पत्रपत्रिका

    Showing 971-980 of 1,267 items.
  • देउवाको प्रस्तावलाई जसपाको तामेली

    बिर्तामोड(कान्तिपुर दैनिकबाट) कांग्रेस सभापति शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा अक्सर लामो बोल्दैनन् । शुक्रबार बिहान कांग्रेसनिकट कर्मचारीको कार्यक्रममा भने उनले प्रशिक्षणको शैलीमा चुनाव र आगामी रणनीतिबारे लामै भाषण गरे ।प्रतिनिधिसभाभित्रको गणित र कांग्रेसको अवस्थाबारे उल्लेख गर्दै उनले भने, ‘हामीले हाम्रो धरातल बिर्सनु हुँदैन । अहिले सरकार बनाउन संख्या छैन । जुनसुकै बेला चुनावमा जानुपर्ने अवस्था आउन सक्छ । हामी तयारी अवस्थामा बस्नुपर्छ ।’गत चुनावमा कांग्रेसले किन हार्‍यो र अब कसरी जित्ने भन्ने विषयमा बोल्दै देउवाले तीन दलको बैठक बोलाउनुको कारण पनि खुलाए, ‘बैठक बोलाएको छैन, शेरबहादुरले वा

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 154 पटक पढिएको
  • बिस्केट जात्रा आज सुरु हुँदै

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा शनिबारदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण हुने खतरा भएको भन्दै औपचारिक पूजामा सीमित गर्ने भनिए पनि सर्वोच्च अदालतको आदेशपछि रथ तानेर नै मनाइँदैछ तर भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालनाका साथ जात्रा मनाइने छ ।आठ रात नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । शनिबार भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिने छ । भैरवनाथको रथ टौमढीबाट पूर्वमा बुलुबुलु हिटी ९सुकुलढोका० र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने तथा तोकिएका आवश्यक व्यक्तिबाहेक अन्यलाई रथमा चढ्न रोक लगाइने भएको छ ।गुठी संस्थान भक्त

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 147 पटक पढिएको
  • खाजाका कारण टिकाउ दर वृद्धि

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) दिवा खाजा खान पाएका विद्यार्थीहरू बढी समयसम्म विद्यालयमा टिक्ने गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले गरेको अध्ययनले सो तथ्य औँल्याएको हो ।अध्ययनको निष्कर्षअनुसार नेपालको दिवा खाजा कार्यक्रममा भएको प्रत्येक एक अमेरिकी डलर बराबरको लगानीले पाँच दशमलब दुई अमेरिकी डलर बराबरको प्रतिफल दिएको पनि देखाएको छ । दिवा खाजा कार्यक्रमका कारण भर्ना दरमा समेत वृद्धि भएको डब्लूएफपीले प्रकाशन गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।डब्लूएफपीले आगामी सन् २०२३ सम्ममात्र दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुरुमा २९ जिल्लामा ला

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 150 पटक पढिएको
  • सडक मर्मतमा सहमति

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) राजधानीमा मेलम्चीको पानी वितरणका क्रममा हुनसक्ने चुहावट नियन्त्रण तथा मर्मत गर्ने क्रममा सडक खन्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० र सडक विभागबीच सहमति भएको छ ।केयूकेएलका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले पानी वितरणको क्रममा पाइनलाइनबाट हुने गरेका चुहावटको नियन्त्रण तथा मर्मतका लागि सडक खन्नुपर्ने भएकाले सोको स्वीकृतिका लागि शुक्रबार केयूकेएल र सडक विभागबीच सहमति भएको जानकारी दिनुभयो । चुहावट नियन्त्रणका लागि सडक विभागले स्वीकृति दिएको बताउँदै उहाँले मर्मतका क्रममा खनिएको सडकलाई सडक विभागले मर्मत गर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘चुहावट

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 153 पटक पढिएको
  • संक्रमण दर ८.२८ प्रतिशत

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ । संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी.१.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।‘ब्राजिल र अफ्रिकामा देखिएका कोरोना भाइरसको नयाँ भेरिएन्टबारे पनि थाहा पाउन १५ वटा नमुना हङकङ पठाएका छौं । रिपोर्टको प्रतीक्षामा छौं,’ ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने ।ईडीसीडीका अनुसार कुनै समुदायबाट संकलित नमुनामा संक्रमण पुष्टि भएकामध्ये ७० प

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 144 पटक पढिएको
  • नाकाहरू अस्तव्यस्त

    बिर्तामोड (कान्तिपुर दैनिकबाट ) भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको छ । भारत आउजाउ गर्नेको चाप व्यवस्थापन हुन नसक्दा, क्वारेन्टाइनहरू नबन्दा र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू नहुँदा संक्रमण फैलने डरले स्थानीयलाई सताएको छ ।संक्रमण जोखिमका कारण मोरङस्थित रानी(जोगवनी नाकामा कडाइ गरिएपछि बिहीबार विराटनगर(१६ दरैयास्थित खुला सीमाबाट आउजाउ गर्दै सर्वसाधारण ।भारतबाट धेरै कामदार फर्केसँगै सुदूरपश्चिममा दिनदिनै संक्रमित थपिइरहेका छन् । भारतका विभिन्न सहरबाट सुदूरपश्चिमका चारवटा सीमा नाका हुँदै बिहीबार १ हजार ३ सय ६४ जना स्वदेश फर्किए । तीमध्ये ६ स

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 153 पटक पढिएको
  • जसपाका माग पूरा गर्न सरकारले थाल्यो प्रक्रिया

    बिर्तामोड (नागरीक दैनिकबाट) जनता समाजवादी पार्टी(जसपा) ले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकारले प्रक्रिया अघि बढाएको हो।जसपाका अनुसार सरकारले मधेस आन्दोलनका क्रममा बन्दी बनाइएकाको मुद्दा कहिले र कहाँ दर्ता भएको हो र हाल ती मुद्दाको अवस्था कस्तो छ भन्ने यकिन विवरण निकाल्न फाराम भर्न लगाएको छ। फाराम भर्न लगाउनुको अर्थ आफ्नो पार्टीद्वारा अघि सारिएका माग पूरा हुने परिस्थिति सिर्जना हुन लागेको जसपा नेता एवं कार्यदल सदस्य लक्ष्मणलाल कर्णले बताए।जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 154 पटक पढिएको
  • व्यवसायका प्रक्रियागत झन्झट हटाउने प्रधानमन्त्रीको उद्घोष

    बिर्तामोड (नागरीक दैनिकबाट) प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, व्यवसाय सञ्चालन गर्दाको प्रक्रियागत झन्झट हटाई सरलीकृत सेवा प्रवाह गर्ने बताएका छन्। उनले बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभा उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रक्रियागत झन्झटकै कारण व्यवसायीले उद्योगधन्दाको योजना बनाउँदा बनाउँदै आधा उमेर जाने बताए।  ‘हामी प्रक्रियाको जञ्जालबाट सरलीकृत सेवातर्फ जान जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारले एकल बिन्दु सेवा केन्द्र सुरु गरिसकेको छ। यो सेवा प्रभावकारी नभएको हुन सक्छ। अब भने प्रभावकारी ढंगले अघि बढाउनेछौं।’ प्रधानमन्त्री ओलीले प्रक्रियागत झन्झटबा

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 160 पटक पढिएको
  • इजरायलमा श्रमिक पठाउन अझै अलमल

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) सरकारीस्तरमा श्रमिक पठाउनका लागि इजरायलसँग श्रम सम्झौता भएको सात महिना बितिसक्दा पनि श्रमिक पठाउने विषय टुङ्गो लाग्न सकेको छैन । दुवै देशबीचको श्रम सम्झौतामा पुसदेखि नेपाली श्रमिक इजरायल पठाउन सुरु गरिने भनिए पनि श्रमिक पठाउनका लागि बनाइएको कार्यविधि गत मङ्सिरदेखि श्रम,  रोजगार  तथा  सामाजिक  सुरक्षा मन्त्रालयमा रोकिएको छ ।मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतमणि पाण्डेले कार्यविधिका आवश्यक विषयमा  सरोकारवाला  र  सम्बन्धित मन्त्रालयसँग राय माग्ने काम गरिरहेकोे जानकारी  दिनुभयो ।  कार्यविधि  अन्तिम चरणमा पुगेको र यो

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 171 पटक पढिएको
  • भै‌‌सेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास तयार हुँदै

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि निवास र कार्यालयको काम तीव्र गतिमा अगाडि बढेको छ । सरकारले मुख्त्रीमन्त्री र प्रदेश प्रमुखका लागि ललिपुरको भैंसेपाटीस्थित आवास क्षेत्रमा निर्माण शुरु गरेको भवनको काम धमाधम भइरहेको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालयको काम ४५ प्रतिशत सम्पन्न भएको छ ।लकडाउनको अवधिमा पनि काम भएका कारण तोकिएकै समयसीमाभित्र भवन निर्माणको काम सम्पन्न गराउने गरी काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन समन्वय आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताउनुभयो । उहाँले मुख्यमन्त्री र प्रदेश

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 155 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.