काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारले राष्ट्रिय सीमा सुरक्षाभन्दा सुकुम्वासी व्यवस्थापनलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।पोखराबाट फर्किएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रसाईँले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेन शाहप्रति लक्षित टिप्पणी गरेका हुन् । उनले सुकुम्वासी बस्ती हटाउन डोजर चलाउनु भन्दा लिपुलेक–कालापानी क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।उनले भने, ‘भोलीदेखि भारत र चीनले मानसरोबरको बाटो खोल्दैछन् । नेपाली सेनालाई त्यहाँ पठाउनु नि ? आफ्नो भूमि फिर्ता ल्याउनुपर्दैन? ग्रेटर नेपालको नक्सा लगाएको होइन बालेन शाहल
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्य मनोनित भएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।पार्टी कार्यालय बनस्थलीमा आज सभापति रवि लामिछानेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । वैशाख ७ गते ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने सभापति लामिछानेको प्रस्ताव पारित भएको थियो ।
काठमाडौं— महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा तत्काल खबर गर्न आग्रह गरेको छ ।मन्त्रालयले आज एक सूचना जारी गर्दै हिंसा परेमा वा घटनाको बारेमा जानकारी पाएमा खबर गर्न आग्रह गरेको हो ।महिला तथा किशोरीहरुलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा ११४५ निःशुल्क हेल्पलाईन सेवा वा अस्पतालमा अवस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र वा नेपाल प्रहरीको टेलिफोन नं. १०० वा बाल हेल्पलाइन सेवा १०९८ वा यस मन्त्रालयको ईमेल [email protected],, मोवाइल नं.९८५१३११११२ मा सम्पर्क गरी वा whatsApp गरी तत्कालै जानक
कैलाली— सार्वजनिक जग्गामा बनेका अवैध संरचनामाथि कडा कारबाही गरिरहेको सरकार आफ्नै पार्टीभित्रको विवादमा तानिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको ‘डोजर नीति’कै बीच, प्रतिनिधिसभा सदस्य केपी खनालको घर ऐलानी जग्गामा निर्माण भएको तथ्य सार्वजनिक भएपछि नीति कार्यान्वयनमाथि प्रश्न उठेको छ।कैलालीको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिक निर्माणाधीन खनालको घर नक्सापास र लालपूर्जा बिना बनाइएको स्थानीय तहले जनाएको छ। नगरपालिकाका अनुसार सो क्षेत्रको जग्गा अझै कानुनी रूपमा दर्ता भएको छैन।खनालका स्वकीय सचिवले घर ऐलानी जग्गामै रहेको स्वीकार गरेका छन्। उनका अनुसार खनालका अभिभावकले भारतमा मजदुरी गरेर कमाएको
काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुने बताएकी छन् ।आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो जारी गर्दै उनले वधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुने भन्दै विधायिका संसद्ले बनाएको कानुनकै अधीनमा रहेर सरकारले काम गर्ने बताइन् ।उनले भनिन्, ‘विधिको शासनमा सरकार आफैँ पनि नियममा बाँधिएको हुन्छ । विधायिका संसद्ले बनाएको कानुनकै अधीनमा रहेर सरकारले काम गर्न मिल्छ । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको संरचनाको परिकल्पना गरेको छ ।’मन्त्री गौतमले नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहक
सुर्खेत— कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कर्णालीको समृद्धिका लागि युवाहरूको हस्तक्षेपकारी भूमिका आवश्यक भएको बताएका छन् । दोस्रो कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले कर्णालीको कर्णाली प्राकृतिक सम्पदा र अपार सम्भावनाको प्रदेश भएको बताए ।‘कर्णालीमा अपार सम्भावना छ,’ उनले भने, ‘केह पनि भएको छैन भन्ने भाष्य निर्माण गरी कर्णालीलाई गरिब देखाइएको छ ।’युवाहरूले उत्पादनमूलक क्रियाकलापबाट कर्णालीमै रोजगारी सिर्जना गरी समृद्ध कर्णालीको लक्ष्य साकार पार्न सकिने उनको भनाई छ ।‘कर्णालीमा रोजगारीका थुप्रै सम्भावनाहरू छन्, अग्र्यानिक कृषि उत्पादन र पर्यटन प्रबद्र्धनका कार्यक्रमले क
काठमाडौँ। विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको हो ।पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बस्न लागेको हो । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा– २०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शुक्रबार जारी गर्नुभएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन् ।सञ्चार, हवाई सेवा र मुद्रण क्षेत्रको पदमुक्तिनेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित सात पदाधिकारी पदमुक्त हुने भएका छन् । राष्ट्रिय समाचार समिति (
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक बोलाएका छन् । बैठक आज बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ सम्बन्धमा छलफल हुनेछ ।यस्तै, बैठकमा महाधिवेशन कार्यविधि २०८३ सम्बन्धको विषयमा र संसदीय दलको विधान संशोधन तथा अन्य विविध विषयहरूमा छलफल गरिनेछ ।
काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना प्रविधि अहिले नागरिकको आधारभूत आवश्यकता बनिसकेको बताएका छन् ।नवौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले डिजिटल युगमा सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता प्रवद्र्धन तथा नागरिक सशक्तीकरणका लागि सूचना प्रविधिको भूमिका अपरिहार्य भइसकेको उल्लेख गरे ।‘सूचना प्रविधिको विस्तारस् दिगो विकासको आधार’ भन्ने मूल नारासहित मनाइँदै गरेको दिवसका सन्दर्भमा मन्त्री तिमिल्सिनाले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.