काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहसँग शर्त अघि सारेको छ । प्रचण्ड–माधव समूहले प्रतिपक्ष दलहरुसँगको छलफललाई तीव्रता दिने क्रममा आज जसपाका नेताहरुसँग छलफल गरेका हुन् । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँगको छलफलमा शर्त आएको छ ।जसपाका नेताहरुले संविधान संशोधन, रेशम चाौधरीको रिहाइ लगायतका शर्तहरु अघि सारेका छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले छलफल सकारात्मक भएको र छलफललाई निरन्तरता दिने सहमति भए
काठमाडौं । नेपालको राजनीतिक तरलता बढ्दै जाँदा छिमेकी मुलुकका गुप्तचर सक्रिय बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएदेखि नै भारतका गुप्तचर सक्रिय रहेका छन् ।अदालतले गत ११ गते संसद विघटन बदर गर्दै पुनर्स्थापना गरेपछि नेपालमा नयाँ सरकार गठनको खेल सुरु भएको छ । यही मौका छोपेर भारतीय गुप्तचर तथा भारतीय जनता पार्टी (बिजेपी)को माउ संगठन आरएसएसका प्रतिनिधिहरु नेपाल आउन थालेका छन् ।आजै पनि भारतीय संस्थापन निकट एउटा समूह नेपाल आउँदैछ । सो समूहमा भारतीय जनता पार्टी (विजेपी) लाई मार्गदर्शन गर्ने हिन्दू स्वयंसेवा दल (आरएसएस) का नेतासम्म रहेको स्रोतले बताएको छ ।यो समूह आउन
काठमाडौं । नेकपा एकता अभियानका संयोजक बामदेव गौतमले नेकपाभित्रैबाट प्रधानमन्त्री चुन्नुपर्ने प्रस्ताव गरेका छन् । नयाँ सत्ता समिकरणका लागि राजनीतिक दलका नेताहरु दौडधुपमा लागिरहेका बेला गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।छलफलका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजन बहिर्गमनको वातावरण बनाउनुपर्ने र नेकपाबाटै प्रधानमन्त्री चयन गर्नु पर्ने प्रस्ताव गरेका छन् । उनीहरुबीच एक घण्टा भएको कुराकानीमा जनताले नेकपालाई नै विश्वास गरेकाले अबका दिनमा नेकपाकै सरकार हुनुपर्ने विषय केन्द्रित रहेको थियो ।नेता गौतमले आफ्नो प्रस्तावमा अध्यक्ष प्रचण्ड सकारात्मक रहेको बता
काठमाडौँ । नेकपा केपी ओली समूहको स्थायी समिति बैठक आज पनि बस्दैछ । सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटन सदर गर्ने फैसलापछि बुधबार ओली समूहको स्थायी समिति बैठक बसेको थियो । बैठकले सर्वोच्चको आदेश कार्यान्वयन गर्ने, विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न संसदीय दल र केन्द्रीय समितिको बैठक बोलाउनेलगायत निर्णय गरेको थियो । आजको बैठकमा अबको योजना र रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् ।
काठमाडौं । प्रतिनिधिसभा पुनर्थापनापछि रणनीति बनाउन नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बोलाइएको बैठकमा पूर्वपदाधिकारीहरु समेत सहभागी हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेकपाका दुबै समूहको प्रस्ताव र कांग्रेसले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बताए ।संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ ।
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेसँगै निर्वाचन आयोगले निर्वाचनको सबै तयारी स्थगित गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेको थियो । निर्वाचन मिति घोषणा भएसँगै प्रधानमन्त्री ओलीले आयोगलाई निर्वाचनको तिव्र तयारी गर्न दवाव दिएका थिए । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेपछि निर्वाचनको तयारी स्गथित गरिएको हो ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सर्वोच्चको फैससलासँगै निर्वाचन प्रयोजनाका लागि दल दर्ताको सूचना निकाल्न नेकपा विवादबारे निर्णय लिनैपर्ने समयको चाप अब हटेको
काठमाडौं । नेकपा ओली पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सर्वोच्चको फैसला स्वीकार्दै अदालतले तोकेकै समयमा संसद्को बैठक बोलाउने निर्णय गरेको छ । नेकपा ओली समूहका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । उनले भने, ‘फैसलाले दिएको समयसीमाभित्रै बैठक बस्छ ।’ सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।बैठकले देशका विभिन्न ठ
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेपछि नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ ।बुधबार शान्तिबाटीकामा भेला भएका समूहका नेता तथा कार्यकर्ताले विजय जुलुससहित नगर परिक्रमा गरेका छन् । जुलुसमा नेताहरु अमृत कुमार बोहोरा, जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ लगायत सहभागी छन् । र्याली रत्नपार्कबाट सुरु भएर जमल, घण्टाघर, बागबजार हुँदै पुनः रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको छ ।मंगलबार सर्वोच्च अदालतले प्रतिनिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो । सर्वोच्चको यो फैसलापछि उत्साहित नेकपाको सो पक्षले बुधबार देशैभर विजय जुलुस निका
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले सर्वोच्चको निर्णयलाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले तोकिएको समयमै संसद बैठक आह्वान गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। ‘सर्वोच्चको फैसला र त्यसको कार्यान्वयनमा लैजाने बिषयमा छलफल भयो। लोकतन्त्र मान्ने भएकाले सर्वोच्चको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेका छौँ’ उनले भने, ‘फैसला सबै अपेक्षित हुँदैन। तर, हाम्रो चिन्ता स्थिर सरकार बलियो राजनीतिक स्थायित्व नै हो।’ अदालतको निर्णयले देशको राजनीतिक अब कता जान्छरु भन्ने गम्भिर बिषयमा पनि छलफल
बिर्तामोड। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ ।कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा यही फागुन १४ गते हुन लागेको प्रदेशस्तरीय कार्यक्रम स्थगित भएको प्रदेश सांसद तथा केपी समूहका नेता गुलाबजङ्ग शाहले जानकारी दिए ।यसअघि विभिन्न सहरमा शक्ति प्रदर्शन गर्दै आएको केपी समूहले संसद पुनःस्थापना भएपछि वीरेन्द्रनगरमा १४ गते आयोजना गर्न लागेको सभा स्थगित गरेको हो । ‘हिजोसम्म राजनीति एजेण्डा एउटा थियो आज बदलिएको छ,’ ओली समूहका नेता गुलावजङ्ग शाहले भने, ‘हिजो जनताको माझ जाने कुरा थियो । संसद पुनर्स्थापना भयो । अब एजेण्डा नै परिवर्तन भएकोले कार्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.