राजनीति

    Showing 1,701-1,710 of 7,653 items.
  • ट्रम्पलाई भेट्न जेलेन्स्की सहित युरोपेली नेताहरू अमेरिका जाँदै

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सहित युरोपेली नेताहरु सोमबार अमेरिका जाँदैछन् ।युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले आइतबार भनिन् कि उनी र अन्य युरोपेली नेताहरू, साथै युक्रेनी राष्ट्रपति जेलेन्स्की, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न सोमबार वाशिंगटन जाँदैछन् ।“राष्ट्रपति जेलेन्स्कीको अनुरोधमा, म भोलि ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र अन्य युरोपेली नेताहरूसँगको बैठकमा सामेल हुनेछु,“ भोन डेर लेयनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी छन् ।जेलेन्स्कीसँगको पछिल्ला पत्रकार सम्मेलनमा भोन डेर लेयनले भनि

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 561 पटक पढिएको
  • आजदेखि काठमाडौंमा हिन्दूकुश हिमालय संसदीय बैठक

    काठमाडौं— ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आजदेखि सुरु हुँदैछ । हिन्दूकुश क्षेत्रका मुुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नविन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले आयोजित सो बैठकको संयोजक सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले गरेको हो ।अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा हुने बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका देशहरू नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता हुनेछ ।साथै ब

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 460 पटक पढिएको
  • सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ: प्रधानमन्त्री ओली

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली युवा बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको उल्लेख गरेका छन् ।‘इजरायलमा हमास समूहले बन्धक बनाएका बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो ।  इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति H=E= Mr= Isaac Herzog  र संसद अध्यक्ष H=E= Mr= Amir इजबलब सँग भेटेर बिपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नु भएको छ । यसअघि

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 554 पटक पढिएको
  • भारतीय विदेश सचिवको ‘बसाइँ’ प्रति एमाले नेता बस्नेतको आपत्ति

    काठमाडौं— भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताको एउटा तस्बिरलाई लिएर नेकपा (एमाले) का नेता महेश बस्नेतले आपत्ति जनाएका छन् । उक्त तस्बिरमा मिस्री प्रधानमन्त्रीसँग भेट्दा खुट्टा चडाएर बसेको देखिन्छ, जसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया निम्त्याएको छ ।नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा यसलाई सम्मानजनक व्यवहार मानिँदैन। प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगिमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ ।’उनले व्यक्तिगत सहजता देखिए

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 453 पटक पढिएको
  • कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम रानामगर

    काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा इच्छुराम रानामगर सर्वसम्मत चयन भएका छन् ।कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्पन्न तेश्रो राष्ट्रिय महाधिवेशनबाट रानामगरको नेतृत्वमा ३२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।उपसभापतिमा कृष्ण थापामगर, उमा थापामगर र जनककुमार वाँठामगर, महामन्त्रीमा रामबहादुर थापामगर, सहमहामन्त्रीमा खडकबहादुर थापा, हस्त पुन, सरिता रानामगर र कोषाध्यक्षमा गायत्री रानामगर चयन भएका छन् ।केन्द्रीय कार्यसमितिका सदस्यहरू बमेन्द्रबहादुर बुर्जामगर, मानबहादुर मगर, ओमबहादुर मगर, रमेश थापामगर, सुरेश थापामगर, देवीकुमारी बुढा, गोपाल रानामगर, नारा

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 496 पटक पढिएको
  • तीनवटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद्अन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो ।जसमा बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने का

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 439 पटक पढिएको
  • नागरिकताको आवेदनमा आमा वा बुबाको विवरण अनिवार्य उल्लेख हुनुपर्ने

    काठमाडौं— विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल भएको छ ।बैठकमा गृहमन्त्री रमेश लेखकले समाजमा देखिएका नयाँ चुनौतीका आधारमा कानुन परिमार्जन आवश्यक भएको धारणा राखे ।लेखकले भने, ‘कानुन निर्माणको सिद्धान्त नै समाज समय सापेक्षरूपमा परिवर्तन हुने भएकाले त्यसअनुसार कानुनहरू निर्माण गर्नुपर्ने हो । हिजो नागरिकता सम्बन्धी जुन विषयहरू देखिएका थिएनन्, आज ती देखिएका छन् । भोलि थप विषयहरू देखा परेमा त्यसलाई सम्बोधन गर्नैपर्छ ।’उनले नेपालको नागरिकताको मूल सिद्धान्त वंशको आधारमा नागरिकता प्रदान गर्ने भएको उल्लेख गर्दै भने, ‘आम

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 415 पटक पढिएको
  • कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।देउवा निवास बुढानिलकण्ठ आइतबार उनीहरूबीच भेटवार्ता भएको हो । उनीहरूबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ।बैठकमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए ।परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन् ।उनले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । भेटका क्रममा उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको परराष्ट्र स्रोतले जानकारी दिएको छ

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 503 पटक पढिएको
  • प्रचण्डसँग भारतीय विदेशसचिव मिस्रीको शिष्टाचार भेटवार्ता

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा भेटवार्ता गरेका हुन् । भेटमा नेपाल –भारत –द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 462 पटक पढिएको
  • मोहन डाँगी भन्छन निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायो

    काठमाडौं— स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन् ।आइतवार विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बन्धोन गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले उक्त कुरा बताएका हुन् ।‘विद्युत प्राधिकरण र इप्पान मिलेर देशलाई समृद्धिको मार्गमा लैजान योगदान गरी इतिहास रच्ने सुनौलो अवसर पाएको समयमा एकमात्र विद्युत खरिदकर्ता र वितरणकर्ताको हैसियतमा प्राधिकरण खपतबृद्धि, निर्यातबृद्धि र उत्पादनबृद्धिमा लाग्नु पर्ने हो,’डाँगीले भने, ‘तर बिडम्बना विद्युत प्राध

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 518 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा