राजनीति

    Showing 1,931-1,940 of 10,434 items.
  • नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपतिको आग्रह

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरुलाईसमेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह गरेका छन् ।राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सो आग्रह गरेका हुन् ।‘नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ, नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्दैन’, उनले भने ।उनले नेपाललाई सुशासन विकास र

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 488 पटक पढिएको
  • नेकपाको कार्य संयोजन समितिको बैठक जारी

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ ।बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसिरहेको छ ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 145 पटक पढिएको
  • सिराहा नगरपालिकामा विवाद : मेयर डा.यादवमाथि कर्मचारी कुटेको आरोप

    सिराहा । सिराहा नगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट भएको गम्भीर आरोप सार्वजनिक भएपछि स्थानीय तहमा हलचल मच्चिएको छ ।नगरपालिकाका कार्यालय सहयोगी (का.सा.) रामशरण यादवले मेयर डा.नवीन यादवले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै सञ्चारमाध्यममार्फत घटना सार्वजनिक गरेका हुन् ।पीडित रामशरण यादवका अनुसार, उनी नियमित रूपमा बिहान करिब ९ बजे कार्यालयमा हाजिर लगाउन पुगेका थिए । सोही क्रममा मेयर डा। नवीन यादवले उनलाई ‘तिमी दरबन्दीमा हौ, कि काजमा रु’ भनेर सोधेका थिए। त्यसको जवाफमा उनले आफू काजमै रहेको बताएका थिए ।राम शरणका अनुसार, त्यसपछि मेयरले हाजिर लगाउन पर्दैन भनेका थिए । तर, उनी आफ्नो कर्तव्यअनुसार हाजि

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 180 पटक पढिएको
  • एसईई : हरेक विहान परीक्षा केन्द्रमा शिक्षकको माया : ‘गड ब्लेस यू’

    काठमाडौं । देशभर अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ । परीक्षा केन्द्रहरूमा विद्यार्थीहरू आफ्नो भविष्यको महत्त्वपूर्ण मोड पार गर्न व्यस्त छन् । तर यो केवल प्रश्नपत्र र उत्तरको मात्र कुरा होइन, यससँग जोडिएको छ भावनात्मक सम्बन्ध, आशा, चिन्ता र माया ।यस्तै एउटा मनछुने दृश्य ललितपुर धापाखेलस्थित जेम्स स्कूलका शिक्षकले विद्यार्थीप्रति देखाएको सहानुभूतिबाट स्पष्ट हुन्छ । त्यहाँका भाइस प्रिन्सिपल राम प्रसाद बस्याल प्रत्येक दिन परीक्षा सुरु हुनुअघि केन्द्रको गेटमा उभिन्छन् ।विद्यार्थीहरू भित्र छिर्नुअघि उनीहरूलाई मुस्कानसहित ‘गड ब्लेस यू’ भन्दै आशीर्वाद दिन्छन् । उनका शब्दहरू केवल श

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 189 पटक पढिएको
  • नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज बस्दै छ ।बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा निर्वाचनको बृहत् समीक्षा, पार्टी एकतालाई टुंग्याउनेसहित आगामी रणनीतिबारे छलफल हुनेछ ।बैठकको एजेन्डामा वर्तमान राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा प्रतिवेदन, महाधिवेशनको आयोजना, सरकार र संसद्, पार्टी पुनर्गठन तथा तात्कालिक कार्ययोजना र विविध छन्।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 469 पटक पढिएको
  • ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि हुने भएको छ ।ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्ने छन् ।आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो । ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ ।ओली र लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । उनीहरुलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ थियो ।अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 444 पटक पढिएको
  • संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

    काठमाडौं— संघीय संसद् सचिवालयले आज सर्वदलीय बैठक आह्वान गरेको छ ।दलहरुबीच सहमति जुटाउन संसद सचिवालयले आज बिहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको हो ।बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ ।आजको सर्वदलीय बैठकमा सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि छलफल हुने छ ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 481 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाडौं—  प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको छ ।बैठकमा गृहमन्त्री सुदन गुरुङले तीनवटा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ । आज प्रस्तुत हुने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन् ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 447 पटक पढिएको
  • आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

    काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।त्यसैगरी, राष्ट्रियसभाको बैठक आजै अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । सो बैठकमा ‘राष्ट्रियसभा सद

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 362 पटक पढिएको
  • कमजोर अभिव्यक्तिको राजनीति र राष्ट्रबारे खतराको संकेत

    -देवेन क्षेत्री समाचार बिश्लेषक भद्रपुर : नेपालको राजनीतिक वृत्तमा पछिल्ला दिनहरूमा एउटा अभिव्यक्ति तीव्र बहसको विषय बनेको छ—सांसद महावीर पुनले दिएको “कमजोर देशको लामो आयु हुँदैन” भन्ने टिप्पणी हो । यस भनाइले केवल एउटा वैचारिक मत प्रस्तुत गरेको छैन, बरु राष्ट्रिय मनोबल, राज्यप्रति नागरिकको विश्वास र नेतृत्वको जिम्मेवारीबारे गम्भीर प्रश्नहरू उठाएको छ। अझ, आलोचनाको सामना गर्दा पनि उक्त अभिव्यक्तिलाई दोहोर्याउँदै आलोचकहरूलाई “बुद्धि नभएको” भन्नुले विषयलाई थप संवेदनशील र विवादास्पद बनाएको छ।राजनीति केवल नीतिनिर्माणको प्रक्रिया मात्र होइन; यो समाजलाई दिशा दिने, आशा जगाउने र संकटका बेला एकजुट ग

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 278 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.