काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र राजस्व हिनामिना अभियोगमा नुवाकोट पञ्चकन्या गाउँपालिका –२ का वडासचिवसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार वडा सचिव सरिता राउत, रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर भएको हो ।गतवर्ष चैत २४ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्न ल्याएको रकम र संकलित राजस्वसहित ५३ लाख १ हजार ८ सय ५६ रुपैयाँ हराएपछि आयोगले अनुसन्धान गरी ‘हिनामिना’ भएको ठहर गरेको हो ।अख्तियारका सहायक प्रवक्ता बोदप्रसाद भण्डारीका
काठमाडौं / नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज(शुक्रबार) बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक बिज्ञप्ति जारी गर्दै शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिएका हुन् ।उनले बिहीबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिएका थिए । कार्यसमिति बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको बताइएको छ ।त्यस्तैगरी बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि अनुरोधसमेत गरिएको छ । बैठकमा सामेल हुनका लागि लिङ्क एसएमएसमार्फत पठाइने काँग्रेसले जनाएको छ ।
काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन्।कोराना महामारीमा शैक्षिक क्षेत्रको व्यवस्थापन र सुधारबारे निजी लगानीका विद्यालयका छाता संस्थाका प्रतिनिधिसँग बिहीबार सुझाव लिने क्रममा मन्त्री पौडेलले संविधानमा उल्लेख भएको समाजवादोन्मुख राज्य प्रणालीलाई कार्यान्वयन गर्दै लैजानुपर्ने बताएका हुन्।मन्त्री पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयपछि अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने जानकारी दिएका छन् । छलफलमा निजी क्षेत्रका प्रतिनिधिले हाल बन्द विद्यालय खोल्न दिन माग गरेका छन्। प्याब्सनले खोप ल
कर्णाली / अबदेखि कर्णाली प्रदेश सभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ। कर्णाली प्रदेश सभाले हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि खुला गर्ने भएको छ। प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेश सभा सचिवालयले जनाएको हो ।सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको छ । प्रदेशसभाका सचिव जीवराज बुढाथोकीका अनुसार संसद् खुला हुनुपर्ने मान्यताबमोजिम कर्णाली प्रदेशसभा पनि खुला गर्ने निर्णय गरिएको हो‘अबदेखि कर्णाली प्रदेश सभाभित्र के कस्तो छ र बैठक गर्ने ठाउँ कस्तो छ सबै कुरा सर्वसाधारण नागरिकले पनि प्रत्यक्षरूपमा अवलोकन गर्न पाउने भएका छन्। सभाभित
काठमाडौँ / लामो समयदेखि स्थगित राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।गत माघ दुई गते सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । अध्यक्ष तिमिल्सिनाको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले बिहीबार राष्ट्रिय सभा बैठक आव्हानकाे सूचना जारी गरेका हुन् । ‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ः०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि य
काठमाडौँ / पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले भौतिक पूर्वाधार मन्त्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । मन्त्री यादवले साम्प्रदायिक द्धन्द्ध फैलाउने अभिव्यक्ति दिएको भन्दै नेता कर्णले उनीमाथि राज्यविरुद्धको कसूरमा अनुसन्धानको माग गर्दै जाहेरी दिएका हुन् । नेता कर्णले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी दिएका हुन् । गत माघ ५ गते रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार
जनकपुर / प्रदेश सरकारले मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रशाद साहले बुधबार बेलुकी प्रेस विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं हिंसा जन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पूर्व घोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि जनमत पार्टीका कार्यकर्ताले प्रदेशस
काठमाडौं / कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ । बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पिसीआर परीक्षण गराएका थिए । मन्त्री बडू अब केही दिन आइसोलेसनमा रहने बताइएको छ ।
काठमाडौँ / पाँच दलीय गठबन्धन एकातिर र नेकपा एमाले एकातिर हुँदा पनि राष्ट्रिय सभा सदस्य चुनावमा एमालेले एउटा सिट जितेको छ ।आगामी फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्य पदका लागि हिजो सातै प्रदेशमा चुनाव भएको थियो । सो चुनावको मतपरिणाम अनुसार प्रदेश –१ बाट अल्पसंख्यक तर्फ एमालेका सोनाम गेल्जेन शेर्पा विजयी भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा प्रदेश –१ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।प्रदेश –१ मा एमालेका गुरु बराल र गठबन्धनका उम्मेदवारबीच बराबरी भएपछि गोलाप्रथाबाट गठबन्धनका उम्मेदवारले वाजी मारे । प्रदेश –१ बाह
काठमाडौं / देशकै मुख्य व्यवस्थापकीय अंग राष्ट्रिय सभाको रिक्त १९ पदका लागि सातै प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनको मतदान सकिए लगत्तै मतगणना सुरु भएको छ । आज बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनमा कूल २०२५ जना मतदाता सहभागी भएका थिए ।लुम्बिनी प्रदेशमा सुरु भएको मतगणना अन्य प्रदेशमा पनि अघि बढेको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गरेका छन् । १९ पद
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.