राजनीति

    Showing 4,761-4,770 of 6,719 items.
  • एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

    काठमाडौं / १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले जानकारी दिएकी छिन् । विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको उनको भनाइ रहेको छ ।सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको छ भने बिहीबारको बैठकमा सामान्य छलफल गरिने सम्भावित कार्यसूची छ ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 76 पटक पढिएको
  • बिहीबार को प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सामान्य छलफल हुने

    काठमाडौं / प्रतिनिधिसभाको बिहीबार (भोलि)को बैठकमा एमसीसीबारे सामान्य छलफल हुने भएको छ ।संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख गरिएको छ ।प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् । यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन’ पेश गर्ने प्रस्ताव पनि सम्भावित कार्यसूचीमा समावेश छ ।दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानले जानका

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 73 पटक पढिएको
  • सरकारले किन बढायो गगन थापा, ज्ञानेन्द्र कार्की र प्रकाशशरण महतको सुरक्षा ?

    काठमाडौं  / सरकारले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा वकालत गर्ने नेपाली कांग्रेसका तीन जना नेताहरूको सुरक्षा बढाएको छ ।गृह मन्त्रालयले कांग्रेस महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाएको हो ।पछिल्लो समय थापा, कार्की र महतले  एमसीसी सम्झौताको पक्षमा बोल्दै आएकाले उनीहरूमाथि जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको मन्त्रालय स्रोतले जनाएको छ।एमसीसी संसद् टेबल भइसकेको छ । एमसीसीविरुद्ध सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 109 पटक पढिएको
  • लोसपा संसदीय दलको बैठक बबरमहलमा बस्दै

    काठमाडौँ / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक बस्ने सांसद लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी), महाअभियोग प्रस्तावलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । मंगलबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकपछि संसदीय दलको बैठक बोलाइएको हो ।बैठकबाट एमसीसीका सम्बन्धमा पार्टीको आधिकारिक धारणा तय गर्ने तयारी छ । लोसपाका नेताहरू एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक देखिँदै आएका छन् ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 60 पटक पढिएको
  • अध्यक्ष ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाण

    काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुगेका छन् ।एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाण ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 79 पटक पढिएको
  • प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

    काठमाडौँ / सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगेका छन् । हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका प्रधानमन्त्री देउवा आज बिहानै प्रचण्डलाई भेट्न प्रचण्डनिवास पुगेका हुन् ।संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढाएका छन् । देउवा र ओलीबीच हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । हिजोको भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले पहिले आफूहरुको माग पूरा गर्न भनेका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 92 पटक पढिएको
  • नेपाल-भारत उर्जा बैठक काठमाडौंमा बस्दै

    काठमाडौं/  नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि काठमाडौंमा सुरू हुँदैछ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो ।यसअघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको बैंगलोरमा बसेको थियो ।यसपटकको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले नेतृत्व गर्ने भएका छन् भने भारतीय टोलीको नेतृत्त त्यहाँका ऊर्जा सचिव आलोककुमारले गर्ने छन् ।  आज सहसचिवस्तरीय समितिले एजेण्डा तय गरी भोलि सचिवस्तरीय बैठक बस्ने बताइएको छ ।बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 65 पटक पढिएको
  • पशुपति धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउछौँ : स्मन्त्री आले

    काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समुहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन् ।आज महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समुहलाई हटाउने सरकारको निर्णयमा सो समुहले लिएर आएको अल्पकालीन आदेश समेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताएका हुन् । विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उनले अब त्यस्तो कदम सह्य नहुने बताएका छन् । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरुको कहिल्यै कल्याण नहुने बताए ।पश

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 56 पटक पढिएको
  • एमसीसीविरुद्धको मुद्दा सर्वोच्चद्वारा दरपीठ

    काठमाडौं / सर्वोच्च अदालतले सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट दरपीठ गरिदिएको छ । सोमबार वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेश गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।एमसीसी संसदमा पेश भइसकेका कारण यो संसदको विशेषाधिकारमा पर्ने तर्क गर्दै दरपीठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् । एमसीसी सम्झौता सन्धि ऐन अनुसार संसदमा पेश गर्न नमिल्ने जिकिर गर्दै अदालतमा रिट परेको थियो ।अदालतमा दर्ता हुन आएको मुद्दा दर्ता हुन नसक्ने भएमा कारण खुलाएर दर्ता हुन नसक्ने जानकारी सम्बन्धित पक्षलाई गराउने

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 70 पटक पढिएको
  • मधेस प्रदेशको प्रदेशसभा बैठक २२ गतेसम्मका लागि स्थगित

    काठमाडौं / मधेस प्रदेशसभा बैठक आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न आज मंगलबार दिउँसो बोलाईएको बैठकमा मन्त्री साह अनुपस्थित हुने भएपछि फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्तावबारेमा छलफल गर्न प्रदेशसभाको बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको थियो । गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक कार्यसूचीमा छलफल ९ दिनपछि पुनः सुरु हुने तय भएको थियो ।तर, मन

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 66 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा