राजनीति

    Showing 4,861-4,870 of 10,435 items.
  • भ्रष्टाचारविरुद्ध अख्तियारमा उजुरी दिने राप्रपाको तयारी

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशभर फैलिएको भ्रष्टाचार विरुद्ध कडा कदम चाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा औपचारिक उजुरी दिने तयारी गरेको छ।राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा पार्टीले भ्रष्टाचारका सबै तहको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सम्बन्धित निकायहरूमा उजुरी दर्ता गर्ने निर्णय गरेको हो। पार्टीले विशेषतः २०४६ सालपछि उच्च पदमा पुगेका नेताहरू, सरकारी कर्मचारीहरू र उनीहरूका नातेदारहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग अघि सारेको छ।असार १९ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राप्रपाले ‘भ्रष्टाचारविरुद्ध देशव्या

    • प्रकाशित मितिः साउन २, २०८२
    • 736 पटक पढिएको
  • श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा खुसी व्यक्त गरेका छन् ।सामाजिक सञ्जालमार्फत उनले श्रमबिना प्रगति सम्भव नहुने भन्दै श्रमिकको सम्मान बिना समृद्धि पनि सम्भव नहुने बताएका हुन् ।‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेका थियौँ। त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्,’ प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले हिजो ९साउन १ गते०देखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपियाँ बनाउने निर्णय गरेको छ। श्

    • प्रकाशित मितिः साउन २, २०८२
    • 532 पटक पढिएको
  • एमाले विधान महाधिवेशनमा विद्याभण्डारी निषेध

    काठमाडौं— नेकपा एमालेको सचिवालय बैठकले विधान महाधिवेशनमा दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिलाई मात्र सहभागी गराउने निर्णय गरेपछि पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्या भण्डारीको सहभागिता रोकिने भएको छ।राजनीतिमा सक्रिय फर्किने घोषणा गर्दै पार्टी सदस्यता नवीकरण गरेकी भण्डारी महाधिवेशनमा अध्यक्षको दाबेदार बन्ने चर्चा थियो, जसले अध्यक्ष केपी ओलीलाई चुनौती दिएको थियो। यसै विषयमा सचिवालय बैठकमा नेताहरूबीच मतभेदसमेत देखिएको छ।साथै, बैठकले ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा हटाउने, वरिष्ठ उपाध्यक्ष पद हटाउने, तथा केन्द्रीय पदाधिकारी संख्या घटाउने प्रस्ताव पारित गरेको छ। अबको संशोधित विधानमा

    • प्रकाशित मितिः साउन २, २०८२
    • 646 पटक पढिएको
  • वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश

    काठमाडौं— नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दैछन्। काठमाडौंको राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम हुँदैछ।कार्यक्रममा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र गौतमले सम्बोधन गर्नेछन्। सहमतिअनुसार एकतापछि बन्ने पार्टीमा गौतम तेस्रो वरियतामा रहनेछन्।यसअघि, गौतम नेकपा एमालेमा फर्कन खोजेका थिए, तर अध्यक्ष केपी शर्मा ओलीको बेवास्ताका कारण रोकिएका थिए। सर्वोच्च अदालतको आदेशले तत्कालीन नेकपा एमाले–माओवादी एकता भंग भएपछि गौतमले २०७७ पुस २५ गते 'नेकपा एकता राष्ट्रिय अभियान' सुरू गरेका थिए।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 515 पटक पढिएको
  • खानेपानी विभागले ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको दाबी

    काठमाडौं । खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको दाबी गरेको छ । विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल भएको दाबी गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवको प्रयासले यो सफलता सम्भव भएको विभागले जनाएको छ ।अघिल्लो आर्थिक वर्षमा विभागको वित्तिय प्रगति ६३ प्रतिशत मात्र रहेकोमा चालु आर्थिक वर्षमा विभागले कुल ९० दशमलब १० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको जनाइएको छ ।विभागको अद्यावधिक विवरणअनुसार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बाँकेले ९७ दशमलब ८३,

    • प्रकाशित मितिः साउन १, २०८२
    • 517 पटक पढिएको
  • कोशीका सबै जिल्लामा पूर्वाधार कार्यालय खोल्ने अभियान, सुनसरी र खोटाङमा उद्घाटन

    इटहरी । कोशी प्रदेश अन्तरगत सुनसरी र खोटाङ जिल्लामा पूर्वाधार विकास कार्यालयको उद्घाटन गरिएको छ । सुनसरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र खोटाङमा सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कार्यालय भवनको उद्घाटन गरेका हुन् ।कोशी प्रदेशमा आजदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको  मुख्यमन्त्रीले सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले पूर्वाधार कार्यालयहरू सुरु गरेको हो । मुख्यमन्त्री कार्कीले सुनसरीको कार्यालय उद्घाटन ग

    • प्रकाशित मितिः साउन १, २०८२
    • 440 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको स्पष्ट भनाइ: “विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व सुम्पिने अवस्था छैन”

    काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्व सुम्पिने विषय हाललाई सम्भव नरहेको स्पष्ट पारेका छन्।पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीको पार्टीमा सक्रिय भूमिकाको चर्चा भइरहेका बेला यस्तो प्रतिक्रिया दिएका हुन्।"अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन," ओलीले भने, "उहाँ राजनीतिमा फर्किनुहुन्छ भनेर पार्टीले न सोचेको छ, न निर्णय गरेको छ। उहाँ पार्टीको जिम्मेवारी छाडेर लामो समय बाहिर बस्नुभयो।"ओलीका अनुसार, पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्कनेबारे कुन

    • प्रकाशित मितिः साउन १, २०८२
    • 416 पटक पढिएको
  • राप्रपाले भोली भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित आयोगमा ज्ञापनपत्र बुझाउने

    काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् लिङ्देनको नेतृत्वमा  भोली साउन २ गते  दिउँसो १ बजे आयोगमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन,अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 299 पटक पढिएको
  • नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेदवरा पद तथा गोपनियताको सपथ ग्रहण

    काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् ।बुधबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ ग्रहण गराएका हुन् । सपथ कार्यक्रममा उपसभापति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल सहभागी थिए ।विवादित अडियो प्रकरणमा मुछिएपछि सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 284 पटक पढिएको
  • काठमाडौं नगर सभाको १७ औँ अधिवेशनबाट दुई वटा विधेयक स्वीकृत

    काठमाडौं । काठमाडौं महानगरपालिका नगर सभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम दुई वटा विधेयक स्वीकृत गरेको छ । बुधबार भएको उक्त बैठकले काठमाडौं महानगरपालिका राजस्व विधेयक २०८२ र काठमाडौं महानगरपालिका सम्पदामैत्री भवन संरक्षण एंव निर्माण मापदण्ड सहुलियत विधेयक २०८२ स्वीकृत गरेको नगर प्रमुख बालेन शाहले जानकारी दिएका छन् । यसको साथै, उनले आज नगरसभामा प्रस्तुत भएका ९ वटा कार्यसूची मध्य, कार्यसूची नम्बर १, २, ३, ४, ८ र ९ मा भएको प्रस्तावहरु संशोधन सहित पारित भएको र प्रस्ताव नम्बर ५, ६ र ७ पेश मात्र भएको घोषणा गरेका छन् । 

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 239 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.