राजनीति

    Showing 5,221-5,230 of 10,435 items.
  • ‘खाडी पुगेका महिलाहरुले वेदना पोखिरहँदा मन्त्रीहरु के हेरेर बसिरहनु भएको छ ?’

    काठमाडौं -  शुक्रबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको छ । सिंहदरवारमा बसेको उक्त समितिको बैठकले श्रम सम्झौता भएको मुलुक (युएई) मा बैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल गरेको हो ।उक्त छलफलमा रास्वपाका सांसद गणेश पराजुलीले घरेलु श्रमिक कामदारका रुपमा महिलालाई नपठाउने भनेर बारम्बार प्रतिवन्ध लाग्दै आएपनि महिला कामदार अहिले पनि युएईमा घरेलु श्रमिकका रुपमा रहेको बताए । उनले यसरी घरेलु कामदार युएईमा जाँद

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 307 पटक पढिएको
  • कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दैछ : सभापति देउवा

    काठमाडौं -  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान अनुसार गर्नुपर्ने कामहरु धेरै नै बाँकी रहेको बताएका छन् । उनले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक रहेको पनि औंल्याए । शुक्रबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आयोजना गरेको राजनीतिक अधिकार सम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्दै बोल्दै उनले अबको बाटो संकल्प र कार्यकारी कामको भएकाले पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक रहेको बताएका हुन् ।उनले भने, ‘नेपालको संविधान अनुसार हामीले गर्नुपर्ने काम धेरै नै छन् । अबको बाटो संकल्प र कार्यकारी क

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 352 पटक पढिएको
  • मिश्र र राणा फरार घोषित, पक्राउ पुर्जी जारी हुने तयारी

    काठमाडौं— राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणा अदालतमा अनुपस्थित भएपछि उनीहरूलाई फरार अभियुक्त घोषणा गरिएको छ। अब उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी हुने प्रक्रिया अघि बढाइएको छ।तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा संलग्न रहेको आरोपमा मुद्दा दायर हुँदा मिश्र र राणा दुवै अदालतमा उपस्थित थिएनन्। उनीहरू अनुपस्थित रहँदा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आरोपपत्र पेश गरिसकेको छ।राणा उपचारका लागि अदालतबाट हाजिर जमानीमा छुटेका थिए भने मिश्र बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत रिहा भएका थिए। तर अब उनीहरू सम्पर्कविहीन छन्। अदालत स्रोतका अनुसार अनुसन्धान

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 480 पटक पढिएको
  • मानवताविरुद्ध विज्ञानको प्रयोग हुन थाल्यो : गृहमन्त्री

    काठमाडौं -  गृहमन्त्री रमेश लेखकले आजको युगमा विज्ञानको प्रयोग मानवहितका लागि मात्रै नभइ अपराधको लागि प्रयोग हुने गरेको बताएका छन् ।  शुक्रबार अनुसन्धानकर्ता प्रहरी र अभियोगकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन उदघाटन समारोहमा बोल्दै उनले मानवताको विरुद्ध विज्ञानको प्रयोग भइरहेको बताएका हुन् । उनले भने, ‘आजको युगमा विज्ञानको प्रयोगले सकरात्मक पनि दिएको छ सहजता पनि दिएको छ तर यसका नकरात्मक पक्षहरु पनि उजागर भएका छन् । विज्ञानको प्रयोग मानवहितका लागि मात्रै भइरहेका छैनन् मानवताको विरुद्धमा पनि भइरहेका छन् । अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकाले  अन

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 264 पटक पढिएको
  • अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले

    अहमदाबाद — बिहीबार अहमदाबादमा भएको भयावह विमान दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान घटनास्थल पुगेका छन्। उनले दुर्घटनास्थलको अवलोकन गरेका थिए र त्यसपछि सिभिल अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्।प्रधानमन्त्री मोदीले दुर्घटनाबाट जीवित बच्न सफल एकमात्र यात्रु विश्वकुमार रमेशलाई अस्पतालमा भेटेर हौसला दिएका थिए। रमेश लन्डन जाने क्रममा आफ्नो भाइसँग एआई-१७१० फ्लाइटमा सवार थिए। प्रधानमन्त्रीले रमेशको हात समाउँदै सान्त्वना दिएका थिए, जसले रमेशको अनुहारमा केही राहतको अनुभूति झल्किएको देखिन्थ्यो।विश्वकुमार रमेशले विमान दुर्घटनाबारे भने,“मेरो आँखै अगाडि सबै भयो।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 441 पटक पढिएको
  • विपद् व्यवस्थापनमा तीन तहको सरकारबीच समन्वय आवश्यक : उपप्रमुख डङ्गोल

    काठमाडौँ — काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको बताएकी छिन्।सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म मुख्यालयद्वारा आयोजित मनसुनजन्य विपद् प्रतिकार्य कृतिम अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डङ्गोलले संकटको समयमा नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह हुने भएकाले यसको भूमिका अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गरिन्।उनले भनिन्, "विपद् पूर्वतयारीदेखि उद्धार र पुनःस्थापनासम्म तीन तहका सरकारहरूबीच नीति निर्माण मात्र होइन, कार्यान्वयनमा पनि गहिरो समन्वय हुनुपर्छ।"प्राकृ

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 246 पटक पढिएको
  • गृहमन्त्री लेखकको घोषणा: नेपाल प्रहरीको बजेटमा उल्लेख्य वृद्धि, वर्षभरका लागि तलब–रासनको एकमुष्ट व्यवस्था

    काठमाडौँ — गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षका लागि नेपाल प्रहरीको बजेटमा उल्लेखनीय वृद्धि गरिएको बताएका छन्।काठमाडौंमा आयोजित अनुसन्धानकर्ता प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले प्रहरी संस्थाको आधारभूत आवश्यकता पूरा गर्न सरकार गम्भीर रहेको स्पष्ट पारे।उनका अनुसार, चालू वर्षहरूमा देखिँदै आएको तलब, पोसाक र रासनसम्बन्धी बजेट अभावको समस्या अब दोहोरिने छैन। विगतमा ८ देखि ९ महिनासम्म मात्र बजेट व्यवस्थापन भई बाँकी महिनामा गृह तथा अर्थ मन्त्रालयबीच जटिलता देखिने गरेको भए पनि यस पटक वर्षभरिका लागि एकमुष्ट बजेट विनियोजन गरिएको छ।गृहमन्त्

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 334 पटक पढिएको
  • परराष्ट्रमन्त्री आरजु राणाले पत्रकार दिलभूषण पाठकमाथि उजुरी दिएको पुष्टि

    काठमाडौं — परराष्ट्रमन्त्री आरजु राणा देउवाले पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको स्वीकार गरेकी छिन्। मन्त्री राणाका अनुसार, जयवीर देउवाको उजुरीका आधारमा पत्रकार पाठकमाथि पक्राउ पूर्जी जारी गरिएको हो। यसबारे पहिलो पटक उनले औपचारिक जानकारी सार्वजनिक गरेकी हुन्।यसअघि पत्रकार पाठक विरुद्ध पक्राउ पूर्जी जारी भएको खबर आए पनि न त स्वयं पाठक, न त मन्त्री राणा, न त साइबर ब्युरोले यसबारे स्पष्ट रूपमा कुनै जानकारी दिएका थिए। तर, नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको विषयमा समाचार प्रकाशित भएपछि मन्त्री राणाले लामो स्पष्टीकरण जारी गरेकी हुन्। उनले ज्ञवालीलाई धम्क

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 229 पटक पढिएको
  • अनेरास्ववियुको अध्यक्षमा कडरिया र महासचिवमा धामी विजयी

    काठमाडौं -  एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नयाँ नेतृत्व पाएको छ । उक्त संगठनको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् । महासचिवमा भने दीपक धामी निर्वाचित भए ।अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत अध्यक्षमा कडरियाले ७३२ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी प्रकाश पौडेलले भने ७२५ मत पाए ।उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ विजयी भए । उपमहासचिवमा कमल जोशी विजयी भए भने सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए ।विद्युतीय मेसिनमार्फत भएको मतदान १५५१ मतदातामा रहेकोमा १४५० मत खसेको थियो । निर्वाचन समितिले सम्पूर्ण नतिजाको अन्तिम तयारी गरेक

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 276 पटक पढिएको
  • सत्तापक्षसँग छानविन गरी ठोसरुपमा पहल गर्ने सहमति भयो : प्रचण्ड

    काठमाडौं -  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने भनि सत्तापक्षसँग लिखितरुपमा सहमति गरेको बताएका छन् । बिहिबार सत्तापक्षले छानबिन गर्ने प्रतिवद्धता नदिई प्रतिपक्ष तयार हुने स्थिती नभएको भन्दै उनले लिखित सहमती तर्फ गएको बताएका हुन् । उनले भने,‘ हामी लिखित सहमती गर्ने ठाउँ तिर गयौ । आज मैले प्रतिपक्षहरुसँग छलफल गरिसकेपछि सत्तापक्षको साथिहरुसँग छानबिन गर्ने प्रतिवद्धता नभइकन प्रतिपक्ष तयार हुने स्थिती छैन । जनमत जसरी गएको छ विषयको गम्भिरतासँगै संवेदनशीलता हेर्दा एउटा गृहमन्त्रीको कुरा मात्र हैन । यो विगतदेखी

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 239 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.