राजनीति

    Showing 5,031-5,040 of 5,383 items.
  • प्रधानमन्त्रीद्वारा थापालाई विजय गराउन आग्रह

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेता रामबहादुर थापालाई विजय गराउन आग्रह गरेका छन्।  उनले आज अपिल जारी गर्दै यही जेठ ६ गते हुने उपनिर्वाचनमा नेकपा (एमाले(का तर्फबाट उम्मेदवार गृहमन्त्री थापालाई सूर्य चिह्नमा मतदान गरी जिताउन सबै मतदातालाई आग्रह गरेका हुन् । वाग्मती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि बिहीबार निर्वाचन हुँदैछ । उक्त पदमा थापा सहित डा खिमलाल देवकोटाको उम्मेदवारी परेको छ । डा देवकोटालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र  जनता समाजवादी पार्टीको सहयोग छ । निर्वाचनमा प्रदेश

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 52 पटक पढिएको
  • मन्त्रिपरिषद विस्तारको तयारीमा गण्डकी प्रदेश

    पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् । सबैभन्दा ठूलो दलको हैसियतले २९ बैशाखमा दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन् ।बुधबार थप तीन जना मन्त्री थप्ने तयारी गरेको मुख्यमन्त्री गुरुङको सचिवालयले जनाएको छ । तर, को को मन्त्री बन्दैछन् भन्ने खुलाइएको छैन । स्रोतका अनुसार गुरूङले अर्थमन्त्री, भौतिक र पूर्वाधार विकास मन्त्री दोहोर्याउँदैछन् ।बैशाख २७ मा संसदमा आफूमाथि पेश अविश्वासको प्रस्तावमा मतदान हुने पक्का भएपछि २६ गते नै राजीनामा दिएका मुख्यमन्त्री गुरूङले १ महिनाभित्र विश्वासको

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 39 पटक पढिएको
  • राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी

    देउखुरी / राष्ट्रियसभाका उपनिर्वाचनमा  लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने  निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । उनी नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गरेका थिए ।  नेपाली कांग्रेस, माओवादी , जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।  उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित भएका थिए । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नु अघि उनी काङ्ग्रेस पार्टीमा आवद्ध थिए । दाङस्थित मुख्य निर्वाचन

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 79 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीको शपथसम्बन्धी विवादमा परेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पुनः शपथग्रहण गर्न नपर्ने भएको हो ।आदेशमा महान्यायाधिवक्ता कार्यालयमाफर्त १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल गरी छुट्टाछुट्टै चारवटा रिट निवेदन सोमबार दर्ता भएको हो ।  रिट निवेदनमा प्रधानमन्त्री ओलीले लिएको शपथम

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 154 पटक पढिएको
  • राजनीतिक विषयमा छलफल गर्न बुधबार बैठक बस्दै कांग्रेस

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।   संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 47 पटक पढिएको
  • एमाले विवाद समाधान गर्न गठित कार्यादल अन्योलमा

    काठमाडौं / नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यादल अलमलमा परेको छ । पार्टीको विवाद समधानका लागि तीन दिन भित्र प्रतिवेदन तयार पार्ने अख्तियारी पाएको कार्यदलको बैठक समेत बस्न सकेको छैन ।नयाँ सरकार गठनका लागि राष्ट्रपतिले तोकेको समय सकिन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्तामा कार्यादल गठन गरेर मतभेद अन्त्यको विन्दु खोज्ने सहमति भएको थियो ।ओली–नेपाल वार्तापछि ओली पुनः प्रधानमन्त्री नियुक्त भए र एमाले विभाजन पनि रोकियो । तर, एमाले भित्रको मतभेद अन्त्य गर्ने विन्दु खोज्न गठित कार्यदल भने ‘बिजनेस विहीन’ बनेको छ । दुबै समूहका ५–५ जना सदस्य रहेको कार्यद

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 163 पटक पढिएको
  • जसपाका चार सदस्यलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

    काठमाडौँ / सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित चार सदस्यलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै उक्त निर्णय कार्यान्वयन गर्न आदेश जारी गरेको हो । अदालतको आदेशले जसपाका चार प्रदेशसभा सदस्यको पदबहाली भएको छ ।निष्काशन गर्नुअघि पार्टीले स्पष्टीकरण पेश गर्ने मौका  प्रदान गरेको भन्ने निवेदन तथा मिसिल संलग्न कागजातबाट देखिन नआएकाले संसदीय दलका सदस्यबाट निष्काशन गर्दा सम्बन्धित

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 49 पटक पढिएको
  • जसपाका चार पदमुक्त सांसदको रिट नहकुल सुवेदीको इजलासमा

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चार सांसदको बदरको माग गर्दै दायर रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । अहिले चारै जना लुम्बिनी प्रदेशका मन्त्री छन् ।पार्टीको निर्देशनविपरीत सरकारमा गएको भन्दै जसपाको कार्यकारिणी समितिको बहुमतले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई निस्कासन गरेको थियो । त्यही कारबाहीका आधारमा प्रदेशसभाका सभामुखले उनीहरु पदमुक्त भएको घोषणा गरेका थिए ।कारबाहीविरुद्ध चार मन्त्रीले दायर गरेको रिटमा लुम्बिनी प्रदेशसभाका सभामुख, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र य

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 50 पटक पढिएको
  • जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री ओली

    काठमाडौँ / प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताएका छन् ।जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राष्ट्रियताको सम्वद्र्धन र राष्ट्रिय हिताको रक्षाका लागि अविचलितरुपमा क्रियाशील हुने प्रण गर्दै पार्टीलाई एकताबद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपम

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 66 पटक पढिएको
  • प्रधानमन्त्रीको शपथ खारेज गर्न माग गर्दै रिट दायर

    काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश भएका छन्।ओलीले सोमबार शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द छुटाएकाले पुनः शपथ गराउन अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, सन्तोष भण्डारी लगायतले तीनवटा रिट निवेदन पेश गरेका हुन्। सबै प्रशासनिक काम सकिए पनि आइतबार समय अभावका कारण निवेदन दर्ता हुन नसकेको ज्ञवालीले जानकारी दिए । ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भइ शपथ लिने क्रममा ओलीले सोमबार राष्ट्रपतिलाई  ‘त्यो पर्दैन’ भन्दै विवादस्पद शपथ लिएका थिए।शपथ

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 186 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा