राजनीति

    Showing 1,051-1,060 of 10,427 items.
  • संसद्‍मा मन्त्री खोज्दै उभिए राजेन्द्र राई, बोलेनन् एक शब्द पनि

    काठमाडौं। प्रतिनिधिसभामा आइतबार अनौठो दृश्य देखियो । बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्न रोस्टममा पुगेका एमाले सांसद राजेन्द्रकुमार राईले भाषण दिनुको सट्टा मन्त्रीहरूको उपस्थिति माग्दै मौन विरोध जनाए ।९ वटा मन्त्रालयको बजेटमाथि एकैसाथ छलफल भइरहेका बेला सम्बन्धित मन्त्रीहरू संसद्मा उपस्थित नभएको भन्दै राईले आपत्ति जनाए । उनले आफूले उठाउने प्रश्न र सुझाव सुन्ने मन्त्री नै नहुँदा बोल्नुको कुनै अर्थ नरहने तर्क गरे । ‘संसद् विधिअनुसार चल्ने हो भने सम्बन्धित सबै मन्त्री उपस्थित हुनुपर्छ,’ भन्दै राई रोस्टममै अडिग रहे । सभामुखले पटक–पटक बोल्न आग्रह गरे पनि उनले आफ्नो अडान छाडेनन् । बरु मन्त्रीहरू उपस्

    • प्रकाशित मितिः असार १, २०८३
    • 111 पटक पढिएको
  • बागमतीको बजेटमा विकासलाई जोड, भौतिक मन्त्रालयलाई सबैभन्दा ठूलो हिस्सा

    बागमती। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सरकारले चालु खर्चभन्दा विकास निर्माणमा बढी रकम छुट्याउँदै पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।कुल बजेटमध्ये करिब ४४ अर्ब रुपैयाँ पूँजीगत अर्थात् विकास खर्चमा विनियोजन गरिएको छ भने करिब २३ अर्ब रुपैयाँ चालु खर्चका लागि छुट्याइएको छ । सबैभन्दा बढी २५ अर्ब ६० करोड रुपैयाँ भौतिक पूर्वाधार विकास मन्त्रालयले पाएको छ ।सरकारले स्वास्थ्य, खानेपानी, ऊर्जा, सिँचाइ, कृषि र पर्यटन क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको छ । विपन्न नागरिकका लागि ‘मुख्यमन्त्री विपन्न आवास कार्यक्रम’ अन्तर्गत एक

    • प्रकाशित मितिः असार १, २०८३
    • 125 पटक पढिएको
  • चीनसँग प्रत्यक्ष पार्टी सम्बन्ध बनाउन रास्वपा इच्छुक छ : परराष्ट्रमन्त्री खनाल

    बेइजिङ। भ्रमणमा रहेका परराष्ट्रमन्त्री तथा रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच महत्वपूर्ण भेटवार्ता भएको छ । भेटका क्रममा चीनले रास्वपासँग मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउन चाहेको बताउँदै राजनीतिक आदानप्रदान, रणनीतिक संवाद र शासन अनुभव साझेदारीलाई विस्तार गर्न प्रस्ताव गरेको छ ।जवाफमा खनालले नेपाल र चीनबीच सात दशक लामो कूटनीतिक सम्बन्ध रहेको स्मरण गराउँदै नेपाल पञ्चशीलको सिद्धान्त र एक चीन नीतिप्रति दृढ रहेको स्पष्ट पारे । उनले कुनै पनि चीनविरोधी गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता समेत

    • प्रकाशित मितिः असार १, २०८३
    • 119 पटक पढिएको
  • मन्त्रीहरूको अभिव्यक्तिप्रति विश्वप्रकाशको चिन्ता, प्रधानमन्त्रीलाई दिए सुझाव

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले प्रधानमन्त्री बालेन शाह लाई आफ्ना मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयमता अपनाउन ध्यान दिन आग्रह गरेका छन्।भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदारको “खुट्टा भाँचिदिनुस्” भन्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै शर्माले यस्तो भाषा र व्यवहारले समाजमा गलत सन्देश जाने बताएका हुन्।भिडिओ सन्देशमार्फत उनले पछिल्ला दिनमा विभिन्न ठाउँमा देखिएका आक्रामक र दण्डात्मक गतिविधिहरूको उदाहरण दिँदै समाजमा हिंसात्मक सोच बढ्न थालेको हो कि भन्ने चिन्ता व्यक्त गरे। उनले धनगढीमा एक श्रमिक महिलाको टेम्पो भीरबाट खसालिएको

    • प्रकाशित मितिः असार १, २०८३
    • 100 पटक पढिएको
  • जनमतको नयाँ ‘मिसन’, वैकल्पिक शक्ति बनाउने कसरत सुरु

    काठमाडौं। राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत देखिएको छ। जनमत पार्टीले पुराना दलहरूको विकल्पका रूपमा नयाँ राजनीतिक शक्ति निर्माण गर्न पहल थालेको छ। श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) जस्ता दलहरूसँग सहकार्य गर्दै ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ गठन गर्ने निर्णय जनमतले गरेको हो।मोर्चाबन्दीको प्रयास मात्र नभई आगामी दिनमा पार्टी एकीकरणसम्म पुग्न सक्ने दृढ संकल्पका साथ अगाडि बढिएको जनमतले जनाएको छ ।  यसका लागि पार्टीले नरेन्द्र चौधरीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। टोलीमा जयकान्त राउत र प्रमोदकुमार गुप्ता सदस्य छन्।

    • प्रकाशित मितिः असार १, २०८३
    • 162 पटक पढिएको
  • इरान–अमेरिका सम्झौता स् दुवैले जितको दाबी गरे, इजरायलले भन्यो– हामी मान्दैनौं

    काठमाडौं। साढे तीन महिनादेखि जारी तनावपछि इरान र अमेरिका युद्धविरामतर्फ उन्मुख देखिए पनि मध्यपूर्वमा नयाँ राजनीतिक तरंग पैदा भएको छ। दुवै पक्षले आफूलाई विजेता घोषणा गरिरहेका बेला इजरायलले भने सम्झौताबाट दूरी कायम गर्दै युद्ध जारी राख्ने संकेत दिएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको समुद्री नाकाबन्दी हट्ने र विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुल्ने घोषणा गरेका छन्। यता इरानले भने अमेरिकालाई ‘आत्मसमर्पण गर्न बाध्य बनाएको’ दाबी गर्दै यसलाई आफ्नो रणनीतिक जितका रूपमा प्रस्तुत गरेको छ।तेहरानमा शान्तिको आशा र अविश्वास दुवै देखिएको छ। केही नागरिक युद्ध अन्त्यको सम

    • प्रकाशित मितिः असार १, २०८३
    • 232 पटक पढिएको
  • सुकुम्बासीले सरकारलाई दिए एक हप्ते अल्टिमेटम ‘पुनर्वास नभए थापाथली फर्किन्छौं’

    काठमाडौं। काठमाडौं उपत्यकाबाट हटाइएका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले सरकारलाई एक साताको अन्तिम चेतावनी दिएका छन्। सम्मानजनक पुनर्वास, भूस्वामित्वको ग्यारेन्टी र उचित क्षतिपूर्तिको निर्णय तत्काल नगरे आफूहरू पुरानै बस्तीमा फर्किने उनीहरूको घोषणा छ।कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका पीडित परिवारहरूले प्रधानमन्त्री, गृहमन्त्री र सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउँदै राज्यले आफूहरूलाई नागरिकभन्दा पनि बोझसरह व्यवहार गरेको आरोप लगाएका छन्।उनीहरूको दाबी छ- वैकल्पिक व्यवस्था बिना घरटहरा भत्काउँदा हजारौं परिवारको बसोबास, रोजगारी, शिक्षा र दैनिक जीवन नै तहसनहस भएको छ। अहिले होल्डिङ

    • प्रकाशित मितिः असार १, २०८३
    • 111 पटक पढिएको
  • ६ अर्बले घट्यो मधेशको बजेट, विकास खर्चमा बढी जोड

    जनकपुरधाम।  मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब ६ अर्ब रुपैयाँले कम हो।प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले कुल बजेटमध्ये १४ अर्ब ६६ करोड रुपैयाँ चालु खर्च र २६ अर्ब ४७ करोड रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको जानकारी दिए। यसबाट प्रदेश सरकारले प्रशासनिक खर्चभन्दा विकास निर्माणलाई प्राथमिकतामा राखेको देखिन्छ।बजेट व्यवस्थापनका लागि प्रदेशले ११ अर्ब २२ करोड रुपैयाँ आन्तरिक राजस्व, १२ अर्ब ८३ करोड रुपैयाँ राजस्व बाँडफाँड, १७ अर्ब ५९ करोड रुपैयाँ सं

    • प्रकाशित मितिः असार १, २०८३
    • 108 पटक पढिएको
  • सर्वोच्चको आदेशपछि वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति बदर

    काठमाडौं— सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्यमा सरकारले गरेको नियुक्ति प्रक्रिया कानुनविपरीत रहेको ठहर गर्दै उक्त नियुक्ति खारेज गरेको छ। अदालतले अब योग्यताक्रमका आधारमा नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन सरकारका नाममा परमादेश जारी गरेको छ।सरकारले पूर्व सैनिक अधिकारीसहित विभिन्न व्यक्तिलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो। तर, नियुक्तिका क्रममा योग्यताक्रमलाई बेवास्ता गरी वर्णानुक्रमलाई आधार बनाइएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।रिटमाथिको सुनुवाइपछि अदालतले नियुक्ति प्रक्रिया सुशासनसम्बन्धी कानुनी व्यवस्था र निष्पक्ष प्रतिस्पर्धाको सिद्ध

    • प्रकाशित मितिः असार १, २०८३
    • 504 पटक पढिएको
  • मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

    जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३ र ८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । उक्त रकम गत वर्ष भन्दा १३ प्रतिशत कम हो ।सोमबार बसेको मधेश प्रदेश सभाको बेठकमा अर्थमन्त्री भट्टराईले बजेट प्रस्तुत गरेका छन् । यस वर्षको बजेटमा कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारलाई पहिलो प्राथमिकतामा राखिएको छ ।बजेटमा समावेश गरिएको मुख्य पक्षहरुउद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका निम्त २ अर्व ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, मधेस प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशतले बढाएको छ । मधेस प्रदेश सरकारले सन् २०२६ देखि २०३६ सम्मका लागि ‘डिजिटल मधेस दशक’ घोषण

    • प्रकाशित मितिः असार १, २०८३
    • 171 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.