राजनीति

    Showing 5,271-5,280 of 10,435 items.
  • प्रतिनिधिसभा बैठक आज बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन–२०८२’ पेस गर्ने छन् ।बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सांसद सदस्यहरूको नाम हेरफेर गर्ने छन्

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 369 पटक पढिएको
  • बस्दैनबसी प्रतिनिधिसभाको आजको बैठक स्थगित

    काठमाडौं— प्रतिनिधिसभा बैठक बिहीबार १ बजेका लागि सारिएको छ। बुधबारका लागि तय गरिएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर बिहीबारका लागि सारिएको संसद् सचिवालयले जनाएको छ। बैठक ११ बजे बस्ने भनिएको थियो। दलहरूबीच सहमति जुट्न नसक्दा साढे ३ बजेका लागि सारिएको थियो।बैठक स्थगित हुनुअघि बुधबार पनि सभामुख देवराज घिमिरेले सत्ता पक्षीय र विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए। छलफलमा विपक्षी सांसदहरूले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान राखेका थिए।भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि गृहमन्त्री रमेश लेखक विवादमा त

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 285 पटक पढिएको
  • राजावादीको आन्दोलनले विद्यालय अगाडि हुने चर्को नारा जुलुस र आवाजले पढाइमा असर परेपछि सिफलको विद्यालयले गुहार्‍यो प्रशासन

    काठमाडौं— राजावादीहरुको प्रदर्शन केन्द्रित हुँदा सुरक्षा चुनौती साथै पठनपाठन प्रभावित भएको भन्दै श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयले सरकारसँग आन्दोलनको स्थान परिवर्तन गर्न माग गरेको छ ।विद्यालयका निमित्त प्रधानाध्यापक रामप्रसाद ढुंगानाले प्रमुख जिल्ला अधिकारी र मार्फत गृह मन्त्रालय र काठमाडौं महानगरको शिक्षा विभागलाई पत्र लेख्दै विद्यालय अगाडि हुने चर्को नारा जुलुस र आवाजले सुरक्षा चुनौती देखिएको र अध्यापन प्रभावित भएकाले आन्दालेनको स्थान परिवर्तनका लागि आग्रह गरेका हुन् ।‘यस सामुदायिक विद्यालयमा विभिन्न खालका समावेशी विद्यार्थीहरु समेत अध्ययन गर्ने भएकोले बढी संवेदनशील हुनुपर्ने अवस

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 261 पटक पढिएको
  • संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

    काठमाडौं— संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।विषयगत समितिमा

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 290 पटक पढिएको
  • ओलीको 'झोले अभियान' जनसंपर्क कि प्रचारप्रमुखी प्रयास?

    काठमाडौं २०८२ जेठ २० गते — नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सुरु गरेको भनिएको ‘झोले अभियान’ देशव्यापी चर्चा र बहसको विषय बनेको छ। राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म, ओलीको यो शैलीलाई कतिले  जनसंपर्कको नयाँ तरिका भनेका छन् भने कतिपयले यसलाई ‘पुरानो शैलीको राजनीतिक नौटंकी  को संज्ञा दिएका छन्।झोले अभियान अन्तर्गत ओलीले गाउँ—शहर चहार्दै, हातमा झोला बोकेर सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। झोलामा ‘जनताको दुःख’, ‘सपना’ र ‘सरकारप्रतिको निराशा  संग्रह गर्ने उद्देश्य रहेको बताइन्छ।ओलीको भने सन्देश यस्तो छ।ओलीले अभियानको उद्देश्य जनताको

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 295 पटक पढिएको
  • ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत्

    काठमाडौं— संघीय संसद्का प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत् राख्ने भएका छन्।श्रम ऐन २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न प्रतिपक्षी दलले माग गरेका हुन्।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो।भिजिट भिसा प्रकरणलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जानकारी दिए।छानबिनका लागि

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 221 पटक पढिएको
  • प्रतिनिधिसभा सञ्चालन गर्न कुरीरहेका छन् सभामुख,उता विपक्षि भने गोप्य छलफलमा ब्यस्त

    काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न केही ढिलाइ हुने भएको छ । सभामुख देवराज घिमिरेले सदन सञ्चालनको वातावरण निर्माण गर्न पहिला प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेका थिए ।त्यसपछि सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले अहिले विपक्षी दलहरूको धारणा के आउँछ भनेर कुरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीबिच अहिले माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा नयाँ वानेश्वरस्थित संसद् भवनमा बैठक बसिरहेको छ । त्यो बैठकले के धारणा बनाउँछ भनेर सभ

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 240 पटक पढिएको
  • छोरामाथि भ्रष्टाचारको आरोप लागेपछि मंगोलियाका प्रधानमन्त्रीको राजीनामा

    संसदमा विश्वासको मत गुमाएपछि मंगोलियाका प्रधानमन्त्री लुभ्सानाम्सराइ ओयुन–एर्डेनले राजीनामा दिएका छन्। केही दिनदेखि भ्रष्टाचारको आरोपमा चलेको व्यापक विरोध प्रदर्शनपछि यो मतदान भएको थियो। सन् २०२१ मा सत्ता सम्हालेका ओयुन–एर्डेनले ३० दिनभित्र उत्तराधिकारी नियुक्त नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन्। ‘महामारी, युद्ध र करजस्ता कठिनाइका समयमा मेरो देश र जनताको सेवा गर्न पाउनु सम्मानको कुरा थियो,’ मतदानपछि उनले भने। १२६ सिटको संसदमा बहुमतका लागि आवश्यक ६४ मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका हुन्। गोप्य मतदानमा करिब ८२ सांसदले भाग लिएका थिए। बीबीसीका अनुसार ४४ जनाल

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 366 पटक पढिएको
  • प्रतिनिधिसभा अघि विपक्षी दलहरूको रणनीति बैठक,राप्रपालाई सहभागी गराइएन

    प्रतिनिधिसभा बैठकअघि विपक्षी दलको बैठक बसेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएर संसद अवरुद्ध पार्दै आएका विपक्षीहरु आज सदनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन जुटेका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका शीर्ष नेता सहभागी छन् । प्रतिपक्षमै रहेको राजावादी दल राप्रपालाई भने बैठकमा सहभागी गराइएको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटवार्ताबारे संक्षिप्त जानकारी गराएको बताइएको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 310 पटक पढिएको
  • गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै

    काठमाडौँ । अर्थविद् डा .विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज (मंगलबार)अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै छ । गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 263 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.