राजनीति

    Showing 4,831-4,840 of 6,719 items.
  • एमाले चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारीमा !

    काठमाडौं / सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध छापामार शैलीमा संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ ।संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरू दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको एमालेका एक नेताले जानकारी दिए । यसबारे आजको संसदीय दलको बैठकमा छलफल हुने उनले बताए । एमालेले यस अघिदेखिनै प्रधानन्यायाधीशसहित पाँचै जनाविरुद्ध महाअभियोग लगाउनुपर्ने बताउँदै आएको थियो । २०७७ साल फागु

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 98 पटक पढिएको
  • मंगलबार कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं /  नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान नौ बजे संघीय संसद् भवनको ल्होत्से हलमा दलको बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।काङ्ग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 109 पटक पढिएको
  • सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

    काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावपछिको अवस्थाबारे छलफल गर्न सभामुखले आज सर्वदलीय बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्दैछ।तर, प्रमुख विपक्षी एमाले सहभागी नहुने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । महाअभियोग प्रस्ताव नै षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले आएकाले त्यस्ता बैठकमा जानुको अर्थ नरहेको नेम्वाङको भनाइ छ।पछिल्लो समय एमाले सभामुखप्रति रुष्ट छ । यसअघिका बैठकमा पनि एमाले उपस्थित भएक

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 67 पटक पढिएको
  • विदेशमा रहेका नेपालीहरूलाई पनि मतदानको व्यवस्था मिलाइने

    काठमाडौँ  / सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको उक्त आदेश कार्यान्वयनगराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ ।नेपाल पोलिसी इन्स्टिच्यूट ९एनपिआई० द्वारा आइतबार भर्चुअलरुपमा आयोजित नीति संवाद शृङ्खलामा सरोकारवालाले प्रविधिको प्रयोगबाट मताधिकार गर्न सम्भव रहेको बताए। ‘जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ। यस सन्दर्भमा निर्वाचन आयोगबाट अध्ययन पनि भइसकेको छ’, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, ‘अदालतको आदेश छ तर यसको कार्यान्वयन भइरहेको छैन।’निर्वाचन आयोग र परराष्ट्

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 63 पटक पढिएको
  • सभामुख सापकोटाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

    काठमाडौं / प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) सर्वदलीय बैठक बोलाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधको विषयमा छलफल हुने उनको सचिवालयले जनाएको हो । बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ।  सोमबार दिउँसो १ बजेका लागि बोलाइको प्रतिनिधिसभाको बैठक फागुन ४ गते सारेर सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग लगाएपछि विकिसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्ने लेनदेनमा सत्ता गठबन्धनले ज

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 130 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारियो

     काठमाडौं ।प्रतिनिधि सभाको बैठक दुई दिन पछि सारिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद सचिवालयमा आज महाअभियोग दर्ता भएपछि प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारिएको हो। संसद सचिवालयले आज सूचना जारी गरी सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जानकारी गराएको छ। यसअघि संसद बैठक फागुन २ गते १ बजे बस्ने तय भएको थियो । 

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 119 पटक पढिएको
  • राप्रपा नेपालको अध्यक्ष बने कमल थापा

    बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका कमल थापाले आफ्नो नेतृत्वको पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ब्युँत्याएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै थापाले पुरानो पार्टीलाई पुनर्जागृत गरेको जानकारी दिएका हुन् ।राप्रपाबाट निस्केर थापाले नयाँ नाममा पार्टी दर्ता गर्ने तयारी गरेको भएपनि  शुभचिन्तक र निकटस्थहरूको सुझाव  सल्लाह बमोजिम पुरानै राप्रपा नेपाल ब्युँताइएको बताएका हुन् । राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो ।वि.स. २०७३ सालमा पशुपतिशमशेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 39 पटक पढिएको
  • एमालेले बोलायो सोमबारका लागि संसदीय बैठक

    काठमाडौँ / पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।प्रमुख सचेतक विशाल भट्टराईका अनुसार, भोलि बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक एमालेले बोलाएको हो ।

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 145 पटक पढिएको
  • महाअभियोग प्रस्तावमा के छ ? (पूर्णपाठसहित)

    काठमाडौं / सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।  राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा विभिन्न २१ वटा आरोप लगाइएको छ ।महाअभियोग प्रस्तावमा राणाको कार्यकालमा न्यायपालिकाभित्र अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोपसमेत लगाइएको छ । त्यस्तै, संविधानले दिएका जिम्मेवारीहरुलाई प्रधानन्यायाधीश राणाले आफ्नो निजी सम्पत्ति सरह स्वेच्छाचारी ढंगले दुरुपयोग गरेको आरोप समेत लगाइएको छ ।हेर्नुहोस् महाअभियोगको पूर्णपाठ :

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 82 पटक पढिएको
  • सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फागुन ४ गते बस्नेगरी स्थगित

    काठमाडौं / भोलि फागुन २ गते सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक ४ गते बुधवार बस्नेगरी स्थगित भएको छ । प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजे बस्नेगरी बोलाइएको थियो ।संघीय संसदका महासचिव डा। भरतराज गौतमद्वारा जारी सूचनामा सोमबार बस्ने भनिएको बैठक विशेष कारणले बस्न नसक्ने उल्लेख छ । प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक फागुन ४ गते बुधबार १ बजे बस्नेगरी समय निर्धारण गर्नु भएको पनि सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 78 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा