राजनीति

    Showing 1,631-1,640 of 7,653 items.
  • भदौ ११ गते राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन हुने

    काठमाडौं— राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ। सोमबार सभामुख देवराज घिमिरेले भदौ ११ गते सभापतिको निर्वाचन हुने समय तालिका सार्वजनिक गरेका हुन् ।सभामुखको निर्देशनमा संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सूचना निकालेर भदौ ११ गते सभापतिको निर्वाचन हुने जानकारी गराएका छन्।संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार सभापति रिक्त भएको १५ दिनभित्र पदपूर्ति गरिसक्नुपर्ने छ ।

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 524 पटक पढिएको
  • उपराष्ट्रपति सुआनले आज पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने

    काठमाडौं— नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज स्वदेश फिर्ता हुनु अघि पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने भएकी छन् । गत शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति भो थि आन आज (सोमबार) पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ स्तुपाको भ्रमण गर्ने भएकी हुन् । उनी आज करिब २ : १५ बजे उपराष्ट्रपति भो थि आनलाई पाटनमा संस्कृति मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्थानीय सरकारका सम्बन्धित अधिकारीहरूहरुले स्वागत गर्ने छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विदाई उनलाई गर्नेछन् । 

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 541 पटक पढिएको
  • आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा कुलमानले गरे आह्वान

    लन्डन— नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा बस्ने नेपालीहरुलाई आह्वान गरेका छन्।लन्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आइतबार आयोजित १६ औं नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले बेलायत आउँदा नेपालीहरुले आफ्नो पहिचान, संस्कृति र भाषा पनि सँगै लिएर आएको र त्यो नेपालले गौरव गर्नु पर्ने विषय भएको बताए । उनले सगरमाथा, भगवान गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसार भरि चिनाएको भन्दै गोर्खा सैनिकहरुको माग जति सक्दो चाडो पुरा गर्न आग्रह पनि गरे।‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुरुप&

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 508 पटक पढिएको
  • आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

    काठमाडौं— आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सोमबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो । आज बस्ने बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथि छलफल हुने बताइएको छ । यसअघि कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई पदीय आचरण विपरीत काम गरेको भन्दै हस्ताक्षर संकलन गरेका थिए । कांग्रेसभित्र हस्ताक्षर संकलनको विषयमा विवाद छ भने गत साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको विवादमा परेका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थि

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 459 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक सोमबार दिनको २ः३० बजे समितिको बैठक कक्षमा बस्ने भएको हो । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 485 पटक पढिएको
  • जसपा नेपालले विरोध प्रदर्शन

    रौतहट— रौतहटको गौर हत्याकाण्डको विषयमा सर्वोच्च अदालतले गरेको आदेशको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध प्रदर्शन गरेको छ । आइतबार जसपा नेपालका कार्यकर्ताहरूले जनकपुरमा विरोध प्रदर्शन गरेका हुन् । पार्टी अध्यक्ष उपेन्द्र यादव मुछिएको गौरमा भएको हत्याकाण्ड विषयमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले आदेश जारी गरेपछि जसपा नेपाल आन्दोलित छ । 

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 485 पटक पढिएको
  • भयतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

    काठमाडौं— नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । आइतबार भियतनामका उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 528 पटक पढिएको
  • नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

    काठमाडौं— उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ । आइतबार दुवै उपराष्ट्रपतिबीच भेटवार्ता भएको हो ।भेटवार्तामा धार्मिक समानता, धार्मिक तथा सांस्कृतिक पर्यटनका सम्भावना, द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधि र जनस्तरको सम्बन्ध विस्तारजस्ता विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 613 पटक पढिएको
  • एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्छः झलनाथ खनाल

    काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता नेपालको राष्ट्रिय हित, संविधान र भू–राजनीतिक सन्तुलनविरुद्ध भएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित दोस्रो काठमाडौं संवाद शृंखलामा बोल्दै उनले एमसीसी सम्झौताको प्रक्रिया र मर्मप्रति गहिरो असन्तोष व्यक्त गर्दै यसलाई राष्ट्रिय घात र शर्मनाक नाटकको संज्ञा दिए ।खनालले एमसीसी सम्झौता अमेरिकाको दक्षिण एसिया रणनीतिअन्तर्गत तयार पारिएको उल्लेख गर्दै यसले नेपालका छिमेकी मुलुकहरु—चीन र भारतसँगको सम्बन्धमा दीर्घकालिन असर पार्न सक्ने चेतावनी दिए ।उनले सम्झौताप्रति सर्वसाधारण, बुद

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 550 पटक पढिएको
  • राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए । विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तराष्ट्रिय स्तरमा पुगेको बताए । उनिहरुले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन् । आमा पद्माले  आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 533 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा