवाना लिइँदै आएकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७७ मा परिमार्जनको प्रस्ताव गर्दै जरिवाना वृद्धिको प्रस्ताव गरिएको हो ।उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने गरी अखाद्य उत्पादन गर्नेलाई सो जरिवाना र कैदको व्यवस्था गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विद्यमान खाद्य ऐन २०२३ लाई परिमार्जन गरेर समसामयिक बनाएको छ ।फितलो कानूनको फाइदा उठाउँदै व्यवसायीले उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकू

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 93 पटक पढिएको
  • वन तथा वातावरण मन्त्रालयको पुँजीगत खर्च २७ प्रतिशत

    बिर्तामोड (कारोबार दैनिकबाट) वन तथा वातावरण मन्त्रालयको दोस्रो चौमासिकसम्मको वित्तीय प्रगति ४८।९२ प्रतिशत देखिएको छ । जसमध्ये चालूअन्तर्गत ६७।४१ प्रतिशत र पुँजीगत खर्च २७।२० प्रतिशत देखिएको छ ।चालू आवका लागि छुट्याइएको पहिलो प्राथमिकताका आयोजनामध्ये ११ वटा कार्यक्रमको ८० प्रतिशतभन्दा बढी प्रगति देखिएको हो । जसमध्ये वन तथा वातावरण मन्त्रालय, नेपाल जलवायु सहयोग कार्यक्रम, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, स्वच्छ वातावरण कार्यक्रम, वन तथा भू–संरक्षण विभाग, डिभिजन वन कार्यालयहरू, वन सुरक्षा सैनिकसमेत, जलाधार संरक्षण तथा सिमसार व्यवस्थापन कार्यक्रम, वनस्पति विभाग, जडिबुटी विकास कार्यक्रम, वनस्पति

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 100 पटक पढिएको
  • पर्यटक आवागमन ठप्प

    बिर्तामोड( अन्नपुर्ण पोष्ट दैनिकबाट) कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ। विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० कोे सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा कमी आएको हो। सन् २०२० को जनवरीसम्म कोभिड विश्व महामारीका रूपमा फैलिएको थिएन। २०२० को जनवरीमा ४ प्रतिशतको वृद्धिसँगै डेढ अर्ब व्यक्ति घुमफिरमा निस्किएको तथ्यांकले देखाएको छ। सन् २०२१ को जनवरीमा भने युरोपेली मुलुकमा कोभिडको दोस्रो लहर चलेकाले पर्यटक आवागमन प्रभावित भएको जनाइएको छ।पर्यटक आवागमन जनवरीमा सबैभन्दा बढी एसि

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 202 पटक पढिएको
  • ‘अदालतले डिभोर्स दिँदा घर फर्कनुर्‍यो’

    बिर्तामोड (नागरीक दैनिकबाट) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालसँग गहिरो ‘लभ’ परिरहेका बेला सर्वोच्च अदालतले ‘डिभोर्स’ गरिदिएको गुनासो गरेका छन्। दाहालले शनिबार आयोजित एक कार्यक्रममा नेपाल र आफूबीचको सम्बन्धलाई अदालतले छुटाइदिएपछि आआफ्नो घर फर्कनुपरेको गुनासो गरेका हुन्।  ‘अदालतले पति–पत्नीलाई डिभोर्स गरेझैं हामीलाई पनि आ–आफ्नो घरमा फर्काइदियो। त्यसैले मैले सेटिङ भयो भनेको हुँ,’ दाहालले भने, ‘हाम्रो त लभ परिराख्या थियो। माघ २८ को सभामा म कसरी बोलेको थिएँ, माधवजी कसरी बोल्नुभयो, झलनाथजी कसरी बोल्नुभयो। लभ नपरेको भए त्यसरी बोलिन्नथ्यो र। लभ परेकालाई अदालतले

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 105 पटक पढिएको
  • यसरी नजिकिए ओली–महन्थ

    बिर्तामोड (नागरीक दैनिकबाट) कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ।ओली–ठाकुरबीच यस्तो निकटता बढेको एक वर्ष पूरा भएको जसपाका नेताहरू बताउँछन्।ठाकुरनिकट नेताहरू प्रधानमन्त्री र ओलीबीचको निकटता आगामी चुनाव र सत्ता सहयात्रासम्म जान सक्ने बताउँछन्।‘पोहोर फागुनमा प्रधानमन्त्री ओली महाराजगन्जस्थित मनमोहन अस्पतालमा भर्ना भएको बेलादेखि नै ओली र ठाकुरबीच निकटता बढेको हो,’ ठाकुरनिकट एक नेताले भने, ‘प्रधानमन्त्री मनमोहनमा भर्ना भएको बेला ठाकुरजी भेट्न जानुभएको थियो।त्यतिखेर प्रधानमन्त्रीज्यूले

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 103 पटक पढिएको
  • बहुमत खण्डित, प्रदेश सरकार पनि संकटमा

    बिर्तामोड (नागरीक दैनिकबाट ) सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि संघीय र प्रदेश सरकार अप्ठेरोमा परेका छन्। तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भई नेकपा बनेपछि उसैको नेतृत्वमा संघ र ६ वटा प्रदेशमा सरकार बनेका थिए। एकीकृत दुई पार्टी अलगअलग भई बहुमत खण्डित भएपछि संघीय र प्रदेश सरकार दुवै अप्ठेरोमा परेका हुन्।  पूर्ववत् अवस्थामा फर्र्किएपछि माओवादी केन्द्रले संघीय सरकार परिवर्तनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग वार्ता गरिरहेको छ। उसले अर्को प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) सँग पनि वार्ता

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 108 पटक पढिएको
  • महासंघको भिजन पेपर : १० वर्षमा १ सय अर्ब डलरको अर्थतन्त्र, २२ लाख रोजगारी

    बिर्तामोड( आर्थिक अभियान दैनिकबाट) मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने तथा २२ लाख रोजगारी सृजना गर्ने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघको १० वर्षे महत्त्वाकांक्षी योजनाअन्तर्गत ‘भिजन पेपर २०३०’ सार्वजनिक भएको छ । शनिवार महासंघको ५५औं वार्षिक साधारणसभामा उक्त भिजन पेपर सार्वजनिक गरिएको हो । महासंघले १० वर्षमा हाल ३४ अर्ब डलर मात्र रहेको नेपालको अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने लक्ष्य लिएको छ । यसका लागि १ सय ५० अर्ब डलर लगानी आवश्यक हुनु महासंघको अनुमान छ । यसमा १ सय ८ अर्ब डलर निजीक्षेत्रले लगानी गर्नेछ ।यसका लागि महासंघले १ सय ओटा योजना अघि सारेको छ । साना तथा घरेलु उद्योगको व

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 128 पटक पढिएको
  • बजेट कार्यान्वयनप्रति चासो देखाउँदै अर्थसमिति

    बिर्तामोड (आर्थिक अभियान दैनिकबाट ) कोरोना महामारीका बेला गत जेठ १५ मा सरकारले ल्याएको बजेट कार्यान्वयनप्रति प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिले चासो देखाएको छ ।चालू आर्थिक वर्षमा बजेटमार्फत ल्याइएका कार्यक्रमको कार्यान्वयनको अवस्था बुझ्न समितिले अर्थमन्त्री विष्णु पौडेलसहित विकासे अड्डाका उच्च अधिकारीहरूलाई बोलाएर यसै सातादेखि छलफल गर्न थालेको छ । बजेटमा नपरेका कतिपय कार्यक्रमलाई राजनीतिक प्रभावका आधारमा आर्थिक वर्षको बीचैमा आफूखुशी रकमान्तर गर्ने विगत आवदेखिको परिपाटी यसपालि पनि कायम रहेको छ ।त्यसको उदाहारण हो, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको गृहजिल्ला गुल्मीमा बजेटमा नपरेको सडक कार्यक्रमला

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 111 पटक पढिएको
  • एक सातामै ४० अर्ब रुपियाँ निक्षेप सङ्कलन

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ । बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ । यसअघि कर्जा प्रवाह बढी र निक्षेप सङ्कलन कम हुने गरेको थियो । नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैङ्कहरूको निक्षेप ह्वात्तै बढेको हो ।कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम रिलिज भएपछि बैङ्कहरूमा एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको हो । पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैङ्कहरूलाई चैत महिनाको तेस्रो सातामा निक्षेप बढेपछि सहज भएको छ ।कोरोनाका कारण

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 102 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा