राजनीति

    Showing 5,321-5,330 of 10,435 items.
  • साँस्कृतिक समानताले मात्र सबैथोक ठिक हुँदैन् ; गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छिमेकी मुलुकसँग साँस्कृतिक समानता मात्र भएर नपुग्ने बताएका छन् । सोमबार उपन्यास ‘सान्दाजुु’ लोकार्पण समारोह कार्यक्रममा बोल्दै उनले युरोपमा सबैभन्दा धेरै लडाई नै साँस्कृतिक समानता भएका मुलुकसँग भएको भन्दै हाम्रो पनि भारतसँग साँस्कृतिक समानता भएर सबै ठिक नहुने बताएका हुन् । ‘नेपाल र भारतको साँस्कृतिक सम्बन्ध र समानता भएर मात्र सबैकुरा ठिकठाक हुन्छ भन्ने छैन ्। किनभने युरोपमा सबैभन्दा धेरै लडाई नै साँस्कृतिक समानता भएका मुलुकसँग भएको छ । समकालीन राजनीतिक विमर्शमा आएको जतिपनी विषयहरु छन् ति पार्टी र सरकारसँगको सम्बन्ध कस्तो हुनुपर्छ, ने

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 394 पटक पढिएको
  • सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी बितरण कार्यको शुभारम्भ गरेका हुन् ।आजबाट विधिवत रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय एवं कार्यालयहरुमा वितरण गरिने मन्त्री यादवले बताए । उनले भने, ‘आजबाट सिंहदरबारमा विधिवतरुपमा मेलम्चीको पानी आएको छ । यसभन्दा पहिले भुमिगतको पानी सिंहदरबारमा आएको थियो । अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ ।’यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भए

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 302 पटक पढिएको
  • कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेले एकल बहुुमत ल्याउने दाबी गरेका छन् । सोमबार नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एमालेले एकल बहुुमत ल्याउन चुनौतीपूर्ण भएतापनि यो काम एमालेका लागि सम्भव रहेको भन्दै मिसन ०८४ मा एमालेको एकल बहुमत ल्याउनेगरी तयारीमा जुटिरहेको बताए । उनले भने, ‘हामीले मिसन ०८४ को उद्देश्य लिएका छौं । एकल बहुमत ल्याउने उद्देश्य लिएको छौं । यो असम्भव छैन् । यो विलकुल सम्भव उद्देश्य हो । कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 360 पटक पढिएको
  • तीनकुने घट्नालाई कुनै धर्मसँग जोड्न मिल्दैन्,धर्मको नाममा न त कसैलाई हिंसा गर्ने छुट नै छ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिंदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा अभिव्यक्त गरेका हुन् । ‘कुनै धर्म उत्कृष्ट र कुनै कम उत्कृष्ट भन्ने मेरो आशय होइन, तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने व्यहोरा अनुरोध गर्दछु,’ गृहमन्त्री लेखकले भने, ‘हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्छ त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन । त्यसैले, हिंसालाई धर्म

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 274 पटक पढिएको
  • 'रविले त तस्करी रोके, अहिलेका मन्त्रीहरू हेरेर बसिरहेका छन्' :मनिष झा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हालेका रवि लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिन सकेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेका गृहमन्त्रीले कुनै  काम गर्न नसकेको बताएका हुन् ।उनले भने, ‘भर्खरै क्यापिटल नेपाल नामक एउटा मिडियामा समाचार आएको छ र त्यसमा लेखिएको छ–जब गृहमन्त्री रवि लामिछाने आए तब सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउँछन् । तर त्यसपछिका गृहमन्त्रीहरु तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन् । यो हो हामीले गर्ने स्टन्ट । राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गर

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 421 पटक पढिएको
  • कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको आजको बैठकमा प्रतिवेदनमाथि विमर्श

    काठमाडौं । संघीय संसद अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सोमबार बस्दैछ ।बैठक आज समितिको सभाकक्ष सिंहदरबारमा बिहान साढे ८ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 428 पटक पढिएको
  • मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो ; अध्यक्ष प्रचण्ड

    दैलेख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्ष गरेका छन् ।उनले राजनीतिक दल, व्यवसायी, पत्रकार, कर्मचारी सबैको सक्रियताले अभियान सर्वपक्षीय बनेको उल्लेख गर्दै अभियानलाई थप गतिशील बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको बताए ।दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले उक्त खण्ड सबैभन्दा लामो भएको बताए । उनले उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यवसायिक तथा आर्थिक

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 463 पटक पढिएको
  • जो बाइडेनलाई प्रोष्टेट क्यान्सर: राजनीतिक नेताहरूको सहानुभूति

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता लागेको छ । ८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि शुक्रबार क्यान्सर भएको पत्ता लागेको बीबीसीले जनाएको छ ।बाइडेन र उनका परिवारले उपचारका विभिन्न विकल्पहरूमा विचार गरिरहेको समाचारमा बताइएको छ । पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ  भएको बताएको छ । यो खबर प्रकाशित भएपछि दुवै राजनीतिक दलका नेताहरूले पूर्वराष्ट्रपतिलाई सान्त्वना दिएका छन् ।राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको खबरले आफू दुःखी

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 478 पटक पढिएको
  • कर्णालीका विषयमा सरकार मजाक गरिरहेको छ ; सांसद कठायत

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णालीका सांसदहरुले देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेको बताएकी छन् । आइतबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले कर्णालीका मुद्दालाई गम्भीर रुपले उठाउने गरेपनि सरकारले फितलो जवाफ दिने गरेको बताइन् । ‘हामी कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कर्णालीका मुद्दालाई गम्भीर रुपले उठाउने गर्दछौ । तर यो सरकार भने अति नै फितलो जवाफ दिने गर्दछ । हामीले सरकारसँग देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेका हुन्छौ । यदी कर्णालीला

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 336 पटक पढिएको
  • ‘अध्यक्ष केसीलाई पक्राउ गरेर सरकारले संविधानकोे ठाडो उल्लङ्घन गर्यो’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीलाई पक्राउ गरेर संविधानकोे ठाडो उल्लङघन गरेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नै पटक –पटक रोष्टममा नै फरक मत राख्नेहरु लाई पक्राउ गर्छु भन्ने धारणा राखेको भन्दै प्रधानमन्त्री,गृहमन्त्री र यो सरकार नेपालको संविधानभन्दा पनि ठूलो हो ? भन्दै प्रश्न गरे । यदी संविधानभन्दा सरकार ठूलो हो भने बहुमतको आधारमा संविधानको धारा १७ संशोधन गर्न सुझाव दिए । उनले भने,‘फरक विचार राख्ने वित्तिकै जेल हाल्ने, सामाजिक सञ्जालमा लेख्यो भनेर जेल

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 336 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.