पत्रपत्रिका

    Showing 951-960 of 1,243 items.
  • संक्रमण दर ८.२८ प्रतिशत

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ । संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी.१.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।‘ब्राजिल र अफ्रिकामा देखिएका कोरोना भाइरसको नयाँ भेरिएन्टबारे पनि थाहा पाउन १५ वटा नमुना हङकङ पठाएका छौं । रिपोर्टको प्रतीक्षामा छौं,’ ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने ।ईडीसीडीका अनुसार कुनै समुदायबाट संकलित नमुनामा संक्रमण पुष्टि भएकामध्ये ७० प

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 61 पटक पढिएको
  • नाकाहरू अस्तव्यस्त

    बिर्तामोड (कान्तिपुर दैनिकबाट ) भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको छ । भारत आउजाउ गर्नेको चाप व्यवस्थापन हुन नसक्दा, क्वारेन्टाइनहरू नबन्दा र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू नहुँदा संक्रमण फैलने डरले स्थानीयलाई सताएको छ ।संक्रमण जोखिमका कारण मोरङस्थित रानी(जोगवनी नाकामा कडाइ गरिएपछि बिहीबार विराटनगर(१६ दरैयास्थित खुला सीमाबाट आउजाउ गर्दै सर्वसाधारण ।भारतबाट धेरै कामदार फर्केसँगै सुदूरपश्चिममा दिनदिनै संक्रमित थपिइरहेका छन् । भारतका विभिन्न सहरबाट सुदूरपश्चिमका चारवटा सीमा नाका हुँदै बिहीबार १ हजार ३ सय ६४ जना स्वदेश फर्किए । तीमध्ये ६ स

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 59 पटक पढिएको
  • जसपाका माग पूरा गर्न सरकारले थाल्यो प्रक्रिया

    बिर्तामोड (नागरीक दैनिकबाट) जनता समाजवादी पार्टी(जसपा) ले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकारले प्रक्रिया अघि बढाएको हो।जसपाका अनुसार सरकारले मधेस आन्दोलनका क्रममा बन्दी बनाइएकाको मुद्दा कहिले र कहाँ दर्ता भएको हो र हाल ती मुद्दाको अवस्था कस्तो छ भन्ने यकिन विवरण निकाल्न फाराम भर्न लगाएको छ। फाराम भर्न लगाउनुको अर्थ आफ्नो पार्टीद्वारा अघि सारिएका माग पूरा हुने परिस्थिति सिर्जना हुन लागेको जसपा नेता एवं कार्यदल सदस्य लक्ष्मणलाल कर्णले बताए।जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 59 पटक पढिएको
  • व्यवसायका प्रक्रियागत झन्झट हटाउने प्रधानमन्त्रीको उद्घोष

    बिर्तामोड (नागरीक दैनिकबाट) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, व्यवसाय सञ्चालन गर्दाको प्रक्रियागत झन्झट हटाई सरलीकृत सेवा प्रवाह गर्ने बताएका छन्। उनले बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभा उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रक्रियागत झन्झटकै कारण व्यवसायीले उद्योगधन्दाको योजना बनाउँदा बनाउँदै आधा उमेर जाने बताए।  ‘हामी प्रक्रियाको जञ्जालबाट सरलीकृत सेवातर्फ जान जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारले एकल बिन्दु सेवा केन्द्र सुरु गरिसकेको छ। यो सेवा प्रभावकारी नभएको हुन सक्छ। अब भने प्रभावकारी ढंगले अघि बढाउनेछौं।’ प्रधानमन्त्री ओलीले प्रक्रियागत झन्झटबा

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 67 पटक पढिएको
  • इजरायलमा श्रमिक पठाउन अझै अलमल

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) सरकारीस्तरमा श्रमिक पठाउनका लागि इजरायलसँग श्रम सम्झौता भएको सात महिना बितिसक्दा पनि श्रमिक पठाउने विषय टुङ्गो लाग्न सकेको छैन । दुवै देशबीचको श्रम सम्झौतामा पुसदेखि नेपाली श्रमिक इजरायल पठाउन सुरु गरिने भनिए पनि श्रमिक पठाउनका लागि बनाइएको कार्यविधि गत मङ्सिरदेखि श्रम,  रोजगार  तथा  सामाजिक  सुरक्षा मन्त्रालयमा रोकिएको छ ।मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतमणि पाण्डेले कार्यविधिका आवश्यक विषयमा  सरोकारवाला  र  सम्बन्धित मन्त्रालयसँग राय माग्ने काम गरिरहेकोे जानकारी  दिनुभयो ।  कार्यविधि  अन्तिम चरणमा पुगेको र यो

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 76 पटक पढिएको
  • भै‌‌सेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास तयार हुँदै

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि निवास र कार्यालयको काम तीव्र गतिमा अगाडि बढेको छ । सरकारले मुख्त्रीमन्त्री र प्रदेश प्रमुखका लागि ललिपुरको भैंसेपाटीस्थित आवास क्षेत्रमा निर्माण शुरु गरेको भवनको काम धमाधम भइरहेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालयको काम ४५ प्रतिशत सम्पन्न भएको छ ।लकडाउनको अवधिमा पनि काम भएका कारण तोकिएकै समयसीमाभित्र भवन निर्माणको काम सम्पन्न गराउने गरी काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन समन्वय आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताउनुभयो । उहाँले मुख्यमन्त्री र प्रदेश

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 67 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक सम्पन्न, अर्को बैठक चैत ३० गते बस्ने

    बिर्तामोड (गोरखापत्र दैनिकबाट )प्रतिनिधिसभाको बिहीबार बसेको बैठक सम्पन्न भएको छ । अर्को बैठक ३० गते सोमबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई जानकारी गराउनुभयो ।संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले पूर्व सांसद ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । पूर्व मन्त्रीसमते रहनुभएका प्रधानाङ्गको चैत २० गते शुक्रबार निधन भएको थियो । उहाँको निधनप्रति बैठकले दुःख व्यक्त गरेको छ ।बैठकमा विशेष र शून्य समयमा बोल्दै सांसदहरुले सरकारको कामको प्रशंसा र विरोध गर्नुभएको छ । सरकारको नेतृत्व गरेको दलका सांसदहरुले सरकारी कामको प्रशंसा गर्नुभयो भने विपक्षी दलका सांसदहरुल

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 60 पटक पढिएको
  • प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने आदेश

    बिर्तामोड( गोरखापत्र दैनिकबाट )प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन परमादेश माग गर्दै परेको रिटमाथि सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ नहुने भएको सर्वोच्च अदालतले वेभसाइट मार्फत जानकारी दिएको छ ।अधिवक्ता अमिता गौतम पौडेल र कीर्तिनाथ शर्माले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चका मुख्य रजिस्टारले लालबहादुर कुँवरले दरपीठ गरिदिनुभएको थियो। उक्त दरपीठविरुद्ध दिएको निवेदनमाथि बिहीबार भएको सुनुवाइमा न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले दरपीठको आदेशलाई नै सदर गरिएको सर्वोच्च अदालतले जानकारी गराएको हो ।

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 67 पटक पढिएको
  • पछिल्लो चौबीस घण्टामा ३३२ जना सङ्क्रमित थपिए, ७९ निको

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपालमा कोरोना भाइरसका ३३२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । पछिल्लो चौबीस घण्टामा ७९ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ ।पछिल्लो चौबीस घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेकोमा हालसम्म तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७९ हजार एक सय पुगेको छ ।  नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ६०८ जना निको भएका छ

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 65 पटक पढिएको
  • स्वास्थ्य सतर्कतासँगै शैक्षिक गतिविधि

    बिर्तामोड( गोरखापत्र दैनिकबाट) आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने जानकारी उहाँले दिनुभ

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 58 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा