काठमाडौं— संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बिहीबार आह्वान गरिएको छ ।बिहीबार दिउँसो २ बजे बस्ने गरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जनाकारी दिए ।बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्ने महासचिव पाण्डेले जनाकारी दिए ।
-देवेन्द्र किशोर ढुङगाना प्रधान सम्पादक 'स्वतन्त्र आवाज'नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएको समानान्तर गतिविधि केवल संगठनात्मक असहमतिको सामान्य अभिव्यक्ति होइन; यो पार्टीको संस्थागत संरचना, वैधानिकता र राजनीतिक संस्कृतिमाथि गम्भीर प्रश्न उठाउने चरणमा प्रवेश गरिसकेको संकेत हो। विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व र त्यसलाई अस्वीकार गर्ने पुरानो संस्थापनबीचको टकराव अहिले खुला शक्ति–प्रदर्शनमा परिणत भएको छ, जसले कांग्रेसलाई नीतिगत बहसभन्दा टाढा र गुटगत प्रतिस्पर्धाको दलदलमा गहिर्याउँदै लगेको छ।विवादको मूल जरो विशेष महाधिवेशनकै वैधानिकतामा निहित छ। निर्वाचन आयोगले त्यसलाई आधिकारिकता दिए प
काठमाडौं— शोभा पाठकले नेकपा एमाले सचिब महेश बस्नेत कानूनको दायराबाट कदापी उम्कन नसक्ने दाबी गरेकी छन् ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाठकले सचिव वस्नेतलाई कुनै हालतमा उम्कन नदिने र कानूनी दायरामा ल्याएर छाड्ने चेतावनी दिएकी हुन् ।सरकारले ल्याउन नमिले पनि कानूनले आफूले कानुनी दायरबाट पक्राउ गर्ने बताइन् । उनले कठालो समातेर माइती घरमा घिसार्दै ल्याउने समेत अडान राखिन् ।‘महेश बस्ने कदापि उम्कन सक्नुहुन्न । कानुनी दायरामा ल्याएर छाड्छु । म बाचा गर्छु यो कुनै आरोप होइन । सुधन गुरुङ र बालेन शाहको धावा दिएर बोल्दैछन । सरकारले ल्याउन मिल्दैन होला तर मैंले ल्याउन मिल्छ । म कठालो समातेर माइती
काठमाडौं— नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक मंगलबारदेखि सुरू भएको छ ।नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक अहिले जारी छ ।बिहान ११ बजे धुम्बाराहीको होटल स्मार्टमा बोलाइएको दुई दिने बैठकका लागि इतर समूहले तीनवटा एजेन्डामा छलफल भइरहेको छ ।बैठकमा लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुनेछ ।बैठक १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित र गत असोज २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेर
काठमाडौं— गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टिमबीच छलफल भएको छ ।मंगलबार भएको छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो ।सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ ।साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय गरिएको छ । तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी गराइएको छ ।
काठमाडौं— रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।आज बिहान बुढानिलकण्ठस्थित ठाकुरको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजना लगायत विषयमा छलफल भएको छ ।पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुबै पक्ष एकमत भएका छन् ।
काठमाडौं— संसद् सचिवालयले सरकारको सिफारिसअनुसार संघीय संसद्को अधिवेशनअघि सर्वदलीय बैठक आह्वान गरेको छ। प्रतिनिधिसभाबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ।सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन्।प्रतिनिधिसभाको पहिलो बैठकले सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ। त्यस्तै, राजनीतिक दलहरूले चाहेको खण्डमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने चलन पनि रहनेछ।
काठमाडौं— नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू हुँदैछ ।नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।बिहान ११ बजे धुम्बाराहीको होटल स्मार्टमा बोलाइएको दुई दिने बैठकका लागि इतर समूहले तीनवटा एजेन्डा तय गरिएको छ ।बैठकमा लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ ।
काठमाडौं— नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ ।बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११बजे बस्ने भएको हो । बैठकमा आन्दोलनको विषय र दलको नेता छनोटबारेमा छलफल हुने छ ।
काठमाडौं— काठमाडौंको तत्कालीन सीडिओ छवि रिजाल आज बिहान सुविधानगरबाट पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा उनी काठमाडौंका सीडिओ थिए। जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।आयोगको प्रतिवेदन र मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ परिसकेका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.