राजनीति

    Showing 1,001-1,010 of 10,427 items.
  • प्रधानमन्त्रीले तीन करोड जनतालाई हेप्नुभयोे, सांसद पोखरेल

    काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्रीले दिनुभएको नेपाल–भारत सीमासम्बन्धी हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसदमा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि १९ दिन बितिसक्दा पनि कुनै आत्मालोचना नआएको बताउँदै देश र जनतालाई हेपेको टिप्पणी गरे । उनले भने,‘प्रधानमन्त्रीज्यूले जे कुरा अभिव्यक्त गर्नुभयो, आज १९ दिन भयो उहाँले संसदमा आएर यसको विषयमा मंैले गल्ती गरे भन्नुभएको छैन । देशलाई हेप्नुभयो । तीन करोड नेपाली जनतालाई हेप्नुभयो । राष्ट्रविरुद्ध बोल्नुभयो । प्रधानमन्त्रीको बोलीले र

    • प्रकाशित मितिः असार ४, २०८३
    • 148 पटक पढिएको
  • ‘स्वर्णिम बजेट’ समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य

    काठमाडौं । दुई तिहाइ नजिकको राजनीतिक समर्थन पाएको सरकारले अर्थमन्त्री डा स्वर्णिम वाग्लेमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०८३ र ८४ को बजेटलाई पछिल्लो तीन दशकयताकै सबैभन्दा सुधारमुखी बजेटका रूपमा हेरिएको छ । कर प्रणाली, प्रशासनिक पुनर्संरचना, ऊर्जा, वित्तीय क्षेत्र तथा निजी लगानी प्रवद्र्धनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गर्दै सरकारले आर्थिक पुनरुत्थानको नयाँ आधार तयार गर्ने प्रयास गरेको दाबी गरेको छ । २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। सरकारले आगामी आर्थिक व

    • प्रकाशित मितिः असार ४, २०८३
    • 141 पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्ति र गृहमन्त्रीको सफाइबारे संसदमा जवाफ चाहियो, सांसद केरुङ

    काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गरेका राष्ट्रियता र सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट प्रमाण प्रस्तुत गर्न सरकारसँग माग गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केरुङले संसदको गरिमा र मर्यादासँग जोडिएका विभिन्न विषयमा आफूहरूले चरणबद्ध रूपमा सरकार र सदनको ध्यानाकर्षण गराउँदै आएको बताए । उनले प्रधानमन्त्रीले यसअघि संसद्मा व्यक्त गरेका राष्ट्रियता तथा सीमा सम्बन्धी विषय अहिले सर्वसाधारण नागरिकमा चासो र चिन्ताको विषय बनेको उल्लेख गरे । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिसँग सम्बन्धित प्रमाण तथा संसद्को अभिलेखमा रहेको विषयबा

    • प्रकाशित मितिः असार ४, २०८३
    • 153 पटक पढिएको
  • आन्तरिक किचलोमा कांग्रेस, संस्थापन इतर पक्षको ४ विकल्प

    काठमाडौं— नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् गहिरिँदै गएको संकेत देखिएको छ। संस्थापन पक्षले एकताको प्रस्ताव अघि सारे पनि संस्थापन इतर समूहले त्यसप्रति सकारात्मक प्रतिक्रिया नजनाउँदै आफ्ना रणनीतिक छलफललाई तीव्र बनाएको छ।स्रोतका अनुसार पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै इतर समूहले आगामी कदमबारे औपचारिक निर्णय लिन सक्ने तयारी गरेको छ। यसअघि संस्थापन पक्षले पार्टीभित्र सहमति र एकताका लागि सातबुँदे प्रस्ताव पठाएको दुई साताभन्दा बढी समय बितिसकेको भए पनि त्यसमा कुनै औपचारिक प्रतिक्रिया आएको छैन।उपसभापति विश्वप्रकाश शर्माले जेठ १६ गते शीर्ष नेताहरूलाई पठाएको उक्त प्रस्तावमाथि देउवा–

    • प्रकाशित मितिः असार ४, २०८३
    • 401 पटक पढिएको
  • के साँच्चै पाउलान् त सुकुम्बासीले लालपुर्जा ?

    काठमाडौं। भूमिहीन भएर पुस्तौंदेखि बसोबास गर्दै आएका हजारौं परिवारका लागि सरकारले असारको तस्रो सातादेखि लालपुर्जा वितरण गर्ने तयारी गरेको छ । वास्तविक सुकुम्वासीहरुलाई सरकारले यही असारको तेस्रो सातादेखि लालपुर्जा वितरण सुरु गर्ने घोषणा गरेको हो।प्रतिनिधिसभामा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले लालपुर्जा वितरणको तयारी पूरा हुन लागेको बताइन्।सरकारका अनुसार भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान, तथ्याङ्क संकलन र आवश्यक प्रशासनिक प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ। संसदमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौंका सुकुमवा

    • प्रकाशित मितिः असार ४, २०८३
    • 157 पटक पढिएको
  • लिङ्देनमाथि नेतृत्व असफल भएको आरोप लगाउँदै चम्पा अधिकारीद्वारा राप्रपा परित्याग

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी केन्द्रीय सचिव चम्पा अधिकारीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राप्रपा परित्याग गरेकी छन्।बिहीबार सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै उनले राप्रपाले आफ्नो मूल विचार र एजेन्डाबाट विचलित भएको आरोप लगाएकी छन्। पार्टीले उठाउँदै आएको सनातन हिन्दु धर्म, राजसंस्था लगायतका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउन नेतृत्व असफल भएको उनको निष्कर्ष छ।‘नेपालका बहुसंख्यक नागरिक सनातन हिन्दु परम्परामा आबद्ध हुँदाहुँदै पनि सडक, सदन र सरकार कुनै पनि तहमा ती मुद्दा सशक्त रूपमा उठाउन स

    • प्रकाशित मितिः असार ४, २०८३
    • 384 पटक पढिएको
  • नेपाल प्रजातन्त्र सेनानी संघ झापाको उपाध्यक्षमा शेखरनाथ अधिकारी मनोनित

    विर्तामोड—  नेपाल प्रजातन्त्र सेनानी संघ झापाको रिक्त उपाध्यक्ष पदमा शेखरनाथ अधिकारी मनोनित भएका छन्। स्वास्थ्य समस्याका कारण निर्वाचित उपाध्यक्ष उत्तम सुवेदीले राजीनामा दिएपछि रिक्त रहेको पदमा संघको विधानअनुसार अधिकारीलाई जिम्मेवारी दिइएको हो।संघका अध्यक्ष लिलक सिटौलाको अध्यक्षतामा बसेको बैठकले अधिकारीलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको सचिव पङ्कज घिमिरेले जानकारी दिएका छन्। सोही बैठकले विधानबमोजिम केदार खड्का, नारायण पौडेल र दिपेन पाठकलाई संघको सदस्यमा पनि मनोनित गरेको छ।बैठकले प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा तथा झापाको धुलाबारी निवासी याम भण्डारीको असामयिक निधनप्रति गहिरो

    • प्रकाशित मितिः असार ४, २०८३
    • 400 पटक पढिएको
  • हर्क साम्पाङको विरोधले संसद अवरुद्ध, प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं । श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि बुधबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ।विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल चलिरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क) साम्पाङ ले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग्न खोजेका थिए। तर, सभामुख डोलप्रसाद अर्यालले संसदीय प्रक्रिया उल्लेख गर्दै उनलाई बोल्न अनुमति दिएनन्।सभामुखले रोकेपछि असन्तुष्ट बनेका श्रम संस्कृति पार्टीका सांसदहरूले संसदको वेल घेराउ गर्दै विरोध जनाएका थिए। विरोध जारी रहेपछि बैठकको कार्यसूची प्रभावित बनेको थियो।संसदीय अवरोध हट्न नसकेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।साना दलको आवाज दबाइएको भन्द

    • प्रकाशित मितिः असार ३, २०८३
    • 211 पटक पढिएको
  • सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ मन्त्री तिमिल्सिना

    काठमाडौं । सूचना तथा सञ्‍चार मन्त्री डा विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे ।मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतामाथि कसैले कुनै कदम उठाएको भए सरकारले त्यसविरुद्ध आवश्यक कारबाही गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले पत्रकारहरूको हकहित संरक्षणका लागि स्थापना भएका संस्था तथा संगठन खारेज गर्ने प्रयास अन्तर्राष्ट्रिय श्रम तथा प्रेस स्वतन्त्रतासम्बन्धी मान्यताविपरीत भएको भन्ने विषयमा आफू स्पष

    • प्रकाशित मितिः असार ३, २०८३
    • 182 पटक पढिएको
  • जर्मनीबाट नेपाललाई ५ अर्बभन्दा बढी सहयोग, ऊर्जा र स्वास्थ्य क्षेत्रमा लगानी बढ्ने

    काठमाडौं । जर्मनीले नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी वार्तापछि जर्मनीले आगामी दुई वर्षका लागि ३ करोड ७६ लाख युरो ९करिब ५ अर्ब ८० करोड रुपैयाँ० बराबरको आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।उक्त सहयोग मुख्यतः ऊर्जा, स्वास्थ्य, दिगो आर्थिक विकास र पूर्वाधार सुधारका क्षेत्रमा खर्च गरिने बताइएको छ। जर्मनीले नवीकरणीय ऊर्जा प्रवर्द्धन, विद्युत् वितरण प्रणाली सुधार, कृषि क्षेत्रको आधुनिकीकरण, राजस्व प्रणाली सुदृढीकरण तथा वित्तीय पहुँच विस्तारमा समेत सहयोग गर्नेछ।दुवै देशबीच सम्पन्न द्विपक्षीय वार्तामा विका

    • प्रकाशित मितिः असार ३, २०८३
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.