राजनीति

    Showing 5,301-5,310 of 10,435 items.
  • आधा घण्टाको लागि प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाडौं— प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । विपक्षी दलहरूले उठेर निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।बैठकको प्रारम्भदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका थिए । स्वतन्त्र छानबिनका लागि राजीनामा दिएर गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नु पर्ने तथा उच्चस्तरीय छानबिन आयोग समिति गर्नु पर्ने माग गर्दै बुधबार दोस्रो दिन पनि सदनमा नारावाजी गरेका छन् ।

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 325 पटक पढिएको
  • प्रचण्ड भन्छन प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा दिने स्थिति बनाउँन सक्छ

    काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने दाबी गरेका छन् ।मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभइ सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने दाबी गरेका हुन् ।उनले भने, ‘यो गृहमन्त्रीसँग मात्रै सम्बन्धित विषय होइन । सिङ्गो सरकारसँग पनि सम्बन्धित छ । प्रतिपक्ष दलहरूले एकजुट भएर यो विषयलाई गम्भीर रूपले उठाइन्छ । यो सामान्य विषय छैन ।’भिजिट भिसा प्रकरणले सरकार ढल्ने अवस्था आउँछ भन्ने सञ्चारकर्मीको जिज्ञासा

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 358 पटक पढिएको
  • गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान

    काठमाडौं— संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ ।सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए ।सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन विश्वविद्यालय अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई रु ५० लाखदेखि रु तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 350 पटक पढिएको
  • प्रधानमन्त्रीलाई नै पक्राउ गर्न माग गर्दै प्रहरीलाई राप्रपा नेताको पत्र

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै प्रहरीलाई पत्र लेखेका छन् ।शनिबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते काठमाडौं कब्जा गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । सो दिन राप्रपासहित राजावदी शक्तिहरुले राजतन्त्र र हिन्दूराज्यको मुद्दासहित प्रदर्शनको तयारी गरेका छन् ।सोही दिन आफ्ना कार्यकर्ताहरुलाई प्रतिवाद गर्न प्रधानमन्त्री ओलीले उर्दी जारी गरेर हिंसा भड्काउन खोजेको भन्दै हमालले प्रहरीलाई पत्र लेखेका हुन् ।‘‘शान्ति सुरक्षा खलल पुर्याउने, हिंसा भड्काउने र देशलाई द्वन्दतर

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 355 पटक पढिएको
  • अध्यक्ष दाहाल भन्छन समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक कम्युनिस्ट एकताको प्रक्रियामा अघि बढेका छौँ

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिको तयारीको लागि आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा अगाडी बढिरहेको बताएका छन् ।सोमबार ललितपुरमा भएको नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विभिन्न उत्तारचढावका बीच आजको दिन सम्म आइपुगेको बताउँदै नेसपासँगको पार्टी एकता, समायोजन र एकीकरण जे भने पनि सार एउटै भएको बताए । उनले गम्भीर ढङ्गले समाजवादी क्रान्तिको तयारीमा आफूहरूले लागिरहेको जिकिर गरे ।अध्यक्ष दाहालले २०६४ को निर्वाचनमा प्राप्त गरेको अभिमत जोगाउन नसक्दा पार्टी विभाजित भएको र त

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 344 पटक पढिएको
  • माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिचमा एकता

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबिचमा एकता भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष गंगानारायण श्रेष्ठबीच सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएसँगै दुवै दलबीच एकता भएको छ ।  तत्कालीन अध्यक्ष महिन्द्र राय यादव माओवादीसँगको एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नो नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गर्दै माओवादीसँग एकता गर्ने गरेका हुन् । नेसपा पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको पा

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 432 पटक पढिएको
  • ‘भिजिट भिसा’ प्रकरण गृहमन्त्री रमेश लेखकको बचाउ गर्दै कांग्रेस, लेखकको गल्ति लुकाउन पदाधिकारी बैठक

    काठमाडौं—  ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृह मन्त्री रमेश लेखकको बचाउ गरेको छ । सोमबार सभापति शेरबहादुर देउबा निवास बूढानीलकण्ठमा बसेको बैठकले गहृ मन्त्री लेखकलाई बचाउ गरेको हो । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकलाई  ‘भिजिट भिसा’ कुनै संलग्नता नरहेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । पदाधिकारी बैठकले गृहमन्त्री लेखकको ‘भिजिट भिसा’ प्रकरणमा कुनै संलग्नता नरहेको महतको भनाइ छ ।बैठकले यस प्रकरणमा लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय वि

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 343 पटक पढिएको
  • माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै

    काठमाडौं— आज नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीका बिचमा पार्टी एकीकरण हुने भएको छ । सोमबार बिहान ११ः३० बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकीकरण घोषणा सभा राखिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।   घोषणासभा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । 

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 502 पटक पढिएको
  • कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुनः प्रधानमन्त्री

    ललितपुर ११ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरुले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्न निर्देशन दिएका छन् ।नेकपा एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरु पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न निर्देशन दिएका हुन् ।‘तपाईँहरु पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो । निर्वाचन जितेपछि चङ्गाको धागो काटिए जस

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 408 पटक पढिएको
  • रवि लामिछाने प्रकरण: आदेशलाई ‘फैसला’ लेख्दा सर्वोच्च अदालत विवादमा.....

    काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको आदेशमा शब्द प्रयोगको त्रुटि देखिएको छ।शुक्रबार सर्वोच्च अदालतले लामिछानेसम्बन्धी दिएको आदेशमा ‘आदेश’ भन्नुपर्ने ठाउँमा ‘फैसला’ शब्द प्रयोग गरिएको हो। कानुनी प्रक्रिया अनुसार, मुद्दाको अन्तिम टुंगो लागेपछि मात्र अदालतको निर्णयलाई ‘फैसला’ भनिन्छ, जबकि मुद्दा विचाराधीन अवस्थामा हुने निर्णयलाई ‘आदेश’ भनिन्छ।रवि लामिछानेविरुद्धको मुद्दा हाल रूपन्देही जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ। त्यसैले सर्वोच्च अदालतले शुक्रबार गरेको निर्णयलाई ‘आदेश’ लेखिनुपर्नेमा ‘फैसला’ लेखिएको भन्दै त्र

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 404 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.