राजनीति

    Showing 3,361-3,370 of 10,435 items.
  • विकास र समृद्धिका लागि जनताको तागत आवश्यक छः पूर्वउपराष्ट्रपति पुन

    गोरखा। पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले देशको विकास र समृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेतासमेत रहनुभएका उहाँले सोमबार गोरखाको गण्डकी गाउँपालिकामा आयोजित पाटीको पालिकास्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै देशको आमूल परिवर्तनका लागि जनताले दुई तिहाइ बहुमत दिएर राजनीतिक दललाई पठाउनुपर्ने बताउनुभयो ।“दुई तिहाइ बहुमत नभएसम्म संविधान संशोधन गरेर अघि बढ्न सकिँदैन”, पूर्वउपराष्ट्रपति पुनले भन्नुभयो, “जब जनताले दुई तिहाइ मत दिएर पठाउँछ, तब जेनजीले उठाएका माग पूरा गर्न सम्भव हुन्छ ।” उहाँले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र

    • प्रकाशित मितिः पुस १, २०८२
    • 273 पटक पढिएको
  • कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

    गण्डकी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । गण्डकी प्रदेशमा पनि क्षेत्रीय समिति, जिल्ला समिति हुँदै प्रदेश समितिमा उम्मेदवारको नाम सिफारिस गरिएको हो । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारको नाम रायसहित केन्द्रमा पठाइने बताउनुभयो । “प्रदेशका नौ जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भइसकेको छ, मनाङ र मुस्ताङबाट नाम आउने क्रममा छ”, उहाँले भन्नुभयो, “सबै जिल्लाको नाम आइसकेपछि रायसहित केन्द्रमा सिफारिस गर्छौं ।” केन्द्रले एक निर्वाचन क्षेत्रबाट त

    • प्रकाशित मितिः पुस १, २०८२
    • 250 पटक पढिएको
  • औचित्य पुष्टि हुनेगरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

    काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्द्धन र विकासका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एकमात्र सरकारी निकाय भएकाले यसको औचित्य पुष्टि हुनेगरी प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ ।प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले जातीय संस्थाको प्रतिनिधित्व गर्दै आएका पदाधिकारीबाट सकारात्मक प्रतिवेदन आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री तथा प्रतिष्ठानकी अध्यक्षसमेत रहनुभएकी कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । सोमबार साँझ प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सम

    • प्रकाशित मितिः पुस १, २०८२
    • 342 पटक पढिएको
  • निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

    काठमाडौँ। नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । सो निर्वाचनमा पनि मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन् । सामान्यता निर्वाचनमा सहभागी हुने राजनीतिक दलले मिश्रित निर्वाचन प्रणालीमा भाग लिन्छन् भन्ने मान्यता रहन्छ । संविधान प्रदत्त व्यवस्थाअनुसार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएर राजनीतिक दलले सोहीअन

    • प्रकाशित मितिः पुस १, २०८२
    • 268 पटक पढिएको
  • अनिल सिन्हाको संयोवकत्वमा सरकारले बनायो राजनीतिक संवाद समिति

    काठमाडौं । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति बनाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्ले कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवादद समिति गठन गरेको छ । समितिमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 309 पटक पढिएको
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

    काठमाडौं। सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संबाद समिति गठन गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संबाद समिति गठन गर्ने निर्णय गरेको हो।समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन्। निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रुपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संबाद गर्न उच्चस्तरीय राजनीतिक संबाद समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।त्यस्तै राष्ट्रिय

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 362 पटक पढिएको
  • एमाले नेतृत्व चयन निर्वाचन तालिका परिमार्जन, अन्तिम उम्मेदवार सूची आज साँझ सार्वजनिक हुँदै

    काठमाडौं— नेकपा एमालेले ११औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन कार्यतालिका संशोधन गरेको छ। केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी दर्तासहितका विभिन्न समयतालिकामा परिवर्तन गरिएको जानकारी दिएको हो।आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार संशोधित कार्यतालिका बमोजिम आज दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारी दरखास्त दर्ता गरिनेछ। यसअघि उम्मेदवारी दर्ता बिहान साढे १० बजेदेखि साढे १ बजेसम्मका लागि तोकिएको थियो।नयाँ तालिकाअनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। त्यसपछि साँझ ५ बजे उजुरीमाथि छानबिन तथा निर्णय हुने छ भने ५ देखि ६ बजेसम्म उम्मेदवारी

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 516 पटक पढिएको
  • एमालेको ११औँ महाधिवेशनको तेस्रो दिन पनि भृकुटिमण्डपमा उत्साहपूर्ण सहभागिता

    काठमाडौं— नेकपा (एमाले) को ११औँ महाधिवेशनको तेस्रो दिन आज पनि काठमाडौंको भृकुटिमण्डपमा जारी छ। महाधिवेशन स्थलमा नेतादेखि कार्यकर्ता सम्मको उल्लेखनीय उपस्थितिले भृकुटिमण्डप अत्यन्तै भीडभाड र उत्साहपूर्ण देखिएको छ।देशभरबाट आएका एमालेका प्रमुख नेताहरू तथा कार्यकर्ताहरूको सक्रिय सहभागिताले महाधिवेशनमा जोश र उमंग थपिएको छ। नाराबाजी, छलफल र सांगठनिक गतिविधिका कारण सम्पूर्ण वातावरण राजनीतिक ऊर्जा र उत्साहले भरिएको देखिन्छ।महाधिवेशनमा पार्टीको भावी कार्यदिशा, नेतृत्व चयन तथा नीति–कार्यक्रमबारे महत्वपूर्ण छलफलहरू जारी रहेको जनाइएको छ।

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 529 पटक पढिएको
  • कांग्रेस राष्ट्रिय जिम्मेवारीबाट चुक्दा त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने छः गगन थापा

    ललितपुर— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर राष्ट्रिय शक्ति भएको दावी गरेका छन् ।सोमबार नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले कांग्रेस राष्ट्रिय शक्ति भएकाले राष्ट्रिय जिम्मेवारीबाट चुक्दा त्यसको मूल्य सिंगो देशले समेत चुकाउनुपर्ने बताए ।उनले भने,‘अहिले नेपाली कांग्रेसलाई तागत चाहिएको केवल निर्वाचनका लागि मात्रै हैन, निर्वाचन आउँछ जान्छ त्यो अनौैंठो कुरा होइन् । कांग्रेस राष्ट्रिय पार्टी भन्दा पनि राष्ट्रिय शक्ति हो । राष्ट्रिय शक्तिको राष्ट्रिय जिम्मेवारी हुन्छ । राष्ट

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 472 पटक पढिएको
  • नेपाली कांग्रेसद्वारा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायप्रति शोक सभा आयोजना

    काठमाडौं— नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति नेपाली कांग्रेसले शोक सभा आयोजना गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित शोक सभामा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।शोक सभामा उपाध्यायको पार्टी र मुलुकप्रतिको योगदानको स्मरण गर्दै उनको निधनले अपूरणीय क्षति पुगेको बताइएको थियो। सहभागी नेताहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।यसैबीच, उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न नेपाली कांग्रेसले २०८२ मंसिर २९ गते तथा पुस १ र २ गते गरी तीन दिनसम्म पार्टीक

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 453 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.