राजनीति

    Showing 1,041-1,050 of 7,637 items.
  • जेन्जीसहिति वित्तीय पीडितले कार्तिक १६ गते आन्दोलन गर्ने

    काठमाडौं— पहिला देश (पिपुल्स रेभुलेसन) अभियानले प्रधानमन्त्री शुसिला कार्कीले राष्ट्रको हितमा काम गर्ने छाँट नदेखिएको भन्दै राजीमाको माग गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारले न्याय नदिएको भन्दै कार्तिक १६ गतेदेखि सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छ ।जेन्जीले गरेको ऐतिहासिक आन्दोलनबाट जनताले ठूलो आशा राखेको तर वर्तमान सरकारले वेवास्ता गरेको भन्दै पहिला देशका संयोजक एसपी शाहले जेन्जी, लघुवित्त, सहकारी, मिटर व्याज, बैंकलगायतका पीडितले न्याय नपाउन्जेल निरन्तर संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।शाहले संविधान परिमार्जन सभाको गठनको माग गर्दै आफूह

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 423 पटक पढिएको
  • अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न निर्देशन

    काठमाडौं— काठमाडौं महानगरपालिकाले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना खाली गर्न महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिने अल्टिमेटम दिएको हो ।नहटाए कारबाही गरी खाली गरिने जनाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 487 पटक पढिएको
  • आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा पुनः बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बिहीबारबाट प्रारम्भ भएको बैठकमा पार्टीका केन्द्रिय सदस्यहरुले आआफ्नो धारणा राख्नेक्रम जारी छ ।हिजो बसेको बैठकमा १५ जनाले आआफ्नो धारणा राखेका थिए । हिजोको बैठकमा केन्द्रीय सदस्यहरू— मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., लक्ष्

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 406 पटक पढिएको
  • रवि लामिछाने र छवि ओझाबीचको कानुनी लडाइँ अझै लम्बिँदै, सुनुवाइ स्थगित

    काठमाडौं— सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ।बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासले जोशीका कानुन व्यवसायीको अनुरोधमा पेशी स्थगित गर्ने निर्णय गरेको हो।बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्ना हिस्साको बिगो रकम बुझाए पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 506 पटक पढिएको
  • भाषण गर्दा ढलेका जिफन्टका उपाध्यक्ष गौतमको निधन

    बुटवल— नेकपा एमाले निकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ। विहिबार  केन्द्रीय कमिटी  सदस्य समेत रहेका गौतम भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए ।६५ वर्षीय गौतमलाई  तत्काल मणिग्रामस्थित क्रिमसन अस्पतालमा पुर्‍याइएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 472 पटक पढिएको
  • संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नयाँ कार्ययोजनाबारे छलफल

    काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ । बिहीबार सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बसेको हो । बैठकमा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम सम्बन्धमा छलफल भएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए ।उनले भने, ‘हामी कसरी अगाडि बढ्ने भन्ने बारेमा एउटा कार्ययोजना बनेको थियो तर अहिलेको समय परिवर्तन भएको छ । र यो परिवर्तित समयमा त्यो कार्ययोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । अब आउँदो समयमा भने त्यो कार्ययोजनामा के कुरा राख्ने के कुरा नराख्ने भन

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 146 पटक पढिएको
  • राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशकको खोजी, स्थायीलाई प्राथमिकता दिनुपर्ने

    भक्तपुर । भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सकहरुले कार्यकारी निर्देशक नियुक्तिमा स्थायी चिकित्सकहरुलाई प्राथमिकतामा राख्न माग गरेका छन् । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मालाई एक पत्र लेख्दै स्थायी चिकित्सकहरुले नयाँ कार्यकारी निर्देशक नियुक्तिको चर्चा चलिरहेका बेला स्थायीलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका स्थायी चिकित्सकहरूको तर्फबाट लेखिएको पत्रमा स्थायी दरबन्दी अनुसार समितिमा कार्यरत स्थायी चिकित्सकमध्ये वा नेपाल सरकारका स्थायी सेवामा रहेका चिकित्सकमध्येबाटै योग्य उम्मेदवारलाई कार्यकार

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 139 पटक पढिएको
  • गृहमन्त्रीलाई हटाउने निर्णय नभएको प्रधानमन्त्री कार्यालयको स्पष्टिकरण

    काठमाडौं । प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय नभएको स्पष्ट पारेको छ ।पछिल्ला दिनहरूमा गृहमन्त्री अर्याललाई हटाउने विषयमा विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिएको सूचनाले प्रधानमन्त्रीको ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले स्पष्टिकरण जारी गरेको छ ।बुधबार जारी विज्ञप्तिमा कसैलाई मन्त्री बनाउने वा हटाउने पूर्ण अधिकार प्रधानमन्त्रीलाई रहँदै आएको र कसैको दवाब वा प्रभावमा आधारित भएर यस्तो निर्णय हुने सवाल नै नउठ्ने उल्लेख गरिएको छ ।प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जेनेजी आन्दोलनबाट उ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 135 पटक पढिएको
  • २२ गते विश्वासको मत लिने मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको तयारी

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले अब आउने २२ गत्ते शनिबार विश्वासको मत लिने भएका छन् ।हिजो मुख्यमन्त्री सोनलको निवासमा बसेको सात दलीय गठबन्धनको बैठकबाट विश्वासको मत लिने निर्णय भएको जनाइएको छ । मुख्यमन्त्री सोनलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्नेभएका छन् । मन्त्रालयहरुको संख्यागत टुंगो लागिसके पनि मन्त्रालयको नाम टुंगो लाग्न बाँकी रहेको बताइएको छ । जसपा नेपालले भौतिक विकास मन्त्रालय समेत ४ र जनमत पार्टीले अर्थ सहित ३ मन्त्रालय भागवण्डा हुने निश्चित देखिएको छ ।यता, माओवादी केन्द्रले उर्जा, सिँचाइ तथा खानेपानी सहित दुई मन्त्रालय र नेकपा एकीकृत समाजवादीले उद

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 389 पटक पढिएको
  • बालुवाटार बैठकः सबै दलहरु निर्वाचनमा भाग लिन सहमत

    काठमाडौं— निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ ।बुधबार राति बालुवाटारमा  प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको पहिलो त्रिपक्षीय बैठक बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनले निर्वाचन सबै दलहरुले भाग लि तयार रहेको प्रतिक्रिया बैठकमा दिएको भन्दै अधिकांश राजनीतिक दलले सरकार निर्वाचनका लागि अगाडि बढोस् हाम्रो साथ सहयोग रहन्छ भन्ने कुरा राखेको जानकारी दिए । उनले भने,

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 405 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा