राजनीति

    Showing 2,951-2,960 of 7,045 items.
  • चौथोपटक प्रधानमन्त्री भएपछि ओलीको पहिलो विदेश भ्रमण थाइल्याण्ड

    काठमाडौं–चौथोपटक प्रधानमन्त्री भएपछि केपी शर्मा ओली पहिलो विदेश भ्रमणमा जान लाग्नुभएको छ । उनी आगामी भदौको तेस्रो हप्ता थाइल्याण्डको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओली छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन आगामी सेप्टेम्बर ४ र ५ (भदौ १९ र २०) गते आयोजना हुँदै छ । ओलीले सरकार प्रमुखको रूपमा शिखर सम्मेलनमा सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र छन् । द

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 576 पटक पढिएको
  • रास्वपाले केन्द्रीय समिति हेरफेरको विवरण निर्वाचन आयोगमा बुझायो

    काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ ।गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा। मुकुल ढकाललाई निलम्बन गरेको रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेपछि रास्वपाले बिहीबार आयोगलाई केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको हो । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राजनैतिक दल सम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई बुझाउनु पर्ने व्यवस्था भए बमोजिम

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 326 पटक पढिएको
  • नवनियुक्त तीन प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

    काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीले प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई प्रदेश प्रमुख पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपति पौडेलले बुधबार उनीहरूलाई प्रदेश प्रमुख पदमा नियुक्त गरेका थिए।समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाका सभामुख

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 194 पटक पढिएको
  • गुरु बराल बने नेकपा एमालेको उपाध्यक्ष

    काठमाडौँ-  नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए। उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि उक्त पद रिक्त थियो।त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य नियुक्त गरेको हो । न्यौपाने नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा गएका थिए। पछि फेरि एमालेमै फर्किएका हुन्।

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 228 पटक पढिएको
  • माओवादी सत्ताबाट निस्केपछि टुंगियो द्वन्द्वकालीन घटनासम्बन्धी विधेयक

    काठमाडौँ-  संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरूबीच सहमति जुटेको छ। बिहीबार सिंहदरबारमा बसेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति गरिएको हो।‘आज राम्रो उपलब्धि भएको छ। हाम्रा बिचमा मिल्न बाँकी कुराहरू सबै मिलिसकेको छ’ गृहमन्त्री रमेश लेखकले भने। द्वन्द्वकालको बेलामा भएको हत्यालाई मनसायपूर्वक अथवा स्वच्छेचारी ढंगले परिभाषित गरिएको गृहमन्त्री लेखकले बताए।उनका अनुसार मेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा सहमति भएको छ। ‘यदि पीडितको सहमति भएन भने मानवअधिकारको उल्लं

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 436 पटक पढिएको
  • रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्‍याइँदै

    ललितपुर- वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पुर्‍याइने भएको छ। ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासीसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा  रथलाई तानेर आज जावलाखेल पुर्‍याइने गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिए। सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन्। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत बाजा , झाँकी सहित रातो मछिन्द्रनाथको रथ तानिने जानकारी दिए। उनले भने, ‘परम्परागत जात्रा , पर्व , धर्म सस्कृतिको संरक्षण गर्ने नगरपालिकाको नीति रहेको छ

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 280 पटक पढिएको
  • प्रधानमन्त्रीले बालुवाटारमा पार्टीका बैठक नराख्ने, बाढी पसेपछि सचिवालय बैठक अन्यत्र सर्‍यो

    काठमाडौं–प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने उद्घोष गरेका न् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो जानकारी गराका हुन् । उनले भनेका छन्, ‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।’ साथै आज एमालेले सचिवालय बैठक पनि बोलाएको छ । यसबारे जानकारी दिँदै अध्यक्ष ओलीले लेखेका छन्, ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 418 पटक पढिएको
  • राष्ट्रपतिद्धारा तीन प्रदेश प्रमुख नियुक्त, शपथ आज

    काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयका अनुसार उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गर्नुभएको हो । नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज बेलुका नै राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिने भएक छन् । 

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 402 पटक पढिएको
  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा थापा निर्वाचित

    काठमाडौँ-  प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापा निर्वाचित भएकी छन् ।  मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो ।समितिको सभापतिमा थापाको मात्रै उमेदवारी परेको थियो । सभापतिमा निर्वाचित भएपछि उनले कृषि क्षेत्रको सुधार र नीतिनिर्माणका लागि ध्यान केन्द्रित गर्ने बताइन् ।  आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति रिक्त भएको थियो । 

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 255 पटक पढिएको
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि (बुधबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक बस्नेछ । बैठकले समावेशिताको अनुपात र संख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने जनाइएको छ ।विधानअनुसार छुट्टाइएको क्लष्टरका आधारमा कमिटीको आकार थप गर्ने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । हाल विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था रहेकामा ३२९ सदस्यीय कार्यसमिति विस्तार गर्ने गरी छलफल अगाडि बढेको उनले बताए । सबै प्रदेशले केन्द्रमा पठाएको सिफार

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 238 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा