राजनीति

    Showing 1,931-1,940 of 7,672 items.
  • मुख्यमन्त्री लामाले मन्त्रिपरिषद् बैठक बोलाए, आजै राजीनामा दिने तयारी

    मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।एक मन्त्रीका अनुसार मुख्यमन्त्री लामाले राजीनामा दिने तयारी गरेका छन्। नेपाली कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनले पदबाट राजीनामा दिने निर्णय लिएको स्रोतले जनाएको छ।त्यही सन्दर्भमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो। बैठकमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न राजनीतिक दल, कर्मचारी तथा निकायहरूलाई धन्यवाद दिनेछन्।बैठकपछि मुख्यमन्त्री लामाले औपचारिक रूपमा राजीनामा दिने तयारी गरेको ती मन्त्रीले जानकारी दिए।

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 537 पटक पढिएको
  • रास्वपाको मधेस प्रदेश बैठक बर्दिबासमा

    महोत्तरी— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेशस्तरीय पूर्ण बैठक आइतबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ। बैठकमा पार्टीको जिल्लागत प्रगति विवरण, पदपूर्ति प्रक्रिया, संगठन सबलीकरण अभियान, प्रशिक्षण कार्यक्रम, हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा प्रस्तावित राजनीतिक यात्रा तथा बारा र सप्तरी जिल्लासम्बन्धी गुनासोहरूमाथि विस्तृत छलफल गरिएको प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिए।बैठकमा रास्वपाका कार्यवाहक सभापति तथा सांसद डीपी अर्याल प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। त्यस्तै, मधेस प्रदेश इन्चार्ज, प्रवक्ता एवं सांसद मनिष झा, सांसद प्राडा। चन्दा कार्की, केन्द्रीय सदस्य डा। नन

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 483 पटक पढिएको
  • आज बालकृष्ण खाँण, टोबहादुर रायमाझीसहितको मुद्दा पेसीमा

     काठमाडौं— नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदै छ । न्यायाधीश डा. दिवाकर भट्टको इजलासको पहिलो नम्बरमा नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दा छ ।मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन् ।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भूमिका खेलेको आरोप लागेकामध्ये तत्कालीन उपप्रधानमन्त्री रायमाझी, गृहसचिव पाण्डेसहित केहीमात्र थुनामा छन् ।

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 539 पटक पढिएको
  • नेविसंघ दार्चुला–काठमाडौं सम्पर्क समितिमा नयाँ नेतृत्व

    काठमाडौं – नेपाल विद्यार्थी संघ(नेविसंघ) दार्चुला–काठमाडौं सम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न भएको छ ।शनिबार राजधानीस्थित नेपाल ल क्याम्पस, प्रदर्शनी मार्गमा आयोजित अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो ।अधिवेशनमार्फत ३० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको अध्यक्षमा अविरल महता निर्वाचित भएका छन् । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा विष्णु सिंह बोहरा चयन भएका छन् भने उपाध्यक्षमा गायत्री बम, राजेन्द्र महरा, जगदीश जोशी, माधव जोशी र कपुर विष्ट निर्वाचित भएका छन् ।सचिवमा सन्तोष खडायत र सुरज बिष्ट सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्षमा उर्मिला धामी (अनुस्का) निर्वाचित भएकी छिन्&n

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 1,380 पटक पढिएको
  • दुईवटा संसदीय समितको बैठक बस्दै,यस्तो छन् कार्यसूची

    काठमाडौं – आज संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितको बैठक बस्दैछ ।आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठके बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।साथै समितिमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्याङ्क र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने छ ।त्यसैगरी सार्वजनिक नीति

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 340 पटक पढिएको
  • बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने

    काठमाडौं –  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् ।लामाले आइतबार बिहान हेटौंडा पुगेर राजीनामा दिने भएका हुन् ।मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति भएपछि उनी राजीनामा दिन तयार भएको हुन् । लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ हुनेछन् । 

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 280 पटक पढिएको
  • नयाँ विद्रोहको तयारीमा छु : प्रचण्ड

    काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन् । आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरुले पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने र जालझेलहरु भइरहेको बताए । उनले भने,‘हामी शान्ति सम्झौतामा आउँदादेखि नै प्रतिक्रियावादीहरुले हाम्रो पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने,जालझेलहरु गर्ने र लगानी गर्ने जस्ता काम गर्दै आएका छन् ।’ त्यस्तै उनले प्रतिक्रियावाद

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 460 पटक पढिएको
  • नेपालमा गर्भपतन अधिकार : महिलाको अधिकारमा समाज नै बाधक

    काठमाडौं । पछिल्लो समय नेपालमा गर्भपतनसम्बन्धी विषय पेचिलो बन्दै गएको छ । गर्भपतनको मुद्दामाथि निरन्तर बहस जारी छ ।  यो विषय स्वास्थ्य, कानुनी अधिकार, सामाजिक सोच र लैङ्गिक समानतासँग जोडिएको छ । विगतका दिनमा गर्भपतन लुकीछिपी गरिन्थ्यो, औपचारिक दर्ता नै नगरिकन गर्भपतन गराउने चलन थियो । हिजोआज सरकारी स्वास्थ्य संस्थाहरूमा सुरक्षित रूपमा गर्भपतन गराउने संख्या बढ्दो छ र यसलाई एउटा सकारात्मक परिवर्तनको रूपमा लिन सकिन्छ । तर अझै पनि धेरै महिला निजी अस्पताल, क्लिनिक वा गैरसूचीबद्ध स्थानहरूमा लुकीछिपी गर्भपतन गराउने गरेको प्रशस्त उदाहारण छन् । यसले उनीहरूको ज्यानलाई असुरक्षित त बनाएको छ

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 323 पटक पढिएको
  • जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी दुवै कमजोर हुन्छ : डा शेखर कोइराला

    बिराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो ।नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे ।बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा राखे ।नेपाली कांग्रेस विराटनगर महानगर वार्ड नं ४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र दे

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 299 पटक पढिएको
  • माओवादी स्थायी समिति बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आ—आफ्नो धारणा राख्ने छन् ।शुक्रबारको बैठकमा प्रचण्डले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 293 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा