राजनीति

    Showing 3,821-3,830 of 9,601 items.
  • आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची

    काठमाडौं –  आज संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो । आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरु प्रस्तुत गरिने कार्यसूचीमा तय गरिएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 410 पटक पढिएको
  • निर्माण सम्पन्न भएका सहायक राजमार्गको मर्मत सम्भारका काम प्रदेश तथा स्थानीय तहलाई दिने मन्त्रालयको निर्णय

    काठमाडौं । सरकारले निर्वाचन क्षेत्र सडक र वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएका सडकहरूको मर्मत सम्भारका लागि प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको छ । मंगलबार बसेको संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्वन्ध) समितिको बैठकले निर्माण सम्पन्न भएका वैकल्पिक सहायक राजमार्गको मर्मत सम्भारका लागि प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्रले जानकारी दिएका हुन् । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सभाहल बसेको बैठकले यस्ता निर्णय गरेको छ । निर्णयहरू :१. भौतिक पूर्वाधार तथा यातायात मन्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 332 पटक पढिएको
  • एकीकृत समाजवादीको पार्टी परीत्याग गरिन भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्षले

    काभ्रेपलाञ्चोक— भुम्लु गाउँपालिकाकी पूर्वउपाध्यक्ष कल्पना श्रेष्ठले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेकी छन् ।उनले पार्टी सोचेकोभन्दा फरक पाएकोले आफूसहित परिवारका अन्य सदस्यले पार्टी परित्याग गरेको बताएकी छन् ।सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले भनेकी छन, ‘नेकपा एकीकृत समाजवादी साँचिकै देश र जनताको हितमा उभिन्छ र देशलाई फोहोरी राजनीति संक्रमणबाट मुक्त गरेर सही गन्तव्यमा पुर्‍याउँछ भनेर साथ दिएँ तर मैंले सोचेकोभन्दा फरक पाएकोले आजैबाट मलगायत मेरो परिवारको सबै जनाले  पार्टीको साधारण  सदस्य पनि नरहने गरे पार्टी  परित्याग  गरेकको जानकारी  गराउँछु ।’कल्पना

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 616 पटक पढिएको
  • संसदीय उपचुनावमा उम्मेदवार बन्ने सोच छैन : कुलमान घिसिङ

    काठमाडौं –  नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीमा हुन लागेको संसदीय उपचुनावमा आफु उम्मेदवार नहुने स्पष्ट पारेका छन् ।नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने,‘अहिलेकै विद्यमान परिस्थितिमा एक  सांसद भएर आउँंदैमा ठूलो परिवर्तन गर्न सक्छु जस्तो मलाई लाग्दैन् ।  त्यसोभएको हुनाले  रुपन्देहीमा हुन गइ रहेको संसदीय उपचुनावमा उम्मेदवार हुने  कुरामा मेरो कुनै रुची छैन ।’आफु यतिखेर देशका लागि केहि गरौं भन्ने सोच भएका सबै साथीहरुलाई जोड्ने अभियानमा रहेको बताउँदै उनले यसलाई राजनितीक र

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 454 पटक पढिएको
  • संसद नियमावलीमा महिला समन्वय समितिको गठन गर्नुपर्छ : रेखा शर्मा

    काठमाडौं –  नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संसद नियमावलीमा महिला समन्वय समितिको गठन गर्न आग्रह गरेकी छन् । आज बसेको प्रतिनिधि सभामा बोल्दै उनले सभामुखको क्षेत्र अधिकारभित्रको विषय भएको भन्दै छिटो महिला समन्वय समितिको गठन गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हामी संसद् नियमावलीमा महिला समन्वय समितिको गठन गर्ने विषय समावेश गर्यौ तर यति लामो समय वितिसक्दा पनि यो बनेन । यो सभामुखको क्षेत्र अधिकारभित्रको विषय हो । तसर्थ नियमावली कार्यन्वयन गर्नु गराउनु सभामुखको दायित्व हो यसलाई छिटो भन्दा छिटो महिला समन्वय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु ।’ उनल

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 570 पटक पढिएको
  • पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता छैनः महासचिव बास्तोला

    काठमाडौं –  नेकपा बहुमत का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्लामा कुनै सत्यता नभएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी दिए । पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै बास्तोलाले संसदमुखी राजनैतिक पार्टीहरुमा गम्भिर समस्या देखिन थालेको बताए । उनले भने, ‘संसदवादी दलहरु सत्ता र स्वार्थमा लिप्त हुँदाको परिणाम राष्ट्रिय स्वाधिनतामा खतराको घण्टी बज्न थालेको छ । यो अवस्थामा स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 529 पटक पढिएको
  • वाग्मती प्रदेशमा मुख्यमन्त्रीको जिम्मा बानियाँलाई

    काठमाडौं— वाग्मती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बानियाँ नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार, नवनियुक्त मुख्यमन्त्री बानियाँको शपथ आजै ४ बजे हुने तय भएको छ ।वाग्मती प्रदेश सभापतिसमेत रहेका बानियाँ कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामालाई हराएपछि मुख्यमन्त्री बनेका हुन् ।बानियाँ भने मन्त्रीहरूको छनोटमा जुटेका छन् । अहिलेसम्म शिवराज अधिकारीबाहेक मन्त्री बनाउने व्यक्तिको टुंगो नलागेको बानियाँनिकट नेताहरू बताउँछन् ।कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि बहादुरस

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 551 पटक पढिएको
  • तार्केश्वर–११ का अध्यक्षसहित ११ जना सीमा विवादमा पक्राउ

    काठमाडौं— तार्केश्वर नगरपालिका–११ का वडाध्यक्ष कविराज बस्नेतसहित ११ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई तार्केश्वर र काठमाडौं महानगरपालिका–१६ को सिमानामा भएको विवादसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।शहरी विकास प्राधिकरणले खोलाको करिडोर विस्तारका लागि आयोजना गरेको टेन्डरअनुसार ठेकेदारले निर्माण कार्य अघि बढाएका थिए। तर, सीमा क्षेत्र नजिकैको सडक विस्तारको क्रममा स्थानीय तहबीचको सीमा विवाद चर्किएपछि अवस्था तनावपूर्ण बनेको थियो।२३ असारमा भएको झडपका क्रममा एक जनाको टाउकोमा चोट लागेको थियो। घाइते व्यक्तिले सरकारी वकिलको कार्या

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 651 पटक पढिएको
  • हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी दुवै विधेयकको संयुक्त छलफल प्रभावकारी हुन्छ – मन्त्री पाण्डे

    काठमाडौं –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी दुवै विधेयकहरूको संयुक्त छलफल गर्दा प्रभावकारी हुने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भएको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको प्रारम्भिक दफावार छलफलमा उनले यस्तो बताएका हुन् । उनले व्यवहारिक हिसाबले दुबै विधेयक अन्तरसम्बन्धित भएकाले एउटा विधेयकलाई टुङ्ग्याउँदै गर्दा अर्को विधेयकलाई मस्तिस्कमा राखिएन भने अप्ठ्यारो हुने बताए । उनले भने, ऐन, नीति, कानून बनाउने काम भनेको संसदको नै हो । त्यो कार्यान्वयन गर्ने

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 364 पटक पढिएको
  • कुलिङ पिरियडको प्रावधान राख्ने विषयमा भएको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको छः सांसद कुँवर

    काठमाडौं –  नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडको प्रावधान राख्ने विषयमा भएको गडबडीले सांसदहरूकै भूमिकामा प्रश्न उठेको बताएका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कुलिङ अफ पिरियडको विषयले संसद्कै धज्जी उडेको टिप्पणी गरे । उक्त समितिमाथि ठूला दलका ठूला नेता र उच्च पदस्थ कर्मचारीबाट हस्तक्षेप भएको भनेर विषय आएको भनेर पनि उनले आपत्ति जनाए ।‘अहिले सरकारमा सकारात्मक उर्जा भन्दा नकरात्मक उर्जा पैदाल गर्ने गरि गतिबिधि गरिरहेका छन् । ‘संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडबारे गरिएको विषयको विवादले संसद्को धज्जी उडेको छ भने सांसदहरूको भूमिका माथि समेत प्रश्न उठे

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 507 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.