बिर्तामोड ( गोरखापत्र दैनिकबाट) राजधानीमा मेलम्चीको पानी वितरणका क्रममा हुनसक्ने चुहावट नियन्त्रण तथा मर्मत गर्ने क्रममा सडक खन्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० र सडक विभागबीच सहमति भएको छ ।केयूकेएलका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले पानी वितरणको क्रममा पाइनलाइनबाट हुने गरेका चुहावटको नियन्त्रण तथा मर्मतका लागि सडक खन्नुपर्ने भएकाले सोको स्वीकृतिका लागि शुक्रबार केयूकेएल र सडक विभागबीच सहमति भएको जानकारी दिनुभयो । चुहावट नियन्त्रणका लागि सडक विभागले स्वीकृति दिएको बताउँदै उहाँले मर्मतका क्रममा खनिएको सडकलाई सडक विभागले मर्मत गर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘चुहावट
बिर्तामोड (कान्तिपुर दैनिकबाट) कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ । संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी.१.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।‘ब्राजिल र अफ्रिकामा देखिएका कोरोना भाइरसको नयाँ भेरिएन्टबारे पनि थाहा पाउन १५ वटा नमुना हङकङ पठाएका छौं । रिपोर्टको प्रतीक्षामा छौं,’ ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने ।ईडीसीडीका अनुसार कुनै समुदायबाट संकलित नमुनामा संक्रमण पुष्टि भएकामध्ये ७० प
बिर्तामोड (कान्तिपुर दैनिकबाट ) भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको छ । भारत आउजाउ गर्नेको चाप व्यवस्थापन हुन नसक्दा, क्वारेन्टाइनहरू नबन्दा र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू नहुँदा संक्रमण फैलने डरले स्थानीयलाई सताएको छ ।संक्रमण जोखिमका कारण मोरङस्थित रानी(जोगवनी नाकामा कडाइ गरिएपछि बिहीबार विराटनगर(१६ दरैयास्थित खुला सीमाबाट आउजाउ गर्दै सर्वसाधारण ।भारतबाट धेरै कामदार फर्केसँगै सुदूरपश्चिममा दिनदिनै संक्रमित थपिइरहेका छन् । भारतका विभिन्न सहरबाट सुदूरपश्चिमका चारवटा सीमा नाका हुँदै बिहीबार १ हजार ३ सय ६४ जना स्वदेश फर्किए । तीमध्ये ६ स
बिर्तामोड (नागरीक दैनिकबाट) जनता समाजवादी पार्टी(जसपा) ले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकारले प्रक्रिया अघि बढाएको हो।जसपाका अनुसार सरकारले मधेस आन्दोलनका क्रममा बन्दी बनाइएकाको मुद्दा कहिले र कहाँ दर्ता भएको हो र हाल ती मुद्दाको अवस्था कस्तो छ भन्ने यकिन विवरण निकाल्न फाराम भर्न लगाएको छ। फाराम भर्न लगाउनुको अर्थ आफ्नो पार्टीद्वारा अघि सारिएका माग पूरा हुने परिस्थिति सिर्जना हुन लागेको जसपा नेता एवं कार्यदल सदस्य लक्ष्मणलाल कर्णले बताए।जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ
बिर्तामोड (नागरीक दैनिकबाट) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, व्यवसाय सञ्चालन गर्दाको प्रक्रियागत झन्झट हटाई सरलीकृत सेवा प्रवाह गर्ने बताएका छन्। उनले बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभा उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रक्रियागत झन्झटकै कारण व्यवसायीले उद्योगधन्दाको योजना बनाउँदा बनाउँदै आधा उमेर जाने बताए। ‘हामी प्रक्रियाको जञ्जालबाट सरलीकृत सेवातर्फ जान जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारले एकल बिन्दु सेवा केन्द्र सुरु गरिसकेको छ। यो सेवा प्रभावकारी नभएको हुन सक्छ। अब भने प्रभावकारी ढंगले अघि बढाउनेछौं।’ प्रधानमन्त्री ओलीले प्रक्रियागत झन्झटबा
बिर्तामोड ( गोरखापत्र दैनिकबाट) सरकारीस्तरमा श्रमिक पठाउनका लागि इजरायलसँग श्रम सम्झौता भएको सात महिना बितिसक्दा पनि श्रमिक पठाउने विषय टुङ्गो लाग्न सकेको छैन । दुवै देशबीचको श्रम सम्झौतामा पुसदेखि नेपाली श्रमिक इजरायल पठाउन सुरु गरिने भनिए पनि श्रमिक पठाउनका लागि बनाइएको कार्यविधि गत मङ्सिरदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोकिएको छ ।मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतमणि पाण्डेले कार्यविधिका आवश्यक विषयमा सरोकारवाला र सम्बन्धित मन्त्रालयसँग राय माग्ने काम गरिरहेकोे जानकारी दिनुभयो । कार्यविधि अन्तिम चरणमा पुगेको र यो
बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि निवास र कार्यालयको काम तीव्र गतिमा अगाडि बढेको छ । सरकारले मुख्त्रीमन्त्री र प्रदेश प्रमुखका लागि ललिपुरको भैंसेपाटीस्थित आवास क्षेत्रमा निर्माण शुरु गरेको भवनको काम धमाधम भइरहेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालयको काम ४५ प्रतिशत सम्पन्न भएको छ ।लकडाउनको अवधिमा पनि काम भएका कारण तोकिएकै समयसीमाभित्र भवन निर्माणको काम सम्पन्न गराउने गरी काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन समन्वय आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताउनुभयो । उहाँले मुख्यमन्त्री र प्रदेश
बिर्तामोड (गोरखापत्र दैनिकबाट )प्रतिनिधिसभाको बिहीबार बसेको बैठक सम्पन्न भएको छ । अर्को बैठक ३० गते सोमबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई जानकारी गराउनुभयो ।संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले पूर्व सांसद ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । पूर्व मन्त्रीसमते रहनुभएका प्रधानाङ्गको चैत २० गते शुक्रबार निधन भएको थियो । उहाँको निधनप्रति बैठकले दुःख व्यक्त गरेको छ ।बैठकमा विशेष र शून्य समयमा बोल्दै सांसदहरुले सरकारको कामको प्रशंसा र विरोध गर्नुभएको छ । सरकारको नेतृत्व गरेको दलका सांसदहरुले सरकारी कामको प्रशंसा गर्नुभयो भने विपक्षी दलका सांसदहरुल
बिर्तामोड( गोरखापत्र दैनिकबाट )प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन परमादेश माग गर्दै परेको रिटमाथि सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ नहुने भएको सर्वोच्च अदालतले वेभसाइट मार्फत जानकारी दिएको छ ।अधिवक्ता अमिता गौतम पौडेल र कीर्तिनाथ शर्माले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चका मुख्य रजिस्टारले लालबहादुर कुँवरले दरपीठ गरिदिनुभएको थियो। उक्त दरपीठविरुद्ध दिएको निवेदनमाथि बिहीबार भएको सुनुवाइमा न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले दरपीठको आदेशलाई नै सदर गरिएको सर्वोच्च अदालतले जानकारी गराएको हो ।
बिर्तामोड (गोरखापत्र दैनिकबाट) नेपालमा कोरोना भाइरसका ३३२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । पछिल्लो चौबीस घण्टामा ७९ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ ।पछिल्लो चौबीस घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेकोमा हालसम्म तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७९ हजार एक सय पुगेको छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ६०८ जना निको भएका छ
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.