राजनीति

    Showing 5,101-5,110 of 10,435 items.
  • श्रम क्षेत्रलाई ब्यवस्थित गर्न डिजिटलाजेसन गर्दैछौं: श्रम मन्त्री

    काठमाडौं, १२ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवाहरु डिजिटलाइजेसन हुनुपर्ने बताएका छन । बिहिबार ललितपुरमा कोरिया इन्टरनेशनल कर्पाेरेसन एजेन्सी (कोइका) ले आयोजना गरेको हामी एप सार्वजनिक एवम आप्रवासन सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबै सेवाहरु डिजिटलाइजेसन हुनु पर्नेमा जोड दिएका हुन । उनले नेपाली श्रमिकले बगाएको पसिनाका कारण गन्तव्य मुलुकको विकास भएको भन्दै सम्मानित श्रम र सुरक्षित आप्रवासनलाई जोड दिदैं  नेपाली श्रमिकको सम्मान हुनुपर्ने बताए ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 240 पटक पढिएको
  • रास्वपाले संसदीय दलको बैठक बोलायो

    काठमाडौं— प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ।शनिबार नै प्रतिनिधि सभा बैठक पनि बस्दैछ। संसद बैठकअघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन्।बैठकमा भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै रास्वपाले

    • प्रकाशित मितिः असार १३, २०८२
    • 432 पटक पढिएको
  • विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

    काठमाडौँ, १२ असारः श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ ।परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट आज शुभारम्भ गर्नुभएको हो । उक्त एपमा विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत् कहाँ, कुन अवस्थामा र कति सङ्ख्यामा नेपाली रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवम् श्रम मन्त्रालयलाई गर्न सहज ह

    • प्रकाशित मितिः असार १२, २०८२
    • 385 पटक पढिएको
  • "ओलीलाई विद्या भण्डारीको प्रत्यक्ष प्रस्ताव– म सक्रिय राजनीतिमा फर्कन्छु, साथ दिनुस्"

    काठमाडौं —  पूर्वराष्ट्रपति विद्या देवी भण्डारी सक्रिय राजनीतिमा पुनः फर्कने तयारीमा रहेकी बेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको असार ३ गतेको बालुवाटार भेट तिक्तपूर्ण बनेको छ। झन्डै एक घण्टा चलेको ‘वान-अन-वान’ वार्तामा भण्डारीले पार्टीमा पुनः सक्रिय भुमिकाका लागि ओलीसँग स्पष्ट सहयोग मागेको, तर ओलीको प्रतिक्रिया असहज र अस्वीकारजनक रहेको एमाले नेताहरूले बताएका छन्।एक नेताका अनुसार, भण्डारीले आउँदो महाधिवेशनमा नेतृत्वका लागि तयारी गरिरहेकी बताउँदै ओलीसँग साथ मागेकी थिइन्। तर, ओलीले प्रतिप्रश्न गर्दै भने, “केका लागि सहयोग चाहियो?” भण्डारीले “मुख्य नेतृत्वका लागि” भनेर

    • प्रकाशित मितिः असार १२, २०८२
    • 329 पटक पढिएको
  • माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता बंगलादेश द्वारा खारेज

    काठमाडौं  - बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ ।बंगलादेश सरकारले विशेष अधिकार ऐन (स्पेसल पावर एक्ट) अन्तर्गतका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेसँगै यस परियोजनाबाट विद्युत् किन्न भएको प्रारम्भिक विद्युत् आपूर्ति सम्झौता (पीएसए) को आशयपत्र बंगलादेशको विद्युत् विकास बोर्ड (बीपीडीबी) ले खारेज गरेको बंगलादेशको स्थानिय पत्रिका द डेली अब्जर्भरले उल्लेख गरेको छ ।भारतीय कम्पनी जीएमआर इनर्जी लिमिटेड र एसजेभीएनले अछाम, सुर्खेत र दैलेख जिल्लाको सिमाना कर्णाली नदिमा यो परियोजना निर्माण गरिरहेका छ

    • प्रकाशित मितिः असार १२, २०८२
    • 538 पटक पढिएको
  • विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि २५ लाख बराबरका आवश्यक सामाग्री वितरण

    काठमाडौँ -  काठमाडौँ महानगरपालिकाको १० नम्बर वडा कार्यालयले नेपाल प्रहरी, वडा भित्रकै विभिन्न विद्यालय र स्थानिय समुदायहरुलाई करीब २५ लाख रुपैयाँ बराबरका विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि आवश्यक सामाग्री वितरण गरेको छ ।बुधबार वडामा आयोजना गरिएको सार्वजनिक सुनुवाई तथा योजना तर्जुमा छलफल कार्यक्रमका अवसरमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।वडा कार्यालयले महानगरीय प्रहरी वृत्त बानेश्वरलाई लाइफ ज्याकेट, स्टेचर, सेफ्टी बुट, सेफ्टी ग्लोब्स, फायर रेसिस्टेन्स ज्याकेट, हेल्मेटलगायत सामान प्रदान गरेको छ । साथै, रत्नराज्य माध्यमिक विद्यालय र रुद्रमती आधारभूत विद्यालय सहित ३ वटा सामु

    • प्रकाशित मितिः असार १२, २०८२
    • 410 पटक पढिएको
  • भारतमा उद्धारपछि फर्केका नेपाली भन्छन् : ‘सयौं नेपाली भारतमा फसिरहेका छन्’

    महेन्द्रनगर -  भारतको उत्तराखण्डस्थित काशिपुरलगायत विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका नेपालीहरुले आफुहरुलाई कुटपिट गरिएको, काँचो भात साथै नुन–पानी र बेसार हालेर दिने गरेको बताएका छन् । बुधबार अपरान्ह पश्चिमी नाका गड्डाचौकीबाट स्वदेश फर्किएका उनीहरुले नेपाल न्यूज बैंकसँगको कुराकानीमा दलालहरुले चरम यातना समेत दिएको बताए ।  भनेको नमाने कुटपिट समेत गर्ने गरेको पनि उनीहरुले बताए ।नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रुपमा बन्धक बनाइएका उनीहरूको उद्धार गरि नेपाल ल्याइएको हो ।उद्धार गरिएको मन

    • प्रकाशित मितिः असार १२, २०८२
    • 421 पटक पढिएको
  • ‘टेक एण्ड पे–पीपीए’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद

    काठमाडौं  - ‘टेक एण्ड पे–पीपीए’को प्रावधान बजेटबाट हटाएकोमा स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था नेपाल (इप्पान) ले सरकारलाई धन्यावाद दिएको छ ।इप्पानले विहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारलाई धन्यवाद दिएको हो । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ को बजेटमार्फत रनअफ दी रिभर (आरओआर) प्रकृतीका जलविद्युत परियोजनामा टेक एण्ड पे विधिमार्फत विद्युत खरिद सम्झौता गर्ने घोषणा गरेको थियो ।पहिल्यै देखि कायम रहेको टेक अर पे पीपीएको मोडललाई हटाएर उर्जा उद्यमीलाई संकट तर्फ लैजान खोजेको भन्दै इप्पानले सरकारको उक्त कद्मको विरोध गर्दै आएको थियो । टेक एण्ड पे को प्रावधान लागु भएको खण्डमा बैंक तथा

    • प्रकाशित मितिः असार १२, २०८२
    • 364 पटक पढिएको
  • न्यायाधीश रेग्मीको इजलासमा मुकुल ढकालको रिट

    रास्वपाको महामन्त्री रहेको दाबी गर्दै डा. मुकुल ढकाल सर्वोच्च अदालत पुगेका छन् । उनले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ हुँदैछ ।रास्वपाको महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो ।ढकालले आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् । रिट निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लाम

    • प्रकाशित मितिः असार १२, २०८२
    • 235 पटक पढिएको
  • ‘निष्कासन अवैधानिक’ भन्दै मुकुल ढकालले रास्वपा विरुद्ध सर्वोच्चमा मुद्दा

    काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कायम गरिदिन माग गर्दै डा. मुकुल ढकालले सर्वोच्च अदालतमा रिट दायर गरेका  छन्। ढकालले हिजो नै रिट दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन्। उक्त रिटमा आज ( बिहिबार) सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी समेत चढिसकेको छ। प्रवक्ता कुइँकेलका अनुसार ढकालले पार्टीको महामन्त्री अझै आफू नै कायम रहेको भनेका छन्। ‘म महामन्त्री कायमै छु। मलाई पार्टीले गरेको निष्कासन गलत छ भनेर रिट दिनुभएको छ,’ उनले भने।ढकालले दायर गरेको रिटमा रास्वपा कार्यालय, केन्द्रीय कार्यसमिति, हालका महामन्त्री कव

    • प्रकाशित मितिः असार १२, २०८२
    • 355 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.